


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
लुम्बिनी,१३ असार। शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको शिलान्यास गरिएको छ। भुटानका गृहमन्त्री ल्योन्पे छिरिङ, भुटानका धर्मगुरु उप महासङ्घराजा दोर्जे लोपेन रिम्पोछे, नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल, रुपन्देही-५ का सांसद् तौफिक अहमद खान, रुपन्देही-४ का सांसद् कन्हैया बनियाँको उपस्थितिमा शिलान्यास गरिएको हो। भुटान सरकारका अनुसार आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको गुम्बामा भुटानी मौलिक वास्तुकला, धार्मिक कला, प्रार्थना कक्ष तथा सांस्कृतिक प्रदर्शनी क्षेत्र निर्माण गरिनेछ। यसले लुम्बिनीलाई अन्तरराष्ट्रिय बौद्ध तीर्थस्थलका रुपमा थप प्रवर्द्धन गर्नुका साथै नेपाल–भुटानबीचको सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ। शिलान्याससँगै…
भैरहवा,१३ असार। लुम्बिनी प्रदेश प्रहरी कार्यालयले नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा जेठ महिनामा पुनः देशभरमा पहिलो स्थान हासिल गर्दै उत्कृष्ट ठहरिएको छ। गत वैशाख महिनामा पनि लुम्बिनी प्रदेश प्रहरीले पहिलो स्थान हासिल गरेको थियो। प्रहरी प्रधान कार्यालयले मातहतका प्रदेश प्रहरी कार्यालयहरुको कार्यसम्पादन, अपराध नियन्त्रण, शान्ति सुरक्षा व्यवस्थापन तथा नागरिकमुखी प्रहरी सेवाका आधारमा गरेको मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रहरी उत्कृष्ट ठहरिएको हो। प्रदेशका डीआईजी भूपेन्द्रबहादुर खत्रीको नेतृत्वमा प्रविधिमैत्री सेवा, नागरिकसँगको सम्बन्ध सुधार तथा प्रभावकारी सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विभिन्न नव प्रवर्तनात्मक अभियान सञ्चालन गर्दै आएको छ । प्रहरी सेवालाई थप सहज, छिटोछरितो र प्रभावकारी बनाउन डिजिटल उजुरी प्रणाली तथा सेवाग्राहीलाई एसएमएसमार्फत जानकारी…
प्युठान,१३ असार। प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी दुर्घटनामा मृत्यु भएको छ । स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु प्र ०१–००१ झ ०००८ नम्बरको बोलेरो पिकअप जिप स्वर्गद्वारी नगरपालिका वडा नं २ बाङ्गेसल्लामा दुर्घटना हुँदा ५० वर्षीय राना मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार, शनिबार साँझ उपप्रमुख राना आफैँले चलाएको जिप सडकदेखि करिब ५ सय मिटर तल खसेको थियो। दुर्घटनामा उनको घटनास्थलमै निधन भएको हो।
जनकपुर, १३ असार। प्रहरीले पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धनुषाको मुखियापट्टि मुसहनियाँ गाउँपालिका–४ का २० वर्षीय अमन यादव र धनुषाकै हंसपुर नगरपालिका–६ सोनीगामा का १८ वर्षीय सुधिर मुखिया रहेका प्रहरीले जनाएको छ। जनकपुर उपमहानगरपालिका ९ थापा चोकस्थित एक होटलबाट उनीहरुलाई पेस्तोल र पाँच राउन्ड गोलीसहित पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक मनोज यादवका अनुसार,चेकजाँचको क्रममा उनीहरुको साथबाट एक थान पेस्तोल, म्यागजिन एक थान र ९ एमएमका एक राउन्ड र ७.६५ एमएमकेएफका चार राउन्ड गरी पाँच राउन्ड गोली बरामद भएको हो । दुवै जनालाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान…
हृदयराम गुप्तामर्चवार,असार। रुपन्देहीको सम्मरीमाई गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५९ करोड ५३ लाख ८१ हजार रुपैयाँको बजेट ल्याएको छ। गाउँसभाको १९औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष कुमारी प्रियंका साही सिंहले उक्त बजेट प्रस्तुत गरिन्। गाउँपालिका उपाध्यक्ष साहीका अनुसार, चालुतर्फ ३७ करोड ३७ लाख रुपैयाँ र पुँजीगततर्फ २२ करोड १६ लाख रुपैयाँ विनियोजन गरिएको छ । बजेटका लागि राजस्व परिचालनबाट १ करोड १ लाख ९० हजार, आर्थिक वर्ष २०८२/०८३ बाट बचत हुने अनुमानित ४ करोड ५० लाख, संघीय सरकारबाट राजस्व बाँडफाँड १० करोड ६० लाख ५७ हजार, प्रदेश सरकारबाट राजस्व बाँडफाँड १ करोड १ लाख ५२ हजार, नेपाल सरकारबाट वित्तीय समानीकरण…
