


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
दाङ, ९ असोज। लुम्बिनी प्रदेश सरकारले एक वर्षअघि नै पूर्वविशिष्ट पदाधिकारीलाई दिदै आएको सेवासुविधा खारेज गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यले जिम्मेवारी सम्हालेको केही समयपछि बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्दै पूर्वविशिष्ट पदाधिकारीले पाउँदै आएको सेवासुविधा खारेज गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा पूर्वसभामुख पूर्णबहादुर घर्ती र पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले सेवा–सुविधाअन्तर्गत प्रयोग गर्दै आएको सवारीसाधन फिर्ता गरेका थिए। ०७९ साल भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वविशिष्ट पदाधिकारीका लागि सेवा–सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो। सो निर्णयका आधारमा पूर्वमुख्यमन्त्री तथा पूर्वसभामुखले सेवासुविधा लिदै आएका थिए । आर्थिक संकट निम्तिएको समयमा मितव्ययिता अपनाउन प्रदेश सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई दिँदै…
भैरहवा, ९ असोज। रुपन्देहीको भैरहवामा ‘दसैं सस्तो बजार’ संचालनमा आएको छ। सिद्धार्थ उद्योग वाणिज्य संघले कार्यालय परिसरको भवनमा बुधवार देखि असोज १२ गतेसम्मका लागि ‘दसैं सस्तो बजार’ संचालनमा ल्याएको हो । पाँचदिनसम्म संचालन हुने बजारमा दैनिक उपभोग्य खाद्यान्न, भाडा, जुत्ता–चप्पल, घरेलु उत्पादन लगायतका १४ वटा स्टल रहेको संघले जनाएको छ । संघका अध्यक्ष नेत्र प्रसाद आचार्यका अनुसार आम उपभोक्तालाई सस्तो, सुलभ र गुणस्तरीय वस्तु तथा सेवाहरु एकै थलोबाट उपलब्ध गराउने, स्वदेशी तथा स्थानीय उत्पादनको उपभोग प्रवद्र्धन गर्ने, उचित मूल्यबारे उपभोक्ता सचेतना बढाउने, उपभोक्तालाई सस्तो सामान उपलब्ध गराउनका लागि निःशुल्क स्टल उपलब्ध गराउने र दसैं, तिहार, छठपर्व लगायतका पर्वहरुमा स्थानीय बजारलाई…
सुर्खेत, ७ असोज। पश्चिम रुकुमका विभिन्न १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वको अवस्थालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमले जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा यात्रुहरुको चाप बढी हुने स्थानमा सहायता कक्ष स्थापना गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक शैलेन्द्र कुमार मल्लका अनुसार मुसिकोट नगरपालिकाको खलङगा, सेरीगाउँ, शीतलपोखरी, साँख, छिनखेत र सोलाबाङ, सानीभेरी गाउँपालिकाको सिम्ली, चौरजहारी नगरपालिकाको बसपार्क, आठबिसकोट नगरपालिकाको राडी र त्रिवेणी गाउँपालिकाको झुल्नेटामा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । जिल्लाभित्र चल्ने सवारी साधन र बाहिरबाट भित्रिने सवारी साधनमा यात्रुलाई पर्ने समस्या समाधानका लागि सहायता कक्षको स्थापना गरिएको उनले बताए…
काठमाडौं, ७ असोज। सरकारले तीनजना सचिवहरुको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालय, रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिवहरुको गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा लगेर थन्क्याइएको छ । रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह मन्त्रालयमा ल्याइएको छ भने योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयमा पठाइएको छ।
