Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२१ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय भ्रष्टाचार सम्बन्धि मुद्दाको अनुसन्धानमा तिव्रता दिएको छ । जससँगै विशेष अदालतमा पनि मुद्दा दायर हुने क्रम बढेको छ । जेनजी आन्दोलन पश्चात पालिकामा हुने अनियमिततामा समेत निगरानी बढाउँदै आयोगले पछिल्लो समयमा विभिन्न पालिकामा कार्यरत ११ जना प्रमुख प्रशासकीय अधिकृतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, पर्वतको कुश्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङ, रौतहटको माधव नारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थविरुद्ध भ्रष्टाचार मुद्दा दायर…

Read More

काठमाडौं,२१ पुस। कोरियाले मुलुकमा अवैध रुपमा बसोबास गरिरहेका विदेशी नागरिकहरुका लागि विशेष स्वेच्छिक प्रस्थान प्रणाली लागू गरेको छ। कोरियाको न्याय मन्त्रालयले लागु गरेको विशेष स्वेच्छिक प्रस्थान प्रणाली अनुसार, अवैध रुपमा मुलुकमा बसोबास गरिरहेका विदेशी नागरिकले २८ फेब्रुअरी २०२६ सम्म स्वेच्छिक रुपमा फिर्ती भए जरिवाना तथा पुनःप्रवेश प्रतिबन्धमा छुट दिइनेछ । जससम्बन्धमा सोमबार सिओलस्थित नेपाली राजदूतावासले पनि एक सूचना जारी गर्दै यस प्रणालीबारे जानकारी गराएको छ । दूतावासका अनुसार यो सुविधा अवैधरुपमा दक्षिण कोरिया प्रवेश गरेका,नक्कली राहदानी प्रयोग गर्ने,आपराधिक गतिविधिमा संलग्न,डिपोर्टेशन आदेश पालना नगर्ने तथा सन् २०२५ डिसेम्बर १ पछि अवैध बनेका व्यक्तिहरुलाई भने लागू हुने छैन। स्वेच्छिक रुपमा नेपाल फर्किन…

Read More

भैरहवा, २१ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), रुपन्देही जिल्लाको तीन वटा क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । पार्टीका जिल्ला अध्यक्ष रविकुमार रौनियारका अनुसार रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट श्रीनिवास यादव, ४ बाट सर्वेन्द्रनाथ शुक्ला र ५ बाट मोहम्मद इस्लामको एकल नाम सिफारिस गरिएको छ । उनीहरुको नाम पार्टीको केन्द्रीय समितिमा सिफारिस गरिएको लोसपा रुपन्देहीले जनाएको छ । रुपन्देही-४ बाट एकल उम्मेदवारमा सिफारिस भएका शुक्लाको रुपन्देही-३ बाट सिफारिस भएका यादव र ५ बाट सिफारिस भएका इस्लाम जिल्लामा विश्वासपात्रको रुपमा मानिन्छन् । ०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार प्रमोद कुमार…

Read More

दाङ, २० पुस। लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय राप्ती उपत्यका (देउखुरी) मा आइतबार बसेको बैठकले सचिवहरुको सरुवाका साथ गरेका अन्य निर्णयहरु पनि सार्वजनिक गरिएको छ । बैठकले सचिव शम्भु प्रसाद मैनाली र विनोद लामिछानेलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, बन्धुप्रसाद बस्तोलालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, खिमबहादुर रायमाझीलाई प्रदेश लोकसेवा आयोग, खिमबहादुर कुंवरलाई युवा तथा खेलकुद मन्त्रालयको थप जिम्मेवारी दिने निर्णय गरेको छ। त्यस्तै अनिल मरासिनीलाई कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयमा अर्को व्यवस्था नभएसम्म आर्थिक तथा प्रशासनिक जिम्मेवारी बहन गर्ने गरी निमित्त प्रदेश सचिवको जिम्मेवारी तोकिएको सरकारका प्रवक्ता…

Read More

भैरहवा,२० पुस। रुपन्देहीको भैरहवामा आइतबारदेखि ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । त्रिभुवन आर्मी क्लब ‘ए’ टीम र रुपन्देही–११ बीच प्रतिस्पर्धा हुने गरी टेष्ट, वनडे र टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो। नेपालमै पहिलोपटक तीनवटा फम्र्याटमा दुई टीमबीच प्रतिस्पर्धा हुन लागेको यो पहिलो पटक रहेको आयोजक रुपन्देही क्रिकेट संघले जनाएको छ। आइतबार भएको टेष्टको पहिलो दिन आर्मीले रुपन्देहीविरुद्ध १६ रनले अग्रता लिएको छ। भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ रोजेको रुपन्देही–११ ले ३३ ओभर १ बल खेल्दै १ सय २२ रनमा अलआउट हुन पुग्यो । उसका लागि आकाश त्रिपाठीले ३७, सन्देश थापाले २०, प्रज्वल थापाले १९ र…

