Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,११ फागुन। डिजिटल प्रविधिको दुरुपयोगबाट उत्पन्न चुनौतीहरुको सामना गर्न नेपाल प्रहरीले ‘एआई एन्ड एड्भान्स्ड एनालिटिक्स (एआई सेल)’ स्थापना गरेको छ। सामाजिक सञ्जालमा पोष्ट् हुने गलत, भ्रामक तथा मिथ्या सामग्रीको निगरानी र व्यवस्थापन गर्ने उद्देश्यले उक्त सेल गठन गरिएको प्रहरीले जनाएको छ। उक्त एआई सेलले नक्सालस्थित प्रहरी प्रधान कार्यालयबाट कार्य गर्नेछ। गृहमन्त्री ओमप्रकाश अर्यालले एआई सेलको कार्यक्षेत्र र भावी योजनाबारे जानकारी लिँदै विशेषगरी निर्वाचनसँग सम्बन्धित गलत र भ्रामक सूचनालाई नियन्त्रण गरी निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिए। उनले सामाजिक सञ्जालमार्फत हुने अवाञ्छित गतिविधि नियन्त्रणमा एआई सेल प्रभावकारी साबित हुने विश्वास पनि व्यक्त गरे।

Read More

भैरहवा,११ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले नागरिकले आकर्षक नारा र ठूला सपनाभन्दा पनि आधारभूत आवश्यकता पूरा हुने र सुशासन स्थापिन हुने अपेक्षा गरेको बताएका छन् । घरदैलो अभियानका क्रममा स्थानीयसँग भेटघाट गर्दै जनताको मुख्य समस्या र पार्टीका प्रतिबद्धताबारे धारणा राखेका हुन्। घरदैलोका क्रममा आफूले सुनेका अनुभव सुनाउँदै डा. थापाले गाउँ–बस्तीमा पुग्दा नागरिकले ठूलो राजनीतिक परिवर्तनभन्दा पनि दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषय उठाउने गरेको बताए। उनका अनुसार स्थानीयको प्राथमिकतामा सडक पूर्वाधार, कृषिमा सुधार, समयमा मलखाद उपलब्धता, गुणस्तरीय शिक्षा तथा सहज स्वास्थ्य सेवा रहेका छन्। साथै देशभित्रै रोजगारी सिर्जना गरी…

Read More

लुम्बिनी, ११ फागुन ।रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खानले क्षेत्रमा विद्युत् सेवा पुगे पनि न्यून भोल्टेज, पटक–पटक लाइन काटिने समस्या र काठका पोलको जोखिम अझै कायमै रहेको भन्दै ऊर्जा क्षेत्र सुधारलाई प्राथमिकतामा राखिएको बताएका छन् । ऊर्जा क्षेत्रको गुरुयोजना अन्र्तगत दिगो विकासका लागि आधुनिक ऊर्जा कार्यक्रममार्फत क्षेत्रलाई ‘पूर्ण उज्यालो र ऊर्जामा आत्मनिर्भर’ बनाउने योजना रहेको उनले सुनाए । चुनावी घरदैलो अभियानका क्रममा उनले भने, ‘बिजुली पुगेको भनिए पनि भरपर्दो छैन। न्यून भोल्टेजले किसानको मोटर समेत चल्दैन। अब क्षेत्रमा कमजोर पूर्वाधार सहेर बसिँदैन। त्यो बनाउनैपर्छ । सबैको साथले मैले बनाउँछु ।’ उम्मेदवार…

Read More

काठमाडौं,११ फागुन । गृह मन्त्रालयले धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगौडामा भएको बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार सरोकारवाला निकायसँग छलफल गरी आजै समिति गठन गरिनेछ। धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका-५ मा गए राति बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खस्दा दुर्घटना भएको थियो । प्रहरीका अनुसार, बसमा चालकसहित ४४ जना सवार थिए जसमा मृत्यु भएका मध्ये ९ जनाको सनाखत भएको छ। १० जनाको पहिचान खुल्न बाँकी छ। सनाखत हुन बाँकी रहेका १० जना मृतकमध्ये ७…

Read More

धकधई,११ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रज्जवल बोहराले सबै नागरिकका लागि सुलभ र गुणस्तरीय विशेषज्ञ सेवा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् । गाउँ–नगरमै गुणस्तरीय विशेषज्ञ सेवा उपलब्ध गराउने, क्षेत्रभित्र पर्ने सबै पालिकालाई समेटेर एउटै समन्वित स्वास्थ्य व्यवस्थापन प्रणाली लागू गर्ने आफ्नो योजना रहेको उनले सुनाए । ‘सामान्य उपचारका लागि पनि शहर धाउनुपर्ने बाध्यता अन्त्य हुनुपर्छ’,उनले भने,‘स्वास्थ्य क्षेत्रमा हाम्रो लक्ष्य भनेको गाउँमै विशेषज्ञ सेवा, आवश्यक उपकरण र दक्ष जनशक्ति उपलब्ध गराउनु हो।’ क्षेत्रका स्वास्थ्य केन्द्रहरुलाई स्तरोन्नति गर्दै विशेषज्ञ सेवा विस्तार गरिने र क्षेत्रका लागि सबै पालिकालाई समेट्ने गरी एम्बुलेन्स र दमकलको…

