


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, २७ फागुन । रुपन्देही जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा ३८ हजार बढी मत बदर भएको छ। प्रत्यक्षतर्फ २२ हजार ३५ र समानुपातिकतर्फ १६ हजार ७ सय २७ गरी ३८ हजार ७ सय ६२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीको प्रमुख कल्पना अर्यालले जानकारी दिइन् । बदर मतको प्रकृति अनुसार मतदाताले दुई वा दुईभन्दा बढी चिन्हमा मत संकेत गरेको पाइएको उनले बताइन् । उनका अनुसार, प्रत्यक्षतर्फ रुपन्देही–१ मा ४ हजार ८ सय ५९, २ मा २ हजार २ सय ९०, ३ मा ४ हजार १ सय ६२, ४ मा ४ हजार ९ सय ७७ र ५ मा ५ हजार…
काठमाडौं,२६ फागुन। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मत गणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ अहिलेसम्म एक करोड ४ लाख ४३ हजार २७२ सदर मत गणना भइसकेको छ । प्रत्यक्षतर्फ अग्रस्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ पनि पहिलो छ। हालसम्म समानुपातिकतर्फ रास्वपाले ५० लाख १४ हजार ८९१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। समानुपातिकतर्फ चार वटा दलले भने अझै एक हजार मतसमेत कटाउन सकेका छैनन्। आयोगका अनुसार जनप्रिय लोकतान्त्रिक पार्टीले ९०० मत प्राप्त गरेको छ। यस्तै, मितेरी पार्टी नेपालले ७४८, उन्नत लोकतन्त्र पार्टीले ७०७ र त्रिमुल नेपाल पार्टीले ६६९ मत प्राप्त गरेका छन्। समानुपातिकतर्फ ५७…
भैरहव,२६ फागुन । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीबाट चुनावी मैदान उत्रिएकामध्ये १४३ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । जमानत जफत हुनेमा ठूला दलका उम्मेदवार देखि स्वतन्त्र उम्मेदवासम्म रहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । कार्यालयका अनुसार, रुपन्देहीको ५ वटा निर्वाचन क्षेत्रमा १५५ जनाले उम्मेदवार दिएकोमा १२ जना बाहेक अन्य १४३ जनाको जमानत जफत भएको हो । निर्वाचन क्षेत्रमा भएको मतगणनामा कुल सदर मतको १० प्रतिशत मत प्राप्त नगर्ने उम्मेदवारहरुको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीको प्रमुख कल्पना आर्यालले बताइन् । उनका अनुसार, रुपन्देही–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सुनिल लम्साल र कांग्रेसका हिराबहादुर खत्रीबाहेक २९ उम्मेदवारको जमानत जफत भएको…
भैरहवा, २६ फागुन । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा विकासका लागि आवश्यक लगानीको योजना तयार पार्न पहल थालिएको छ। जसका लागि क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कन्हैया बनियाले स्थानीय, प्रादेशिक देखि संघीयस्तर बाट गरिनुपर्ने विकासका योजना र कार्यक्रमबारे सुझाव दिन नागरिकसँग आग्रह गरेका छन् । क्षेत्रको विकासलाई व्यवस्थित र प्रभावकारी बनाउन योजना तथा कार्यक्रम निर्माण कार्य सुरु गरिएको जनाइएको छ। सोही क्रममा क्षेत्रका बुद्धिजीवी, व्यवसायी, श्रमिक, किसान तथा आम नागरिकसँग आफ्नो क्षेत्रका आवश्यक योजना र कार्यक्रमबारे जानकारी गराउन आग्रह गरिएको हो । ‘हामीलाई कामको लिस्ट दिनुहोस्’, कन्हैया बनियाको निजी सचिवालयद्वारा जारी अपिलमा भनिएको छ,‘हाम्रो क्षेत्रलाई समृद्ध र विकसित बनाउन हामी…
भैरहवा, २६ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देहीका ५ जना उम्मेदवारहरुले आफैलाई समेत मत नदिएको पाइएको छ । शून्यमत आउने सबै ५ जना स्वतन्त्र र रुपन्देही–२ बाट उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवार टिका बहादुर क्षेत्री, दिलिप कुमार सुनार, बालकृष्ण ज्ञवाली, विमला भट्टराई र विष्णु प्रसाद बस्यालले निर्वाचनमा शून्य मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रुपन्देही–२ मा ३९ जनाले उम्मेदवारी दिएकोमा रास्वपाका सुलभ खरेल भारी मतान्तरले निर्वाचित भएका छन् ।
