Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,७ फागुन । नेपाली कांग्रेसका सभापति गगन थापाले चैतको पहिलो हप्ता कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्। काठमाडौंमा बिहीबार पार्टीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले टिम नेपाल बनाउने र त्यसले कांग्रेसको प्रतिज्ञा पत्रअनुसार प्रतिबद्धता पूरा गर्न सबै दललाई साथमा लिएर अगाडि बढ्ने बताए । उनले सांसदको संख्या घटाउने प्रतिबद्धता व्यक्त गरे। संघ सरकारमा १६, प्रदेशमा ६ वटा मन्त्रालयको सीमा तोक्ने उल्लेख गर्दै उनले अब सरकार नियुक्तिमा दल नभई अब्बल व्यक्ति खोजिने बताए। प्रधानमन्त्री र मुख्यमन्त्री २ पटकभन्दा बढी बन्न नपाउने व्यवस्था गर्ने उनले जनाए । उनले अब नियुक्ति पाएपछि शपथ लिनुपूर्व र पद छोडेपछि सम्पत्ति विवरण अनिवार्य सार्वजनिक…

Read More

काठमाडौं,७ फागुन। निर्वाचनको प्रचारका क्रममा उम्मेदवारहरुले छत खुला ‘रुफटप भेहिकल’ प्रयोग गर्ने विषयमा केन्द्रीय सुरक्षा समितिले रोक लगाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उम्मेदवारहरुको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा सुरक्षा निकायका प्रमुखहरु तथा भर्चुअल माध्यमबाट प्रदेश र जिल्ला सुरक्षा समितिका अधिकारीहरु सहभागी थिए। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार, उम्मेदवारहरुको सुरक्षालाई मध्यनजर गर्दै त्यस्ता गाडीको प्रयोग गर्न निरुत्साहित गर्ने निर्णय भएको हो । हाल देशभर छत खुला गाडीबाट प्रचार गर्ने चलन बढेकाले सुरक्षा जोखिम हुन सक्ने निष्कर्ष निकालिएको बताइएको छ। बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी…

Read More

काठमाडौं, ७ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीद्वारा आयोजित चुनावी घोषणापत्रमा आधारित बहस ‘देश पहिला’ कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली : राष्ट्रिय आकाङ्क्षा हाम्रो गन्तव्य’ भन्ने मूल नारासहितको घोषणापत्र सार्वजनिक गरे। एमाले नेतृत्वको सरकार गठन भएमा पहिलो मन्त्रिपरिषद् बैठकबाटै कार्यान्वयनमा लैजाने गरी ११ वटा मुख्य प्राथमिकता निर्धारण गरिएका छन्। यस्ता छन् ११ वटा मुख्य प्राथमिकता १) युवालाई निःशुल्क डेटा : १८ देखि २८ वर्ष उमेर समूहका युवालाई एक वर्षसम्म मासिक १० जीबी इन्टरनेट डेटा निःशुल्क उपलब्ध गराइने। २) स्टार्टअपलाई डलर कार्ड : युवा उद्यमीलाई अन्तर्राष्ट्रिय…

Read More

भैरहवा,७ फागुन । प्रतिनिधिसभा निर्वाचन लक्षित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिवार भैरहवामा ‘परिवर्तन उद्घोष सभा’ को तयारी थालेको छ । बिहीवार आयोजना गरिएको पत्रकार सम्मेलनमा सभाबारे जानकारी दिदै चुनावी जनसभा मुल आयोजक समिति लुम्बिनी प्रदेशका संयोजक एवं केन्द्रीय सदस्य सन्तोष गिरीले कार्यक्रमलाई व्यवस्थित, छोटो र सन्देशमुखी बनाइने बताए। उनका अनुसार, कार्यक्रमलाई पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु, नवलपरासी (पश्चिम) अर्घाखाँची, गुल्मी, पाल्पा जिल्लाका उम्मेदवार लगायतले सम्बोधन गर्ने तालिका छ । रुपन्देहीको पाँच वटै क्षेत्रबाट र्यालीसहित उम्मेदवार, नेता, कार्यकर्ताहरु भैरहवा आउने छन् । उनले भैरहवाको अञ्चलपुरमा तयारी थालिएको सभास्थलमा ८० हजारभन्दा बढीका सहभागीता…

Read More

काठमाडौं, ६ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आफु सुदूपश्चिममा भोट माग्न नभई काम माग्न आएको बताएका छन्। बुधबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाई सुनजिक शहर बनाउनु पर्ने बताए । आफ्ना उम्मेदवारलाई सुदूरपश्चिममा गर्नुपर्ने कामको सूची दिन आग्रह गर्दै उनले भने,‘तपाईहरुलाई यहाँ आएर भेट्न पाइयो। धेरै खुशी लाग्यो। म धेरै बोल्ने मान्छे होइन। राष्ट्रिय स्वतन्त्र पार्टी तपाईहरुसँग भोट माग्न आएको होइन, काम माग्न हो। काम दिनुस् है। तपाईंहरुले भोट दिनु भएन भने पनि पार्टीले सुदूरपश्चिम बनाउँछ। काम माग्न आएको हो। के के काम छ, हाम्रा उम्मेदवारहरुलाई हाम्रा पार्टीका मान्छेहरुलाई हाम्रो काम यो हो…

