Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं, १ पुस। नेकपा एमालेको जारी महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै केही उम्मेदवार निर्विरोध भएका छन् । लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्य महिला कोटा ३ जनामा गुमा देवी आचार्य (गोमा), मेनका कुमारी पोखरेल र शान्ति देवी ढकालको मात्र उम्मेदवारी परेकोले उनीहरु निर्विरोध भएका छन्। युवा कोटा एक जनाको रहेकोमा लिलामणि गौतम, मधेशी क्लस्टरमा युवा कोटा २ रहेकोमा अमर कुमार यादव र रोनित शाह, मुस्लिम क्लस्टरमा महिला कोटा एक रहेकोमा खाजिदा खातुन सिद्धिकी, श्रमिक क्लस्टरमा महिला कोटा २ रहेकोमा कमला देवी तामाङ र सिता लामाको मात्र उम्मेदवारी परेकोले उनीहरु निर्विरोध भएका छन्। त्यस्तै पिछडिएको क्षेत्रबाट महिला कोटा १ रहेकोमा वदमी क्वारी…

Read More

काठमाडौं, १ पुस। नेपालको स्थानीय बजारमा मंगलबार सुनको मूल्य १ हजार ७०० रुपैयाँले घटेको छ। अघिल्लो दिन सोमबार १ हजार ९०० रुपैयाँले बढेर उच्च विन्दुमा पुगेको सुन आज १ हजार ७०० रुपैयाँले घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १७ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ७०० पुगेको थियो। चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार एक तोला चाँदीको मूल्य ३ हजार ८८५ रुपैयाँ तोकिएको छ। सोही परिमाणको चाँदी सोमबार ३ हजार ८७० रुपैयाँमा खरिदबिक्री भएको थियो।

Read More

काठमाडौं,१ पुस । नेपालमा अब ठूला दरका भारतीय नोट प्रचलनमा आउने भएको छ । मन्त्रिपरिषद् बैठकले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन गरिएका भारु २ सय र ५ सय दरका नोट नेपाल ल्याउन तथा भारत लैजान खुला गरिएको सूचना प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले बताए । यसअघि भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले ठूला दरका भारु नोट नेपाल ल्याउन र लैजान पाउने व्यवस्था गरेको थियो । ‘नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारु २५ हजार भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरिएको छ,’ मन्त्री खरेलले भने । सन् २०१६ मा भारत सरकारले उच्च दरका भारु…

Read More

काठमाडौं,१ पुस । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको कार्यालयद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ। सूचना अनुसार कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।

Read More

भैरहवा, २७ मंसिर। भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगितामा होराइजन जीबीएसले सेमिफाइनलको यात्रा तय गरेको छ। शनिबार भएको खेलमा देबदह बुद्ध पब्लिक इङ्गलिस स्कूललाई ७४ रनले हराउँदै होराइजन जीबीएसले सेमिफाइनल यात्रा तय गरेको हो । टस जितेर ब्याटिङ गरेको होराइजन जीबीएसले ६ विकेटको नोक्सानीमा १ सय ५६ रनको बलियो योगफल बनायो। उसका लागि अनुज अर्यालले ३९, शिवप्रसाद यादवले नटआउट ३४ र अरुणकुमार बेल्बासेले १६ रन बनाए। बलिङमा देबदह बुद्धका रोहित कुँवर, प्रिन्स शर्मा, कृष केसी, आयुष विक र आकाश विकले समान १(१ विकेट लिए । जवाफी ब्याटिङ गरेको देबदह बुद्धले ६ विकेट गुमाएर…

Read More

काठमाडौं,२६ मंसिर। कम्बोडियासँग जारी झडपकाबीच थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले संसद् विघटन गरेका छन्। संसद विघटनसँगै देशमा ४५ देखि ६० दिनभित्र निर्वाचन हुने भएको छ। शुक्रबार जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री चर्नविराकुले आफू नेतृत्वको अल्पसंख्यक सरकारले तीन महिनाअघि सत्ता सम्हालेदेखि नै गम्भीर चुनौतीहरु सामना गर्नुपरेको उल्लेख गरेका छन्। विशेषगरी सीमा क्षेत्रमा भएका घातक झडपले सरकारलाई कठिन परिस्थितिमा पुर्‍याएको उनले बताए। उनका भनेका छन्, ‘यस समस्याको उचित समाधान संसद विघटन गर्नु हो, जसले राजनीतिक शक्ति जनतामा फिर्ता जानेछ।’ व्यवसायीबाट राजनीतिमा आएका अनुतिन चर्नविराकुल सन् २०२३ को अगस्टमा थाइल्यान्डका तेस्रो प्रधानमन्त्री बनेका हुन्। उनले सेप्टेम्बरमा सरकार गठन गर्दा नै जनवरीको अन्त्यसम्म संसद विघटन गर्ने…

