


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
दाङ,११ असार। लुम्बिनी प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ। बिहीबार दिउँसो १ बजे बस्ने तय गरिएको आठौँ अधिवेशनअन्तर्गत एघारौँ बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार सभामुखको निर्देशनमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम बैठक स्थगन गरिएको हो। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति सांसदहरुले निरन्तर विरोध जनाउँदै आएपछि प्रदेश सभाको बैठक पछिल्ला केही दिनयता प्रभावित हुँदै आएको छ। बजेटमा सांसदका योजना कटौती गरिएको भन्दै विपक्षी तथा केही सत्ता पक्षका सांसदहरुले समेत विरोध जनाउँदै आएका छन्। दलहरुबीच सहमतिको प्रयास जारी…
भैरहवा, ११ असार। लुम्बिनी विकास कोषमा १२ पदका लागि ७ सयभन्दा बढी आवेदन परेका छन्। पहिलो पटक खुला आवेदन आह्वान गरेसँगै कोषको नेतृत्वमा उल्लेखनीय चासो देखिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार, सदस्य सचिव पदका लागि सबैभन्दा बढी २०९, योजना प्रमुखमा ११२, उपाध्यक्षमा १०४ र कोषाध्यक्षमा ८६ जनाले आवेदन दिएका छन्। परिषद् सदस्य तथा कार्यकारी तहका पदका लागि पनि आवेदन प्राप्त भएका छन् । खुला प्रतिस्पर्धाबाट पदाधिकारी छनोट गर्न लागिएपछि कोषका विभिन्न पदमा अपेक्षाभन्दा बढी आवेदन परेका छन्। यसअघि राजनीतिक पहुँचको आधारमा पदाधिकारी नियुक्त गर्ने गरिएको थियो । लुम्बिनी, तिलौराकोट, देवदह र रामग्राम क्षेत्रको संरक्षण, विकास तथा धार्मिक–सांस्कृतिक…
काठमाडौं,११ असार। सर्वोत्तम पेन्ट्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट गरिएको छ। सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो। कम्पनीले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। आईपीओमा कुल २८ लाख ५० हजार २५ आवेदन सदर भएको तथा ४४ हजार २०७ आवेदन बदर भएको थियो। गोलाप्रथामार्फत ७० हजार ५५० जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। कैलालीको अत्तरियामा रजिस्टार कार्यालय रहेको कम्पनीले ‘सर्वोत्तम पेन्ट्स’ ब्रान्डअन्तर्गत विभिन्न रङ उत्पादन तथा बिक्री गर्दै आएको छ। कम्पनीका अनुसार आईपीओबाट संकलित पूँजी उत्पादन क्षमता विस्तारमा उपयोग गरिनेछ। गत पुस मसान्तसम्मको…
भैरहवा, असार। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ५६ करोड २ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ। बुधबार नगरसभाको २० औं अधिवेशनमा उपप्रमुख उमा अधिकारीले बजेट प्रस्तुत गरेकी हुन्। प्रस्तुत बजेटले नगरको समग्र विकासलाई केन्द्रमा राख्दै पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्रवर्द्धन तथा नगरवासीलाई आधारभूत सेवा प्रवाहलाई प्राथमिकता दिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका अनुसार, बजेटले नगरवासीलाई गुणस्तरीय र प्रभावकारी आधारभूत सेवा प्रवाह गर्ने लक्ष्य लिएको छ। सडक, नाली, खानेपानी तथा अन्य भौतिक पूर्वाधारको विस्तार, स्तरोन्नतिका साथै फोहरमैला व्यवस्थापनलाई व्यवस्थित र दिगो लागि आवश्यक बजेट विनियोजन गरिएको छ। शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर…
मर्चवार,१० असार। रुपन्देहीको सम्मरीमाइ गाउँपालिका–६ स्थित असुरैना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। नवगठित समितिको अध्यक्षमा पुनः जैसमोहम्मद खान चयन भएका छन्। खान विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमा लगातार छैटौँ पटक चयन हुन सफल भएका हुन्। अध्यक्ष खानले आफ्नो पहिलो कार्यकाल सम्झँदै आफू नेतृत्वमा आउँदा विद्यालय प्राथमिक तह (कक्षा ५) सम्म मात्र सञ्चालनमा रहेको र विद्यार्थी संख्या पनि निकै कम रहेको बताए। उनले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि निरन्तर प्रयास गरेपछि हाल विद्यालय स्तरोन्नति भई माध्यमिक तहसम्म सञ्चालनमा आएको उल्लेख गरे। विद्यालयका प्रधानाध्यापक राजकुमार केवाटका अनुसार हाल विद्यालयमा ३५० जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयको गुणस्तर अभिवृद्धि तथा…
विराटनगर,१० असार। विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाटमा ‘अश्लिल हर्कत’ गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।दाहसंस्कार गरिने सार्वजनिक स्थलमा ‘अश्लिल हर्कत’ गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो। विराटनगर-६ का ४४ वर्षीय सुरेन्द्रमणि मण्डल, सुनसरी रामधुनी नगरपालिका-६ का २५ वर्षीय कैलास ढुंगाना, भोजपुर रामप्रसादराई गाउँपालिका-६ का १८ वर्षीय मानिस काफ्ले र विराटनगर-४ का ४४ वर्षीय छविलाल घिमिरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार, मंगलबार राति करिब १२ः३० बजे घाट क्षेत्रमा केही व्यक्तिहरु भेला भएर हो-हल्ला गरिरहेको तथा तीमध्ये दुई जना पुरुष निर्वस्त्र अवस्थामा रहेको सूचना…
तिलोत्तमा,१०असार। तिलोत्तमा नगरपालिकाले पूर्वाधार विकास, शिक्षाको गुणस्तर सुधार, कृषि आधुनिकीकरण र सुशासनलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ५ करोड ६७ लाख ८८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार नगरसभाको २१औं अधिवेशनमा उपप्रमुख जगेश्वरदेवी चौधरीले बजेट प्रस्तुत गरेकी हुन्। कुल बजेटमध्ये पूँजीगततर्फ १ अर्ब ६७ करोड ८४ लाख ६६ हजार रुपैयाँ (५४.९१ प्रतिशत), चालुतर्फ ९२ करोड ३८ लाख २२ हजार रुपैयाँ (३०.२२ प्रतिशत), सामाजिक सुरक्षातर्फ ४५ करोड रुपैयाँ (१४.७२ प्रतिशत) तथा वित्तीय व्यवस्थातर्फ ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ। नगरपालिकाले आगामी वर्ष आन्तरिक राजस्वबाट ३६ करोड ६ लाख २५ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ…
बुटवल,१० असार। बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार आयोजित नगरसभा बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गरेकी हुन्। चालु आर्थिक वर्षको ३ अर्ब ३६ करोड १३ लाख रुपैयाँको तुलनामा आगामी वर्षको बजेट करिब ६४ करोड रुपैयाँले बढी रहेको छ। ‘समानता, स्वाभिमान र अवसर, बस्न योग्य बुटवल सहर’ भन्ने नारालाई केन्द्रमा राखेर शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा सुशासनलाई प्राथमिकतामा राखी बजेट ल्याइएको उपप्रमुख अर्यालले बताइन्। प्रस्तुत बजेटमध्ये चालुतर्फ ५२ प्रतिशत र पुँजीगततर्फ ४८ प्रतिशत विनियोजन गरिएको छ। यस्तै सामाजिक विकास क्षेत्रमा २८ प्रतिशत, आर्थिक…
भैरहवा, १०असार। भैरहवाको कालिका पथमा शुभकार्य तथा धार्मिक–सांस्कृतिक कार्यक्रमका लागि आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यसहित ‘समृद्धि क्रियेशन्स’ सञ्चालनमा आएको छ। बुधबार आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ तथा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले संयुक्त रुपमा प्रतिष्ठानको उद्घाटन गरे। प्रतिष्ठानकी सञ्चालक सिता काफ्ले घिमिरेका अनुसार समृद्धि क्रियेशन्समा विवाह, व्रतबन्ध, अन्नप्राशन, नामकरण, हल्दी, मेहेन्दी, जन्मदिन, वैवाहिक वर्षगाँठ, पूजा–आराधना लगायतका शुभ अवसरका लागि आवश्यक पर्ने विभिन्न प्रकारका हस्तकलाजन्य सामग्री थोक तथा खुद्रा रूपमा उपलब्ध गराइनेछ। ग्राहकको आवश्यकता अनुसार आधुनिक तथा परम्परागत शैलीका सजावटी सामग्री, पूजा सामग्री, दुबोका माला, स्वागत सामग्री, उपहारजन्य वस्तु…
काठमाडौं,१० असार । नेपालको स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार ५ सयमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला २ लाख ८७ हजार १ सयमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ। महासंघका अनुसार, आज चाँदी प्रतितोला एक सय ५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४ सय ८५ मा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी तोलाको ४ हजार ५ सय ९० मा कारोबार भएको थियो।