


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
उदयपुर,१७ चैत। ग्राहकको खाताबाट पैसा हिनामिना गरेको आरोपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकको गाईघाट शाखामा कार्यरत उदयपुरको त्रियुगा नगरपालिका-५ की सुनिता बानियाँलाई प्रहरीले पक्राउ गरेको हो । बैंकको उजुरी पश्चात कर्मचारी बानियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी एवं डीएसपी केदारमान दोङले बताए। उनका अनुसार, कर्मचारीले ग्राहकको पैसा हिनामिना गरेको आरोपपछि उनलाई नियन्त्रणमा लिएर बैंकिङ कसुर तथा ठगी मुद्दामा अनुसन्धान भइरहेको थालिएको छ। बैंकले आन्तरिक छानबिनमा रकम हिनामिना भएको पाएपछि प्रहरीमा उजुरी दिएको हो ।
काठमाडौं, १७ चैत । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ रहेका रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ । तर, गौरीबहादुर कार्की नेतृत्वको आयोगमा रिजालले आफुले घातक हतियारबाट गोली प्रहार गर्ने आदेश नगरेको बयान दिएका छन्। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई कारबाही सिफारिस गरेको थियो।
काठमाडौं,१७ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । मंगलबार बिहान बुढानिलकण्ठस्थित लामिछानेको निवासमा दुवैजनाबीच भेटवार्ता भएको हो। भेटमा वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजना लगायत विषयमा छलफल भएको र जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्नका लागि दुबै पक्ष एकमत भएको बताइएको छ ।
काठमाडौं,१७ चैत। सरकारको निर्णयसँगै चार सय बढी अनलाइन सट्टेबाजी (बेटिङ) एप तथा वेबसाइटहरु बन्द गरिएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि गत फागुन १३ गते नेपाल दूरसञ्चार प्राधिकरणलाई २४ घण्टाभित्र बेटिङ एप तथा साइटहरु बन्द गर्न निर्देशन दिइएको थियो। जसअनुसार इन्टरनेट तथा मोबाइल सेवा प्रदायकहरुले सोमबारसम्म ४०० भन्दा बढी बेटिङ प्लेटफर्महरु ब्लक गरेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालका अनुसार सरकारको निर्देशनलगत्तै प्राधिकरणले बेटिङ प्लेटफर्महरु बन्द गराएको हो। ‘सोमबारसम्म ४०० भन्दा बढी एप तथा साइट बन्द भइसकेका छन् र बाँकी पनि बन्द गराउने कार्य भइरहेको छ’, उनले भने, प्रयोगकर्ताले भीपीएन वा डीएनएस प्रयोग गरेर यस्ता साइटमा पहुँच कायम…
काठमाडौं,१७ चैत। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि अनिवार्य अवकाशमा जाँदैछन्। उनको अवकाशसँगै वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशका रुपमा कार्यभार सम्हाल्ने भएकी छिन् । कानून व्यवसायीका रुपमा न्यायसेवामा प्रवेश गरेका राउत नेपाल सरकारद्वारा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुँदै न्यायसेवाको सर्वोच्च पद प्रधानन्यायाधीशमा २०८१ असोजमा नियुक्त भएका हुन्। ३३ वर्ष कानून व्यवसायीका रुपमा र सर्वोच्च अदालतको न्यायाधीशका रुपमा ८ वर्ष बिताएपछि प्रधानन्यायाधीशमा नियुक्त भएका थिए।
भैरहवा,१७ चैत। रुपन्देही प्रहरीले अवैध रुपमा माटो उत्खनन तथा ओसारपसार गरिरहेका सवारी साधनहरु नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले शुद्धोधन गाउँपालिका वडा नं. २ कलुवा स्थित दानव नदी क्षेत्रबाट अवैध रुपमा माटो उत्खनन भइरहेको अवस्थामा जेसीबी, टिप्पर र एस्काभेटर सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। प्रहरीका अनुसार, नियन्त्रणमा लिइएका सवारी साधनहरुलाई आवश्यक कारबाहीका लागि शुद्धोधन गाउँपालिकाको कार्यालयमा पठाइएको थियो । उक्त कार्यमा संलग्न पक्षलाई ३ लाख २० हजार रुपैयाँ जरिवाना गरिएको छ।
काठमाडौं,१६चैत। श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफुलाई ज्यान मार्ने धम्की दिएको भन्दै साइबर ब्यूरोमा उजुरी दिएका छन् । प्रतिनिधिसभा सदस्य समेत रहेका साम्पाङले सुनिता खड्का नामक रास्वपाको समर्थकले आफूलाई धम्की दिएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएका हुन्। ‘मलाई रास्वपाका समर्थक सुनिता खड्का नामकी व्यक्तिले टिकटकमा ज्यान मार्ने र मेरो घर जलाउने सम्मको धम्की आमसंचारमा दिँदै अत्यन्तै पाशविक शैलीमा गालीगलौज गरेको घटनाप्रति ब्युरोको ध्यानाकर्षण गराउँदै उनलाई तुरुन्तै पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही चलाउन अनुरोध गर्दछु,’ उनले दिएको उजुरीमा उल्लेख छ ।
काठमाडौं,१६ चैत। नेप्से परिसूचक सोमबार पनि दोहोरो अंकले घटेको छ। आज ४७.७१ अंकले घटेर २८३१.३९ विन्दुमा अडिएको छ। नयाँ सरकार गठन भएपछिको दुई दिनमा नेप्सेले ११९ अंक गुमाएको छ । यसदिन ३४१ वटा स्क्रिप्सको ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता सेयर १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ रुपैयाँमा खरिदबिक्री भए। उच्च अंकले घटेको बजारमा ७ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रो, रिज लाइज इनर्जी, होटल फोरेस्ट, सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र सप्तकोसी विकास बैंकको सेयर १० प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा रिडी पावर शीर्षस्थानमा रह्यो।…
काठमाडौं,१६ चैत। अर्थ मन्त्रालयले एकैपटक ३० जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयका अनुसार, उपसचिवहरूलाई भन्सार विभाग, आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण विभाग, लगायत मातहतका विभिन्न निकायहरुमा सरुवा तथा पदस्थापन गरिएको हो । हेर्नुहोस् सूची, को-कहाँ ?
काठमाडौं,१६ चैत।। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा हुने आर्थिक अनियमितता र भ्रष्टाचार रोक्न निर्देशन दिएका छन् । साथै सरकारी कर्मचारीलाई घुस नदिन निर्माण व्यवसायीहरुलाई पनि आग्रह गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना सदस्यहरूलाई परिपत्र जारी गर्दै मन्त्री लम्सालको निर्देशनबारे जानकारी गराएको छ। २०८२ चैत १५ गते मन्त्री लम्साल र महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको टोलीबीच मन्त्रालयमा छलफल भएको थियो। पूर्वाधार विकासका काममा आर्थिक अनियमितता हुने र त्यसका कारण समयमै गुणस्तरीय काम सम्पन्न नहुने गुनासो आएपछि मन्त्रीले यस्तो निर्देशन दिएका हुन्। महासंघले जारी गरेको विज्ञप्ति अनुसार, अब निर्माण व्यवसायीले निर्माणाधीन आयोजनाका क्रममा कुनै पनि तहका सरकारी…