Read More

काठमाडौं,२६मंसिर। फौजी पोसाक लगाएर मनोरञ्जनात्मक टिकटक र रिल्स बनाएकोमा २ सय १२ जना कर्मचारीहरुलाई कारवाही गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बलको प्रधान कार्यालयका प्रवक्ता एंव डीआईजी मनिष थापाका अनुसार विभिन्न सामाजिक सञ्जालमा पोसाक प्रयोग गरी भिडियो बनाउनु आचारसंहिताविपरीत भएको कारण उनीहरुलाई कारबाही गरिएको हो। कारबाहीमा परेका कर्मचारीहरुलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाइबुझाइ गरिएको उनले बताए। सशस्त्र प्रहरीले आफ्ना कर्मचारीका सामाजिक सञ्जाल गतिविधि अनुगमन गर्न प्रधान कार्यालयमा सामाजिक सञ्जाल अनुगमन शाखा स्थापना गरेको छ। उक्त शाखाको स्क्रिनिङ प्रक्रिया अन्तर्गत सामाजिक सञ्जालमा अनुचित गतिविधि गर्ने कर्मचारीहरुलाई कारबाही गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

Read More

काठमाडौं,२६ मंसिर। नेपाली सेनाले विभिन्न पदमा ३८८ जनाका लागि दरखास्त आह्वान गरेको छ। सेनाले शुक्रबार एक सूचना जारी गर्दै प्राविधिक, हवाई तथा विविध सेवातर्फ पदिक तथा बिल्लादार पदहरुमा दरखास्तका लागि आह्वान गरेको हो। खुलातर्फ २०५, आदिवासी जनजाति कोटामा ५३, मधेशी कोटामा ४४, दलित कोटामा २८, महिला कोटामा ३१, सैनिक सन्तति कोटामा २० र पिछडिएको क्षेत्रका लागि ७ जना माग गरिएको छ। योग्यता पुगेका उम्मेदवारले आजदेखि पुष २६ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर माघ ३ गतेसम्म आवेदन दिन सक्नेछन्। हेर्नुहोस् सूचना:

Read More

काठमाडौं,२६ मंसिर। सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन परिचालन नीति तर्जुमा गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरी बलले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सुरक्षा कार्यमा सशस्त्र प्रहरी बल नेपालको परिचालन नीति तर्जुमा गरिएको जनाएको हो । सबै निर्वाचन क्षेत्रमा तोकिएको जिम्मेवारीमा परिचालन गरिने, निर्वाचन सुरक्षार्थ सुरक्षाको दोस्रो घेरामा रहेर अन्य सुरक्षानिकायसँग समन्वयात्मक रुपमा परिचालन गर्ने, निर्वाचन सुरक्षा अनुशिक्षण तालिमसम्बन्धी पाठ्यक्रम तयार गरि निर्वाचनमा खटिनुपूर्व सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्वाचन सुरक्षा अनुशिक्षण तालिम दिनेलगायत नीतिमा उल्लेख छ । त्यस्तै निर्वाचन आचारसंहिता पालना गराउनेतर्फ सहयोगी भूमिका निर्वाह गर्ने, निर्वाचन क्षेत्रसहितको प्रदेशगत साथै जिल्लागत नक्सा तयार गरि…

Read More

काठमाडौं,२६ मंसिर। नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै प्रहरी निरीक्षकमा २१ र सहायक निरीक्षकमा ४३८ जनाको लागि आवेदन आह्वान गरिएको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले इन्स्पेक्टरका लागि पुस ६ गतेदेखि माघ ५ गतेसम्म दरखास्त दिन सकिनेछ भने असईका लागि पुस ९ गतेदेखि माघ ८ गतेसम्म दरखास्त दिन सकिनेछ। दरखास्त फाराम अनलाइनमार्फत भर्न सकिने बताइएको छ। हेर्नुहोस् सूचना:

Read More