भैरहवा, ७ असोज। भैरहवामा डाण्डिया नाईट तथा भव्य भगवती रात्री जागरण हुने भएको छ। श्री श्री सार्वजनिक दुर्गा पुजा समिति मैत्रीपथ–५, अखाडा नम्बर २ को आयोजनामा अगामी असोज १४ गते डाण्डिया नाईट र १५ गते रात्री जागरण हुने भएको हो । समितिका अध्यक्ष रवि जयसवालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा असोज १४ गते साँझ ६ बजेदेखि डाण्डिया नाईट र असोज १५ गते साँझ ७ बजेदेखि रात्री जागरण सुरु हुने जानकारी दिए। भैरहवाको मैत्रीपथस्थित शिव मन्दिर अगाडि कार्यक्रम आयोजना हुने बताइएको छ। कार्यक्रम संयोजक दीपेश गुप्ताले अघिल्लो वर्ष डाण्डिया नाईट कार्यक्रम गरिएको र यस वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिइएको बताए। उनले…
काठमाडौं,७ असोज। जेनजी आन्दोलनको क्रममा सुन्धारास्थित कारागारबाट फरार टोपबहादुर रायमाझी कारागार फर्किएका छन् । फरार भएको दुई सातापछि उनी कारागारमा फर्किएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी पूर्पक्षका लागि थुना (कारागार) मा छन्। आन्दोलनको नाममा देशभरबाट १४ हजार बढी कैदीबन्दी विभिन्न कारागारबाट फरार भएका थिए। जसपश्चात कारागार विभागले कैदीबन्दीहरुलाई फर्किनका लागि सूचना जारी गरेको थियो । जसपश्चात फरारमध्ये आधा संख्याको कैदीबन्दी कारागार फर्किएका छन् ।
दाङ, ७ असोज । दाङमा संजीवनी शिक्षण अस्पताल संचालनमा आउने भएको छ । करिब ४ अर्ब लगानीमा निर्माण भएको अस्पताल दसैं पर्वपश्चात संचालनमा आउने अस्पताल प्रशासनले जनाएको छ । जसका लागि बडादसैंको पहिलो दिन घटस्थापनाको अवसरमा दाङको घोराही उपमहानगरपालिका-३, भानपुरस्थित ‘शुभसाइत कार्यक्रम’ गरिएको छ । अस्पताल संचालनमा आएसँगै दाङका साथै प्युठान, रोल्पा, पूर्व रुकुम, पश्चिम रुकुम, सल्यान जिल्लाका विरामीहरु लाभान्वित हुनुका साथै उपचार तथा विशिष्टिकृत सेवाका लागि रुपन्देही, बाँके, काठमाण्डौं धाउन नपर्ने विश्वास लिइएको छ । हाल ३०० शैय्याबाट संचालन आउने अस्पताल अगामी ३ वर्षमा ५०० शैय्यामा वृद्धि गरिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिपक रोकाले बताए। उनका अनुसार अस्पतालको सञ्चालनसँगै…
सिरहा,७ असोज । सिरहामा १५ वर्षीय बालकको अपहरण गरेर हत्या गरिएको छ । आइतबार बेपत्ता भएका जिल्लाको गोलबजार नगरपालिका १३ डंग्राहाका अभिषेक सिंहको शवको मंगलबार उनको घर क्षेत्रमा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार बेपत्ता भएका बालकको सामाजिक संजाल इमो आइडीबाट सोमबार उनकी आमाको इमो आइडीमा लिखित सन्देश मार्फत ५ करोड फिरौती माग गरिएको थियो। घटनाका सम्बन्धमा ८ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको बताइएको छ ।
काठमाडौं,६ असोज। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा थप ४ मन्त्रीले सपथ लिए पछि प्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रीपरिषद् बनेको छ। सोमबार चार जनाले मन्त्रीको सपथ लिएसँगै मन्त्रीपरिषद् ८ सदस्यीय बनेको हो । कार्कीले दोस्रो पटक मन्त्रीपरिषद् विस्तार गरेकी हुन् । सोमबार अनिल कुमार सिन्हा, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेल मन्त्री बनेका हुन् ।
काठमाडौं, ६ असोज । जेनजी आन्दोलनको क्रममा कारगारबाट फरार भएका दुई जना अमेरिकी नागरिक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार कास्की जिल्ला अदालतको आदेशले बाल यौन दुराचार मुद्दामा कारागार कार्यालय कास्कीमा कैद भुक्तान गरिरहेका अमेरिकी नागरिक माइकल नोर्मन टेलर र काठमाडौं जिल्ला अदालतको आदेशले कारागार कार्यालय जगन्नाथ देवलमा जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका जसोन लोड मुडी भदौ २४ गते कारागारबाट फरार भएका थिए । फरार भएका उनीहरुलाई सोमबार काठमाडौंको महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक एवं ब्यूरोका निमित्त प्रवक्ता धर्मराज भण्डारीले बताए।