


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
हृदयराम गुप्ता मर्चवार,९ असार । रुपन्देहीको कोटहीमाई गाउँपालिकालाई आर्थिक वर्ष २०८२/८३ का लागि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। गाउँपालिका खोप समन्वय समितिको आयोजनामा एक कार्यक्रमका बीच उक्त घोषणा गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला खोप समन्वय समितिका संयोजक उमाकान्त चपाईले स्वास्थ्य क्षेत्रलाई स्थानीय तहले अझ बढी प्राथमिकतामा राख्नुपर्ने बताए। उनका अनुसार रुपन्देहीका १६ स्थानीय तहमध्ये १३ वटा स्थानीय तहले आर्थिक वर्ष २०८२÷८३ का लागि पूर्ण खोप सुनिश्चितता घोषणा गरिसकेका छन्। चपाईले मर्चवार क्षेत्रका तीनवटै स्थानीय तहले खोप तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको योगदानको प्रशंसा गर्दै…
भैरहवा,९ असार । गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित तीन जना जनप्रतिनिधिहरु पदमुक्त भएका छन्। निर्वाचन आयोगले दल त्याग गरी पद रिक्त भएको सम्बन्धी सूचना गर्दै कांग्रेसबाट निर्वाचित तीन जना जनप्रतिनिधिहरु पदमुक्त भएको जनाएको छ। आयोगका अनुसार, रुपन्देहीको बुटवल उपमहानगरपालिकाको वडा नम्बर ३ का अध्यक्ष बिष्णु ढकाल, पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी र जुम्लाको गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा पदमुक्त भएका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिले काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु अन्य दलमा प्रवेश गरेको भनी निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी गराए पश्वात् आयोगको असार ८ गतेको बैठकले तीन जना जनप्रतिनिधिको पद रिक्त गर्ने निर्णय गरेको थियो ।…
भैरहवा,८ असार। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को सोमबार बसेको दोस्रो कार्यकारिणी समितिको बैठकले उद्योग वाणिज्य परिषद्को सभापतिमा कृष्णप्रसाद शर्मालाई मनोनीत गरेको छ। महासंघका अध्यक्ष अन्जन श्रेष्ठले महासंघका जिल्ला-नगर क्षेत्रका उपाध्यक्षसमेत रहेका शर्मालाई उद्योग वाणिज्य परिषद्को सभापतिमा मनोनीत गरेका हुन्। बैठकले सल्लाहकारसहित परिषद् र विभिन्न समितिका सभापति पनि मनोनीत गरेको छ। महासंघका अध्यक्ष श्रेष्ठले महासंघको विधानको दफा ३७ बमोजिम कार्यकारिणी समिति सदस्यहरुलाई विभिन्न समितिका सभापति मनोनयन गरेका हुन्। उनका अनुसार,मनोनीत सभापतिहरुबाट महासंघको छवि तथा प्रतिष्ठालाई अझै बढी सशक्त रुपमा अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
काठमाडौं,८ असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा राहदानी विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल केसी, तुलसी आचार्य लगायतलाई प्रतिवादी बनाइएको छ। उक्त मुद्दामा १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गरिएको छ। मुद्दामा विभागका १० कर्मचारी, दुई कम्पनी, चार विदेशी नागरिक तथा दुई जर्मन कम्पनीका नेपाली प्रतिनिधिलाई समेत प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ। राहदानी छपाइका लागि गरिएको खरिद तथा ठेक्का प्रक्रियामा कानुनविपरीत निर्णय र कार्यसम्पादन भएको निष्कर्षपछि आयोगले अनुसन्धान अघि बढाएको थियो। सोही अनुसन्धानका…
भैरहवा,८ असार। रुपन्देही जिल्लामा चालु आर्थिक वर्षको ११ महिना (साउन देखि जेठ) मा २७ हजार ४६२ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार, उक्त अवधिमा सबैभन्दा बढी २५ हजार ९२७ जनाले वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गरेका छन्। त्यस्तै २९२ जनाले अङ्गीकृत, एक हजार १७६ जनाले वैवाहिक अङ्गीकृत, एक जनाले जन्मसिद्ध र ६७ जनाले गैरआवासीय नेपाली (एनआरएन) नागरिकता प्राप्त गरेका छन्। प्रशासन कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार, ०८० कार्तिक देखि ०८३ जेठ मसान्तसम्म कुल २५७ जनाले गैरआवासीय नेपाली (एनआरएन) नागरिकता लिएका छन्। उनले नागरिकता वितरण प्रक्रियालाई छिटो, सहज र पारदर्शी बनाउने प्रयास भइरहेको बताउँदै…
