Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

कपिलवस्तु,१७ चैत। कपिलवस्तु प्रहरीले ग्राहकको खाताबाट रकम चोरेको आरोपमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको तौलिहवा शाखाका एक जना कर्मचारीलाई पक्राउ गरेको छ । यस अघि प्रहरीले ग्राहकको खाताबाट रकम चोरेकै आरोपमा यही बैंकको गाईघाट शाखामा कार्यरत उदयपुरको त्रियुगा नगरपालिका-५ की सुनिता बानियाँलाई पक्राउ गरेको थियो । तौलिहवा शाखामा कार्यरत पक्राउ परेका कर्मचारी ऋषभ कार्कीले बैंकिङ प्रणालीभित्र प्रवेश गरेर ग्राहकका मोबाइल नम्बर परिवर्तन गरी आफूले प्रयोग गर्ने नम्बर राखेर मोबाइल बैंकिङ ट्रान्जेक्सनको सूचना आफैंलाई आउने व्यवस्था मिलाएको आरोप छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार, यही प्रक्रिया अपनाएर उनले १६ जना ग्राहकको १ करोड ६५ लाख रुपैयाँ मोबाइल…

Read More

भैरहवा,१७ चैत। मध्यपूर्वमा द्वन्द्वका कारण कुवेतमा रोकिएका नेपाली नागरिकहरुलाई स्वदेश ल्याईने भएको छ । कुवेत एयरवेजको वाइडबडी विमान (बोइङ ७७७–३००) को चार्टर उडानमार्फत मार्फत बुधवार त्यहाँबाट नेपाली नागरिकहरुलाई स्वदेश ल्याइने भएको हो । जसका लागि उक्त चार्टर उडानलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमित प्रदान गरिसकेको छ । कुवेतबाट अलपत्र नेपाली यात्रुहरुलाई लिएर बुधवार उक्त विमान दिउँसो ४:४५ बजे भैरहवामा अवतरण गर्ने तालिका रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए । उक्त उडानमार्फत करिब तीन सय यात्रु आउन सक्ने सम्भावना रहेको उनले बताए । कुवेतस्थित नेपाली दूतावासको समन्वयमा स्वदेश फर्किन चाहेको नेपालीहरुलाई चार्टर उडानमार्फत स्वदेश पठाउन लागिएको बताइएको…

Read More

काठमाडौं,१७ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र आम जनता पार्टीका अध्यक्ष प्रभु साहबीच पनि भेटवार्ता भएको छ । मंगलबार भएको भेटमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ। देश र अझ विशेषगरी मधेसले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात् गरि पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा छलफल केन्द्रित भएको जनाइएको छ। आजै लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच पनि भेटवार्ता भएको थियो।

Read More

उदयपुर,१७ चैत। ग्राहकको खाताबाट पैसा हिनामिना गरेको आरोपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकको गाईघाट शाखामा कार्यरत उदयपुरको त्रियुगा नगरपालिका-५ की सुनिता बानियाँलाई प्रहरीले पक्राउ गरेको हो । बैंकको उजुरी पश्चात कर्मचारी बानियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी एवं डीएसपी केदारमान दोङले बताए। उनका अनुसार, कर्मचारीले ग्राहकको पैसा हिनामिना गरेको आरोपपछि उनलाई नियन्त्रणमा लिएर बैंकिङ कसुर तथा ठगी मुद्दामा अनुसन्धान भइरहेको थालिएको छ। बैंकले आन्तरिक छानबिनमा रकम हिनामिना भएको पाएपछि प्रहरीमा उजुरी दिएको हो ।

Read More

काठमाडौं, १७ चैत । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ रहेका रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ । तर, गौरीबहादुर कार्की नेतृत्वको आयोगमा रिजालले आफुले घातक हतियारबाट गोली प्रहार गर्ने आदेश नगरेको बयान दिएका छन्। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई कारबाही सिफारिस गरेको थियो।

