Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

धकधई,१४ फागुन। प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र (राप्रपा) का उम्मेदवार प्रज्जवल बोहराले व्यवसायिक कृषि प्रवर्द्धनदेखि किसानलाई उचित मूल्य र बजार सुनिश्चिततासम्मका विषयलाई प्रतिवद्धताको केन्द्रमा राखेका छन्। बोहराले परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउने योजना अघि सारेका छन्। ‘अब कृषिलाई निर्वाहमुखी होइन, आम्दानीमुखी बनाउनु पर्छ,’उनले भने,‘व्यवसायिक कृषि प्रवर्द्धनमार्फत युवालाई समेत खेतबारीमै आकर्षित गर्ने वातावरण मैले बनाउँछु।’ उनका अनुसार किसानले उत्पादन गरेको वस्तुले उचित मूल्य नपाउने समस्या दीर्घकालीन समस्या बनेको छ। त्यसलाई समाधान गर्न स्थानीय तह र निजी क्षेत्रसँग सहकार्य गरी स्थायी बजार संरचना विकास गरिने उनले बताए। ‘किसानले उत्पादन गर्‍यो, तर बजार…

Read More

भैरहवा, १४ फागुन। नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माको नेतृत्वको टोलीले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा अनुगमन गरेको छ। सबै क्षेत्रमा उम्मेदवारहरु निर्वाचित हुने पूर्णआत्मविश्वासका साथ मैदानमा खटिएको र अहिलेको वातावरणले सबै क्षेत्र जित्ने बलियो आधार बनेको अनुगमन टोली निश्र्कष छ। सचिव विश्वकर्मासँगको टोलीमा रुपन्देहीका पूर्व इन्चार्ज रहेका नेता लिला गिरी, नेता गोपाल भट्टराई र जिल्ला अध्यक्ष यज्ञ गैरेले सबै निर्वाचन क्षेत्रका उम्मेदार, निर्वाचन परिचालन कमिटी र ती क्षेत्रमा रहेका विभिन्न कार्यक्रमसमेतको अवलोकन गरेर उम्मेदवारसहित त्यहाँको पार्टी नेतृत्वलाई आगामी रणनीतिबारे निर्देशन गरेको थियो। जिल्ला अध्यक्ष गैरेका अनुसार सबै क्षेत्रका उम्मेदवारहरुसँग घरदैलोकै क्रममा प्रत्यक्ष संवाद, निर्वाचन परिचालन कमिटीको नेतृत्वसँग छलफल तथा…

Read More

भैरहवा,१४ फागुन। प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा रुपन्देही–३ मा चुनावी सरगर्मी बढ्दै गएको छ। यही बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. लेखजंग थापा क्षेत्रका विभिन्न स्थानमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई तीव्र बनाएका छन् । पार्टी निर्वाचन परिचालन समितिका अनुसार,पछिल्ला केही दिनयता उनी गाउँ–टोल केन्द्रित कार्यक्रममा व्यस्त छन्। स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनले शिक्षा, कृषि, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास लगायतलाई प्राथमिकतामा रहेको बताएका छन्। ‘राजनीति परिणाममुखी हुनुपर्छ, जनताको दैनिक जीवनमा परिवर्तन देखिनुपर्छ,’ उम्मेदवार थापाले भने, ‘वर्षौंदेखि दोहोरिँदै आएको आश्वासन होइन, अब काम देखिने नेतृत्व आवश्यक छ, जसका लागि म सँग स्पष्ट खाका छ।’ रास्वपाले यस क्षेत्रमा नयाँ पुस्तालाई लक्षित…

Read More

भैरहवा, १४ फागुन। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले शुक्रवार सार्वजनिक विदा दिएको छ । ४४ औं मगर एकता दिवसको अवसरमा नगरपालिकाले शुक्रवार विदा दिएको हो। नगरप्रमुख इश्तियाक अहमद खाँका अनुसार, दिवसको अवसरमा नगर कार्यपालिकाको कार्यालय, मातहतका सम्पूर्ण वडा कार्यालयहरु, आधारभूत, शहरी स्वास्थ्य केन्द्र तथा सामूदाियक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा फागुन १५ गते (शुक्रबार) बिदा दिइएको हो ।

Read More

भैरहवा, १३ फागुन। प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गौरव बोहराले जनसमर्थन जुटाउँदै चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् । क्षेत्र नम्बर ३ अन्तर्गतका विभिन्न स्थानमा र्‍यालीको निकालिएको छ। सयौँको संख्यामा रहेका मोटरसाइकल सवार कार्यकर्ता र समर्थकहरुले नगर तथा गाउँ परिक्रमा गरेका थिए । त्यस्तै उनले क्षेत्रका विभिन्न वडा तथा बस्तीमा घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष भेटघाट तथा छलफल समेत गरिरहेका छन्। घरदैलो अभियानका क्रममा बोहराले स्थानीय नागरिकका समस्या, अपेक्षा र सुझाव सुन्दै आफू निर्वाचित भए कानुन, नीति निर्माण तथा विकासका कार्यहरु कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले कृषि, रोजगारी, पूर्वाधार विकास,…