भैरहवा,८ असार। रुपन्देहीको ओमसतिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५१ करोड १० लाख ५४ हजार रुपैयाको बजेट तथा कार्यक्रम ल्याएको छ। सोमबार सम्पन्न गाउँपालिकाको १९औँ गाउँसभामा उपाध्यक्ष सुनिता चौधरीले उक्त बजेट तथा कार्यक्रम सभा समक्ष प्रस्तुत गरेकी हुन्। सहभागिता, समावेशिता, सामाजिक न्याय, पारदर्शिता, दिगो विकास र सुशासनलाई आधार मानेर तयार पारिएको बजेटले गाउँपालिकावासीको आवश्यकता तथा अपेक्षालाई सम्बोधन गर्ने लक्ष्य लिएको चौधरीले जनाइन्। बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी, वातावरण संरक्षण तथा प्रशासनिक सुदृढीकरणलाई प्राथमिकतामा राखेको छ। उनका अनुसार, आगामी आर्थिक वर्षका लागि कुल ५१ करोड १० लाख ५४ हजार रुपैया बराबरको स्रोत व्यवस्थापनको अनुमान गरिएको छ। संघीय सरकारबाट…
चितवन,७ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार र सरकारी स्रोत–साधनको दुरुपयोगका विषयमा आफ्नो पार्टी कुनै पनि हालतमा सम्झौता नगर्ने बताएका छन्। आवश्यक परे अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पाँच घण्टा होइन, पाँच वर्ष नै सल्लाह गरिने भनाइ छ। रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकारी दोहन र अनियमितताका घटनामाथि कडाइका साथ प्रश्न उठाइने स्पष्ट पारे। ‘सरकारी दोहन भएको छ भने निहुँ खोज्छौं। ‘निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सल्लाह लिनुपर्छ भने ५ घण्टा मात्रै होइन ५ वर्ष नै अख्तियारलाई राखेर सल्लाह गरिन्छ । हामी नियम भन्दा बाहिर जाँदैनौं,’उनले भने ।
सिरहा,७ असार। प्रहरीले गोली चलाएर दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा एक जना घाइते भएका छन्। पक्राउ पर्नेहरुमा भारत बिहारको मधुवनी जिल्ला, पदमाहा ग्रामपञ्चायत–२ जोगिया टोलका छोटु उर्फ रञ्जित कुमार पासवान र भारतको सोही स्थानका एक नाबालक रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुको साथबाट ९२ ग्राम ३० मिलिग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेश लिम्बुले जनाए । सिरहा नगरपालिका–२१, लकडीगोठस्थित लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीमाथी ढुंगामुढा भएको थियो । निमित्त सूचना अधिकारी लिम्बुका अनुसार, ढुंगामुढा गरी भारततर्फ भाग्न खोज्दा आत्मसमर्पणका लागि…
काठमाडौं, असार। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरतकुमार थापा क्षेत्रीका अनुसार, पक्राउ पर्नेहरुमा अर्घाखाँचीका २८ वर्षीय सन्तोष अधिकारी, दाङका २९ वर्षीय हेमन्त केसी, सुनसरीका ४२ वर्षीय सुकदेव राई, ३४ वर्षीय मनीष पोद्दार, रुपन्देहीका ४७ वर्षीय रामरतन मिश्र, कास्कीका ३९ वर्षीय अमृत अधिकारी र रौतहटका ३५ वर्षीय मिर इसलामाना रहेका छन्। पक्राउ परेकामध्ये सन्तोषले ग्रिस पठाइदिन्छु भन्दै १० लाख, हेमन्तले क्रोएसिया पठाइदिन्छु भन्दै १३ लाख ३० हजार, सुकदेवले सर्विया पठाइदिन्छु भन्दै १३ लाख, मनीषले युके पठाइदिन्छु भन्दै…
हृदयराम गुप्तामर्चवार,७ असार । लामो समयदेखि पर्याप्त वर्षा नहुँदा तिनाउ नदीको पानीको सतह अत्यधिक घटेको छ । जसका कारण मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्प स्टेशन सञ्चालनमा समस्या उत्पन्न भएको छ। धान रोपाइँको समयमा नदीमा पर्याप्त पानी नहुँदा सिँचाइ सेवा प्रभावित भएको छ। मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष राजेन्द्र यादवका अनुसार वर्षाको अभावले तिनाउ र दानव नदी दुवैको जलस्रोत घट्दै गएको छ। नदीमा पानीको सतह पम्पले पानी तान्न सक्ने न्यूनतम सीमाभन्दा तल पुगेपछि सिँचाइ सञ्चालनमा समस्या उत्पन्न भएको उनले बताए। ‘धान रोपाइँ सुरु भइसकेको छ र अधिकांश किसान सिँचाइका लागि यही आयोजनामा निर्भर छन्’,उनले भने,‘तर, नदीमा पर्याप्त पानी नहुँदा…