Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,१९ फागुन । प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा ६ प्रकारका परिचयपत्रमार्फत मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार, बिहीवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानमा मतदाता नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रुपमा साथमा लैजानुपर्नेछ। आयोगले उपलब्ध गराएको मतदाता परिचयपत्र भए सोही मार्फत मतदान गर्न सकिनेछ । मतदाता परिचयपत्र नभए नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) मध्ये कुनै एक कागजातबाट पनि मतदान गर्न सकिने आयोगका आयोगका सूचना अधिकारी सुमन घिमिरे जनाए। मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको उनले बताए । उनका अनुसार, शारीरिक रुपमा अशक्त…

Read More

भैरहवा, १९ फागुन। रुपन्देही प्रहरीले भन्सार छलेर भित्राइएको विभिन्न सामग्री बरामद गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतको टोलीले पछिल्लो दुई दिनमा ८ लाख ४० हजार बढी मूल्य बराबर विभिन्न सामग्री बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी कृष्ण कुमार चन्दका अनुसार, विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा भन्सार छलेर ल्याइएको कपडा, रेडबुल, चकलेट बरामद भएको हो । तस्करीमा प्रयोग गरिएका दुई वटा मोटरसाइकल, कपडासहित पक्राउ गरेका व्यक्ति र बरामद सामग्री आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं, १९ फागुन। प्रहरीले प्रतिनिधिसभा सदस्यको निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा १४२ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार, मुलुकभरबाट १४२ जनालाई पक्राउ गरिएको हो। पक्राउ परेकामध्ये ७६ जना हिरासतमा रहेको र ६६ जना रिहा भएको प्रहरीले जनाएको छ ।

Read More

भैरहवा, १९ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको रुपन्देहीका सीमानाकाहरु बन्द गरिएको छ । स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि भारतसँग जोडिएका रुपन्देहीका सीमानाकाहरु ७२ घण्टाका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ। प्रशासनका अनुसार, सोमबार राती १२ बजेदेखि फागुन २१ गते (बिहीवार) राती १२ बजेसम्मका लागि सीमानाकाहरु बन्द गरिएको हो । सीमाबाट पैदलयात्री, माल तथा यात्रुवाहक सावरी साधनहरु आवतजावतमा रोक लगाइएको छ भने निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाल–भारत दुवैतर्फ उल्लेख्य रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

Read More

भैरहवा,१८ फागुन । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.लेखजंग थापाले नेपालको मुहार फेर्ने संकल्प व्यक्त गरेका छन् । पार्टीद्वारा भैरहवामा निकालिएको र्यालीलाई सम्बोधन गर्दै उनले वर्षौदेखि नागरिकले विकास र सुधारको आश्वासन मात्र पाएको तर वास्तविक परिवर्तन नभएकोमा चिन्ता व्यक्त गरे । उनले फागुन २१ गतेलाई एउटा निर्णायक मोडका रुपमा प्रस्तुत गर्दै उनले अब रास्वपाको नेतृत्वमा मुलुक ‘सुनौलो नेपाल’ बन्ने दाबी गरे । उनले सिद्धार्थनगर र रुपन्देहीलाई मात्र नभई समस्त नेपाललाई सेवा गर्ने प्रण गर्दै अबको लक्ष्य नेपालीहरुले रोजगारीका लागि विदेश जानु नपर्ने वातावरण सिर्जना गर्नु रहेको उल्लेख गरे। भैरहवाको गल्ली र…

Read More

भैरहवा, १८ फागुन। प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही ३ बाट नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङले निर्वाचनको मत परिणाम पश्चातपनि आफु यही नै रहने भएकोले मतदाताले विवेकपूर्ण निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् । सोमबार पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले अवसर र लाभका लागि अहिलेसम्म कुनै पनि पार्टी नचहारेको र बाँकी जीवन पनि कांग्रेसमै समर्पित गर्ने बताए । ‘म क्षेत्र नम्बर ३ को स्थानीय, रैथाने र अर्गानिक उम्मेदवार हुँ। यही जन्मे, यही हुर्के र बाँकी जीवन पनि मेरो यही क्षेत्रमा बित्नेछ। निर्वाचनको परिणामपश्चात म आम मतदाताको साथमा रहन्छु,’उनले भने,अवसर लाभका लागि अहिलेसम्म कुनै पार्टीमा गएको छैन । ३५ वर्षदेखि एउटै पार्टीमा छु…

Read More

भैरहवा, १८ फागुन। विभिन्न पार्टी परित्याग गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्नेको लहर बढेको छ । पछिल्लो समय स्वतन्त्र उम्मेदवार, व्यक्ति, अन्य दलमा आवद्ध नेता कार्यकर्ताहरु आवद्ध पार्टी त्यागेर राप्रपामा धमाधम प्रवेश गरिरहेका छन् । सोमबार राष्ट्रिय मुक्ति पार्टीका निवर्तमान वरिष्ठ उपाध्यक्ष दिनेशमणि मिश्र, नेपाली कांग्रेसका श्रीराम गुप्ता, नेपाली कांग्रेसको क्षेत्रीय सदस्य बसन्ती देवी गुप्ता र नेपाल लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य मोहम्मद इसहाक मुसलमान पार्टीमा प्रवेश गरेको राप्रपा. रुपन्देहीले जनाएको छ। नवागन्तुकहरुलाई जिल्ला अध्यक्ष सागरप्रताप राणा, राप्रपाका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार क्यापटेन गौरव बोहोरा, समानुपातिक उम्मेदवार स्वाती थापा लगायतले पार्टीमा स्वागत गरे । पार्टीमा बढ्दो आकर्षण पार्टी प्रवेश…

Read More

भैरहवा,१७ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले क्षेत्र नम्बर २ का सभापति रामबहादुर थापालाई कारबाही गरेको छ । राप्रपाका जिल्ला सभापति सागर प्रताप राणाका अनुसार, पार्टीको नीति तथा निर्देशनको हितविपरीत व्यक्तिगत सम्झौता गरेर पार्टीलाई हानी नोक्सानी गराउने कार्य गरेकोले थापालाई निलम्बन कारबाही गरिएको हो। थापा आर्थिक प्रलोभनमा परेर नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको राप्रपा रुपन्देहीको आरोप छ ।

Read More

भैरहवा,१७ फागुन । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले सत्ता र शक्तिको घमण्डले अन्ततः पतन निम्त्याउने बताएका छन्। भैरहवामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कौमे आदको ऐतिहासिक प्रसङ्ग उल्लेख गर्दै वर्तमान राजनीतिमा देखिएको दम्भप्रति प्रहार गरे। उनले जहाँ शक्ति हुन्छ त्यहाँ घमण्ड पलाउने र घमण्डले सत्यको मजाक उडाउने बताउँदै इतिहासको त्यो कथा आजका शासकहरुका लागि एउटा चेतावनी भएको उल्लेख गरे । नेपालको राजनीतिमा सत्ता लामो समय हात पारेपछि आफूलाई अपरिहार्य ठान्ने र जनताको आवाजलाई कमजोर ठान्ने प्रवृत्ति बढेको भन्दै उनले चिन्ता व्यक्त गरे। परिवर्तन सधैँ चर्को नाराबाट मात्र नभई कहिलेकाहीँ…

Read More

भैरहवा,१७ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वडा सभापति र प्रगतिशील लोकतान्त्रित्र पार्टी (प्रलोपा) समानुपातिक उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्। आईतबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा प्रलोपाको समानुपातिक उम्मेदवार मायादेवी–८ को विमलादेवी विक र रास्वपा सिद्धार्थनगर नगरपालिका–३ का सभापति राजकुमार श्रेष्ठले पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेको घोषणा गरे । दुबैजनालाई राप्रपा रुपन्देही अध्यक्ष सागरप्रताप राणा, केन्द्रीय सदस्य स्वाती थापा तथा रुपन्देही–३ का उम्मेदवार गौरव बोहराले पार्टीमा स्वागत गरे। राप्रपा प्रवेश गर्दै प्रलोपा समानुपातिक उम्मेदवार विकले मुलुकमा बढ्दो विदेशी हस्तक्षेप अन्त्य गरी धर्मसंस्कृतिको संरक्षण गर्ने उद्देश्यले राप्रपा प्रवेश गरेको जनाइन् । यस्तै, श्रेष्ठले मुलुकमा राजसंस्था, हिन्दूराष्ट्र पुनःस्थापना र…

Read More