


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,१७ फागुन । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले सत्ता र शक्तिको घमण्डले अन्ततः पतन निम्त्याउने बताएका छन्। भैरहवामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कौमे आदको ऐतिहासिक प्रसङ्ग उल्लेख गर्दै वर्तमान राजनीतिमा देखिएको दम्भप्रति प्रहार गरे। उनले जहाँ शक्ति हुन्छ त्यहाँ घमण्ड पलाउने र घमण्डले सत्यको मजाक उडाउने बताउँदै इतिहासको त्यो कथा आजका शासकहरुका लागि एउटा चेतावनी भएको उल्लेख गरे । नेपालको राजनीतिमा सत्ता लामो समय हात पारेपछि आफूलाई अपरिहार्य ठान्ने र जनताको आवाजलाई कमजोर ठान्ने प्रवृत्ति बढेको भन्दै उनले चिन्ता व्यक्त गरे। परिवर्तन सधैँ चर्को नाराबाट मात्र नभई कहिलेकाहीँ…
भैरहवा,१७ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वडा सभापति र प्रगतिशील लोकतान्त्रित्र पार्टी (प्रलोपा) समानुपातिक उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्। आईतबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा प्रलोपाको समानुपातिक उम्मेदवार मायादेवी–८ को विमलादेवी विक र रास्वपा सिद्धार्थनगर नगरपालिका–३ का सभापति राजकुमार श्रेष्ठले पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेको घोषणा गरे । दुबैजनालाई राप्रपा रुपन्देही अध्यक्ष सागरप्रताप राणा, केन्द्रीय सदस्य स्वाती थापा तथा रुपन्देही–३ का उम्मेदवार गौरव बोहराले पार्टीमा स्वागत गरे। राप्रपा प्रवेश गर्दै प्रलोपा समानुपातिक उम्मेदवार विकले मुलुकमा बढ्दो विदेशी हस्तक्षेप अन्त्य गरी धर्मसंस्कृतिको संरक्षण गर्ने उद्देश्यले राप्रपा प्रवेश गरेको जनाइन् । यस्तै, श्रेष्ठले मुलुकमा राजसंस्था, हिन्दूराष्ट्र पुनःस्थापना र…
लुम्बिनी, १७ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै रुपन्देही–५ मा निर्वाचनको सरगर्मीको बढेको छ।उम्मेदवारहरु आफ्नो एजेण्डका साथका मतदाताको घरदैलोमा पुगेर मत माग्ने देखि चुनाव जित्नका लागि रणनीति बनाउनमा व्यस्त छन् । क्षेत्रका बजार–चोकहरु चुनावी चर्चा–बहस जारी छ । सबैले आ–आफ्नो अंकगणित लगाइरहेका छन् । यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तौफिक अहमद खान, नेकपा (एमाले) का खिमलाल भट्टराई, नेपाली कांग्रेसबाट भरत कुमार शाह, नेपाली कम्युनिष्ट पार्टीबाट मुहम्मद वकिल मुसलमान लगायत दल र स्वतन्त्र गरी २७ जनाले उम्मेदवारी दिएका छन् । स्थानीयवासीका अनुसार, क्षेत्रमा रास्वपा, एमाले र कांग्रेसबीच प्रतिस्पर्धा छ । रास्वपा, एमाले, कांग्रेस र नेकपामध्ये रास्वपाका उम्मेदवार खान सबैभन्दा युवा…
भैरहवा, १७ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला अध्यक्ष सागर प्रताप राणाले रुपन्देही क्षेत्र नम्बर २ मा पार्टीले कुनै दललाई समर्थन नगरेको स्पष्ट पारेका छन् । रुपन्देही २ मा राप्रपाको उम्मेदवार छैन । राप्रपा रुपन्देहीका क्षेत्र नम्बर २ का अध्यक्ष रामबहादुर थापाले आईतबार विज्ञप्ती जारी गर्दै रुपन्देही-२ मा नेपाली कांग्रेसका उम्मेदवार चन्नुप्रसाद शर्मा (पौडेल) लाई समर्थन गर्ने निर्णय भएको जनाएका छन् । समर्थन गर्ने विषय सार्वजनिक भएपलग्त्तै अध्यक्ष राणाले पत्रकारहरुसँग कुराकानी गर्दै राप्रपाले कसैलाई पनि समर्थन र सहयोग नरहेको बताए । केन्द्रदेखि जिल्लासम्म कुनै पनि दलसँग मिलेर जाने भन्ने कुरा नरहेकोले राप्रपाले कसैलाई पनि समर्थन नगरेको उनको भनाई छ।…
काठमाडौं,१७ फागुन। मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र केही देशहरुले हवाई क्षेत्र बन्द गरेपछि त्यसतर्फ हुने अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन्। दोहा, दुबई, कुवेत, अबुधाबी, दमाम लगायतका गन्तव्यतर्फका उडानहरु रद्द हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट सञ्चालन हुने उडानसमेत रोकिएका छन्। उडान रद्द भएसँगै टिकट लिएर विमानस्थल पुगेका यात्रुहरु अलमलमा परेका छन्। विशेषगरी खाडी मुलुकतर्फ वैदेशिक रोजगारीका लागि जाने नेपालीहरु बढी प्रभावित भएका छन्। उडान कहिले पुनः सञ्चालनमा आउने भन्ने निश्चित जानकारी नहुँदा धेरै यात्रुहरु काठमाडौँमै बस्न बाध्य भएका छन्। केही यात्रुले बसोबास र खानपानका लागि पर्याप्त रकम नभएको भन्दै समस्या झेल्नुपरेको गुनासो गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनका अनुसार उडान सञ्चालनबारे…
भैरहवा, १७ फागुन। प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गौरव बोहराले भैरहवा–लुम्बिनी भूमिगत जल (भैलुभूज) परियोजनाको पुन:संरचनामा जोड दिने प्रतिवद्धता जनाएका छन्। हाल उक्त परियोजना प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा स्थानीय बासिन्दाले अपेक्षित लाभ लिन सकेका छैनन्। रुपन्देहीमा भैलुभूज परियोजना ल्याउन राप्रपा नेता स्व. दीपक बोहराको महत्वपूर्ण भूमिका रहेको थियो। परियोजनाले एक समय कृषि क्षेत्रमा सिँचाइ व्यवस्थापन सहज बनाउँदै किसानलाई ठूलो राहत पुर्याएको थियो। साथै, विभिन्न गाउँमा सडक सञ्जाल विस्तारमा समेत सहयोग पुगेको थियो। तर, प्रभावकारी सञ्चालन अभावमा परियोजनाबाट अपेक्षित उपलब्धि हासिल हुन नसकेको अवस्थामा स्व. दीपक बोहराका छोरा तथा उम्मेदवार गौरव बोहराले यसको…
धकधई,१७ फागुन। प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार प्रज्जवल बोहराले कृषि र खाद्य सुरक्षालाई प्राथमिकता दिइने प्रतिवद्धता जनाएका छन्। उनले व्यावसायिक कृषि प्रवर्द्धन, किसानलाई उचित मूल्य र बजार सुनिश्चितता, सिँचाइ तथा भण्डारण पूर्वाधार विस्तार र आयातमा निर्भरता घटाउँदै स्वदेशी उत्पादन वृद्धि गर्ने प्रतिबद्धता जनाएका हुन्। घरदैलो कार्यक्रम तथा चुनावी भेटघाटका क्रममा बोहराले कृषि क्षेत्रको आधुनिकीकरणबिना ग्रामीण अर्थतन्त्र बलियो बन्न नसक्ने बताएका छन्। ‘रुपन्देही १ कृषि उत्पादनमा सम्भावनायुक्त क्षेत्र हो। तर किसानले अझै पनि उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्,’ उनले भने,‘किसानलाई बजारको ग्यारेन्टी र न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्नु मेरो प्राथमिकता हुनेछ।’ उनले…
काठमाडौं,१५ फागुन । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रुकुम पश्चिमबाट प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई उज्यालो नेपाल पार्टी (उनेपा)ले समर्थन गरेको छ। उनेपाका उम्मेदवार नरेन्द्र केसीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै शर्मालाई समर्थन गर्ने घोषणा गरेका हुन्। ०६४ सालदेखि उक्त स्थानबाट शर्माले चुनाव जित्दै आएका छन् । रुकुम पश्चिमबाट एमालेबाट नन्दराम देवकोटा, कांग्रेसबाट राजु केसी, नेपाली कम्युनिस्ट पार्टीबाट गोपाल शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मानबहादुर शाहीलगायतले उम्मेदवारी दिएका छन् ।
भैरहवा, १५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देहीमा मदिरा विक्री वितरण तथा सार्वजनिक स्थानमा सेवनमा रोक लगाइएको छ । सुरक्षा व्यवस्था सम्बन्धमा निर्वाचन आयोग निर्णयअनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्नका मदिराको विक्री तथा सार्वजनिक स्थानमा सेवनमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा जारी सूचनामा उल्लेख छ । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मेघनाथ पाध्याले निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म फागुन १५ (शुक्रवार) देखि जिल्लामा मदिराको विक्री तथा सार्वजनिक स्थानमा सेवनमा निषेध गरिएको बताए । हेर्नुहोस् सूचना:
भैरहवा, १४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका भैरहवाका अजय कुमार गुप्ता फेरी राप्रपामा फर्किएका छन् । बिहीवार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा राप्रपाको रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार क्याप्टेन गौरव बोहरा, केन्द्रीय सदस्य बसन्त विक्रम शाही, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार स्वाती थापा, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणालगायतले स्वागत गरे। कार्यक्रमलाई सम्बोधन गर्दै गुप्ताले राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र तथा राप्रपाले बोकेको एजेण्डा राजसंस्था र हिन्दु राष्ट्र आफ्नो पनि एजेण्डा भएकोले आफु पुन: पार्टीमा फर्किएको बताए । राप्रपा जिल्ला अध्यक्ष तथा सिद्धार्थनगरका पूर्व नगरप्रमुख सागर प्रताप राणाले पार्टीमा फरक मत राख्ने कुरालाई अन्यथा लिन नहुने बताए।…