


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
मुस्ताङ,९ चैत। नेपाल-चीनसँगको कोरलानाका स्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा करिब ५ अर्ब ७१ करोड १० लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ। गत भदौ ३१ देखि पूर्ण सञ्चालनमा आएको उक्त कार्यालयले चैत ७ सम्म यो राजस्व उठाएको हो। कार्यालय प्रमुख रमेश खड्काका अनुसार यस अवधिमा १२ अर्ब १७ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन् भने २० करोड ३० लाख रुपैयाँ बराबरका वस्तु चीनतर्फ निर्यात भएका छन्। साथै, कोरलानाकाबाट २ हजार ३४७ वटा विद्युतीय सवारीसाधन र १ हजार ८०४ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास भइसकेको छ। रसुवागढी र तातोपानी नाका पहिरोका कारण बन्द भएपछि कोरलानाकालाई वैकल्पिक नाकाका रुपमा…
डोल्पा, ९ चैत। ठूलो परिमाणमा जडीबुटीसहित चार जनालाई नियन्त्रणमा लिइएको छ । श्री सङ्ग्राम सार्दुल गुल्मका उपसेनानी सुशील दाहालको कमान्डमा नेपाली सेना र शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज प्रशासन कार्यालयका सिनियर गेम स्काउटको संयुक्त टोलीले त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोट क्षेत्रमा करिब ३५ क्विन्टल पदमचाल जडीबुटी र दुई ट्याक्टरसहित चार जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा त्रिपुरासुन्दरी–५ का ३६ वर्षीय नरेश बुढा, सल्यान कुमाख गाउँपालिका–४ का २५ वर्षीय एलिश बुढा (चालक), रुकुमपश्चिम आठबिस नगरपालिका–७ का ४८ वर्षीय कृष्ण विक (चालक) तथा त्रिपुरासुन्दरी–५ का ३३ वर्षीय विकास रोकाया छन्। निकुञ्ज क्षेत्रबाट अवैध रुपमा जडीबुटी सङ्कलन गरेर निर्यात गर्न लागेको अवस्थामा जडीबुटीसहित उनीहरुलाई पक्राउ गरिएको…
पाल्पा,९ चैत। पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तिनाउ नदीमा डुबेर भारतीय नागरिकको मृत्यु भएको छ। जलविद्युतको बाँध क्षेत्रमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ भने अर्काको खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी होमप्रकाश चौधरीका अनुसार, भारतको उत्तर प्रदेश अन्तर्गत सन्तकबिरनगर जिल्लाबाट घुम्न आएका ७ जनामध्ये २ जना डुबेर बेपत्ता भएका थिए। उनले डुबेको स्थानबाट करिब १०० मिटर तल एक जनाको शव सोमबार बिहान फेला परेको बताए। डीएसपी चौधरीका अनुसार, मृत्यु हुनेमा भारतको उत्तर प्रदेश,सन्तकबिर नगर, मेधावल ठाकुरद्वार नगर पञ्चायत वडा नं. १८ का १७ वर्षीय अमान अन्सारी रहेका छन्।…
काठमाडौं,८ चैत। चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिकसम्म मुलुकले करिब ११ खर्ब रुपैयाँको व्यापार घाटा बेहोरेको छ। भन्सार विभागका अनुसार, फागुन मसान्तसम्म कुल १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाख रुपैयाँको वैदेशिक व्यापार हुँदा १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख रुपैयाँ घाटा भएको हो। यस अवधिमा १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँको आयात र १ खर्ब ९१ अर्ब ११ करोड २० लाख रुपैयाँको निर्यात भएको छ। अघिल्लो वर्षको तुलनामा आयात १२ दशमलव ५४ प्रतिशत र निर्यात २९ दशमलव ८३ प्रतिशतले बढेको छ। भारतसँग मात्रै ५ खर्ब ६७ अर्ब ३९ करोड रुपैयाँ घाटा हुँदा चीनसँग २…
पोखरा,८ चैत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भ्रष्टाचार गरेको आरोपमा २१ जनासविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आईतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का तत्कालीन तीनजना महानिर्देशकहरुसहित २१ जनाविरुद्ध ४६ करोड १५ लाख भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धीको यो दोस्रो मुद्दा हो। यसअघि आठ अर्ब ३७ करोड भ्रष्टाचारको आरोपमा अख्तियारले गत मंसिर २१ मा तत्कालीन पाँच मन्त्री, १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दा अदालतमा विचारधीन रहेकै अवस्थामा अख्तियारले दोस्रो मुद्दा पनि दायर…
भैरहवा, ८ चैत। दीर्घकालीन फोहोरमैला व्यवस्थापनका लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले वर्गीकरण गरिएको फोहोरमैला संकलन गर्ने जनाएको छ । सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले आगामी चैत १८ गतेदेखि फोहोर वर्गीकरण नगर्ने जुनसुकै निकायको फोहोर पालिकाले नउठाउने नगर कार्यपालिकाले निर्णय गरेको बताए। नगरपालिकाले कुहिने जैविक फोहोर घरेलु फोहोरमैला (खाना पकाउँदा बाँकी रहेका अवशेष, भात, दाल, तरकारी तथा फलफूलका बोक्रा, सागसब्जी, पातिङ्गर, घाँस, चिया तथा कफीका अवशेष आदि कुहिने फोहोर) जस्ता सडिगली जाने प्रकृतिका घरायसी वस्तुहरु, नकुहिने (अजैविक) फोहोरमैलामा प्लाष्टिक, पोलिथिन, रबर, कपडा, जुत्ता, ब्याट्री, विद्युतीय सामानहरुका अवशेष जस्ता सडिगली नजाने प्रकृतिका फोहोरहरु तथा नकुहिने (अजैविक) फोहोरमैला अन्र्तगत सिसा, काँच, धातु,…
काठमाडौं,८ चैत। गृहमन्त्री ओमप्रकाश अर्याल र नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलबीच भेटवार्ता भएको छ। आइतबार बिहान प्रधानसेनापति सिग्देल अर्याललाई भेट्न गृह मन्त्रालय पुगेका थिए। भेटवार्ताबारे दुवै पक्षले आधिकारिक जानकारी गराएको छैन। प्रधानसेनापति सिग्देलले जेनजी आन्दोलनका घटनाबारे तयार पारिएको प्रतिवेदनबारे चासो राखेका छन्। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाको विस्तृत प्रतिवेदन गौरीबहादुर कार्की संयोजकत्वको समितिले प्रधानमन्त्रीलाई बुझाएको थियो। उक्त प्रतिवेदन सरकारले सार्वजनिक गरेको छैन। सरकारले प्रतिवेदनमाथि अध्ययन भइरहेको बताएको छ। जेनजी आन्दोलनका क्रममा देशभर सरकारी संरचनामा आगजनी र क्षति पुगेपछि सर्वसाधारणले सेनाको भूमिकामाथि आलोचना गर्दै आएका छन्।
पोखरा, ८ चैत। जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका-१७ मा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेका आरोपीहरुको साथबाट नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँ र १० बुक तास बरामद भएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं,८ चैत। नेपाली कांग्रेसले आन्तरिक विवादका कारण प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित नतिजा प्राप्त नभएको प्रारम्भिक निष्कर्ष निकालेको छ। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठककाबीच सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता देवराज चालिसेले पार्टीले पराजय भोगेको अधिकांश क्षेत्रको मतान्तरलाई हेर्दा पार्टीको आन्तरिक कारणले नै अपेक्षित मत नआएको प्रारम्भीक निष्कर्ष रहेको बताए। त्यसका अतिरिक्त निर्वाचन क्याम्पेनिङमा भएका त्रुटि समेत देखिएकाले बैठकमा विस्तृत रुपमा छलफल भइरहेको उनले बताए। कतिपय क्षेत्रहरुमा संगठनात्मक कमजोरी मात्रै नभइ पार्टीप्रति जनताको विश्वासमै पनि प्रश्न उठेको आभाष बैठकले गरेको उनले उल्लेख गरे । पार्टीको क्रियाशिल सदस्यको संख्या बढ्दै जाँदा मत भने घट्दै गएकाले निर्वाचनको परिणामलाई गहिरो र तथ्यमा आधारित भएर…
काठमाडौं,३ चैत। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एलपी ग्यासमा भइरहेको कालोबजारी र कृत्रिम अभावबारे जानकारी दिन सर्वसाधारणलाई निःशुल्क हटलाइन ११३७ मा सम्पर्क गर्न आग्रह गरेको छ। पछिल्ला दिनमा ग्यास लुकाएर अभाव सिर्जना गर्ने र चर्को मूल्यमा बिक्री गर्ने गुनासो बढेपछि विभागले यस्तो आग्रह गरेको हो। उपभोक्ताले सहज रुपमा सूचना दिन सकून् भनेर देशभरबाट निःशुल्क फोन गर्ने व्यवस्था गरिएको विभागले जनाएको छ। नेपाल आयल निगमले आधा सिलिण्डर वितरणको व्यवस्था गरे पनि बजारमा अभाव कायमै रहेको छ। यस्तो अवस्थामा गैरकानुनी कारोबार गर्नेहरुमाथि कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ। विभागले अनुगमनलाई तीव्र बनाउँदै उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिरहेको जनाएको…