


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, १६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चात नेपाली तथा विदेशी विज्ञसहितको सुरक्षाकर्मीको संयुक्त टोलीले बेपत्ता भएकाहरुको खोजी कार्य जारी राखेको छ। सैनिक निर्देशनालयका अनुसार, विभिन्न जलविद्युत् आयोजनाका टनेलमा नेपाली तथा विदेशी विज्ञसहितको संयुक्त उद्धार टोलीले चिलिमे हाइड्रोको टनेलभित्र करिब ५० मिटर, लाङटाङ हाइड्रोमा १५० मिटर र अपर त्रिशूली–१ हाइड्रोमा २०० मिटरसम्म प्रवेश गरेर खोजी गरिरहेको छ। त्यस्तै, त्रिशूली–३ए आयोजनाको टनेल हेड फेला परेपछि कम्प्रेसरबाट हावा दिने, टनेलभित्र जमेको पानी निकाल्ने तथा तीन वटा एक्स्काभेटर प्रयोग गरी वैकल्पिक बाटो बनाउने काम भइरहेको सैनिक निर्देशनालयले जनाएको छ। त्रिशूली–३बी आयोजनामा पनि विज्ञसहितको टोलीले टनेलको प्रवेशद्वार पत्ता लगाएर एक्स्काभेटर प्रयोग गरी खन्ने काम…
काठमाडौं,१६ भदौ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कृष्णभीरमा तत्काल आवश्यक संरचना निर्माण गरी अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन गरिने बताएका छन्। पृथ्वी राजमार्ग सञ्चालनका लागि तत्कालीन तथा दीर्घकालीन समाधानका विषयमा मंगलबार बसेको पूर्वाधार विकास मन्त्रालयको बैठकले कृष्णभीरको हिलसाइडमा ‘ग्याबियन ब्रेस्ट वाल’ माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको काम तत्काल अगाडि बढाउने निर्णय गरेको मन्त्री लम्सालले बताए। उनका अनुसार बैठकले विपद्को सामना गर्न तथा विपद् प्रभावित क्षेत्र र राजधानीसँगको आपूर्ति शृङ्खला पुनःस्थापना गर्न आवश्यक काम अघि बढाउने निर्णय गरेको छ। त्यसका लागि ट्र्याक खोल्ने कार्यसँगै ‘सेक्रिफिसियल ग्याबियन बक्स’ तथा ‘बोल्डर हिलसाइड’ बाट तल खसाल्ने कार्य गरिनेछ। कृष्णभीरको दीर्घकालीन समाधानका लागि…
भैरहवा, १६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रुपन्देहीस्थित अर्घाखाँची सिमेन्ट लिमिटेडमा कार्यरत मजदुर तथा कर्मचारीले ६ लाख ७५ हजार रुपैयाँ सहयोग गरेका छन्। उद्योगमा कार्यरत मजदुर तथा कर्मचारीले स्वतःस्फूर्त रुपमा आफ्नो पारिश्रमिकबाट रकम कटाएर उक्त रकम संकलन गरेका हुन्। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। विपद्को समयमा पीडित नागरिकलाई आफ्नो तर्फबाट थोरै भए पनि सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ रकम संकलन गरिएको उनीहरुले बताएका छन्। बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्टले दियो १ करोड ११ लाख उद्योगका महाप्रबन्धक उद्धवबहादुर कार्कीका अनुसार उद्योगका तर्फबाट यसअघि नै १ करोड ११ लाख…
भैरहवा,१६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज (युसियमयस) शिक्षण अस्पताल, भैरहवाले २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्नका लागि अस्पतालका अध्यक्ष रमेश शर्माले अर्थमन्त्री स्वर्णीम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । विपद्बाट प्रभावित सर्वसाधारणहरुको तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले अस्पतालले उक्त रकम प्रदान गरेको कम्पनी सचिव राजु बस्नेत क्षेत्रीले जानकारी दिए। भैरहवामा रहेको उक्त संस्था स्वास्थ्य सेवामा निजी क्षेत्रबाट सञ्चालित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालको पहिलो मेडिकल कलेज हो।
काठमाडौं,१६ भदौ। नेपाली सेनाले आज हेलिकोप्टरमार्फत २३ जनाको उद्धार गरेको छ। विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोको टनेलभित्र प्रवेश गरी करिब ५० मिटर भित्रसम्म, लाङटाङ हाइड्रोमा टनेलभित्र करिब १५० मिटरसम्म, अपर त्रिशूली १ हाइड्रोको टनेलको करिब २०० मिटरसम्म प्रवेश गरी खोजी कार्य भइरहेको सेनाले जनाएको छ। सेनाले सार्वजनिक गरेको विवरण अनुसार, त्रिशूली ३ ए मा टनेल हेड फेला परेको र कम्प्रेसरबाट हावा दिने कार्य भइरहेको छ। टनेल भित्रको पानी निकाल्नुका साथै ३ वटा डोजर प्रयोग गरी पछाडितर्फ रहेको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ। रकम ब्रेकरबाट टनेल भित्र छिर्ने स्थान बनाउन ढुङ्गा फुटाउने कार्य भइरहेको छ। त्रिशूली…
नवलपरासी पश्चिम,१६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नारायणी नदीमा फेला परेका ६८ जनाको शव सुनवल नगरपालिकास्थित सामुदायिक वनमा जमिनमुनी व्यवस्थापन गरिएको छ। उक्त नदीमा फेला परेको १७० जनाको शव बरामद भएको थियो। जसमध्ये चार जनाको सनाखत,६८ जनाको व्यवस्थापन र ९८ जनाको शव सनाखत र व्यवस्थापन गर्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले जनाएको छ। व्यवस्थापन गरिएको शवको डिएनएको नमुना संकलन गरिएको छ । सनाखत भएका व्यक्तिहरुमा गोरखाको पालुङटार नगरपालिका-७ को २८ वर्षीया सोमी कुमाल, धादिङको गजुरी गाउँपालिक-६ मिलानटारका ३५ वर्षीय प्रकाश ग्यामी मगर, काभ्रेको रोसी गाउँपालिका ९ घर भई नुवाकोटको विदुर नगरपालिका-१० बेत्रावती बजारका ३८ वर्षीय संखबुद्ध तामाङ…
काठमाडौं,१५ भदौ। परराष्ट्र मन्त्रालयले पुनःस्थापना तथा पुनर्निर्माणका लागि विस्तृत आवश्यकता मूल्याङ्कनपछि ठूलो अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने जनाएको छ। सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले तत्काल उद्धार तथा राहतका लागि आवश्यक विशिष्टीकृत अन्तर्राष्ट्रिय सहयोग तथा दीर्घकालीन रुपमा पुनःस्थापना र पुनर्निर्माणका लागि ठूलो अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने बताएका हुन्। उनका अनुसार परराष्ट्र मन्त्रालयमा स्थापना गरिएको ‘इमर्जेन्सी कन्ट्रोल रुम’ मार्फत हराइरहेका विदेशी नागरिक तथा उनीहरुका परिवारसँग समन्वय र सहजीकरणको काम भइरहेको छ। तिब्बततर्फ रहेका नेपाली नागरिकलाई हिल्सालगायतका नाकाबाट सुरक्षित रुपमा स्वदेश फर्काउन चिनियाँ पक्षले सहजीकरण गरिरहेको उनले जानकारी दिए। हिमाली भेगका साँघुरा, गहिरा र भिराला खोंचका कारण…
काठमाडौं,१५ भदौ। प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरिरहेको खोज तथा उद्धार, राहत वितरण र नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको छ। भेटका क्रममा बाढी प्रभावित नागरिकहरुको उद्धार तथा राहत व्यवस्थापनसँगै क्षतिग्रस्त संरचनाको पुनर्स्थापनाका विषयमा समेत छलफल गरिएको थियो। प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको सुरक्षा, राहत सामग्रीको सहज पहुँच तथा पुनर्स्थापनाका लागि सरकारी संयन्त्रहरुलाई पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका थिए।
भैरहवा, १५ भदौ। भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि अर्घाखाँची सिमेन्ट लिमिटेडले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ। अर्घाखाँची सिमेन्टका सञ्चालकहरुले कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम अर्थमन्त्री स्वर्णीम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। कम्पनीका सञ्चालक राजेश कुमार अग्रवालले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारसँग सहकार्य गर्दै आफूहरु पीडितको साथमा रहेको बताए। उनले कम्पनीको सहयोगले प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका राहत, उपचार तथा पुनःस्थापनाका कार्यक्रमलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गरे। रकम हस्तान्तरण कार्यक्रममा अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकासहित कम्पनीका अन्य प्रतिनिधिको समेत सहभागिता थियो। साथै, अर्घाखाँची सिमेन्ट लिमिटेडले बाढीमा ज्यान गुमाउनुहुनेहरुप्रति…
भैरहवा, १५ भदौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीको अध्यक्षमा पुनः सागर प्रताप राणा सर्वसम्मत निर्वाचित भएका छन्। पार्टीको भैरहवामा सम्पन्न सातौं जिल्ला अधिवेशनले अध्यक्षमा राणासहित ४१ सदस्यीय कार्यसमिति चयन गरेको हो । निर्वाचन समितिका अनुसार, नयाँ कार्यसमितिको सदस्यमा विक्रम केसी, आबिद अलि पठान, चुन्न प्रसाद पौडेल, जितेन्द्र के.सी. खड्का, पदमा कुमारी थापा, तुफेल पठान, गुमानसिंह सोनी, छेदीलाल श्रीवास्तव, नरेन्द्र थापा, भीमप्रसाद पाण्डेय, प्रदीप कुमार कसौधन, शिला पासी, दिनानाथ अहिर यादव, ज्ञानेन्द्र श्रेष्ठ, ओमप्रकाश चौधरी (कुर्मी), रामबहादुर थापा, प्रेमबहादुर भण्डारी, खोमबहादुर सिंह, उमादेवी खवास र शिवकान्ति चमार निर्वाचित भएका छन्। त्यस्तै सदस्यमा रफिक शाह, मुक्तिनाथ यादव, अहमद अलि शाह, रबिन्द्र कुमार…