


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,१९ माघ। प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३० जिल्लाको ३९ लाख ९८ हजार मतपत्र छपाइ कार्य पुरा भएको निर्वाचन आयोगले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा नियमित रुपमा मतपत्र छपाइ भइरहेको छ । यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ कार्य सकिएको छ । त्यस्तै मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ।
टोकियो, १९ माघ। राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आज आयोजित जापानका व्यापारिक समुदायका सदस्यहरुसँगको अन्तर्क्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा निर्धक्कसँग लगानी गर्न र व्यापार गर्न आह्वान गरेका हुन्। उनले कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा लगानी गरेर नेपाललाई पनि धनी बनाउन र जापानले पनि फाइदा लिन आग्रह गरे। उनले जापानी व्यापारिक समुदायको उत्साहजनक सहभागिताले नेपाल र जापानबीच तिब्र व्यापार र लगानी सम्पर्क स्थापित गर्न फलदायी हुने विश्वास व्यक्त गरे। उनले राजनीतिक स्थिरतासँगै नेपालको प्रयासहरु सामाजिक न्याय, सुशासन र जनताको…
काठमाडौं, १९ माघ। संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले २ सय ६७ जना नेपाली नागरिकहरुलाई आममाफी दिएको छ। विभिन्न कसुरमा युएई (दुबई) को जेलमा रहेका २ सय ६७ जना नेपाली नागरिकहरुलाई दुबई सरकारले ५४ औं राष्ट्रिय दिवस (ईद अल इत्तेहाद) को अवसरमा आममाफी दिएको युएईस्थित नेपाली राजदूतावासले जनाएको छ। नेपाल सरकारले यसलाई मानवीय र मैत्रीपूर्ण कदमको रुपमा स्वागत गर्दै यूएई सरकारप्रति धन्यवाद ज्ञापन गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार अबुधाबीस्थित नेपाली दूतावासको पहल र मन्त्रालयको निर्देशनअनुसार गरिएको अनुरोधपछि आमाफीको निर्णय भएको हो । अन्य कुनै कानुनी मुद्दा वा प्रतिबन्ध नभएमा आममाफी पाएका नेपाली नागरिक आवश्यक कानुनी प्रक्रिया पूरा गरी स्वदेश फर्कन सक्नेछन् ।
भैरहवा, १९ माघ। प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको टिम तयारका निम्ति सोमबारदेखि प्रदेशस्तरीय छनोट प्रतियोगिता सुरु भएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एक दिवसीय क्रिकेट छनोट प्रतियोगिता भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशाला र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालामा हुनेछ। माघ २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका ७ वटा जिल्लाका टीम सहभागी हुने खेल संयोजक एवं संघका प्रदेश सदस्य प्रथम पराजुलीले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टीम प्रतयोगितामा सहभागी हुनेछन्। क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) बाट मान्यता नपाएकाले प्रदेशका अन्य…
काठमाडौं,१९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखाका भन्सार अधिकृत ईन्द्र न्यौपानेसहित तीनजनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ। आयोगले वैदेशिक हुलाक भन्सार शाखाका भन्सार अधिकृत ईन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा विभाग गोश्वरा हुलाक कार्यालय पार्सल शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाललाई १ लाख ४६ हजार ४२० रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो। आयोगका अनुसार कुरियर कम्पनीमार्फत विदेश पठाउने विभिन्न सामानमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुसररिसवत माग गरेको उनीहरुविरुद्ध उजुरी परेको थियो। सोही उजुरीका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले आइतबार उनीहरुलाई डिल्लिबजारस्थित…
