


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,२६ असार । रुपन्देही प्रहरीले सात किलो एक सय ग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चन गाउँपालिका-२ स्थित कटैयाका ४८ वर्षीय पाचु मल्लाह रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्ण कुमार चन्दका अनुसार, पक्राउ परेका मल्लाहको घरमा गाँजाको कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको टोलीले खानतलासी गर्ने क्रममा पुजा कोठामा लुकाएर राखेको उक्त परिमाणको गाँजा बरामद भएको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं,२६ असार। लुम्बिनी बौद्ध विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४९ करोड ८८ लाख रुपैयाँको बराबरको बजेट, नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको १९ औं सभा बैठकले बजेट, नीति तथा कार्यक्रम स्वीकृत गर्दै विश्वविद्यालयले आफ्नो मूल उद्देश्यअनुसार बौद्ध शिक्षा, बौद्ध दर्शन र बौद्ध अध्ययनमा केन्द्रित भएर शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले विश्वविद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बौद्ध अध्ययनको उत्कृष्ट केन्द्रका रुपमा विकास गर्न आवश्यक रणनीति अवलम्बन गर्न निर्देशन दिए। बैठकमा उपकुलपति डा. माणिकरत्न शाक्यले विश्वविद्यालयमा हाल २ हजार ६२० विद्यार्थी अध्ययनरत रहेको र विश्वविद्यालयअन्तर्गत ५४…
सलमान खानभैरहवा, २६ असार । रुपन्देही प्रहरीले मायादेवी गाउँपालिका-५ स्थित गुरुवनियामा गोली प्रहार गरी एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारततर्फबाट लागुऔषध ब्राउन सुगर र पेस्तोलसहित मोटरसाइकलमा आएका भारतको उत्तर प्रदेशका अकबाल खानलाई नियन्त्रणमा लिन खोज्दा प्रतिरक्षामा गोली प्रहार गरी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्ण कुमार चन्दले जानकारी दिए । उनका अनुसार पक्राउ परेका आरोपीको खुट्टामा गोली लागेको छ । बरामद लागुऔषधको परिमाण एकिन भइसकेको छैन। आरोपीको साथबाट लागुऔषध ब्राउन सुगर, पेस्तोल, गोली र प्रयोग गरिएको भारतीय नम्बर प्लेटको मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
काठमाडौं,२६ असार। सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ वटा निर्माण कम्पनीलाई तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको कार्यालयद्वारा शुक्रवार जारी सूचनामा उल्लेख छ। सूचना अनुसार, कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् । हेर्नुहोस् सूचीः
काठमाडौं,२६ असार। नेपालको स्थानीय बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा शुक्रवार २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८७ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ। यस्तै चाँदीको मल्य पनि उकालो लागेको छ। बिहीबार ४ हजार ३ सय ४० रुपैयाँ रहेको चाँदी आज शुक्रबार १ सय ७० बढेर ४ हजार ५ सय १० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
काठमाडौं,२६ असार। शिक्षा तथा खेलकुद मन्त्रालयले पूर्वस्वीकृतिबिना ए–लेभल, सीबीएसई, आईबीडीपीलगायत विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ। गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेपछि मन्त्रालयले त्यसको कार्यान्वयनलाई कडाइका साथ अघि बढाएको हो। मन्त्रालयका अनुसार, विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको गुणस्तर सुधार र प्रभावकारी नियमनका लागि उक्त नियमावली लागू गरिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलका अनुसार, केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको पाइएको छ। त्यसैले प्रचलित कानुनी व्यवस्थाबारे पुनः जानकारी गराउँदै नियमको पालना गर्न सम्बन्धित संस्थालाई आग्रह…
काठमाडौं,२६ असार। काठमाडौंस्थित राहदानी विभाग अगाडीमा आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपाली मृत्यु भएको छ। उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको प्रहरी स्रोतले जनाएको छ। यद्यपि, समाचार तयार पार्दासम्म वीर अस्पतालले उनको निधनबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन। गम्भीर घाइते भएका नेपालीको वीर अस्पतालको बर्न विभागमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको चिकित्सकहरूले बताएका थिए। उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लैजाने तयारी गरिएको थियो। तर, स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएकाले स्थानान्तरण गर्दा थप जोखिम हुन सक्ने चिकित्सकहरुको सुझावपछि वीर अस्पतालमै उपचारलाई निरन्तरता दिइएको थियो।…
काठमाडौं,२६ असार। सरकारले राहदानी नियमावली संशोधन गर्दै नयाँ अनुसूची लागू गरेको छ। परराष्ट्र मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै राहदानी नियमावली, २०७७ को अनुसूची–२ अन्तर्गतको खण्ड ‘ख’ संशोधन गरिएको जनाएको छ। मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार, नियमावलीको नियम ३० ले दिएको अधिकार प्रयोग गर्दै साविकको खण्ड ‘ख’ हटाई नयाँ व्यवस्था लागू गरिएको हो। यसैबीच, राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रुपान्तरण गर्ने क्रममा दुई दिन सेवा स्थगित गरेको छ। विभागले जारी गरेको सूचनाअनुसार प्रणाली परिवर्तनका कारण बिहीबार र शुक्रबार नयाँ राहदानीका लागि आवेदन दर्ता तथा सम्बन्धित सेवा बन्द रहनेछन्। यद्यपि, यसअघि नै तयार भइसकेका राहदानी भने सम्बन्धित सेवाग्राहीलाई नियमित रुपमा…
दाङ,२६ असार। लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को असार २५ गतेसम्म कुल बजेटको ६७.१८ प्रतिशत खर्च गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार ३८ अर्ब ९१ करोड रुपैयाँको कुल बजेटमध्ये २६ अर्ब १४ करोड २७ लाख ९४ हजार रुपैयाँ खर्च भएको हो । चालुतर्फ विनियोजन गरिएको १५ अर्ब ४३ करोड ८५ लाख ३५ हजार रुपैयाँमध्ये १० अर्ब ४६ करोड २३ लाख १४ हजार रुपैयाँ अर्थात् ६७.७६ प्रतिशत खर्च भएको छ। यस्तै पुँजीगततर्फ विनियोजन गरिएको २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँमध्ये १५ अर्ब ६७ करोड ७९ लाख…
काठमाडौं,२३ असार। संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १ सय ११ जना नेपाली नागरिकहरुलाई आममाफी दिएको छ। ईद अल–अधा २०२६ को अवसरमा यूएई सरकारले १ सय ११ जना नेपाली नागरिकहरुलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यूएई सरकारको उक्त निर्णयप्रति आभार व्यक्त गरेको छ। विज्ञप्तिअनुसार परराष्ट्र मन्त्रालयको निर्देशनमा अबुधाबीस्थित नेपाली दूतावासले यूएई सरकारसमक्ष गरेको अनुरोधका आधारमा यूएई सरकारले १ सय ११ नेपाली कैदीलाई आममाफी दिने निर्णय गरेको हो । आममाफी पाएका नेपाली नागरिकमाथि अन्य कुनै कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नरहेको अवस्थामा यूएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि उनीहरु नेपाल फर्कन…