Read More

भैरहवा,१३ फागुन। अस्पतालको व्यस्त ओपिडीमा बिरामी जाँच्दै देखिने वरिष्ठ न्यूरोलोजिस्ट डा. लेखजंग थापा यतिबेला रुपन्देहीका सडक र बस्तीमा मतदातासँग संवाद गरिरहेका छन्। स्टेथस्कोप र सेतो एप्रोन केही समयका लागि थन्क्याएर उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नम्बर ३ मा चुनावी मैदानमा उत्रिएका छन्। क्षेत्रका ३६ वडामध्ये २९ वटामा पुगिसकेका थापाले टोल–टोलमा पुगेर मतदाताका गुनासा, समस्या बुझ्दै आफ्नो ‘रोडम्याप’ सुनाइरहेका छन् ।स्वास्थ्य क्षेत्रमा लामो अनुभव बटुलेका उनी आफूले अस्पतालमा सिकेको ‘सेवा’ र ‘जवाफदेहिता’को संस्कार राजनीतिमा पनि लागू गर्न चाहेको बताउँछन्। उनका अनुसार बिरामीको पीडा नजिकबाट बुझेको अनुभवले समाजका गहिरा समस्याहरु बुझ्न सहयोग पुर्‍याएको छ। पार्टीका अनुसार, विशेषगरी विपन्न, सिमान्तकृत…

Read More

भैरहवा, १३ फागुन । रुपन्देही प्रहरीले बुटवल उपमहानगरपालिकाबाट बिलबिजक नभएको अवस्थामा दुई वटामा गाडीबाट मदिरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जारी गरेको विज्ञप्ती अनुसार, बुटवलको सुख्खानगर स्थित मैत्रीपथमा लु २ च ४९३५ र लु २ च ५०७८ नम्बरको गाडीमा मदिरा रहेको सूचना आधारमा गाडी चेकजाँच गर्दा बिल बिजक नभएको ७७ पेटी (३६९६ थान) मदिरा बरामद भएको हो । बरामद मदिरा करिब १० लाख ७८ हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । बरामद मदिरा र नियन्त्रणका लिइएको दुवै गाडी आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Read More

भैरहवा, १३ फागुन । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको रुपन्देहीका सीमानाकाहरु बन्द हुने भएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक सूचना जारी गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि भारतसँग जोडिएका रुपन्देहीका सीमानाकाहरु ७२ घण्टाका लागि बन्द रहने जनाएको छ । सूचना अनुसार, फागुन १८ (सोमबार) राति १२ बजेदेखि फागुन २१ गते (बिहीवार) राती १२ बजेसम्म सीमानाकाहरु बन्द रहनेछ । उक्त अवधीभर सीमाबाट पैदलयात्री, माल तथा यात्रुवाहक सावरी साधनहरु आवतजावतमा रोक लगाइने प्रशासनले जनाएको छ। निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाल–भारत दुवैतर्फ उल्लेख्य रुपमा सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ। साथै…

Read More

काठमाडौं,१३ फागुन। प्रहरीले पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंह रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार, हालसम्म उक्त कसूरमा संलग्न ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बिमाका नेपालस्थित कर्मचारी तथा हेलिकोप्टर कम्पनीका शेयरधनी सञ्चालकसहित नौ जनालाई पक्राउ गरिएको छ। आरोपीहरुले उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार गरेको देखाइ बिमा रकम दाबी गरी गैरकानुनी रुपमा आर्थिक लाभ लिएको…

Read More

काठमाडौं,१३ फागुन । निर्वाचन आयोगले फरक राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा अवरोध गरेको पाइएमा कारवाही हुने जनाएको छ । आयोगका अनुसार, प्रचारप्रसारमा अवरोध गरेको पाइएको अवस्थामा त्यस्ता व्यक्तिलाई दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ। सङ्घीय कानुनअनुसार उम्मेदवारी दिन, प्रचारप्रसार गर्न वा मतदान गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध वा थुनछेक गर्न नपाइने व्यवस्था छ। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दल तथा उम्मेदवारको प्रचार गतिविधि विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ। हाल विभिन्न दल वा उम्मेदवारका कार्यक्रम बिथोलिएको सम्बन्धमा गुनासो र उजुरी प्राप्त भएको तथा सञ्चारमाध्यमबाट समेत जानकारी आएकाले आयोगले…

Read More