Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,१३ माघ। नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थामार्फत खाता खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। निर्वाचन आयोगको अनुरोधपछि नेपाल राष्ट्र बैंकले पत्रमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई आवश्यक सहजीकरण गर्न आग्रह गरेको हो। बैंक खाता बन्द गर्न लगाउँदासम्म सञ्चालन हुने गरी उक्त आयोग मातहतका जिल्ला निर्वाचन कार्यालय तथा प्रदेश निर्वाचन कार्यालयको सिफारिसमा खाता खोल्न सकिने उल्लेख गरिएको छ। प्रत्येक राजनीतिक दल तथा उक्त दलबाट प्रतिनिधित्व गर्ने समानुपातिक एवं प्रत्यक्ष उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारको छुट्टै खाता खोली सञ्चालनको व्यवस्था मिलाउन राष्ट्र बैंकले सूचनामार्फत आग्रह गरेको छ।

Read More

काठमाडौं,१३ माघ । मुलुकमा क्यूआर कोडमार्फत विद्युतीय भुक्तानीमा ठगी बढेपछि नेपाल राष्ट्र बैंकले सर्तकता अपनाउन आग्रह गरेको छ । राष्ट्र बैंकले सेवा तथा वस्तु प्रदायकहरुलाई क्यूआर भुक्तानी स्वीकार गर्दा सर्तकता अपनाउन आग्रह गरेको हो । नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाका अनुसार, ग्राहकले देखाउने भुक्तानीको स्क्रिनसटमा मात्र भरोसा गर्दा विक्रेता ठगीको शिकार हुन सक्ने जोखिम उच्च रहेको छ। केन्द्रीय बैंकले स्क्रिनसट पुरानो भुक्तानीको रसिद वा नक्कली हुन सक्ने भन्दै त्यसप्रति सचेत रहन आग्रह गरेको हो। राष्ट्र बैंकले क्यूआर भुक्तानी स्वीकार गर्दा मोबाइल बैंकिङ एप, एसएमएस वा बैंकबाट प्राप्त नोटिफिकेशनमार्फत खातामा रकम वास्तवमै जम्मा भएको हो कि होइन…

Read More

काठमाडौं,१३ माघ। निर्वाचन आयोगले झापाको निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन शाहसँग स्पष्टीकरण माग गरेको छ। बालेनले सोही क्षेत्रमा उम्मेदवार रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा गरेको कमेन्टबारे उजुरी परेपछि आयोगले बालेनसँग स्पष्टीकरण माग गरेको हो । ओलीले पब्लिक डिबेटका लागि आफु तयार रहेको विषयमा फेसबुक स्ट्याटसमा बालेनले भदौ २३ गतेको घटनालाई लिएर कमेन्ट गरेका थिए। सोही कमेन्टका आधारमा आयोगले त्यसबाट निर्वाचन आचारसंहिता २०८२ को दफा ४ को खण्ड (ठ)को प्रतिकूल हुन्छ कि हुँदैन भनेर स्पष्टीकरण पेश गर्न आयोगले भनेको छ। त्यस्तै आयोगले भक्तपुर-२ का उम्मेदवार एमालेका सचिव महेश बस्नेत, सुनसरी-१ का उम्मेदवार श्रम संस्कृति…

Read More

काठमाडौं,१३ माघ । संसद पुन:स्थापनाको माग गर्दै काठमाडौंमा युवाहरुले प्रदर्शन गरेको छन्। असंवैधानिक रुपमा विघटन गरेको संसद वैधानिक तवरबाट पुनःस्थापना हुनुपर्ने भन्दै नागरिक युवा समाज नामक संस्थामा आवद्ध युवाहरुले मंगलबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनस्र्थापनाको मुद्दा विचाराधीन रहेको अवस्थामा संविधानको रक्षा गर्ने गरि आदेश आउने उनीहरुको विश्वास छ । उनीहरुले अदालतमा रहेका मुद्दाको छिटो फैसला हुनुपर्ने र वैधानिक तवरबाट संसद पुन:स्थापना होस् भन्ने आफूहरुको मुख्य माग रहेको जनाएका छन्। देशलाई विधिमा सञ्चालन गर्न पनि संसद पुन:स्थापना हुनुपर्ने उनीहरुको भनाइ छ। प्रदर्शनमा सहभागी युवाहरुले संविधान बचाउ, संसद फर्काउ, लुटिएको संसद फिर्ता गर, विघठित संसद पुर्नस्थापना गरलगायतका…

Read More

काठमाडौं,१२ माघ । नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौता भएको छ। नेपालतर्फ श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारी र साउदीतर्फ मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले सम्झौतामा हस्ताक्षर गरेका छन्। यस सम्झौताले सामान्य श्रमिकका सेवा सुविधा, कामको अवस्था,सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणलाई प्राथमिकतामा राखेको छ। मन्त्री भण्डारीले सम्झौताले नेपाल–साउदी श्रम सहकार्यलाई संस्थागत र मजबुत बनाउने विश्वास व्यक्त गर्दै भर्ती प्रक्रिया पारदर्शी,न्यायोचित र लागत–प्रभावकारी हुने बताए। उनले भविष्यमा साउदी जाने नेपाली श्रमिकको सेवा सुविधा सुरक्षित र स्थायी हुनेमा आशा व्यक्त गरे। नेपाल सरकारले २०७२ सालदेखि घरेलु कामदारमा रोक लगाएको थियो।…

