Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,९ चैत। चालु आर्थिक वर्ष २०८२/८३ का पछिल्लो ८ महिनामा नेपालले २८ अर्ब २९ करोड ४० लाख रुपैयाँ बराबरको धानचामल आयात गरेको छ। भन्सार विभागका अनुसार साउनदेखि फागुनसम्म ५ लाख ६७ हजार ९ सय ३० टन धानचामल आयात भएको हो। गत आर्थिक वर्षको सोही अवधिमा २९ अर्ब ७ करोड ५९ लाख रुपैयाँ बराबरको ५ लाख ९१ हजार १ सय ८२ टन आयात भएको थियो। यस आधारमा चालु वर्ष कुल आयात करिब ७८ करोड रुपैयाँले घटेको देखिन्छ। धान आयात भने घटेर १४ अर्ब १४ करोड ५१ लाख रुपैयाँ (३ लाख ८४ हजार टन) मा सीमित भएको छ। जुन गत वर्ष १६…

Read More

चितवन,९ चैत। जिल्ला प्रहरी कार्यालय चितवनले आन्तरिक पर्यटन प्रवर्द्धन र प्रहरीको मनोबल बढाउने उद्देश्यले ‘घुमौँ चितवन’ कार्यक्रम पुनः सञ्चालनमा ल्याएको छ। जेनजी प्रदर्शन र निर्वाचनका कारण रोकिएको कार्यक्रम अब फेरि सुरु गरिएको हो। कार्यक्रमअन्तर्गत विभिन्न स्थानमा कार्यरत प्रहरीलाई फरक–फरक भूगोलमा पठाएर त्यहाँका पर्यटकीय गन्तव्यको अवलोकन गराइन्छ। यसले तनाव व्यवस्थापन, मनोरञ्जन, आपसी सम्बन्ध सुदृढीकरण र अनुभव आदान–प्रदानमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ। चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार, कार्यक्रममा डुङ्गा सयर, र्‍याफ्टिङ, हाइकिङजस्ता गतिविधि सञ्चालन गरिनुका साथै चितवन राष्ट्रिय निकुञ्जभित्र पनि सहभागिता गराइन्छ। छिमेकी जिल्लाका पर्यटकीय स्थलमा समेत भ्रमण गराएर ज्ञान र अनुभव बढाउने प्रयास भइरहेको उनले बताए। आलोपालो गरी गरिएको…

Read More

भैरहवा, ९ चैत। नेपाल प्रहरीले ६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले रुपन्देही अदालतबाट सजाए पाएका विभिन्न स्थानका ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ४ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना सजाए पाएका रुपन्देहीको सियारी गाउँपालिका-४ का सेठी पत्थरकट्टा भन्ने विनोद पत्थकट्टा, ३ महिना १२ दिन कैद सजाए पाएका शुद्धोधन गाउँपालिका-५ का सुरज थारु, अभद्र व्यवहार मुद्दामा शुद्धोधन गाउँपालिका-६ गुरौलीका लक्ष्मण केवट, सोही मुद्दामा सोही स्थानका अर्जुन लोध रहेका छन् । त्यस्तै बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाए पाएका लुम्बिनी सांस्कृतिक…

Read More

मुस्ताङ,९ चैत। नेपाल-चीनसँगको कोरलानाका स्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा करिब ५ अर्ब ७१ करोड १० लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ। गत भदौ ३१ देखि पूर्ण सञ्चालनमा आएको उक्त कार्यालयले चैत ७ सम्म यो राजस्व उठाएको हो। कार्यालय प्रमुख रमेश खड्काका अनुसार यस अवधिमा १२ अर्ब १७ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन् भने २० करोड ३० लाख रुपैयाँ बराबरका वस्तु चीनतर्फ निर्यात भएका छन्। साथै, कोरलानाकाबाट २ हजार ३४७ वटा विद्युतीय सवारीसाधन र १ हजार ८०४ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास भइसकेको छ। रसुवागढी र तातोपानी नाका पहिरोका कारण बन्द भएपछि कोरलानाकालाई वैकल्पिक नाकाका रुपमा…

Read More

डोल्पा, ९ चैत। ठूलो परिमाणमा जडीबुटीसहित चार जनालाई नियन्त्रणमा लिइएको छ । श्री सङ्ग्राम सार्दुल गुल्मका उपसेनानी सुशील दाहालको कमान्डमा नेपाली सेना र शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज प्रशासन कार्यालयका सिनियर गेम स्काउटको संयुक्त टोलीले त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोट क्षेत्रमा करिब ३५ क्विन्टल पदमचाल जडीबुटी र दुई ट्याक्टरसहित चार जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा त्रिपुरासुन्दरी–५ का ३६ वर्षीय नरेश बुढा, सल्यान कुमाख गाउँपालिका–४ का २५ वर्षीय एलिश बुढा (चालक), रुकुमपश्चिम आठबिस नगरपालिका–७ का ४८ वर्षीय कृष्ण विक (चालक) तथा त्रिपुरासुन्दरी–५ का ३३ वर्षीय विकास रोकाया छन्। निकुञ्ज क्षेत्रबाट अवैध रुपमा जडीबुटी सङ्कलन गरेर निर्यात गर्न लागेको अवस्थामा जडीबुटीसहित उनीहरुलाई पक्राउ गरिएको…

