Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२६ पुस । उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान घिसिङ नियुक्त भएका छन्। पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायले राजीनामा दिएपछि शनिबार बसेको केन्द्रीय सदस्यको बैठकले घिसिङलाई अध्यक्षमा नियुक्त गरेको हो। नवनियुक्त घिसिङले आफूले आज पार्टीको सदस्यता लिएको र बैठकले अध्यक्षको जिम्मेवारी पनि पाएको बताए। त्यस्तै गत पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टीसँग भएको एकता भंग गर्ने निर्णयसमेत गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले सहमति कार्यान्वयन गर्न नचाहेको आरोप लगाइएको छ।

Read More

भैरहवा, २६ पुस। आन्तरिक राजस्व कार्यालय भैरहवा अन्तर्गत करदाता सेवा कार्यालय परासीले प्रवाह गर्दै आएको सेवाहरु अबदेखि कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) परासीबाट प्रदान गर्ने भएको छ । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले कोलेनिका कार्यालयको प्रांगणमा करदाता (सेवाग्राही) लाई कर चुक्ता प्रमाणपत्र प्रदान गरी सेवा शुभारम्भ भएको आन्तरिक राजस्व कार्यालय, भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले बताए। सरकारले ०८२ कार्तिक १७ गते करदाता सेवा कार्यालयहरु खारेज गर्ने निर्णय गरेकोले उक्त कार्यालयको सेवा कोलेनिकाबाट सुरु भएको हो । सेवा शुभारम्भ कार्यक्रममा प्रमुख कोष नियन्त्रक कमल सापकोटा, आन्तरिक राजस्व कार्यालय, भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेल, करदाता सेवा कार्यालय,…

Read More

भैरहवा, २६ पुस। राष्ट्रिय शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा साधारणसभाको उद्घाटन गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का अध्यक्ष तथा पूर्वसांसद सन्तोष परियारले तोकिएको मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिए । ‘नेपाल सरकारले फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने म्याण्डेट पाएको छ। अन्य कुरामा नलागी समयमै निर्वाचन सम्पन्न गराउनेतर्फ केन्द्रीत हुन म आग्रह गर्दछु,’ उनले भने । नेपाली विद्यार्थीहरुलाई संसारको कुनाकुनामा पठाएर ज्ञान आर्जन गराएर देश निर्माणका लागि स्वदेश फर्काउने वातावरण राज्यले नै बनाउनुपर्ने उनको भनाई छ। कार्यक्रममा राष्ट्रिय शैक्षिक परामर्श संघ, नेपालका केन्द्रीय अध्यक्ष सन्तोष प्याकुरेलले पढ्न आउने विद्यार्थीहरुको…

Read More

काठमाडौं,२३ पुस । नेपाली कांग्रेसले विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रुपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभएको बताएको छ । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षका नेताहरुले विशेष महाधिवेशन आह्वान गरेपछि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा बुधबार जारी प्रेस विज्ञप्तिमा पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको उल्लेख छ। नेपाली कांग्रेसले विशेष महाधिवेशनको औचित्य मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको बताउँदै त्यस्ता गतिविधिमा संलग्न नहुन नेता-कार्यकर्तालाई निर्देशन पनि दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा स्पष्ट पारिन्छ कि पार्टीको विधानमा…

Read More

काठमाडौं,२३ पुस । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा पत्र बुझाएका हुन्। राजीनामा बुझाए पश्चात प्रधानमन्त्री कार्कीले मन्त्री घिसिङको बिदाइ गरेकी छिन्। घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका थिए । गत पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच ७ बुँदे सहमति भएको थियो। गैरदलीय सरकारको मन्त्री पदमा रहेकै अवस्थामा घिसिङ रास्वपाको राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै राजीनामा दिनुपर्ने आवाज उठेपछि प्रधानमन्त्री सुशीला कार्कीले मार्गप्रशस्त गर्न भनेकी थिइन्।

Read More

काठमाडौं,२३ पुस। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सुनसरी–१ बाट उम्मेदवारी दिने भएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट धरान उपमहानगर रहेको क्षेत्रबाटै चुनाव लड्ने जनाएका छन्। उनले लेखेका छन् ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु ।’ ०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिएर धरानको मेयर बनेका उनले श्रम संस्कृति पार्टी गठन गरेका छन्।

Read More

काठमाडौं,२३ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षद्धारा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ। उक्त पक्षले बुधबार पत्रकार सम्मेलन गरेर पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने जनाएको छ । विधानको धारा १७ (२) मा स्पष्ट बाध्यकारी व्यवस्था छ-, ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले विशेष कारण खुलाई लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्छ।’  ‘यसअनुसार २०८२ पुस २८ भित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्छ। विधानको यो बाध्यकारी व्यवस्थालाई उल्लंघन गर्ने सुविधा कसैलाई पनि छैन। यो रहर वा छनोटको विषय होइन, विधानको बाध्यकारी प्रावधान हो। अतः विधानको यही मर्म र भावनालाई…

Read More

काठमाडौं,२३ पुस। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उनले आफूले अहिलेसम्म सो विषयमा निर्णय नलिएको बताएका हुन्। बुधवार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू र वर्तमान सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा रहेको बताए। आफूले निर्वाचनमा उठनका लागि कुनै पनि पार्टीसँग छलफल समेत नगरेको विषयलाई लिएर सञ्चार माध्यामहरुले झुटो समाचार संप्रेषण गरेको भन्दै मन्त्री खरेलले असन्तुष्टि समेत व्यक्त गरे।

Read More

काठमाडौं,२३ पुस। राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी तालमेल गरेर निर्वाचनमा होमिने भएका छन्। बुधवार कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले तीन वटा राजनीतिक दलहरु तालमेल गरेर राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रतिष्पर्धा गर्ने निर्णय गरेको हो। जसमा नेपाली कांग्रेसले ९ सिट, एमालेले ८ र लोसपाले १ सिट लिएको कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले जानकारी दिए। नेपाली कम्युनिष्ट पार्टीले विभिन्न कुरामा असहमति जनाएपछि कांग्रेस र एमाले अघि बढेको बताए।

Read More

हृदयराम गुप्तामर्चवार,२३ पुस । रुपन्देहीको कोटहीमाई गाउँपालिका विकास निर्माण, सामाजिक सेवा, प्रशासनिक सुधार तथा सुशासनतर्फ लम्किँदै गएको छ । गाउँपालिका कार्यालयले गत आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादनको समिक्षा गर्दै पालिका प्रगतितर्फ लम्किएको तथ्यांक प्रस्तुत गरेको छ । भौतिक पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा, सूचना प्रविधि र आर्थिक प्रशासनसम्म फैलिएका कार्यक्रमहरुले पालिकाको समग्र विकास यात्रा प्रगतितर्फ रहेको सरोकारावालाहरुको भनाई छ । गाउँपालिका कार्यालयको योजना शाखाका प्रमुख फडेन्द्र प्रसाद बगालेका अनुसार गत आर्थिक वर्षमा ३ सय ७० वटा योजना तथा कार्यक्रम मध्ये ३ सय ५५ वटा सम्पन्न भएका छन् । उक्त अवधिमा वडा स्तरबाट १ सय ४ वटा योजना तथा १…

Read More