Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित लेखा अधिकृतलाई नियन्त्रणमा लिएको छ । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, स्थायी लेखा नम्बर बन्द गर्न सेवाग्राहीलाई आवश्यक सिफारिस दिनका लागि माग गरेको २१ हजार रुपैयाँसहित काठमाडौँ महानगरपालिका वडा नं. ३० का लेखा अधिकृत (छैंठौ) उद्वब भट्टराईलाई नियन्त्रणमा लिइएको हो । भट्टराईलाई घुससहित वडा कार्यालयबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Read More

रौतहट,८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथी बिहीबार राति कालोमसी प्रहार गरिएको छ। गढीमाई नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी भएर फर्किने बेला ‘मधेश मुक्ति अभियान’सँग आबद्ध कार्यकर्ताले उनीमाथी कालोमसी प्रहार गरेको बताइएको छ। घटनाको पुष्टि सांसद पौडेलले राति कार्यक्रम सकाएर फर्किने लाग्दा पछाडीबाट केही युवाले कालो पदार्थ फ्याकेर फरार भएको बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं,७ साउन । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा भारत मणिपुरको २० वर्षीया मोना देवी लोङजाम र २३ वर्षीया ओइनाम एली रहेका छन्। थाइल्याण्डको बैंकक हुँदै नेपाल आएका उनीहरुको शंकास्पद गतिविधिपछि जाँच गर्ने क्रममा साथमा रहेको सुटकेसबाट ८ किलो गाँजा बरामद भएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ । पक्राउ परेका महिलाहरुको साथबाट गाँजासहित दुई थान राहदानी, दुई थान मोबाइल फोन बरामद भएको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Read More

भैरहवा, ७ साउन । रुपन्देही प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा दाङको घोराही उपमहानगरपालिका–१३ का २२ वर्षीय प्रवेश घर्ती मगर र सोही स्थानका १७ वर्षीय विस्मत घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्ण कुमार चन्दका अनुसार वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले अंचलपुरमा रा ७ प ७००७ नम्बर स्कुटर चेकजाँचको क्रममा लागुऔषध बरामद भएको हो । पक्राउ परेका आरोपीहरुको साथबाट डायजेपाम इन्जेक्सन १४५ एम्पुल, प्रोमेथाजिन एचसीएल इन्जेक्सन १४५ एम्पुल, बुप्रेनोर्फिन इन्जेक्सन १४५ एम्पुल, तीन थान सिरिन्ज र दुई थान मोबाइल बरामद भएको…

Read More

बुटवल, ७ साउन । रुपन्देही प्रहरीले रिभल्वर पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बागमती गाउँपालिका-९ का २६ वर्षीय रेशम तुङसिङ मगर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्ण कुमार चन्दका अनुसार, विशेष सूचनाका अधारमा उनलाई बुटवल उप महानगरपालिका-९ स्थित नयाँ बसपार्क क्षेत्रबाट एक थान गोलीसहित पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानको क्रममा एक थान रिभल्वर र थप पाँच थान गोली उनको स्थायी वतनबाट बरामद भएको उनले बताए । पक्राउ परेका मगरविरुद्ध हातहतियार खरखजना मुद्दामा अदालतबाट म्याद लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

सिरहा, ७ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले घुससहित कर अधिकृतलाई नियन्त्रणमा लिएको छ । आयोगको बर्दिबास कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङका अनुसार, आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पालले एक कम्पनीको फुल अडिट गर्नका लागि माग गरेको पाँच लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Read More

भैरहवा, साउन । रुपन्देहीको शुद्धोधन गाउँपालिका–७ तुनिडिहवाका युवा समाजसेवी रामजित लोधले पालिकाको तीन वटा सामुदायिक विद्यालयमा अध्यनरत ९ सय जना विद्यार्थी र शिक्षकहरुलाई विद्यालय पोसाक उपलब्ध गराएका छन्। उनले शुद्धोधन गाउँपालिका–६ स्थित श्री गुरौलिया माध्यमिक विद्यालय, वडा नं. ७ स्थित श्री जनता माध्यमिक विद्यालय र श्री राधाकृष्ण बाल आधारभूत विद्यालयमा अध्ययनरत सबै विद्यार्थी र कार्यरत शिक्षकहरुलाई विद्यालय पोसाक उपलब्ध गराएका हुन्। सामाजिक उत्तरदायित्व अन्तरगत व्यक्तिगत लगानीमा सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थी र शिक्षकहरुलाई विद्यालय पोसाक उपलब्ध गराइएको उनले बताए। ‘मेरो गाउँठाउँको विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई विद्यालय आउँदा-जाँदा कसैसँग सर्ट छ तर पाइन्ट छैन, कसैसँग पोसाक नै नभएको देखे’,पोसाक हस्तान्तरण कार्यक्रममा उनले भने,‘विद्यार्थीसँग…

Read More

भैरहवा,६ साउन। सरकारले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानलाई प्रोत्साहन गर्न विभिन्न शुल्कमा छुट दिने निर्णय गरेको छ। बुधवार बसेको मन्त्रिपरिषद् बैठकले २०८५ साल भदौ मसान्तसम्म यी दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रुपमा छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए । यस्तै, सोही अवधिसम्म ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णयसमेत मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। सरकारको यो निर्णयले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्न, नयाँ वायुसेवा कम्पनीलाई आकर्षित गर्न तथा दुवै विमानस्थलको व्यावसायिक उपयोग…

Read More

काठमाडौं,६ साउन। सरकारले शिक्षा र स्वास्थ्य सेवामा लगाइएको कर हटाउने निर्णय गरेको छ। बुधवार बसेको मन्त्रिपरिषद्को बैठकदे बजेटमार्फत ल्याइएको ‘शिक्षा समता शुल्क’ र ‘स्वास्थ्य समता शुल्क’ लाई सरकारले पूर्ण रुपमा छुट दिनेसहित गरेको विभिन्न निर्णयहरु सार्वजनिक गरिएको छ। मन्त्रिपरिषद् बैठकका निर्णयहरु : १. विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने । २.श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने । ३. गुठी संस्थानको प्रशासक पदमा शैलेन्द्रराज कुँवरलाई नियुक्ति गर्ने । ४. २०८५ साल भदौ मसान्तसम्मको लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण…

Read More

काठमाडौं,६ साउन। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन जारी गरेको छ। विभागले आफ्ना मातहतका सबै श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई मंगलबार परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो । विगतमा हेल्लो सरकार, मन्त्रालय वा विभागलगायत विभिन्न माध्यमबाट आएका वा सिधै कार्यालयमा दिइएका उजुरी समयमै सम्बोधन नभएको, कर्मचारीले उचित व्यवहार नगरेको र न्याय दिन ढिलाइ गरेको गुनासो आएपछि विभागले यस्तो परिपत्र जारी गरेको हो। श्रमिकका उजुरी वा निवेदन प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गरी सोको जानकारी सम्बन्धित व्यक्तिलाई…

Read More