Read More

काठमाडौं,१७ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । मंगलबार बिहान बुढानिलकण्ठस्थित लामिछानेको निवासमा दुवैजनाबीच भेटवार्ता भएको हो। भेटमा वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजना लगायत विषयमा छलफल भएको र जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्नका लागि दुबै पक्ष एकमत भएको बताइएको छ ।

Read More

काठमाडौं,१७ चैत। सरकारको निर्णयसँगै चार सय बढी अनलाइन सट्टेबाजी (बेटिङ) एप तथा वेबसाइटहरु बन्द गरिएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि गत फागुन १३ गते नेपाल दूरसञ्चार प्राधिकरणलाई २४ घण्टाभित्र बेटिङ एप तथा साइटहरु बन्द गर्न निर्देशन दिइएको थियो। जसअनुसार इन्टरनेट तथा मोबाइल सेवा प्रदायकहरुले सोमबारसम्म ४०० भन्दा बढी बेटिङ प्लेटफर्महरु ब्लक गरेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालका अनुसार सरकारको निर्देशनलगत्तै प्राधिकरणले बेटिङ प्लेटफर्महरु बन्द गराएको हो। ‘सोमबारसम्म ४०० भन्दा बढी एप तथा साइट बन्द भइसकेका छन् र बाँकी पनि बन्द गराउने कार्य भइरहेको छ’, उनले भने, प्रयोगकर्ताले भीपीएन वा डीएनएस प्रयोग गरेर यस्ता साइटमा पहुँच कायम…

Read More

काठमाडौं,१७ चैत। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि अनिवार्य अवकाशमा जाँदैछन्। उनको अवकाशसँगै वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशका रुपमा कार्यभार सम्हाल्ने भएकी छिन् । कानून व्यवसायीका रुपमा न्यायसेवामा प्रवेश गरेका राउत नेपाल सरकारद्वारा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुँदै न्यायसेवाको सर्वोच्च पद प्रधानन्यायाधीशमा २०८१ असोजमा नियुक्त भएका हुन्। ३३ वर्ष कानून व्यवसायीका रुपमा र सर्वोच्च अदालतको न्यायाधीशका रुपमा ८ वर्ष बिताएपछि प्रधानन्यायाधीशमा नियुक्त भएका थिए।

Read More

भैरहवा,१७ चैत। रुपन्देही प्रहरीले अवैध रुपमा माटो उत्खनन तथा ओसारपसार गरिरहेका सवारी साधनहरु नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले शुद्धोधन गाउँपालिका वडा नं. २ कलुवा स्थित दानव नदी क्षेत्रबाट अवैध रुपमा माटो उत्खनन भइरहेको अवस्थामा जेसीबी, टिप्पर र एस्काभेटर सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। प्रहरीका अनुसार, नियन्त्रणमा लिइएका सवारी साधनहरुलाई आवश्यक कारबाहीका लागि शुद्धोधन गाउँपालिकाको कार्यालयमा पठाइएको थियो । उक्त कार्यमा संलग्न पक्षलाई ३ लाख २० हजार रुपैयाँ जरिवाना गरिएको छ।

Read More

काठमाडौं,१६चैत। श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफुलाई ज्यान मार्ने धम्की दिएको भन्दै साइबर ब्यूरोमा उजुरी दिएका छन् । प्रतिनिधिसभा सदस्य समेत रहेका साम्पाङले सुनिता खड्का नामक रास्वपाको समर्थकले आफूलाई धम्की दिएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएका हुन्। ‘मलाई रास्वपाका समर्थक सुनिता खड्का नामकी व्यक्तिले टिकटकमा ज्यान मार्ने र मेरो घर जलाउने सम्मको धम्की आमसंचारमा दिँदै अत्यन्तै पाशविक शैलीमा गालीगलौज गरेको घटनाप्रति ब्युरोको ध्यानाकर्षण गराउँदै उनलाई तुरुन्तै पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही चलाउन अनुरोध गर्दछु,’ उनले दिएको उजुरीमा उल्लेख छ ।

Read More