Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,८ असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा राहदानी विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल केसी, तुलसी आचार्य लगायतलाई प्रतिवादी बनाइएको छ। उक्त मुद्दामा १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गरिएको छ। मुद्दामा विभागका १० कर्मचारी, दुई कम्पनी, चार विदेशी नागरिक तथा दुई जर्मन कम्पनीका नेपाली प्रतिनिधिलाई समेत प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ। राहदानी छपाइका लागि गरिएको खरिद तथा ठेक्का प्रक्रियामा कानुनविपरीत निर्णय र कार्यसम्पादन भएको निष्कर्षपछि आयोगले अनुसन्धान अघि बढाएको थियो। सोही अनुसन्धानका…

Read More

भैरहवा,८ असार। रुपन्देही जिल्लामा चालु आर्थिक वर्षको ११ महिना (साउन देखि जेठ) मा २७ हजार ४६२ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार, उक्त अवधिमा सबैभन्दा बढी २५ हजार ९२७ जनाले वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गरेका छन्। त्यस्तै २९२ जनाले अङ्गीकृत, एक हजार १७६ जनाले वैवाहिक अङ्गीकृत, एक जनाले जन्मसिद्ध र ६७ जनाले गैरआवासीय नेपाली (एनआरएन) नागरिकता प्राप्त गरेका छन्। प्रशासन कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार, ०८० कार्तिक देखि ०८३ जेठ मसान्तसम्म कुल २५७ जनाले गैरआवासीय नेपाली (एनआरएन) नागरिकता लिएका छन्। उनले नागरिकता वितरण प्रक्रियालाई छिटो, सहज र पारदर्शी बनाउने प्रयास भइरहेको बताउँदै…

Read More

भैरहवा,८ असार। रुपन्देहीको ओमसतिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५१ करोड १० लाख ५४ हजार रुपैयाको बजेट तथा कार्यक्रम ल्याएको छ। सोमबार सम्पन्न गाउँपालिकाको १९औँ गाउँसभामा उपाध्यक्ष सुनिता चौधरीले उक्त बजेट तथा कार्यक्रम सभा समक्ष प्रस्तुत गरेकी हुन्। सहभागिता, समावेशिता, सामाजिक न्याय, पारदर्शिता, दिगो विकास र सुशासनलाई आधार मानेर तयार पारिएको बजेटले गाउँपालिकावासीको आवश्यकता तथा अपेक्षालाई सम्बोधन गर्ने लक्ष्य लिएको चौधरीले जनाइन्। बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी, वातावरण संरक्षण तथा प्रशासनिक सुदृढीकरणलाई प्राथमिकतामा राखेको छ। उनका अनुसार, आगामी आर्थिक वर्षका लागि कुल ५१ करोड १० लाख ५४ हजार रुपैया बराबरको स्रोत व्यवस्थापनको अनुमान गरिएको छ। संघीय सरकारबाट…

Read More

चितवन,७ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार र सरकारी स्रोत–साधनको दुरुपयोगका विषयमा आफ्नो पार्टी कुनै पनि हालतमा सम्झौता नगर्ने बताएका छन्। आवश्यक परे अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पाँच घण्टा होइन, पाँच वर्ष नै सल्लाह गरिने भनाइ छ। रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकारी दोहन र अनियमितताका घटनामाथि कडाइका साथ प्रश्न उठाइने स्पष्ट पारे। ‘सरकारी दोहन भएको छ भने निहुँ खोज्छौं। ‘निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सल्लाह लिनुपर्छ भने ५ घण्टा मात्रै होइन ५ वर्ष नै अख्तियारलाई राखेर सल्लाह गरिन्छ । हामी नियम भन्दा बाहिर जाँदैनौं,’उनले भने ।

Read More

सिरहा,७ असार। प्रहरीले गोली चलाएर दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा एक जना घाइते भएका छन्। पक्राउ पर्नेहरुमा भारत बिहारको मधुवनी जिल्ला, पदमाहा ग्रामपञ्चायत–२ जोगिया टोलका छोटु उर्फ रञ्जित कुमार पासवान र भारतको सोही स्थानका एक नाबालक रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुको साथबाट ९२ ग्राम ३० मिलिग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेश लिम्बुले जनाए । सिरहा नगरपालिका–२१, लकडीगोठस्थित लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीमाथी ढुंगामुढा भएको थियो । निमित्त सूचना अधिकारी लिम्बुका अनुसार, ढुंगामुढा गरी भारततर्फ भाग्न खोज्दा आत्मसमर्पणका लागि…

Read More

काठमाडौं, असार। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरतकुमार थापा क्षेत्रीका अनुसार, पक्राउ पर्नेहरुमा अर्घाखाँचीका २८ वर्षीय सन्तोष अधिकारी, दाङका २९ वर्षीय हेमन्त केसी, सुनसरीका ४२ वर्षीय सुकदेव राई, ३४ वर्षीय मनीष पोद्दार, रुपन्देहीका ४७ वर्षीय रामरतन मिश्र, कास्कीका ३९ वर्षीय अमृत अधिकारी र रौतहटका ३५ वर्षीय मिर इसलामाना रहेका छन्। पक्राउ परेकामध्ये सन्तोषले ग्रिस पठाइदिन्छु भन्दै १० लाख, हेमन्तले क्रोएसिया पठाइदिन्छु भन्दै १३ लाख ३० हजार, सुकदेवले सर्विया पठाइदिन्छु भन्दै १३ लाख, मनीषले युके पठाइदिन्छु भन्दै…

Read More

हृदयराम गुप्तामर्चवार,७ असार । लामो समयदेखि पर्याप्त वर्षा नहुँदा तिनाउ नदीको पानीको सतह अत्यधिक घटेको छ । जसका कारण मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्प स्टेशन सञ्चालनमा समस्या उत्पन्न भएको छ। धान रोपाइँको समयमा नदीमा पर्याप्त पानी नहुँदा सिँचाइ सेवा प्रभावित भएको छ। मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष राजेन्द्र यादवका अनुसार वर्षाको अभावले तिनाउ र दानव नदी दुवैको जलस्रोत घट्दै गएको छ। नदीमा पानीको सतह पम्पले पानी तान्न सक्ने न्यूनतम सीमाभन्दा तल पुगेपछि सिँचाइ सञ्चालनमा समस्या उत्पन्न भएको उनले बताए। ‘धान रोपाइँ सुरु भइसकेको छ र अधिकांश किसान सिँचाइका लागि यही आयोजनामा निर्भर छन्’,उनले भने,‘तर, नदीमा पर्याप्त पानी नहुँदा…

Read More

वीरगन्ज,४ असार। पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरी चौकी मिर्जापुरबाट खटिएको टोलीले छिपहरमाई गाउँपालिकाको मिर्जापुरस्थित नहरको झाडीमा लुकाएर राखिएको ३ सय ७० किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार, बरामद गाँजा नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Read More

काठमाडौं,४ असार। एभरेष्ट कलर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन ९आईपीओ० बिहीबार बाँडफाँट गरिएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा गोलाप्रथा प्रणालीमार्फत आईपीओ बाँडफाँट भएको हो। कम्पनीले गत जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५५ हजार ७०० कित्ता शेयर निष्काशन गरेको थियो । आईपीओमा २६ लाख ८७ हजार ४२१ जना लगानीकर्ताले २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता शेयरका लागि आवेदन दिएका थिए । तीमध्ये २६ लाख ४१ हजार ९५९ वटा आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन विभिन्न कारणले रद्द भएका छन् । मागभन्दा धेरै आवेदन परेपछि…

Read More

तिलोत्तमा, ४ असार । तिलोत्तमा नगरपालिका क्षेत्रका उद्योगी तथा व्यवसायीले प्रयोग गर्ने नापतौलसम्बन्धी उपकरणको नवीकरणलाई सहज बनाउन तिलोत्तमा व्यापार संघले बिहीबारदेखि विशेष सेवा कार्यक्रम सुरु गरेको छ। कार्यक्रमअन्तर्गत तराजु, डिजिटल स्केललगायत नापतौलका उपकरणको नवीकरण तथा आवश्यक प्रक्रिया स्थानीय स्तरमै गरिने बताइएको छ। यसका लागि नापतौल कार्यालय बुटवलको प्राविधिक टोलीले विभिन्न स्थानमा पुगेर सेवा प्रदान गरिरहेको संघले जनाएको छ । संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेका अनुसार व्यवसायीलाई कार्यालय धाउनुपर्ने झन्झट हटाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। सेवा तीन दिनसम्म विभिन्न स्थानमा सञ्चालन हुनेछ। संघका अनुसार, कार्यक्रमको पहिलो दिन बिहीबार शंकरनगरस्थित रेडिसन होटल मा वडा नं.…

Read More