Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२३ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा व्याप्त निराशाको मुख्य कारण भ्रष्टाचार रहेको बताउँदै नयाँ रुपको कांग्रेस भ्रष्टाचारविरुद्ध दृढ रुपमा उभिएको दाबी गरेका छन्। शुक्रवार कास्की कांग्रेसद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै थापाले भने, ‘आज नागरिकलाई नेपालको सबैभन्दा ठूलो शत्रु को हो भनेर सोध्दा जवाफ आउँछ—‘करप्सन’। भ्रष्टाचारविरुद्धको सबैभन्दा ठूलो योद्धा बनेर परिवर्तन भएको नेपाली कांग्रेस आएको छ।’ उनले कांग्रेसका नेता–कार्यकर्ता टाउकोदेखि पुच्छरसम्म भ्रष्टाचारविरुद्ध संकल्प गरेर आएको दाबी गरे। थापाले विगतमा देशलाई हिंसाको चपेटाबाट मुक्त गरिएझैँ अब भ्रष्टाचारको दलदलबाट पनि कांग्रेसले नै बाहिर निकाल्ने बताए। ‘हिजो हामीले नेपाललाई हिंसाको आहालबाट बाहिर निकाल्यौँ, अब भ्रष्टाचारको आहालबाट पनि बाहिर निकाल्छौँ,’ उनले भने।…

Read More

काठमाडौं,२३ माघ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनबाट पार्टी देशको पहिलो शक्ति बन्ने दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित पार्टीको सल्यान(काठमाडौं सम्पर्क मञ्चको परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनको माहोल आफ्नो पक्षमा देखिए पनि अन्तिम परिणाम नआएसम्म सतर्क रहनुपर्ने बताए। ‘चुनाव जितिसकियो, अब घोषणा गर्न मात्र बाँकी छ भन्न सकिन्छ। तर, जबसम्म जनमतलाई मतपेटिकाभित्र सुरक्षित गरिँदैन र परिणाम आउँदैन, तबसम्म खेल धेरै हुन सक्छ,’उनले भने, ‘त्यसैले सबैले आफ्नो मेहेनत बढाउनु जरुरी छ।’ देश राजनीतिक र संवैधानिक संकटमा परेको बेला आफ्नो पार्टी र नेता माधव कुमार नेपाल लगायतले ठूलो मेहेनत गरेर देशलाई दुर्घटनाबाट बचाएको उनले दाबी…

Read More

काठमाडौं,२३ माघ । अगामी फागुन २१ गते हुने निर्वाचनका लागि ६० जिल्लाको मतपत्र छपाइ सकिएको छ । २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको निर्वाचन आयोगले जनाएको छ । विवरणअनुसार, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम) , सल्यान, सुर्खेत, बाजुरा र अछामको मतपत्र छपाइ र प्याकिङको काम सम्पन्न भएको छ। यस्तै, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको मतपत्र छपाइ र प्याकिङ सम्पन्न भइसकेको छ। ६० जिल्लाको मतपत्र पनि छपाइ सम्पन्न भइसकेको तर, प्याकिङको काम भने बाँकी रहेको आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको…

Read More

काठमाडौं,२३ माघ । आईतबारदेखि आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट सुरु हुने भएको छ । भारत र श्रीलंका संयुक्त आयोजक रहेको प्रतियोगिताको पहिलो खेलमा नेपाल र इंग्ल्यान्डबीच हुनेछ । मुम्बईको वानखडे रंगशालामा हुने प्रतियोगितामा नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै दोस्रोपटक टी–२० विश्वकप यात्रा सुरु गर्दैछ। नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा विश्वकप खेलेको थियो। २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशसँग शानदार खेल प्रदर्शन गर्दै आफ्नो क्षमतालाई विश्वमञ्चमा देखाएको थियो। विशेषगरी दक्षिण अफ्रिकासँगको खेलमा एक रनको अन्तरले हार र जीतको नजिक पुगेको त्यो खेल नेपाली क्रिकेटप्रेमीको स्मरणीय क्षण बनेको थियो। यस विश्वकपमा नेपाल समूह ‘सी’ मा छ। समूहमा नेपालसँगै दुईपटकको विजेता…

Read More

काठमाडौं,२३ माघ। प्रहरीले राजनीतिक दलका उम्मेदवारका लागि सामाजिक संजालमा मत मागेपछि उक्त प्रहरीमाथी कारवाहीको डण्डा चलाइएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको युनिटमा कार्यरत प्रहरी हवल्दार श्यामनारायण पटेल सामााजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मत मागेपछि प्रहरी आचरण विपरीतको कार्य अन्र्तगत उनी माथी कारबाही प्रक्रियाअघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले बताए । उनका अनुसार पटेलले फेसबुक मार्फत मत मागेको पाइएपछि विभागीय कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा तानिएको छ ।

