


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, २३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार वरिष्ठ क्याप्टेन गौरव बोहराले रुपन्देहीको र देशको हितमा आफ्नो निरन्तर प्रयास रहने बताएका छन्। उनले जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता यही समाप्त नहुने बताउँदै रुपन्देही–३ का सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरे। निर्वाचनको परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गर्दै निर्वाचित भएका रास्वपाका उम्मेदवार डा. लेखजंग थापालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए। ‘यस निर्वाचनमा मलाई साथ, विश्वास र समर्थन दिनुहुने सबै मतदाता, शुभेच्छुक तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका साथीहरूप्रति म कृतज्ञ छु । तपाईंहरूको साथ मेरो लागि सधैं प्रेरणाको स्रोत रहनेछ,’उनले भनेका छन्।
सलमान खानभैरहवा,२३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीको पाँच वटै निर्वाचन क्षेत्र ‘क्लिन स्विप’ गर्ने भएको छ । हालसम्मको क्षेत्रगत रुपमा अन्तिम मतपरिणाम र मतगण्नाका अनुसार रास्वपाले पाँच वटै क्षेत्र आफ्नो पोल्टामा पार्दै ‘क्लिन स्विप’ गर्ने भएको हो । रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार सुलभ खरेल, ३ मा डा.लेखजंंग थापा र ४ मा कन्हैया बनियाँ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार, ५६ हजार ५५० मतका साथ खरेलले आफ्नो निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेललाई पराजित गर्दै खरेल निर्वाचित भएका हुन्। पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले १२ हजार ८ सय…
भैरहवा,२३ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा.लेखजंग थापा निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार, ५८ हजार ८१४ मत प्राप्त गर्दै उनी निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङ्गले ८ हजार ४ सय ३५ मत प्राप्त गरे । त्यस्तै नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरेले ८ हजार २ सय ७५ र राप्रपाका उम्मेदवार गौरव बोहराले ७ हजार ७ सय ८९ मत प्राप्त गरे भने नेकपाका उम्मेदवार फैज अहमद खानले २ हजार ५ सय ९४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १ लाख ४० हजार…
भैरहवा,२३ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार, ५६ हजार ५५० मतका साथ आफ्नो निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेललाई पराजित गर्दै खरेल निर्वाचित भएका हुन् । पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले १२ हजार ८ सय ६१ मत प्राप्त गरे । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद शर्माले ९ हजार ३ सय ९२ मत प्राप्त गरे । १ लाख ३५ हजार ५० मतदाता रहेका यो क्षेत्रमा ८६ हजार ७ सय ३० मत खसेको थियो ।
भैरहवा,२३ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कन्हैया बनिया निर्वाचित भएका छन्। निर्वाचन अधिकृत टोप बहादुर बिस्टका अनुसार, २८ हजार ६६ मतका साथ निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार प्रमोद कुमार यादवलाई पराजित गर्दै बनिया निर्वाचित भएका हुन्। यादवले २० हजार २ सय ६२ मत प्राप्त गरे । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रा १५ हजार ६ सय १३ मत प्राप्त गरे भने जसपा नेपालका उम्मेदवार सर्वेन्द्र नाथ शुक्लाले ३ हजार चार सय १० मत ल्याउँदै चौथो स्थानमा सीमित भए । कुल १ लाख १६ हजार १७२ मतदाता भएकोमा ७७ हजार ५८ मत…
भैरहवा, २१ फागुन। रुपन्देहीमा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जिल्लाका ५ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र नम्बर ३ मा मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीबाट प्राप्त तथ्यांक अनुसार, १ लाख ४० हजार ३५ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ९७ हजार ३ सय ८७ जना अर्थात ६९ दशमलव ५४ प्रतिशतले मतदान गरेका छन् । त्यस्तै जिल्लाको पाँचवटा क्षेत्रगतको तुलनामा सबैभन्दा कम क्षेत्र नम्बर ५ मा मतदान भएको छ । त्यहाँ १ लाख ३४ हजार ४ सय ४२ जना मतदाता रहेकोमा ८४ हजार ८ सय ३८ जना अर्थात ६३ दशमलव १० प्रतिशतले मतदान गरेका छन् । यस्तै १ लाख…
भैरहवा, २१ फागुन । रुपन्देहीमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६५ दशमलव ८७ प्रतिशत मत खसेको छ । जिल्लाको पाँच वटा निर्वाचनमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको मतदानमा अन्य ३ जनासहित ४ लाख ४२ हजार ९ सय ६३ जना (६५ दशमलव ८७ प्रतिशत) ले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीको प्रमुख कल्पना अर्यालले जानकारी दिइन् । जसमध्ये २ लाख ३२ हजार एक सय १७ जना महिला र २ लाख १० हजार ८ सय ४३ पुरुष छन् । जिल्लामा कुल मतदाताको संख्या ६ लाख ७२ हजार ५ सय २३ रहेको छ । उनका अनुसार जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा ९७ हजार २ सय…
भैरहवा, २१ फागुन। रुपन्देहीमा प्रतिनिधिसभा सदस्यको लागि जारी निर्वाचन बिहान १० बजेसम्म २२ प्रतिशत बढी मतदान भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान जिल्लाको पाँचवटै निर्वाचन क्षेत्रमा उत्साहकपूर्वक रुपमा भइरहेको रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतले जानकारी दिए । ‘जिल्लामा उत्साहपूर्वक मतदान भइरहेको छ, कतै कुनै समस्या छैन’,उनले भने, बिहान १० बजेसम्म २२ प्रतिशत बढी मतदान भएको छ र मतदान गर्ने क्रम जारी छ ।’ मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार, जिल्लाको क्षेत्र नम्बर १ बाट ३१ जना, २ बाट ४१ जना, ३ बाट ३६ जना, ४ बाट २२ जना र ५ बाट २७ जना गरी कुल १५७…
काठमाडौं,१९ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि सोमबार राति १२ बजेबाट सुरु भएको छ। मौन अवधि सुरु भएपछि राजनीतिक दल र उम्मेदवारहरुले चुनाव प्रचार–प्रसारको काम गर्न नपाउने व्यवस्था छ । मतदानको अघिल्लो ४८ घण्टा अघिदेखि मतदान सकिएर मतदान केन्द्र बन्द नभएसम्म आयोगबाट प्रचार–प्रसार निषेध अवधि तोकिएकाले सोमबार राति १२ बजेपछि निर्वाचनका प्रचार–प्रसार गरी मत माग्न नपाइने निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। प्रचार–प्रसार निषेध अवधिमा उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने विशेष आचरण निर्वाचन आचारसंहिता, २०८२ मा उल्लेख छ। के–के गर्न पाइँदैन ? १. निर्वाचन प्रचारप्रसारमा रोक निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन,…
काठमाडौं,१९ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण नगर्न सर्वसाधरणहरुलाई आग्रह गरेको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले आयात नियमित रहेकाले अनावश्यक भण्डारणले दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न आग्रह गरेका हुन् । उनले सूचनामार्फत भनेका छन्, ‘पेट्रोलियम पदार्थको आयात पाइप लाइनमार्फत नियमित रुपमा भइरहेको र आसन्न निर्वाचनको समयमा पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको आयात जारी रहनेछ।’ पेट्रोलियम पदार्थको अनावश्यक रुपमा जेरी क्यान, ड्रममा स्टोर गर्दा हुनसक्ने सम्भावित आगजनीजन्य दुर्घटनाको जोखिमलाई मध्यनजर गरी जेरी क्यान, ड्रममा पेट्रोलियम पदार्थ भर्न निषेध गरिएको निगमले जनाएको छ ।