Read More

भैरहवा,२० पुस। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१२ स्थित ऐतिहासिक श्री गणेश कालिका मन्दिर सञ्चालक समितिमा सर्वसम्मत ज्ञानप्रसाद काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिती चयन भएको छ । निर्वाचन प्रमुख अधिवक्ता कृष्णप्रसाद ढकालका अनुसार मन्दिर समितिको शनिवार सम्पन्न सातौ साधारणसभा एवं चौथो अधिवेशनबाट अध्यक्षमा समाजसेवी ज्ञानप्रसाद काफ्ले, उपाध्यक्षमा विश्व काफले, सचिवमा टिकाराम भट्टराई, कोषाध्यक्षमा तिलक कुमार प्रधान, सहसचिवमा शारदा पन्त, सहकोषाध्यक्षमा बाबुराम न्यौपाने निर्विरोध चयन भएका हुन्। त्यस्तै सदस्यहरुमा कृष्णराज गिरी, सावित्री बराल, मिना श्रेष्ठ, राम बन्जाडे, गिता गौतम पनि निर्विरोध चयन भएका छन्। साधारणसभा एवं अधिवेशनको सिद्धार्थनगर नगरपालिकाका वडा नं. १२ का युवा नेता वडा समिती सदस्य इसान भण्डारीले उदघाटन गरे। उनले श्री गणेश…

Read More

भैरहवा,२० पुस। भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतका ३६ वर्षीय रसिद भट्टियान रहेको विमानस्थल स्रोतले जनाएको छ। स्रोतका अनुसार थाईल्याण्डको बैंककबाट एयर एशियाको विमानमा भैरहवा आएका उनलाई सुरक्षा चेकजाँच गर्ने क्रममा पाँच किलो गाँजासहित पक्राउ गरिएको हो। आईतबार मध्यान्ह विमानस्थलको आगमन टर्मिनलबाट पक्राउ परेका उनलाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान अघि बढाईएको छ। भारतमा गाँजाको माग उच्च रहेकोले तस्करहरुले थाईल्याण्डबाट भैरहवाको गौतमबुद्ध र काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तस्करी गर्दै आएका छन्। एयर एशियाको विमान मार्फत भैरहवा ओर्लिएका यात्रुहरुलाई यस अघि पनि प्रहरीले पटक-पटक गाँजासहित पक्राउ गरेको छ। 

Read More

धनगढी,२० पुस। सशस्त्र प्रहरी बल, नेपालले पूर्व–पश्चिम झण्डा मार्च सुरु गरेको छ। सशस्त्र प्रहरीले संगठनको २५औं स्थापना दिवस एवं रजत महोत्सवको अवसरमा नेपालको पश्चिम सीमा नाका कञ्चनपुरको गड्डाचौकी र झापाबाट आइतबार पूर्व–पश्चिम झण्डा मार्चको सुरु गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रदीपकुमार पालले झण्डा मार्चमा गड्डाचौकीबाट सहभागी सशस्त्र प्रहरीलाई राष्ट्रिय र संगठनको झण्डासहित बिदाइ गरेका छन्। संगठनको २५ वर्षलाई ऐतिहासिक अवसरलाई स्मरणीय बनाउने र राष्ट्रव्यापी सन्देश प्रवाह गर्ने उद्देश्यले पूर्व–पश्चिम झण्डा मार्च सुरु गरिएको डीआईजी पालले बताए । झण्डा मार्चले सशस्त्र प्रहरीको इतिहास, योगदान र सीमा सुरक्षाको…

Read More

भैरहवा, २० पुस। रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिएका छन्। पार्टीको नेतृत्व तहबाट भएका कतिपय निर्णयहरु, कार्यशैली र संगठन सञ्चालनको प्रक्रियामा गम्भिर असहमति जनाउँदै राजीनामा दिइएको जिल्ला अध्यक्ष तुल्सी थारुले बताए। राजीनामा दिनेमा जिल्ला अध्यक्ष थारुसहित वरिष्ठ जिल्ला उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्य महेश गिरी, तारादेवी चौधरी, मञ्जु दगोरिया, केशव चौधरी, प्रदेश सदस्य माधव चौधरी, जिल्ला कोषाध्यक्ष राम बहादुर थारु, महिला जिल्ला अध्यक्ष राधा चौधरी लगायत छन् । कार्यकर्ताको भावना र जनताको चाहनाविपरीत पार्टी अघि बढेको महसुस भएकाले यस परिस्थितिमा सोही पार्टीमा बसिरहनु नैतिक रुपमा उपयुक्त नहुने निष्कर्षमा पुगेको अध्यक्ष थारुले…

Read More

भैरहवा, २० पुस । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने रुपन्देहीको बेलहिया नाकाबाट पर्यटक आगमनको संख्यामा वृद्धि भएको छ । अध्यागमन कार्यालय बेलहियाका अनुसार, सन् २०२४ मा यस नाका हुँदै तेस्रो मुलुकका ९२ हजार ६४४ पर्यटकको आगमन भएकोमा सन् २०२५ मा संख्या बढेर पर्यटक आगमनको संख्या एक लाख तीन हजार ९५५ पुगेको छ। गत वर्ष २०२५ मा एक लाख २० हजार पर्यटक आगमन हुने आंकलन गरिएको थियो तर जेनजी आन्दोलनका कारण पर्यटकको आगमनको संख्या बढ्न सकेन अध्यागमन कार्यालय बेलहियाका प्रमुख वासुराम पौडेलले भने, त्यसो त २०२४ भन्दा २०२५ मा पर्यटक अगामनको संख्यामा केही वृद्धि भएको छ । सन् २०२५ मा…

Read More