भैरहवा, १९ माघ। बिगत दुई दशकदेखि रुपन्देहीको पत्रकारितामा क्रियाशिल रहेका पत्रकार दीपक घिमिरे पुरस्कृत तथा सम्मानित भएका छन्। सार्वजनिक सेवा प्रशारण, नेपाल टेलिभिजनको ४१ औं बार्षिकोत्सवको अवसरमा पत्रकार घिमिरे उत्कृष्ट जिल्ला समाचारदाताको रुपमा पुरस्कृत तथा सम्मानित भएका हुन् । नेपाल टेलिभिजनले पत्रकार घिमिरेलाई व्यवसायिक, जिम्मेवार र जवाफदेहि भएर निरन्तर गर्नुभएको समाचार सम्प्रेषण कार्यको उच्च मुल्याँकन गर्दै यसबर्षको उत्कृष्ट सम्वाददाताको रुपमा नगदसहित पुरस्कृत गरिएको जनाएको छ। पत्रकार घिमिरे बिगत ४ बर्षदेखि नेपाल टेलिभिजनमा रुपन्देही जिल्ला समाचरदाताको रुपमा कार्यरत छन्। २०६१ सालबाट पत्रकारिताको सरुवात गरेका उनले नयाँ भावना दैनिक, बुटवल टुडे दैनिक, दैनिक पत्र दैनिक, बुद्ध टेलिभिजन, तराई टिलिभिजन, ईमेज च्यानलहुँदै पछिल्लो…
काठमाडौं, १८ माघ। विशेष अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश दिएको छ । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले साक्षी बुझ्ने आदेश दिएको हो। अदालतको आदेशसँगै अब मुद्दाका साक्षीहरुलाई अख्तियारले विशेष अदालतसमक्ष बकपत्र गराउनेछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो ।नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ ।
काठमाडौं,१८ माघ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सकिएको छ। ७७ जिल्लामध्ये १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार कालिकोट, सल्यान, मुगु, जुम्ला, डोल्पा, हुम्ला, जाजरकोटको प्रत्यक्षतर्फको मतपत्र छपाइ भइसकेको छ। त्यस्तै झापा क्षेत्र नं ५, सुर्खेतको १ र २, बाजुरा र अछामको क्षेत्र नं १ र २, रुकुमपश्चिम, कैलाली क्षेत्र नं १, सुनसरीको क्षेत्र नं १, दैलेख निर्वाचन क्षेत्र नं १ र २ को प्रत्यक्षतर्फको मतपत्र छपाइ भएको छ । १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ सम्पन्न भएर निर्वाचन क्षेत्रमा पुगिसकेको र समानुपातिकतर्फको दुई…
पाल्पा, १८ माघ। पाल्पा जिल्लामा २९ वटा मतदानस्थल अतिसंवेदनशीलमा वर्गिकरण गरिएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ११८ वटा मतदानस्थल छन् । निर्वाचन क्षेत्र नम्बर १ मा ५२ र २ मा ६६ वटा मतदानस्थल छन् । पाल्पाका प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्यका अनुसार क्षेत्र नम्बर १ मा रहेको मतदानस्थलमध्ये २० वटा रहेका र २ मा रहेको मतदानस्थलमध्ये ९ वटा अतिसंवेदनशील सूचीमा राखिएको छ । त्यस्तै क्षेत्र नं १ मा २४ वटा संवेदनशील र ८ वटा सामान्यको सूचीमा छन् । क्षेत्र नं २ मा २६ वटा संवेदनशील र ३१ वटालाई सामान्यमा राखिएको छ । पाल्पामा दुई लाख सात हजार…
भैरहवा, १८ माघ । भैरहवा क्षेत्रमा लामो समय देखि पत्रकारितामार्फत समाजमा योगदान गर्दै आएका डम्वरराज (शम्भु) पन्त पनि चुनावी मैदानमा उत्रिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बाट सिद्धार्थनगर नगरपालिका-६ निवासी पन्त समानुपातिकतर्फको उम्मेदवार बनेका हुन् । समानुपातिकतर्फ खसआर्य समूहमा रुपन्देहीबाट उनको एकल नाम छ । चुनाव चिन्ह मोबाइल रहेको उक्त पार्टीबाट अर्का पत्रकार ऋषि धमला पनि रौतहट–४ मा प्रत्यक्षतर्फ उम्मेदवारी दिएर चुनावमा होमिएका छन् ।