सप्तरी,१२ असार। प्रहरीले दुई राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको बलान-बिहुल गाउँपालिका–३ का ३२ वर्षीय सुभाषकुमार पासमान र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र सिंह रहेको प्रहरीले जनाएको छ। प्रहरी चौकी बेल्हीबाट खटिएको प्रहरी टोलीले बलान-बिहुल गाउँपालिका–३ स्थित टिकुलिया–बेल्ही सडकखण्डमा बाँसको (टहरा) मचानमा बसेका उनीहरुको शरीर खानतलासीका क्रममा पासमानको साथबाट ‘आठ एमएम’ लेखिएको दुई राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जनाए। दुवै जनालाई नियन्त्रणमा लिएर खरखजानासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
रुकुम पश्चिम,१२ असार। प्रहरीले सामाजिक सञ्जालमा एक व्यक्तिलाई प्रयाङ्क भनेर दुर्व्यवहार गरिएको भिडियो सार्वजनिक गरी साम्प्रदायिक घृणा तथा द्वेष फैलाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–३ का २८ वर्षीय डिल्ली बहादुर ओली, सोही स्थानका ३१ वर्षीय राजन केसी र कपिलवस्तुको कृष्णनगर नगरपालिका–४, शिरसवा स्थायी घर भई हाल रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१, सल्लेमा पाउरोटी उद्योग सञ्चालन गर्दै आएका ३१ वर्षीय रघुबिर कोरी रहेको रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई शुक्रवार रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, माछिमीबाट नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार, जिवन ओली नामक फेसबुक पेजमार्फत उक्त भिडियो सामग्री तयार गरी सामाजिक सञ्जालमा प्रसारण गरिएको थियो। प्रहरीले…
काठमाडौं,१२ असार। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका पाँच जना पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक गरिएको छ। सभापतिमा रवि लामिछाने र उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए। उपसभापति (महिला) मा सोविता गौतम निर्वाचित भएकी छिन्। गौतमले ७८९ मतका साथ निर्वाचित हुँदा प्रतिद्वन्द्वी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन्। त्यस्तै महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्। उनले ६७३ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी मनिष झाले ३२४ मत प्राप्त गरे । सहमहामन्त्री खुलातर्फ असिम शाह र हरि ढकाल निर्वाचित भएका छन्। शाहले ४७१ र ढकालले ४१० मत प्राप्त गरे। महिला सहमहामन्त्रीमा निर्वाचित भएकी निशा डाँगीले ७३७ मत प्राप्त गरिन्। कसले कति पाए…
भैरहवा,१२ असार। जेसीआई सिद्धार्थ लेडी सिद्धार्थनगरले असार १३ देखि २० गतेसम्म ‘जेसीज सप्ताह–२०२६’ आयोजना गर्ने भएको छ। संस्थाले शुक्रबार भैरहवामा पत्रकार सम्मेलनमा आयोजना गरेर सप्ताहव्यापी कार्यक्रममार्फत महिला नेतृत्व विकास, सीप अभिवृद्धि, सामाजिक सेवा तथा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य रहेको जनाएको छ। कार्यक्रम संयोजक पूजा कंडेलका अनुसार, कार्यक्रम अन्तरगत वरमाला तथा दुबोमाला बनाउने तालिम, सिद्धार्थ बाल गृहमा निःशुल्क आँखा शिविर, श्री सत्य साई वृद्ध आश्रममा दही–चिउरा खुलाउने तथा नगद हस्तान्तरण, साई ग्लोबल कलेजमा ‘पावर अफ सबकन्सियस माइण्ड’ तालिम, संस्कृत विद्या सन्यास आश्रममा निःशुल्क दन्त शिविर, महिलाका लागि धागोबाट विभिन्न सामग्री बनाउने हस्तकला तालिम र कार्यक्रमको अन्तिम दिन भैरहवा ब्याडमिन्टन क्लबमा…
भैरहवा,असार। रुपन्देहीको रोहिणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५७ करोड ४३ लाख २ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार १९ औं गाउँ सभामा प्रस्तुत बजेटले स्रोत व्यवस्थापनको लागि संघीय र प्रदेश सरकारबाट मात्रै विभिन्न शीर्षकमा ५१ करोड १५ लाख ८२ हजार रूपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ। त्यस्तै आन्तरिक स्रोतबाट २ करोड ३० लाख रुपैयाँ, अन्य स्रोतबाट नगद मौज्दात ३ करोड रुपैयाँ तथा जिल्ला समन्वय समितिबाट ७२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवका अनुसार, आर्थिक, सामाजिक विकास, कृषि, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट…