Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,१८ चैत। मध्यपूर्वमा द्वन्द्वका कारण कुवेतमा रोकिएका नेपाली नागरिकहरुलाई स्वदेश ल्याइएको छ । बुधवार कुवेत एयरवेजको चार्टर उडानमार्फतबाट ३ सय १८ जना नेपाली यात्रुहरुलाई स्वदेश ल्याइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए । उक्त विमानमा नौ जना नेपाली नागरिकहरु शव समेत ल्याइएको कार्यालयले जनाएको छ। ल्याइएकामध्ये केही डिपोर्ट गरिएका यात्रुहरु समेत छन् । मध्यपूर्वमा द्वन्द्वका कारण नेपाल–कुवेतबीचको नियमित उडान प्रभावित हुँदा कुवेतस्थित नेपाली राजदूतावासको समन्वयमा यात्रुसहितको विमान साँझ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।

Read More

काठमाडौँ, चैत १८ गते। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट मार्गदर्शन तयार गरी सम्बन्धित सबै मन्त्रालयहरुलाई पठाएको छ। आगामी जेठ १५ मा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार यो तयारी गरिएको हो। मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयका अनुसार, आगामी बजेटमा आर्थिक अनुशासन र खर्चमा मितव्ययितालाई विशेष प्राथमिकता दिइनेछ। तयारी पूरा भएका, छिट्टै ठेक्कामा जान सक्ने तथा प्रोजेक्ट बैंकमा सूचीकृत आयोजनाहरुलाई मात्र बजेटमा समावेश गर्ने व्यवस्था गरिएको छ। उनका अनुसार मन्त्रालयहरुले बजेट प्रस्ताव गर्दा सतर्क र जिम्मेवार हुनुपर्नेछ। स्रोत अनुमान समितिले राजस्व र वैदेशिक सहयोगको आकलन गरी बजेटको स्रोत निर्धारण गरिसकेको र मन्त्रालयहरूलाई बजेट सीमा (सिलिङ) पनि पठाइसकिएको…

Read More

काठमाडौं,१८ चैत। एसईई परिक्षा बिहीबार (भोली) बाट सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार, परिक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थि सहभागी हुने भएका छन्। जसमध्य टेक्निकल १६ हजार ३१२ जनाले परिक्षा दिन लागेका छन् भने पार्सियलमा २६४ जनाले परिक्षा दिन लागेका बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार, बिहान ८ बजे ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा हुने भएको छ ।

Read More

काठमाडौं,१८ चैत। प्रतिनिधिसभाको सभामुखको निर्वाचन आगामी चैत २२ गते हुने भएको छ । सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा, सभामुख निर्वाचनका लागि शुक्रबार उम्मेदवारी मनोनयन गर्ने गरी प्रस्ताव गरिएको हो।

Read More

काठमाडौं,१८ चैत। नेपाली कांग्रेसका नेता डा. रणबहादुर रावलले गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतको फैसला नआएसम्म आधिकारिक मान्न नसकिने बताएका छन्। बुधबार खड्का–कोइराला समूहको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले तत्कालीन केन्द्रीय समितिको आह्वानबिना भएको विशेष महाधिवेशन वैधानिक नभएको दाबी गरे। उनका अनुसार, सोही विषयमा तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। रावलले मुद्दा अदालतमा विचाराधीन रहेकाले छिटो टुंगो लाग्नुपर्ने बताएका छन्। उनले उक्त महाधिवेशन विधि–विधान विपरीत भएको भन्दै त्यसबाट बनेको समितिप्रति वैचारिक असहमति रहेको पनि स्पष्ट पारे। ‘विधि विधानले नभएर एउटा हुल र भेलाले गरेको एउटा कमिटी भएकाले हाम्रो वैचारिक द्वन्द्व छ,’…

Read More

भैरहवा, १८ चैत । रुपन्देहीको शिक्षा विकास तथा समन्वय इकाइले जिल्लाका विद्यालयहरुले विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रमहरु विद्यालय हाताभित्र नै मितव्ययी तरिकाले संचालन गर्न निर्देशन दिएको छ । बुधवार कार्यालयले जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुको नाममा अत्यन्तै जरुरी सूचना जारी गर्दै केही विद्यालयहरुले विद्यार्थीहरुको स्वागत तथा विदाई जस्ता कार्यक्रमहरु विभिन्न होटलमा संचालन गरेकोले विद्यार्थी तथा अभिभावकहरुमा अतिरिक्त आर्थिक भार सिर्जना भएको गुनासो प्राप्त भएको जनाएको छ । जिल्लाका सबै स्थानीय तहरुलाई समन्वय, सहजीकरण तथा अनुगमन गर्नका लागि अनुरोध गर्दै इकाइ प्रमुख विष्णुप्रसाद पन्थीद्वारा जारी सूचनामा भनिएको छ, ‘यस कार्यालयमा गुनासो प्राप्त भएकोले जिल्ला अन्र्तगतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुले…

Read More

भैरहवा, १८ चैत। नेपाल प्रहरीले अप्रिल फुल दिवसको अवसरमा अनौठो शैलीमा जनचेतनामूलक अभियान सञ्चालन गरेको छ। प्रहरी प्रधान कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत क्यूआर कोड सार्वजनिक गर्दै भनेको छ, ‘तपाईंविरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन ? सुनिश्चित गर्नका लागि एक पटक क्यूआर कोड स्क्यान गर्नुहोस् ।’ तर, उक्त क्यूआर कोड स्क्यान गरेपछि प्रयोगकर्ताले सचेतनामूलक सन्देश प्राप्त गरेका छन्। ‘तपाईंले स्क्यान गर्नुभएको क्यूआर कोड सचेतना अभियानको लागि हो’, उक्त सन्देशमा भनिएको छ, ‘आज हामीले मजाक गरेका थियौं…तर भोलि यस्तै क्यूआर बाट तपाईं स्क्याममा पनि पर्न सक्नुहुन्छ।’ प्रहरीले यस अभियानमार्फत अपरिचित व्यक्ति वा अज्ञात स्रोतबाट प्राप्त क्यूआर कोड जथाभावी…

Read More

भैरहवा,१८ चैत । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ब्यागेज ह्यान्डलिङ सिस्टम’ (बीएचएस) जडान गरिएको छ । बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक देवचन्द्र लाल कर्णले एक कार्यक्रमका बीच जडान गरिएको उक्त प्रणालीको उद्घाटन गरे। यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै सहज रुपमा आफ्नो सामान प्राप्त गर्नका लागि विमानस्थलको आन्तरिक आगमनतर्फ उक्त प्रणाली जडान गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए। विगतमा सामान हराउने, छुट्ने जस्ता समस्या हट्ने विश्वास लिइएको छ । धनगढी, नेपालगंज, जनकपुर, पोखरा, काठमाडौं, विराटनगर पश्चात भैरहवाको आन्तरिक आगमनतर्फ पनि यो प्रणाली बुधवार जडान गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

Read More

काठमाडौं,१७ चैत। दुई दिनसम्म घटेको सेयर बजार मंगलबार दोहोरो अंकले बढेको छ। आज बजार १९.७० अंकले बढेर २८५१.०९ विन्दुमा पुगेको छ। यसदिन ३३९ वटा स्क्रिप्सको २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता सेयर ११ अर्ब ११ करोड २४ लाख १८ हजार ८०६ रुपैयाँमा खरिदबिक्री भएका छन्। ६ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रो, रिज लाइन इनर्जी, होटल फोरेस्ट, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर १० प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा रिडी पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीले ४८ करोड मूल्य बराबरको सेयर कारोबार गरेको छ। कारोबारमा आएकामध्ये १९५ वटा स्टक्सको मूल्य…

Read More

काठमाडौं,१७ चैत। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार बसेको सचिवालय बैठकले चैत २४ गतेदेखि देशव्यापी विरोधको कार्यक्रम आयोजना गर्ने निर्णय भएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार, चैत २४ गते सबै जिल्ला कमिटी वृहत कार्यकर्ता भेला आयोजना गर्ने निर्णय भएको छ। चैत २५ गते जिल्ला तहमा आन्दोलन केन्द्रित बृहत् भेला गर्ने, २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने, वैशाख ३ गते वडा तहमा भेला गर्ने, वैशाख ७ गते प्रदेश राजधानीहरुमा प्रदर्शन गर्ने र वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन आयोजना हुनेछ। महासचिव पोखरेलले अध्यक्ष ओली, नेपाली…

Read More