Read More

जनकपुर,६ फागुन । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। बुधबार जनकपुरबाट कांग्रेसले १० बुँदे घोषणापत्र सार्वजनिक गरेको हो। पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल, मधेश प्रदेशका सभापतिसहित अग्रज नेताहरुको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिकीकरण गरिएको हो। परिकल्पनाको लोकतान्त्रिक नेपालमा हरेक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमान सुरक्षित गरिने घोषणा पत्रमा समेटिएको छ। कानूनको परिधिभित्र रही इच्छा अनुसारको काम, पेसा–व्यवसाय गर्न र स्वतन्त्रतापूर्वक जीवनयापन गर्न पाउने हरेक नागरिकको अधिकार सुनिश्चित गरिने घोषणापत्रमा उल्लेख छ । घोषणापत्रमा लेखिएको छ, ‘परिकल्पनाको लोकतान्त्रिक नेपालमा हरेक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमान सुरक्षित हुनेछ। कानूनको परिधिभित्र…

Read More

रुकुम पूर्व, ६ फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेपालको जुनसुकै क्षेत्रबाट चुनाव लडे पनि जित्ने दाबी गरेका छन् । रुकुम पूर्वमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘एक थान सांसद म जहाँबाट पनि जित्छु,’ उनले भने, ‘म मात्रै एउटा नेता हो नेपालमा जो जहाँ गएर पनि चुनाव जित्छ। अरु कसैको ताकत देखिएको छैन ।’ रुकुम पूर्वबाट उनी प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्। यसअघि २०७९ को प्रतिनिधि सभा निर्वाचनमा उनी गोरखा-२ बाट चुनाव जितेका थिए । पहिलो संविधान सभा निर्वाचन २०६४ मा उनी रोल्पा र काठमाडौं-१० बाट विजयी भएका थिए। २०७० को संविधान…

Read More

काठमाडौं, ६ फागुन। नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कट्टेलसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचन विरोधी गतिविधिमा संलग्न आरोपमा उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए । उनका अनुसार कट्टेलका साथै नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला, नेता विष्णुप्रसाद तिमिल्सिना र दुर्गा प्रसाईँ समूहका एसपी साहलाई पक्राउ गरिएको हो। नेकपा, नेकपा बहुमतलगायत केही साना दलले निर्वाचन बहिष्कार गर्दै निर्वाचन विरोधी गतिविधि गरेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,६ फागुन। पूर्वराजा ज्ञानेन्द्र शाहले सबै पक्षबीच सहमति गरेरमात्र आगामी निर्वाचन गर्न उपयुक्त हुने धारणा व्यक्त गरेका छन्। राष्ट्रिय सहमति बेगर गरिएको आगामी निर्वाचनले नेपालका सबै समस्या समाधान गर्न नसक्ने उनको भनाई छ। प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बुधबार जारी गरेको भिडियो सन्देशमा उनले नेपाल अहिले इतिहासकै सबैभन्दा दर्दनाक स्थितिमा रहेको उल्लेख गरेका छन्। ‘अहिलेको चुनावले मात्र सबै समस्याको समाधान निस्कँदैन, पहिला सबै पक्षबीच सहमति गरेरमात्र चुनावमा जानु उपयुक्त हुन्छ’, उनले भिडियो सन्देशमा भनेका छन्। उनले सबै पक्षबीच सहमति गरेर चुनावमा जानु उपयुक्त हुने उल्लेख गर्दै फागुन २१ गतेका लागि निर्धारित निर्वाचन सार्नुपर्ने आग्रह गरेका छन्। ‘देशको अस्तित्व र अस्मिता नै संकटमा…

Read More

भैरहवा, ६ फागुन। प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका गोपाल भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३ का उम्मेदवार गौरव बोहरालाई समर्थनको घोषणा गरेका छन् । बुधवार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा उम्मेदवारी निष्क्रिय पारेको घोषणा गर्दै भण्डारीले आफ्नो एजेण्डा र विचार राप्रपासँग मिलेकोले आफुले उम्मेदवार बोहरालाई समर्थन गर्ने निर्णय गरेको बताए । ‘म आबद्ध केही धार्मिक संघ–संस्थाका महानुभावहरु तथा मेरा घरपरिवार, शुभेच्छुक, इष्टमित्रहरु लगायतले एउटै नीति, विचार र दृष्टिकोण लिएको राप्रपाले यस क्षेत्रमा वरिष्ठ पाइलट जस्तो शिक्षित र विशिष्ट उम्मेदवार बनाएका कारण उहाँलाई सहयोग र समर्थन गरी विजय गराउन दिएको सल्लाह–सुझावलाई आत्मसात गरी मैले गौरव बोहरालाई सघाउने निर्णय गरेको…

Read More