Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,१७ मंसिर। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ । प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप उनीमाथि छ। शाक्यलाई ललितपुरको जावलाखेल भनिमण्डलबाट पक्राउ गरिको सिआईबीका प्रवक्ता एंव एसएसपी शिवकुमार श्रेष्ठले जनाए । सोही प्रकरणमा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन समेत बैंकका उच्च अधिकारीहरुलाई पक्राउ गरिसकिएको छ ।

Read More

रौतहट, १७ मंसिर । प्रहरीले नक्कली नेपाली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य पूर्वी चम्पारण, कुण्डवा चैनपुर ग्राम पञ्चायतका २३ वर्षीय जय प्रकाश कुमार, रौतहटको देवाही गोनाही नगरपालिका–४ का २१ वर्षीय गोनालाल राउत र २० वर्षीय अजय पटेल रहेको प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर०५एटी ०९८३ नम्बरको मोटरसाइकललाई चेकजाँचको क्रममा आरोपीहरुको साथबाट नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरीका अनुसार उनीहरुको साथबाट १ हजार रुपैयाँ दरका १ सय १८ थान नक्कली नेपाली नोट बरामद भएको छ ।

Read More

काठमाडौं,१७ मंसिर। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि आफ्नै उम्मेदवारी रहने घोषणा गरेका छन्। हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’ मा सहभागी हुँदै थापाले आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने घोषणा गरेका हुन्। ‘म १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो र मलाई के विश्वास छ भने नेपाली कांग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले मलाई यो ऐतिहासिक पार्टीको नेतृत्वगर्ने जिम्मेवारी दिनुहुन्छ भन्ने मलाई विश्वास छ’ थापाले भनेका छन्। उनले महाधिवेशनको मिति घोषणा भइसकेकाले सभापति पदमा आफ्नो उम्मेदवारी स्वाभाविक रुपमा सार्वजनिक गरेको बताए। नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ।

Read More

काठमाडौं,१७ मंसिर। संयुक्त राष्ट्र संघको नयाँ फोर्स कमाण्डरमा नेपाली सेनाका जर्नेल गणेशकुमार श्रेष्ठ नियुक्त भएका छन् । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले संयुक्त राष्ट्र संघीय अन्तरिम सुरक्षा बल अबेईको नयाँ फोर्स कमाण्डर नियुक्त गरेका हुन् । श्रेष्ठ घानाका २ तारे जर्नेल रोबर्ट याव अफ्रामको ठाउँमा जिम्मेवारी सम्हाल्न जान लागेका छन्। उनले नेपालको सुदूरपश्चिम डिभिजन कमाण्डर दक्षिण सुडानमा सेक्टर पूर्वको कमाण्डरसहित ३६ वर्षको सैन्य जीवन बिताएका छन्। उनको जङ्गी अड्डाको कार्यरथी, वीरेन्द्र सैन्य अस्पतालको प्रशासनिक रजिस्ट्रार,नीति तथा योजना निर्देशक, १६ र ९ बाहिनी चलाएको अनुभव छ ।

Read More

काठमाडौं,१७ मंसिर। अमेरिकाले १९ गैर–युरोपेली देशका नागरिकले दर्ता गरेका ग्रीन कार्डसहितका आप्रवासनसम्बन्धी सबै आवेदन अनिश्चितकालका लागि स्थगित गरेको छ। डोनाल्ड ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षासम्बन्धी जोखिम र सार्वजनिक सुरक्षामा बढ्दो चिन्ता देखाउँदै यस्तो कदम चालिएको जनाएको छ। यसअघि जुन महिनामा आंशिक भिसा प्रतिबन्ध लगाइएका केही देशहरुलाई अब झनै कडा नीतिअनुरुप पूर्ण रुपमा अवरुद्ध गरिएको छ। सूचीमा अफगानिस्तान र सोमालिया प्रमुख रुपमा परेका छन्। नयाँ नीतिअनुसार यी देशका नागरिकका बाँकी सबै आप्रवासन आवेदन स्थगित रहनेछन्। गत साताको वाशिङ्टन गोलीकाण्डमा अमेरिकी नेशनल गार्डका एक सदस्यमाथि आक्रमणको आरोपमा एक अफगान नागरिक पक्राउ परेपछि १९ देशका नागरिकमाथि थप कडाइ गर्नेबारे राष्ट्रपति ट्रम्पको अभिव्यक्ति आएको थियो।…

Read More

काठमाडौं,१७ मंसिर। भन्सार नाकामा अस्थायी पैठारी शुल्क बुझाएका छिमेकी देशका पर्यटक सवार सवारीसाधनबाट अब नेपालभित्र अतिरिक्त शुल्क नलिइने भएको छ। अन्तरसरकारी वित्त परिषद्को बैठकले छिमेकी मुलुकका पर्यटकलाई सहज आवागमनको वातावरण बनाउने उद्देश्यले यस्तो निर्णय गरेको अर्थ मन्त्रालयले जनाएको छ। ‘छिमेकी देशका पर्यटकलाई प्रोत्साहन गर्न नेपाल प्रवेश गर्ने सवारीले भन्सार बिन्दुमा अस्थायी पैठारी शुल्क तिरेपछि तोकिएको दिनसम्म निर्वाध नेपालभित्र अन्य कुनै शुल्क नलिई सहज आवागमन हुने व्यवस्था मिलाउने,’ निर्णयमा उल्लेख छ । पर्यटन व्यवसायीहरुले लामो समयदेखि विभिन्न तहका सरकारहरुले पर्यटक सवारीसाधनबाट थप शुल्क उठाउँदै आएको भन्दै गुनासो गर्दै आएका थिए। यस्तै, परिषद्ले सबै प्रदेशको वित्तीय तथा राजस्वसम्बन्धी कानुनहरुमा सामञ्जस्य कायम गर्ने…

Read More

काठमाडौं,१७ मंसिर।नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफूहरु कहिल्यै जेनजी युवा तथा उनका माग–मुद्दाको विपक्षमा नरहेको बताएका छन्। बुधबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले जेनजीविरुद्ध एमाले उभिएको कथन सिर्जना गर्ने प्रयास भइरहेको तर त्यसमा कुनै सत्यता नभएको बताए। उनका अनुसार जेनजी आन्दोलन कुनै नयाँ वा अनौठो विषय होइन, तर यसबारे ‘जेनजी एकातिर र एमाले अर्कातिर’ भन्ने गलत धारणा बनाइँदै आएको छ। उनले भने, ‘एमाले सबै उमेर समूहको प्रतिनिधि संस्था हो। त्यसैले जेनजीको वास्तविक नेतृत्व पनि एमालेसँगै छ। एमाले कहिल्यै जेनजी, उनका माग वा आकांक्षाविरुद्ध उभिएको छैन।’

Read More

काठमाडौं,१७ मंसिर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई नियन्त्रणमा लिएको छ । उनीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारी समेत पक्राउ परेको बुझिएको छ । भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । अधिकारीलाई विशेष अदालतमा उपस्थित गराइएको छ ।

Read More

भैरहवा, १६ मंसिर। भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको दुई खेलमा जेसीज सेकेण्डरी स्कूल र भैरहवा नमूना माध्यमिक विद्यालय विजयी भएका छन् । जेसीजले प्यारामाउण्ट बोर्डिङ हाई स्कूललाई ७ विकेट र नमूनाले मोर्डन स्कूललाई ४ विकेटले पराजित गर्दै विजयी भएको हो। पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको प्यारामाउण्टले १८ ओभर २ बलमा अलआउट हुँदै ८४ रन बनायो। उसका लागि आर्यन भण्डारीले ३८ र अर्पण कोइरालाले ११ रन बनाए। बलिङमा जेसीजका अमितकुमार यादवले ४ र प्रथम जीएमले २ विकेट लिए । जवाफमा जेसीजले १२ ओभरमा ३ विकेटको नोक्सानीमा ८५ रन बनाउँदै…

Read More

सुनसरी,१६ मंसिर। हर्कराज राई साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीको मूल सिद्धान्त ‘हर्कवाद’ रहेको घोषणा गरेको छ। प्रकृति-संस्कृति-प्रविधिको सन्तुलित र समुचित विकासले मानव जगतको रक्षा र उन्नति गर्न सम्भव रहेको बताउँदै अध्यक्ष साम्पाङले श्रमदानलाई आधार बनाएर पार्टीको सिद्धान्त हर्कवाद बनाइएको बताए। मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै हर्क साम्पाङले जारी गरेको घोषणापत्रमा देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य रहेको उल्लेख छ। साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र उपराष्ट्रपति हुने सिद्धान्त अवलम्बन गर्नेछन्, राष्ट्रपति र उपराष्ट्रपति फरक-फरक लिंग र जातिका हुनुपर्ने सार्वजनिक गरिएको सिद्धान्तमा उल्लेख छ। त्यस्तै विज्ञहरुको समावेशी मन्त्रिपरिषद् बनाइने र सांसद मन्त्री बनेको खण्डमा सांसद पद निलम्बन गरिने पनि उनको…

Read More