Read More

काठमाडौं,१२ माघ । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी नेतृत्वको अधिनायकवादी शैली नरोकिए पार्टी फुट्ने चेतावनी दिएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले माओवादी केन्द्र र एकीकृत समाजवादीबिच एकीकरण घोषणा भएको लामो समय नेकपाको नेतृत्वदायी कमिटी नै नबनाउने र संस्थागत निर्णय प्रक्रिया विकसित नहुँदा पार्टी फुटतर्फ जाने चेतावनी दिएका हुन्। कतिपय निर्णय एकैचोटी सार्वजनिक सञ्चारमाध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटनाहरु भएको भन्दै उनले पार्टीलाई संस्थागत ढंगले अगाडि बढाउन जोड दिए। उनले वरिष्ठ नेताहरु माथि स्पष्टीकरण दिने मौका पनि नदिकन पार्टीबाट निष्कासन गर्ने, अन्य पार्टीबाट आउने नेताहरुको संस्थागतरुपमा जानकारीसम्म नदिने गरेको भन्दै आपत्ति जनाए। पूर्वप्रधानमन्त्री खनालले जनता र राष्ट्रले सम्पूर्ण…

Read More

काठमाडौं,१२ माघ । जनता समाजवादी पार्टी, नेपालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले सोमबार स्वतन्त्रता, समानता, सामाजिक न्याय, समृद्धि र समाजवादलाई आफ्नो मूल आदर्शका रुपमा अघि सारेको छ । ‎घोषणापत्रमा वर्तमान शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा व्यापक सुधार गर्दै संविधान संशोधन अथवा पुनर्लेखनमार्फत मुलुकलाई राजनीतिक निकास दिनुपर्ने उल्लेख छ। उच्चस्तरीय राज्य पुनर्संरचना आयोग, २०६८ को प्रतिवेदनका आधारमा १०ं१ मोडेलमा राज्य पुनर्संरचना गरी जातीय पहिचान झल्कने संघीय संरचना निर्माण गर्ने जसपाको प्रमुख एजेन्डा रहेको छ । ‎पार्टीले संघीय प्रणालीको सिद्धान्तअनुसार प्रदेशलाई स्वायत्त, अधिकार सम्पन्न बनाउँदै स्वशासन र संघमा साझेदारी प्रणाली लागू गर्नुपर्ने…

Read More

काठमाडौं,१२ माघ । भारतको ७७औँ गणतन्त्र दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल–भारत सम्बन्ध ऐतिहासिक, बहुआयामिक र रणनीतिक साझेदारीमा आधारित रहेको बताएका छन्। जारी गरिएको सन्देशले उनले यो सम्बन्ध साझा सभ्यता, संस्कृति र जनस्तरको गहिरो सम्बन्धबाट निर्देशित रहेको उल्लेख गरे। प्रधानमन्त्री नरेन्द्र मोदीको ‘सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयास’ र ‘वसुधैव कुटुम्बकम्’को दर्शन छिमेकी राष्ट्रहरुसँगको सहकार्यमा प्रतिबिम्बित हुने उनको भनाइ छ। नेपाललाई भारतको ‘छिमेकी पहिलो नीति’को केन्द्रीय स्तम्भका रूपमा उल्लेख गर्दै पछिल्ला उच्चस्तरीय भेटघाटले आपसी विश्वास थप बलियो बनेको बताए। राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रिया र सन् २०२६ मा हुने निर्वाचनका लागि भारतले प्राविधिक तथा सामग्रीगत सहयोग…

Read More

भैरहवा,१२ माघ। आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रुपन्देही जिल्लाबाट ६ जना पूर्वमन्त्रीहरु चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा ५ वटा निर्वाचन क्षेत्र मध्ये ४ वटा निर्वाचन क्षेत्र १, २, ४ र ५ बाट ६ जना पूर्वमन्त्रीहरु चुनावी मैदानमा उत्रिएका हुन् । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीबाट पूर्वस्थानीय विकास राज्यमन्त्री घनश्याम यादव अहिर, २ मा नेकपा एमालेबाट पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल, ४ मा जसपा नेपालबाट पूर्वशिक्षा मन्त्री सर्वेन्द्रनाथ शुक्ला उम्मेदवार बनेका छन् । त्यस्तै क्षेत्र नम्बर ५ बाट मात्रै तीन जना पूर्वमन्त्रीहरु प्रतिस्पर्धामा छन्। त्यहाँ नेपाली कम्युनिष्ट पार्टीबाट पूर्ववनमन्त्री मुहम्मद वकील मुसलमान, नेपाली कांग्रेसबाट पूर्वअर्थराज्य मन्त्री भरतकुमार शाह र…

Read More

काठमाडौं,१२ माघ । काठमाडौंमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्त्रगत नेपाल समूह चरणबाटै बाहिरिएको छ । सोमबारको समूह चरण अन्तर्गत अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको अन्तरले पराजित भएसँगै नेपालको नेपालको विश्वकप खेल्ने यात्रा समाप्त भएको छ। स्कटल्यान्डले दिएको १४१ रनको लक्ष्य पछाएको नेपालले १३.५ ओभरमा अलआउट हुँदै ६८ रन मात्र बनायो। नेपालको लागि रोमा थापा १४ रन बनाउँदै नटआउट रहिन्। त्यस्तै, नेपाल कि ओपनर बिन्दु रावल १४ रन बनाएर र अर्की ओपनर सम्झन खड्का ७ रन बनाउँदै आउट भए। त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डबाट निर्धारित २० ओभरमा अलआउट हुँदै १४० रन बनाएको थियो।…

Read More