


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं, २ पुस। नेपालको स्थानीय बजारमा चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला चाँदीको मूल्य ४ हजार ५५ रुपैयाँ पुगेको छ। मंगलबार ३ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य मंगलबारको तुलनामा ७ सय रुपैयाँले बढेको छ। महासंघका अनुसार आज ७ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ५९ हजार ७०० पुगेको छ। मंगलबार प्रतितोला सुन २ लाख ५९ हजारमा कारोबार भएको थियो। सोमबार त्यही परिमाणको सुनको मुल्य २ लाख ६० हजार ७०० कारोबार भएको थियो ।
काठमाडौं,२ पुस । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटा पाख्रिपास नगरपालिका ९ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका-११ कपनका ५० वर्षीय राजकुमार तामाङ लामा रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरमा २०७५ सालमा दर्ता भएको विस्फोटक पदार्थसम्बन्धी कसुर मुद्दामा फरार रहेका लामालाई कपनस्थित घरबाटै पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं एसएसपी शिवकुमार श्रेष्ठले बताए। लामालाई आवश्यक कारवाहीका लागि पाँचथरमा पठाइएको छ। उनका अनुसार लामा १५ फागुन २०६८ मा काठमाडौं महानगरपालिका ११‚ बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम बिस्फोट गराएको घटनामा १२ असार २०६९ मा पक्राउ परेका…
काठमाडौं,२ पुस।सशस्त्र प्रहरी बल, नेपालका तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा भएको छ। मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेशबहादुर ठाडामगरको सरुवा गरेको हो । कार्य विभागमा कार्यरत पौडेललाई मानवस्रोत विकास विभाग, मानवस्रोतमा कार्यरत वंशीराजलाई सीमा सुरक्षा विभाग र सीमा सुरक्षा विभागमा कार्यरत गणेश ठाडामगरलाई कार्य विभागमा सरुवा गरिएको छ ।
काठमाडौं,२ पुस। नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेपछि सुरु भएको हो । मंगलबार साँझ हुने भनिएको मतदान प्राविधिक समस्याका कारण बुधवार बिहानबाट सुरु भएको हो। मतदानको लागि ८० वटा विद्युतीय मेसिन राखिएको छ। विद्युतीय मेसिनबाट भइरहेको मतदानमा २२६३ प्रतिनिधि निर्वाचनमा सहभागीता रहने बताइएको छ। नयाँ नेतृत्व चयनका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलको समूह प्यानलसहित निर्वाचनमा होमिएको छ । दुवैको प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन्।
काठमाडौं,१ पुस । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिरसम्मको राजश्व संकलन लक्ष्यभन्दा कम भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ का लागि तोकिएको १४ खर्ब ८० अर्ब रुपैयाँको वार्षिक राजश्व लक्ष्यमध्ये मंसिरसम्म ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको थियो। तर, मंसिर २० गतेसम्म जम्मा ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । जुन लक्ष्यको ७८ दशमलव ७४ प्रतिशत हो। मंसिर महिनाका लागि ९५ अर्ब २० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकामा ८० अर्ब २७ करोड रुपैयाँ मात्रै संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ। यो लक्ष्यको ८४…
बर्दिया, १ पुस । झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिएको पाइएपछि ५ जनाको नागरिकता खारेज गरिएको छ। जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार गत असारमा तीन वटा र चालु आर्थिक वर्षको मंसिरसम्म २ वटा गरी कुल ५ जनाको नागरिकता खारेज भएको हो । चालु आवमा मधुवन नगरपालिका–का सुनिल सुनार र साविक मानपुर टपरा गाउँपालिका–३ का पल्टु थारुको नागरिकता खारेज गरिएको छ। यस्तै गत आवमा साविक ढोढरी गापा–७ का रामकुमारी थारु, बारबर्दिया नपा–७ का सुनिल केसी र साविक मगरागाडी गापा–१ कि माया लामाको दोहोरो नागरिकता खारेज गरिएको प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताए । त्यस्तै गत आवमा १ जना र…
कैलाली,१ पुस। रिपोर्टिङ गरिरहेको पत्रकारलाई दुर्व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। धनगढीबाट सञ्चालित नयाँ सन्देश अनलाइनको प्रधानसम्पादक रमा चन्दमाथि दुर्व्यवहार गरेको आरोपमा २८ वर्षीय मनीष श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटना धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवको रिपोर्टिङका क्रममा भएको थियो। महोत्सवबारे बोलिरहेकी पत्रकार चन्दमाथि पछाडिबाट आएका एक अपरिचित युवकले नियतवश जोरले धक्का दिएको दृश्यको भिडियो सार्वजनिक भएपछि घटनाले चर्चा पाएको थियो। पत्रकार चन्दले दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै आरोपीलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका मनीष श्रेष्ठ पाल्पा स्थायी घर भई धनगढीमा डेरामा बस्दै आएका गाडी चालक रहेको कैलाली प्रहरी प्रमुख एसपी नरेन्द्र…
काठमाडौं, १ पुस। नेकपा एमालेको जारी महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै केही उम्मेदवार निर्विरोध भएका छन् । लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्य महिला कोटा ३ जनामा गुमा देवी आचार्य (गोमा), मेनका कुमारी पोखरेल र शान्ति देवी ढकालको मात्र उम्मेदवारी परेकोले उनीहरु निर्विरोध भएका छन्। युवा कोटा एक जनाको रहेकोमा लिलामणि गौतम, मधेशी क्लस्टरमा युवा कोटा २ रहेकोमा अमर कुमार यादव र रोनित शाह, मुस्लिम क्लस्टरमा महिला कोटा एक रहेकोमा खाजिदा खातुन सिद्धिकी, श्रमिक क्लस्टरमा महिला कोटा २ रहेकोमा कमला देवी तामाङ र सिता लामाको मात्र उम्मेदवारी परेकोले उनीहरु निर्विरोध भएका छन्। त्यस्तै पिछडिएको क्षेत्रबाट महिला कोटा १ रहेकोमा वदमी क्वारी…
काठमाडौं, १ पुस। नेपालको स्थानीय बजारमा मंगलबार सुनको मूल्य १ हजार ७०० रुपैयाँले घटेको छ। अघिल्लो दिन सोमबार १ हजार ९०० रुपैयाँले बढेर उच्च विन्दुमा पुगेको सुन आज १ हजार ७०० रुपैयाँले घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १७ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ७०० पुगेको थियो। चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार एक तोला चाँदीको मूल्य ३ हजार ८८५ रुपैयाँ तोकिएको छ। सोही परिमाणको चाँदी सोमबार ३ हजार ८७० रुपैयाँमा खरिदबिक्री भएको थियो।
काठमाडौं,१ पुस । नेपालमा अब ठूला दरका भारतीय नोट प्रचलनमा आउने भएको छ । मन्त्रिपरिषद् बैठकले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन गरिएका भारु २ सय र ५ सय दरका नोट नेपाल ल्याउन तथा भारत लैजान खुला गरिएको सूचना प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले बताए । यसअघि भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले ठूला दरका भारु नोट नेपाल ल्याउन र लैजान पाउने व्यवस्था गरेको थियो । ‘नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारु २५ हजार भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरिएको छ,’ मन्त्री खरेलले भने । सन् २०१६ मा भारत सरकारले उच्च दरका भारु…