Read More

हृदयराम गुप्तामर्चवार,११ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कन्हैया बनियाले मर्चवारको अवस्था परिवर्तनका लागि मत पनि परिवर्तन गर्नुपर्ने अवस्था रहेको बताएका छन् । मतदाता भेटघाटको क्रममा रहेको उनले अहिलेसम्म सामन्तवादी र पुँजीवादी शक्तिहरु पटक-पटक निर्वाचित हुँदै मर्चवारलाई ओझेलमा पारेर पिछडिएको पहिचान दिइएकोप्रति दुःख व्यक्त गरे । ‘पटक-पटकका आन्दोलनमा धेरै युवाहरु शहीद भए र केही परिवर्तन भए तर अब वैचारिक आन्दोलनको आवश्यकता छ’,उनले भने, ‘सडकबाट होइन परिवर्तनका लागि मतपत्रबाट आन्दोलनको आवश्यक छ ।’ देशको नीति परिवर्तन गर्न नेतृत्व परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने भएकोले बिचौलियाको सल्लाहमा नभई आफ्ना छोराछोरी र…

Read More

भैरहवा, ११ फागुन । जनता समाजवादी पार्टीका नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को कुनै स्पष्ट धारणा नरहेको आरोप लगाएका छन् । मधेसको भोट बटुल्ने रणनीति अनुसार प्रधानमन्त्री बनाउने भन्दै रास्वपाले बालेनलाई पार्टीमा भित्राएपछि भएको चुनावी चर्चाप्रति टिप्पणी गर्दै उनले सामाजिक संजालमा चर्चा भएपनि यथार्थ अवस्था त्यस्तो नदेखिएको बताए । सोमबार रुपन्देहीको मर्चवारमा चुनावी सभालाई सम्बोधन गर्न आएका यादवले पार्टीद्वारा भैरहवामा आयोजित पत्रकार सम्मेलनमा उनले प्रश्न गर्दै भने, ‘उहाँले (बालेन) मधेसी जनताको अधिकारको लडाइँ हुँदाखेरि कहाँ हुनुहुन्थ्यो ? मधेसको मुद्दामा उहाँको कुनै धारणा छैन । राष्ट्रिय राजनीतिमा कुनै धारणा सुनिदैन, वैचारिक के…

Read More

लुम्बिनी,११ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खानले भ्रष्टाचार नियन्त्रण देखि सुकुम्बासी समस्या समाधान गर्नेसम्मका योजना अघि सारेका छन् । ०८७ सालसम्म रुपन्देही–५ लाई नमुना ‘सुशासन क्षेत्र’ बनाउने बताउँदै उनले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र बिचौलिया प्रथालाई अन्त्य गरी नागरिकले घरदैलोमै सरकारको महसुस गर्ने वातावरण बनाउने योजना बनाइएको बताए। ‘अहिले पनि सरकारी कार्यालयमा सेवाप्रवाहमा ढिलासुस्ती छ । अनावश्यक रुपमा सेवाग्राहीलाई सास्ती दिने काम हुन्छ’,उनले भने, ‘सहजै हुने कामका लागि पनि बिचौलिया समात्नुपर्ने अवस्था छ । नागरिकलाई दुःख बढी छ । तर, अब त्यो मैले अन्त्य गर्छु । नागरिकले दुःख नपाउने वातावरण…

Read More

भैरहवा, ९ फागुन । गत प्रतिनिधिसभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट रुपन्देही–१ मा उम्मेदवार बनेका धनिराम चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्। शनिवार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चौधरीलाई पार्टी प्रवेश गराएका छन्। राप्रपामा प्रवेश गरेका चौधरी ०७९ को निर्वाचनमा रुपन्देही १ बाट चुनाव लडेका थिए । त्यतिबेला उनले १३ हजार ९९२ मत प्रप्त गरेका थिए । राप्रपा क्षेत्रीय अध्यक्ष सिताराम सिंहका अनुसार, चौधरीको प्रवेशले रुपन्देही क्षेत्र नं १ मा बिजय प्राप्त गर्न सहज हुने सम्भावना बढेको छ। राप्रपाबाट रुपन्देही-१ मा प्रज्जवल बोहरा उम्मेदवार छन् ।

Read More

भैरहवा, ९ फागुन । प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको विभिन्न सामग्री बरामद गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय सूर्यपुरा रुपन्देहीको संयुक्त टोलीले गैडहवा गाउँपालिका ६ ६ मोजरहवामा डम्प गरेर राखिएको अवस्थामा ९ लाख ४१ बढी मूल्य बराबरको २० प्रकारका विभिन्न सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार बरामद सामग्रीमा हुक्का फ्लेवर, कपडा, जुत्ता, चप्पल लगायत रहेका छ । वेवारिसे अवस्थामा बरामद सामग्री नियन्त्रणमा लिएर आवश्यक कार्यवाही भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

Read More