Read More

काठमाडौं,२३ माघ । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरी पक्राउ गरेको छ । पक्राउ पर्दै र रिहा हुँदै आएका प्रसाईँलाई शुक्रबार प्हरीले काठमाडौंको दक्षिणकाली क्षेत्रबाट नियन्त्रणमा लिएको हो। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपाल’का संयोजक समेत रहेका प्रसाईँलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ। प्रसाईंविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा निर्वाचन आयोगले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो। यसअघि पनि कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको भन्ने विवादित अभिव्यक्ति पश्चात पोखराबाट पक्राउ परेका प्रसाईँ धरौटी बुझाएर रिहा…

Read More

लुम्बिनी, २३ माघ । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खानले पर्यटनलाई स्थानीय आर्थिक समृद्धिको मेरुदण्ड बनाउने योजना रहेको बताएका छन् । शान्तिका अग्रदुत गौतमबुद्ध जन्मस्थल क्षेत्र भएपनि रुपन्देही–५ मा अपेक्षित विकास हुननसक्नुमा उनले चिन्ता व्यक्त गरे । ‘लुम्बिनी विश्वकै गौरव हो तर अहिलेसम्म यो क्षेत्रले विकासमा फड्को मार्न नसक्नु हामी सबैका लागि दुर्भाग्यपूर्ण विषय हो’,उनले भने,‘अब भाषण होइन, काम गर्ने समय आएको छ, मतदाताहरुले सोच्नुपर्ने बेला आएको छ ।’ ‘सभ्य र समृद्ध रुपन्देही–५’ भन्ने नारासहित अघि सारिएको ‘पर्यटन विकास गुरुयोजना’ले लुम्बिनीमा केन्द्रित पर्यटनलाई लुम्बिनीसहित समग्र निर्वाचन क्षेत्र (गाउँ–गाउँ) सम्म विस्तार गर्ने…

Read More

काठमाडौं,२२ माघ। चोरीको आरोपीलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । नागार्जुन नगरपालिकाबाट एक करोड बराबरको सुनचाँदी चोरी भएको थियो । जसअनुसार प्रहरीले बाँकेका प्रेम चौधरीलाई गोली हानेर पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार गए राति नागार्जुन नगरपालिकास्थित महांकालबाट चोरीमा संलग्न चौधरीलाई पक्राउ गर्न खोज्दा भाग्न खोजेपछि उनलाई गोली प्रहार गरेर नियन्त्रणमा लिइउको हो । चौधरीको खुट्टामा गोली लागेको छ। उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । मंगलबार मध्यान्ह रिन्जी लामाको घरबाट थारुले ३० तोला सुन, चाँदीका गहनासहित एक करोड ४ लाख ५३ हजार बराबरको सामान चोरी भएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं,२१ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि बदल्ने दाबी गरेका छन्। बुधबार भिडियो सन्देश जारी गर्दै उनले कांग्रेसीहरुको आग्रहबमोजिम नै पार्टी बदलिएको बताए। ‘कांग्रेसलाई बदलेर आएका छौं। यो कांग्रेस २.० हो। यसले देश पनि बदल्छ’,उनले भने। आफू उत्तेजनाको राजनीति नगर्ने भन्दै सबेलाई मिलाएर लैजाने उनको भनाइ छ। भीडियो सन्देशमार्फत उनले भनेका छन्,‘हामी कुनै घृणाको राजनीति गर्दैनौं। हामी सबैलाई मिलाएर लिएर जान्छौं। हामी मिलाउने मात्र होइन, नेपालको व्यवस्थालाई पनि बदल्छौं।’ बदलिएको कांग्रेसले राष्ट्रको स्वार्थभन्दा माथि पार्टीको स्वार्थलाई नराख्ने उनको भनाइ छ।

Read More

भैरहवा,२१ माघ । प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एक दिवसीय क्रिकेट छनोट प्रतियोगितामा बर्दिया र बाँके विजयी भएका छन् । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा बर्दियाले पाल्पालाई १ सय ७ रनले र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालामा भएको अर्को खेलमा बाँकेले पश्चिम नवलपरासीलाई ६ विकेटले पराजित गरेका हुन् । बुधबार सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको बर्दियाले ३९ ओभरमा ५ विकेट गुमाएर २ सय ४७ रन बनायो । उसका लागि केशव विष्ट र सुमित श्रेष्ठले अर्धशतकीय पारी खेले । केशवले अविजित ९४ र सुमितले ६६ रन जोडे…

Read More