Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,२८ माघ । रुपन्देही जिल्लामा उपभोक्ताको स्वास्थ्य र हितलाई मध्यनजर गर्दै बजार अनुगमन गरिएको छ। जिल्ला बजार अनुगमन समितिले रोहिणी गाउँपालिकाको धकधई र भैरहवा क्षेत्रमा अनुगमन गरेको हो। मासु पसल, सुनचाँदी पसल, किराना तथा खाद्यान्न पसल, कस्मेटिक र होटलहरुमा गरिएको अनुगमनमा अधिकांश व्यवसाय दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेको, न्यूनतम व्यावसायिक मापदण्ड पालना नगरेको र म्याद गुज्रिएका सामग्रीहरु बिक्रीमा राखेका थिए। समितिले फेला पारेका म्याद नाघेका सामग्रीहरुलाई नष्ट गरेको छ भने मापदण्ड विपरीत सञ्चालित व्यवसायलाई बन्द गराएको छ। धकधई बजारमा अनुगमन टोली पुगेपश्चात केही व्यवसायीले सटर बन्द गरेका थिए। भैरहवाको हाटबजार क्षेत्रमा रहेका मासु पसलहरुमा मासुको अस्वच्छ भण्डारण र बिक्री…

Read More

सलमान खान । टिप्पणीचाहना पनि कस्तो, कस्तो ? कसको के चाहना, कसको के ? मानिसको मन न हो । तर, मन भएपनि के गर्नु पदीय मर्यादालाई बिर्सिनु त भएन नि ! जसको जे काम, कर्तव्य र अधिकार हो त्यसले त्यही गर्नुपर्छ । त्यो भन्दा ‘दायाँ–बायाँ’ गर्न खोजे भविष्यको भर हुँदैन । ढर्राको पारा छाडेर आधुनिक प्रविधिमा आउनै पर्ने अवस्था छ । त्यही पाराले चल्दै आएको छु अहिले पनि त्यही पाराले चल्ने हो भने जोसुकैका लागि त्यो भूल सावित हुनेछ । समय बदलिसक्यो। आफूलाई पनि बदल्न जरुरी छ। जनप्रतिनिधि नहुँदा पुरै हर्ताकर्ता भएर गाविस चलाएका कर्मचारीहरु पनि हाल स्थानीय तहहरुका प्रमुख…

Read More

भैरहवा,२८ माघ। प्याब्सन कपका लागि खेलाडी छनोटका विषयमा भइरहेको विरोधप्रति ध्यानाकर्षण भएको जनाउँदै रुपन्देही क्रिकेट संघले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ। खेलाडी छनोटका विषयमा विभिन्न क्षेत्र र सामाजिक संजालबाट रुपन्देही क्रिकेट संघलाई जोडेर विरोध भएपछि संघले ध्यानाकर्षण पत्र जारी गर्दै खेलाडी छनोटका विषयमा कुनै समन्वय नभएको र संघको संलग्नता नरहेको स्पष्ट पारेको हो । संघका अध्यक्ष हरिबहादुर थापाले छनोट प्रक्रियामा संघसँग कुनै किसिमको समन्वय नभएको भन्दै भ्रममा नपर्न आम क्रिकेटप्रेमी, खेलाडी, समर्थक र अभिभावकहरुमा अनुरोध गरेका छन् । काठमाडौं जिल्ला प्याब्सनले आयोजना गर्न लागेको ‘प्याब्सन कप यु–१५ राष्ट्रिय क्रिकेट प्रतियोगिता’का लागि लुम्बिनी प्रदेशस्तरीय छनोटबारे आफूहरुलाई जानकारी नदिएको संघका…

Read More

काठमाडौं,२८ माघ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले फागुन २ गतेभित्र प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ। कांग्रेसले यस पटकको निर्वाचनमा पार्टीको घोषणापत्रलाई प्रतिज्ञापत्रका रुपमा ल्याउने बताएको छ। बुधबार पत्रकारहरुसँगको कुराकानीमा कांग्रेस प्रवक्ता देवराज चालिसेले भने, ‘हाम्रो तयारी फागुन १ गतेका लागि छ। ढिलोमा २ गते प्रतिज्ञापत्र सार्वजनिक गछौँ ।’ निर्वाचन आयोगले फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरिसक्न मंगलबार निर्देशन दिएको थियो।प्रतिज्ञापत्रमा सुशासन, रोजगारी, आर्थिक सुधार र सेवा प्रवाहलाई प्राथमिकता दिइने कांग्रेसले जनाएको छ।

Read More

काठमाडौं,२८ माघ। सर्वोच्च अदालतले सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले सवारी साधानहरुमा अंग्रेजी लिपिको इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिले सबै सवारीसाधनमा अंग्रेजी भाषा र रोमन लिपिमा तयार पारिएका विद्युतीय संकेत संख्या (इम्बोस्ड नम्बर प्लेट) अनिवार्यरुपमा प्रयोग गर्नुपर्ने निर्णय गरेको थियो। विभागको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो। भाषा आयोगले पनि सरकारको उक्त निर्णयप्रति सरकारको ध्यानाकर्षण गराएको थियो। सर्वोच्चको अन्तरिम आदेशमा…

Read More

चितवन, २८ माघ । जबरजस्ती करणीको आरोपमा इलाका प्रहरी कार्यालय खैरहनी, चितवनका इन्स्पेक्टर प्रदीप महत पक्राउ परेका छन्। पक्राउ परेका इन्स्पेक्टरविरुद्ध एक महिलाले माघ २३ गते प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । जाहेरी पश्चात इन्स्पेक्टर महतलाई नियन्त्रणमा लिएर जबरजस्ती करणी मुद्दा आवश्यक अनुसन्धान बढाइएको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले यस विषयमा केही बोलेको छैनन्।

Read More

लुम्बिनी, २७ माघ । जेनजी आन्दोलन पश्चात केही नेता/जनप्रतिनिधिले चेत खाएका छन् भने केहीले अझै नचेतेको अवस्था छ । अझै पनि उही पुरानै ढर्रामा सरकारी कार्यालयहरुमा कामकाज चलिरहेका छन् । नागरिकले पाउने सास्ती अझै पनि कम भएको छैन् । स्थानीय तहका अधिकांश जनप्रतिनिधिहरुको कार्यशैली अझै उस्तै छ । जेनजी आन्दोलनताका देखा नपरेका अधिकांश जनप्रतिनिधिहरु फेरी पुरानै शैलीमा सल्बलाउन थालेका छन् । वर्षमा स्थानीय विदा दिन सक्ने अधिकार भन्दा बढी विदाको पत्रमा दस्तखत गर्ने मोह अझै कम भएको छैन । त्यसैमाथी जनप्रतिनिधिहरुको पिर्के/टेबल सलामी खाने अर्को मोह छ। पिर्के/टेबल सलामी खाँदा चर्को आलोचना खेप्नु परेको अनेक उदाहरण छन् । तर, पनि…

Read More

विराटनगर, २७ माघ। प्रहरीले पेस्तोल, भरुवा बन्दुक र हेण्डसेट (वाकिटकी) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–२ बेलडाँगीका २८ वर्षीय सिलास लिम्बु र सुन्दरहरैँचा–३ का २९ वर्षीय प्रेमबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी हरिनन्दन चौधरीका अनुसार विशेष सुचनाका आधारमा पक्राउ परेका लिम्बुको घर खानतलासी गर्दा ‘मेड इन यूएसए’ लेखिएको पेस्तोल, भरुवा बन्दुक र दुई थान हेण्डसेट बरामद भएको हो। पक्राउ परेका लिम्बुले उक्त हतियार गुरुङबाट लिएको प्रराम्भिक बयान दिएपछि प्रहरीले गुरुङलाई पनि पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दामा आवश्यक अनुसन्धान बढाइएको प्रहरीले जनाएको…

Read More

काठमाडौं,२७ माघ । अगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका एक करोड ३७ लाख ९१ हजार मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ । अयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्ल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, पश्चिम नवलपरासी, मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ र बाँकेका मतपत्र छापिएका हुन् । आयोगका अनुसार दैनिक १५ लाख मतपत्र छपाइ भइरहेको छ ।यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फ…

Read More

काठमाडौं, २७ माघ । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्कीले विशेष अवस्थामा हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज रुपमा सम्पन्न गर्न सवारी साधनलगायत विभिन्न सामग्री उपलब्ध गराएकोमा राजदूतलाई धन्यवाद व्यक्त गरिन् । भारतीय राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा सदैव साथ रहने र मित्रवत् छिमेकीका नाताले सहयोग गर्नु आफ्नो कर्तव्य रहेको बताएका थिए। निर्वाचनपछि नेपालले हासिल गर्ने लोकतान्त्रिक र संवैधानिक स्थिरता भारतका लागि पनि महत्त्वपूर्ण हुने उनको भनाइ छ।

Read More