


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,११ माघ ।नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच तीन बुँदे सहमति भएको छ। एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोवले रुकुमपूर्व, रुकुम पश्चिम र कर्णालीका हुम्ला जुम्ला बाहेकका जिल्लामा आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्ने गरी तीन बुँदे सहमतिमा दस्तखत गरेका छन्। सहमति अनुसार प्रगतिशील लोकतान्त्रिक पार्टी पश्चिम रुकुममा उम्मेदवार जनार्दन शर्मा र पूर्वी रुकुमका उम्मेदवार सन्दीप पुनको पक्षमा आँखा चिन्हमा एमालेले मतदान गर्ने उल्लेख छ। त्यस्तै कर्णाली प्रदेशका हुम्ला र जुम्ला बाहेकका जिला र पुरानो राप्ती अञ्चलका जिल्लामा नेकपा एमालेका उम्मेदवारको पक्षमा सूर्य चिन्हमा प्रगतिशील लोकतान्त्रिक पार्टीले मतदान गर्ने सहमति भएको हो।
काठमाडौं, ११ माघ । महालेखा नियन्त्रक कार्यालय अन्तर्गतको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयले सरकारी रकम नबुझाउने ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार, सरकारलाई रकम नबुझाउनेमा भैरहवामा समेत क्यासिनो रहेको ह्यापी आवर प्रालिका संचालक सुरेन्द्र बहादुर सिंह, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, दि फूलबारी लिमिटेड पोखराका पियुष बहादुर अमात्यदेखि कर्मचारी, कृषि व्यवसायी, सशस्त्र प्रहरी लगायत ५२ जना छन्। ५२ जनाले एक अर्ब एकान्ब्बे करोड सतहत्तर लाख छब्बीस हजार छ सय एकहत्तर रुपैयाँ सरकारलाई बुझाएका छैनन् । कार्यालयले व्यक्ति/र्फमको नाम, ठेगाना र बुझाउनुपर्ने रकमसहितको विवरण सार्वजनिक गर्दै ३५ दिनभित्र साँवा-ब्याज दाखिला गर्न भनेको छ।…
काठमाडौं,११ माघ। सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासले चौधरीको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै निर्वाचन अधिकृतको कार्यालयलाई लिखित जवाफ माग्ने आदेश दिएको हो । अन्तरिम आदेश दिने वा नदिनेबारे दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली–१ बाट दिएको उम्मेदवारी खारेज भएपछि चौधरीले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए। निर्वाचन अधिकृतले गैरकानुनीरुपमा आफ्नो उम्मेदवारी रद्द गरेको भन्दै चौधरीले निर्वाचन अधिकृतको कार्यालय कैलाली क्षेत्र नम्बर १ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका छन्। ज्यान मार्ने…
काठमाडौं,११ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको सन्दर्भमा सार्वजनिक बौद्धिक वृत्तबाट सार्वजनिक बहस (पब्लिक डिबेट) को माग पश्चात नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बहसका लागि तयार हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहभागी हुन अस्विकार गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले देश बनाउने र देश जलाउने प्रवृत्तिबीचको प्रतिस्पर्धाका रुपमा वर्तमान निर्वाचनलाई चित्रण गर्दै आफ्नो पार्टी नेकपा (एमाले) देश निर्माणको पक्षमा उभिएको दाबी गरेका छन्। उनका अनुसार चुनावी प्रचारका क्रममा फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइने सामग्रीमार्फत वास्तविक चरित्र लुकाउने प्रयास भइरहेकाले सार्वजनिक बहसको माग आएको हुनसक्छ। यसपटकको निर्वाचनमा दलहरुले प्रधानमन्त्रीको फेस देखाएर…
काठमाडौं,११ माघ। नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैरहाजिर रहेका १७ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । कार्यालयले आईतबार एक सूचना जारी गर्दै आफूखुसी गैर हाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो। गैर हाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षक, प्रहरी हबल्दार, सहायक हबल्दार १र१ जना, प्रहरी जवान ११ जना र कार्यालय सहयोगी ३ जना छन् । तोकिएको समयभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरुलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ। हेर्नुहोस् सूचना :
भैरहवा, ७ माघ। रुपन्देही जिल्लामा प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दिएका कुनै पनि उम्मेदवारबिरुद्ध उजुरी तथा दावी बिरोध नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मंगलबार जिल्लाको पाँच वटा निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी १ सय ५७ जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारको मनोेनयन दर्ताको सम्बन्धमा उजुरी तथा दाबी बिरोध भए बुधवारका लागि समय तोकिएको थियो । कार्यालयबाट प्राप्त विवरण अनुसार क्षेत्र नम्बर १ बाट ३१ जना, २ बाट ४१ जना, ३ बाट ३६ जना, ४ बाट २२ जना र ५ बाट २७ जनाले उम्मेदवारी दिएका थिए । जिल्लामा कुल १ सय ५७ जनामध्ये ६३ जनाले…
भैरहवा, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै उम्मेदवारहरुको चहलपहल बढेको छ । ठूला राजनीतिक दलहरुले मतदाता रिझाउने रणनीति अन्र्तगत यसअघि संसदीय चुनाव नलडेका तथा क्षेत्रमा नयाँ मानिने अनुहारलाई उम्मेदवार बनाएका छन् । पुराना र स्थापित नेताको साटो दलहरुले ‘नयाँ फेस’ माथी दाउ लगाउँदा रुपन्देही–३ मा बहस–चर्चा सुरु भएको छ । नेकपा एमाले बाहेकका प्रमुख दलहरुले रुपन्देही–३ मा पहिलोपटक संसदीय चुनावी मैदानमा उत्रिएका व्यक्तिलाई उम्मेदवार बनाएका छन् । एमालेले यसअघि रुपन्देही–५ बाट निर्वाचित भइसकेका वासुदेव घिमिरेलाई यस क्षेत्रबाट अघि सारेको छ भने नेपाली कम्युनिष्ट पार्टीले ०७४ मा नेकपा माओवादी केन्द्रबाट सिद्धार्थनगर नगरपालिकाको प्रमुख…
काठमाडौं, ७ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुर जाने भएका छन्। संवाद सचिव फणि पाठकका अनुसार शाह पत्नी कोमल शाहसहित माघ १२ गते जनकपुर जान लागेका हुन् । जनकपुरमा उनले जानकारी मन्दिरको दर्शन गर्नेसहित राजावादीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
स्याङ्जा,७ माघ। स्याङ्जा प्रहरीले बन्दुक-बारुदसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विरुवा गाउँपालिका-३ सिउँडीका ७७ वर्षीय तिलबहादुर पुलामी, ६५ वर्षीय मिनबहादुर पुलामी र रणबहादुर थापा रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी विरुवाबाट खटिएको टोलीले पक्राउ परेका तीलबहादुरको घरबाट २ नाल भरुवा बन्दुक, २२३ ग्राम बारुद, ३१ थान छर्रा, छर्रा बनाउन प्रयोग हुने सिसा र फलामको घोडा बरामद भएको प्रहरीले जनाएको छ। मिनबहादुरको घरबाट एक नाल भरुवा बन्दुक एक थान, १७ थान छर्रा, ५० ग्राम बारुद र दुई थान केप फेला परेको छ भने रणबहादुरको घरबाट एक नाले भरुवा बन्दुक, २३ थान छर्रा, ३७० ग्राम बारुद र ५…
काठमाडौं,७ माघ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर ‘कल सेन्टर’ संचालनमा ल्याएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार संचालनमा ल्याइएको कल सेन्टरबाट निर्वाचनसँग सम्बन्धित मतदाता, नागरिक र सरोकार भएकाको जिज्ञासा सुनुवाइ गरिनेछ । आयोगले निःशुल्क टोल–फ्री नम्बर ११०२ मा फोन गरेर मतदाता, नागरिक र सरोकार भएकाले जिज्ञासा राख्न सक्नेछन्। यसमा एकै पटक १५ जनासम्मले फोन गर्दा कल होल्डमा नपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।