काठमाडौं,२६ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको निर्वाचनमा जितका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई टेलिफोन गरेर बधाई दिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष १२५ सहित दुईतिहाइ बहुमत पक्का गर्नै लाग्दा प्रधानमन्त्री मोदीले सभापति लामिछाने र वरिष्ठ नेता शाहसँग टेलिफोन वार्ता गरेको जानकारी दिएका हुन् । उनले यो चुनावमा भएको ऐतिहासिक जितप्रति दुवैजनालाई बधाई दिएको पनि जानकारी गराएका छन् । सोमबार सामाजिक संजालमार्फत उनले टेलिफोन संवादमा दुवै नेतालाई निर्वाचनमा प्राप्त जित तथा रास्वपाको उल्लेखनीय सफलताका लागि बधाई दिँदै नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गरे। मोदीले नेपालसँग पारस्परिक…
काठमाडौं,२५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिटमा जित निकालेको छ। बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेर चुनावमा होमिएको रास्वपाले प्रत्यक्षतर्फ सबैभन्दा बढी सिटमा जित निकालेको हो। दोस्रोमा नेपाली कांग्रेसले १८, तेस्रोमा नेकपा एमालेले ८, नेपाली कम्युनिस्ट पार्टीले ७, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। यी हुन् रास्वपाबाट निर्वाचित : 1. वालेन्द्र शाह, झापा-५2. इन्दिरा राना मगर, झापा-२3. सोविता गौतम, चितवन-३4. डा. लेखजंग थापा, रूपन्देही-३5. हरि ढकाल, चितवन-१6. लाल बिक्रम थापा, सुनसरी-२7. सुलभ खरेल, रूपन्देही-२8. रुबिना आचार्य, मोरङ-६9. सुनिल लम्साल, रूपन्देही-१10. रवि…
गोरखा,२५ फागुन। प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गोरखाको क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ पनि निर्वाचित भएका छन् । २९ हजार ८ सय ९६ मतका साथ उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले १५ हजार ३ सय ९८ मत प्राप्त गरे।
भैरहवा,२५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कन्हैया बनिया निर्वाचित हुँदा राजनीतिका चतुर खेलाडी मानिने सर्वेन्द्रनाथ शुक्लाको जमानतसमेत जफत भएको छ । शुक्ला जसपा नेपालबाट उम्मेदवार थिए । क्षेत्रमा दशकौं देखि राम्रो पकड रहेकोले पटक पटक चुनाव जितेर मन्त्री समेत भइसकेका शुक्लालाई यस पटकको निर्वाचनमा मतदाताले चौथो स्थानमा झारेका छन् । यसअघि ०७९ को निर्वाचनमा रुपन्देही–४ बाट प्रतिनिधिसभा सदस्यमा शुक्ला र प्रदेशसभा सदस्यमा बनिया एउटै पार्टी लोसपाबाट चुनावमा होमिएर निर्वाचित भएका थिए । त्यतीबेला क्षेत्रमा शुक्ला र बनियाबीच राजनीतिक ‘गुरु’, ‘चेला’ को भाष्यसहितको सम्बन्ध स्थापित भएको थियो । लुम्बिनी प्रदेशमा शुक्लाले आफ्नै क्षेत्रबाट…
काठमाडौं,२५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं झापा-५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाह (बालेन) ले निर्वाचनमा भएको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । निर्वाचन प्रतिनिधिमार्फत शाहले सोमबार निर्वाचनमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण बुझाएको निर्वाचन आयोगले जनाएको छ । बालेनले सवारी साधन भाडामा लिएर २ लाख ९३ हजार ५००, हवाइ भाडा ३५ हजार, वडास्तरीय प्रचार कार्यक्रममा ५ लाख ८० हजार खर्च गरेको, क्षेत्रीय निर्वाचन कार्यलय सञ्चालन लगायतमा खर्च भएको बुझाएको विवरणमा उल्लेख छ। हेर्नुहोस् खर्च विवरण: