


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,५ भदौ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रका महत्वपूर्ण नियामक तथा अनुसन्धानमूलक निकायमा धमाधम नेतृत्व नियुक्त गरेकी छन्। मन्त्री मेहताले नेपाल मेडिकल काउन्सिल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, आयुर्वेद चिकित्सा परिषद् र नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा नयाँ पदाधिकारी नियुक्त गरेकी हुन्। नवनियुक्त पदाधिकारीहरुले मन्त्री मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशीलाई नियुक्त गरिएको छ। यसैगरी, आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरि शरण अर्याल र नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ नियुक्ति दिइएको छ। स्वास्थ्य क्षेत्रका नियमन, अनुसन्धान, चिकित्सा शिक्षा तथा…
बुटवल,४ भदौ। रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ गोलपार्कबाट जुवा खेलिरहेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। बिहीबार जुवा-तास खेलिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले १ लाख ३२ हजार बढी रुपैयाँ र ८ गड्डी ताससहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। प्रहरीका अनुसार, पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–५ का ३४ वर्षीय आकाश गुरुङ, गुल्मी दरबार गाउँपालिका–४ का ३८ वर्षीय वीरबहादुर कार्की, गुल्मी रेसुङ्गा नगरपालिका–८ का ४४ वर्षीय राज श्रेष्ठ, रुपन्देही बुटवल उपमहानगरपालिका–३ का ५६ वर्षीय देव शाही, बुटवल–८ का ५३ वर्षीय पदम कुँवर, बुटवल–८ कै ७२ वर्षीय गणेशबहादुर कार्की, गुल्मी चन्द्रकोट गाउँपालिका–८ का ३५ वर्षीय…
काठमाडौं,४ भदौ। नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल प्रहरीका एसएसपी लालबाबु गिरीलाई दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीशहरु वासुदेव आचार्य, हेमन्त रावल र उमेश कोइरालाको इजलासले गिरीलाई दोषी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवानाको सजाए सुनाएको हो। गिरीले भारतको बिहारबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको भन्दै शैक्षिक प्रमाणपत्र पेस गरेका थिए। उनले पेस गरेको प्रमाणपत्रमा रहेको रोल नम्बर ७१८ को क्रमसंख्या नभेटिएको भन्दै बिहार स्कुल अफ इक्जामिनेसन बोर्ड, पटनाले पत्र पठाएपछि विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो। नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी गिरीले २०५२ सालमा नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक (सई) पदबाट सेवा प्रवेश गरेका थिए। उनी पछिल्लो…
उदयपुर, ४ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालय घुससहित एक जना वन अधिकृतलाई पक्राउ गरेको छ। उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले अख्तियारले डिभिजन वन कार्यालय गाईघाटका अधिकृत भुवन पौडेल घुसरकम सहित पक्राउ गरेको जानकारी दिए। सामुदायिक वन उपभोक्ता समूहसँग सहज रुपमा काम गराइदिने भन्दै अधिकृत पौडेलले १६ हजार २५० रुपैँया घुस लिदैं गरेको अवस्थामा अख्तियारले पक्राउ गरेको बताइएको छ।
काठमाडौं,४ भदौ। सामाजिक सञ्जाल (फेसबुक) मार्फत चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–७ का १९ वर्षीय सुदीप कटुवाल रहेको प्रहरीले जनाएको छ। साइबर ब्यूरोका प्रवक्ता एंव एसएसपी दिलीप कुमार गिरीका अनुसार, नाबालिकलाई फेसबुकमा साथी बनाएर अश्लिल सामाग्री पोस्ट गरी चरित्र हत्या गरेको र रकम समेत माग गरेको उजुरीका आधारमा युवकलाई पक्राउ गरिएको हो। पक्राउ परेका युवकविरुद्ध विद्युतीय कारोबार ऐन अन्र्तगतको कसुरमा अदालतबाट ७ दिनको म्याद लिएर आवश्यक अनुसन्धान अघि बढाइएको ब्यूरोले जनाएको छ।
काठमाडौं,४ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिद प्रकरणमा विस्तृत अनुसन्धान भइरहेको जनाएको छ। बिहीबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका निमित्त सचिव पद्म मैनालीले सेक्युरिटी प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनको मोलमोलाई भएको विषयमा अनुसन्धान जारी रहेको जानकारी दिए। मैनालीका अनुसार, सार्वजनिक लेखा समितिबाट प्राप्त करिब १० वटा निर्देशनमध्ये सेक्युरिटी प्रेस खरिदसम्बन्धी विषयलाई आयोगले अध्ययन तथा अनुसन्धान गरिरहेको छ। यस प्रकरणमा तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको नाम जोडिएको छ। बास्कोटा र सुरक्षण मुद्रण प्रेसका लागि स्वीस कम्पनीका नेपाल एजेन्ट विजयप्रकाश मिश्रबीच खरिद लागत तथा त्यसबाट आउने भनिएको ७० करोड रुपैयाँ कमिसनबारे भएको कुराकानीको अडियो सार्वजनिक भएपछि…
काठमाडौं,४ भदौ। वैदेशिक रोजगारीका लागि साउन महिनामा मात्रै ७० हजार ४४१ नेपालीले अन्तिम श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार, श्रम स्वीकृति लिनेमा पुरुषको सङ्ख्या ६० हजार ४७२ जना र महिला ९ हजार ९६९ जना रहेका छन्। साउनमा नेपाली श्रमिकको प्रमुख गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ। युएईका लागि १८ हजार ७८४ जनाले श्रम स्वीकृति लिएका छन्। यस्तै, मलेसियाका लागि १२ हजार ४९८ जना, कतारमा १० हजार ३६० जना, साउदी अरबमा ८ हजार ६१३ जना, कुवेतमा ४ हजार ५६७ जना र रोमानियामा २ हजार ९०८ जनाले श्रम स्वीकृति लिएका छन्। जिल्लागत रुपमा धनुषाबाट सबैभन्दा धेरै ३ हजार ३६८…
भैरहवा, ४ भदौ। रुपन्देहीमा पछिल्लो साउन महिनामा महिला छिमेकी सँग झगडाको घटनामा कमी आएको छ। गत असार महिनामा मात्रै जिल्लामा महिला छिमेकी सँगको झगडा भएको भन्दै प्रहरी कार्यालयमा ६३ वटा घटना (ठाडो निवेदन) दर्ता भएको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको साउन महिनाको विवरण अनुसार, साउनमा महिनामा जिल्लामा महिला छिमेकीसँग झगडाको ४४ वटा ठाडो निवेदन प्रहरी कार्यालयमा दर्ता भएको थियो। जसमध्ये २४ वटा निवेदनउपर छलफल गरी मिलापत्र गराइएको छ। ४४ वटा उक्त घटनामा सबैभन्दा बढी १९ वर्षदेखि ५९ वर्ष उमेरसमूहका ४२ जना व्यक्ति संग्लन रहेको विवरणमा उल्लेख छ।
नवलपरासी,४ भदौ। पूर्वी नवलपरासीमा दुई दिनदेखि बेपत्ता रहेका साढे दुई वर्षीय बालकको सामुदायिक वनबाट सकुशल उद्दार गरिएको छ। प्रहरीका अनुसार, भदौ २ गते बिहान गैँडाकोट नगरपालिका–१४, भागरकी हेमकुमारी आले घरनजिकै शंखदेवी सामुदायिक वनबाट च्याउ टिपेर फर्किएपछि नाती शिवान तामाङ घरमा थिएनन् । नाबालक शिवान फेला नपरेपछि परिवारले प्रहरी कार्यालयमा निवेदन दिएको थियो। खोजतलासका क्रममा भदौ ४ गते बिहान करिब १० बजे शिवान शंखदेवी सामुदायिक वनअन्तर्गत भागर खोलाको सिरानमा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले जनाएको छ ।
काठमाडौं,४ भदौ। नेपालको स्थानीय बजारमा सुनको मूल्य एकैदिन प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा किनबेच भइरहेको छ। बुधवार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँ कायम भएको थियो । त्यस्तै बुधवार चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएकोले बिहीवार २६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।