Read More

पाल्पा,९ चैत। पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तिनाउ नदीमा डुबेर भारतीय नागरिकको मृत्यु भएको छ। जलविद्युतको बाँध क्षेत्रमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ भने अर्काको खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी होमप्रकाश चौधरीका अनुसार, भारतको उत्तर प्रदेश अन्तर्गत सन्तकबिरनगर जिल्लाबाट घुम्न आएका ७ जनामध्ये २ जना डुबेर बेपत्ता भएका थिए। उनले डुबेको स्थानबाट करिब १०० मिटर तल एक जनाको शव सोमबार बिहान फेला परेको बताए। डीएसपी चौधरीका अनुसार, मृत्यु हुनेमा भारतको उत्तर प्रदेश,सन्तकबिर नगर, मेधावल ठाकुरद्वार नगर पञ्चायत वडा नं. १८ का १७ वर्षीय अमान अन्सारी रहेका छन्।…

Read More

काठमाडौं,८ चैत। चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिकसम्म मुलुकले करिब ११ खर्ब रुपैयाँको व्यापार घाटा बेहोरेको छ। भन्सार विभागका अनुसार, फागुन मसान्तसम्म कुल १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाख रुपैयाँको वैदेशिक व्यापार हुँदा १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख रुपैयाँ घाटा भएको हो। यस अवधिमा १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँको आयात र १ खर्ब ९१ अर्ब ११ करोड २० लाख रुपैयाँको निर्यात भएको छ। अघिल्लो वर्षको तुलनामा आयात १२ दशमलव ५४ प्रतिशत र निर्यात २९ दशमलव ८३ प्रतिशतले बढेको छ। भारतसँग मात्रै ५ खर्ब ६७ अर्ब ३९ करोड रुपैयाँ घाटा हुँदा चीनसँग २…

Read More

पोखरा,८ चैत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भ्रष्टाचार गरेको आरोपमा २१ जनासविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आईतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का तत्कालीन तीनजना महानिर्देशकहरुसहित २१ जनाविरुद्ध ४६ करोड १५ लाख भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धीको यो दोस्रो मुद्दा हो। यसअघि आठ अर्ब ३७ करोड भ्रष्टाचारको आरोपमा अख्तियारले गत मंसिर २१ मा तत्कालीन पाँच मन्त्री, १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दा अदालतमा विचारधीन रहेकै अवस्थामा अख्तियारले दोस्रो मुद्दा पनि दायर…

Read More

भैरहवा, ८ चैत। दीर्घकालीन फोहोरमैला व्यवस्थापनका लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले वर्गीकरण गरिएको फोहोरमैला संकलन गर्ने जनाएको छ । सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले आगामी चैत १८ गतेदेखि फोहोर वर्गीकरण नगर्ने जुनसुकै निकायको फोहोर पालिकाले नउठाउने नगर कार्यपालिकाले निर्णय गरेको बताए। नगरपालिकाले कुहिने जैविक फोहोर घरेलु फोहोरमैला (खाना पकाउँदा बाँकी रहेका अवशेष, भात, दाल, तरकारी तथा फलफूलका बोक्रा, सागसब्जी, पातिङ्गर, घाँस, चिया तथा कफीका अवशेष आदि कुहिने फोहोर) जस्ता सडिगली जाने प्रकृतिका घरायसी वस्तुहरु, नकुहिने (अजैविक) फोहोरमैलामा प्लाष्टिक, पोलिथिन, रबर, कपडा, जुत्ता, ब्याट्री, विद्युतीय सामानहरुका अवशेष जस्ता सडिगली नजाने प्रकृतिका फोहोरहरु तथा नकुहिने (अजैविक) फोहोरमैला अन्र्तगत सिसा, काँच, धातु,…

Read More

काठमाडौं,८ चैत। गृहमन्त्री ओमप्रकाश अर्याल र नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलबीच भेटवार्ता भएको छ। आइतबार बिहान प्रधानसेनापति सिग्देल अर्याललाई भेट्न गृह मन्त्रालय पुगेका थिए। भेटवार्ताबारे दुवै पक्षले आधिकारिक जानकारी गराएको छैन। प्रधानसेनापति सिग्देलले जेनजी आन्दोलनका घटनाबारे तयार पारिएको प्रतिवेदनबारे चासो राखेका छन्। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाको विस्तृत प्रतिवेदन गौरीबहादुर कार्की संयोजकत्वको समितिले प्रधानमन्त्रीलाई बुझाएको थियो। उक्त प्रतिवेदन सरकारले सार्वजनिक गरेको छैन। सरकारले प्रतिवेदनमाथि अध्ययन भइरहेको बताएको छ। जेनजी आन्दोलनका क्रममा देशभर सरकारी संरचनामा आगजनी र क्षति पुगेपछि सर्वसाधारणले सेनाको भूमिकामाथि आलोचना गर्दै आएका छन्।

Read More