Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

दाङ, १२ भदौ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारकोतर्फबाट विपद् प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग उपलब्ध गराइने जानकारी दिए। यस्तै लुम्बिनी प्रदेशभित्र स्थायी रुपमा बसोबास गर्ने नागरिक विपद्मा परी मृत्यु भएको अवस्थाम उनीहरुका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराइने प्रदेश सरकारले जनाएको छ।

Read More

मर्चवार, १२ भदौ। रुपन्देहीको सम्मरीमाई गाउँपालिकास्थित रोइनिहवामा जय श्रीराम मण्डलले स्थापनाको एक वर्ष पूरा भएको अवसरमा तीनदिने धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गर्ने भएको छ। धार्मिक आस्था, सामाजिक सद्भाव र संस्कारको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको मण्डलका संयोजक अशोक कुमार तिवारीले जानकारी दिए। उनका अनुसार, भदौ १४ गते सम्मरीमाई–५ स्थित दानव नदीको चक्की घाटमा साँझ आरती तथा भजन–कीर्तन, १५ गते सम्मरीमाई–७ स्थित श्री कृषक आदर्श माध्यमिक विद्यालयमा विद्यार्थीको सहभागितामा सामूहिक हनुमान चालिसा पाठ र १६ गते रोइनिहवास्थित शिव मन्दिरमा हनुमान चालिसा पाठ, सन्त भण्डारा तथा दाइजोमुक्त कन्यादानको संकल्प गरिनेछ। धार्मिक कार्यक्रमसँगै समाजमा दाइजो प्रथाविरुद्ध सकारात्मक सन्देश प्रवाह गर्ने…

Read More

भैरहवा, ११ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रुपन्देहीका नागरिकसमेत सम्पर्कविहीन भएका छन् । विभिन्न कामका लागि रसुवामा रहेका उनीहरु बाढीपछि सम्पर्कविहीन भएको जिल्ला आपतकालीन सञ्चालन केन्द्र, रुपन्देहीले जनाएको छ। सम्पर्कमा नआएका अधिकांश व्यक्ति रसुवाका विभिन्न जलविद्युत आयोजनामा कार्यरत छन् भने केही गोसाइँकुण्ड तथा मानसरोवर यात्राका लागि गएका थिए । केन्द्रका अनुसार, रुपन्देही स्थायी ठेगाना भएका नागरिकमध्ये २२ जना सम्पर्कविहीन भएको विवरण केन्द्रमा टिपोट गराइएको थियो । जसमध्ये पाँच जना सम्पर्कमा आइसकेका छन्। बिहीबार साँझ ७ बजेसम्मको विवरणअनुसार स्थायी ठेगाना रुपन्देही भएका १७ जना अझै सम्पर्कमा आएका छैनन्। यसैगरी, रुपन्देहीमा अस्थायी ठेगाना भएका र जिल्ला बाहिर बसोबास गर्दै आएका…

Read More

मर्चवार,११ भदौ। रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा कार्यरत कर्मचारीले दुई दिनको तलब बाढी प्रभावित परिवारलाई प्रदान गर्ने निर्णय गरेका छन् । बिहीबार गाउँपालिकाका कर्मचारीहरुको बसेको बैठकले विपद्मा परेका नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले उक्त निर्णय गरेको गाउँपालिकाका इन्जिनियर रामदेव गुप्ताले जानकारी दिए। उनका अनुसार, सरकारले जारी गरेको सूचनाअनुसार राहत तथा सहयोग रकम एकद्वार प्रणालीमार्फत उपलब्ध गराइनेछ।

Read More

दाङ, ११ भदौ। रसुवामा आएको विनाशकारी बाढीपछि रुपन्देही जिल्लाका २५ जनासहित लुम्बिनी प्रदेशका ९७ जना सम्पर्कविहीन रहेका छन्। लुम्बिनी प्रदेश सरकारका अनुसार, रसुवा क्षेत्रबाट सम्पर्कविहीन भएका नागरिकहरुको खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर आवश्यक समन्वय र सहकार्य गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। प्रदेशको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन शाखाका अनुसार, सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै रुपन्देहीका २५ जना रहेका छन्। त्यस्तै दाङका १५, रोल्पाका १४, अर्घाखाँचीका ९, बर्दियाका ८, गुल्मीका ६, नवलपरासी पश्चिमका ६, पाल्पाका ५, प्युठानका ५ र कपिलवस्तुका ४ जना रहेका…

Read More

काठमाडौं,११ भदौ। विपद्को संवेदनशील समयमा राहत तथा सहयोगका नाममा सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट हुन सक्ने ठगीप्रति नेपाल प्रहरीले नागरिकलाई सचेत रहन आग्रह गरेको छ। प्रहरीका अनुसार ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा ‘प्रधानमन्त्री राहत कोष’को नाममा व्यक्तिगत बैंक खाता तथा ई–वालेटमा रकम माग्ने, फर्जी क्यूआर कोड, नक्कली राहत अभियानका पेज तथा समूह सञ्चालन गर्ने र फोनमार्फत बैंकिङ विवरण माग्ने जस्ता स्क्याम हुन सक्नेछन्। यस्तै, फिसिङ लिंकमार्फत ओटीपी तथा पासवर्ड चोरी गर्ने वा अपरिचित नम्बरबाट आर्थिक सहयोग माग्ने गतिविधिप्रति समेत सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ। सहयोग रकम पठाउनुअघि सम्बन्धित कोषको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइट वा प्रमाणित…

Read More

परासी,११ भदौ। नवलपरासी पश्चिमको नारायणी नदी किनार (गण्डक क्षेत्र) मा फेला परेका शवको संख्या १५ पुगेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डीएसपी मदन थापाका अनुसार, सुस्ता गाउँपालिका–४ स्थित नारायणी नदीका विभिन्न बाँधमा ६ महिला, ६ पुरुष, एक बालक र दुई बालिकाको शव फेला परेको हो। बाढीका कारण नारायणी नदीमा बग्दै आएका उनीहरुको शव नदी किनार तथा बाँध क्षेत्रमा फेला परेको हो। फेला परेका शवहरुलाई पृथ्वीचन्द्र अस्पताल र अन्य स्थानमा व्यवस्थापन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Read More

भैरहवा, ११ भदौ। रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ८ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। संस्थाको सञ्चालक समितिको आकस्मिक बैठकले प्राकृतिक प्रकोपबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि विभिन्न स्रोतबाट रकम संकलन गरी सहयोग गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष गिरीप्रसाद पुनले जानकारी दिए। उक्त सहयोग रकम नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मार्फत उपलब्ध गराइने बताइएको छ। उनका अनुसार, संस्थाको साधारण सभाले विपद्को समयमा सहयोग गर्न सदस्यको खाताबाट रकम झिकेर सहयोग गर्न सक्ने अख्तियारी सञ्चालक समितिलाई दिएको थियो। सोही अख्तियारीअनुसार प्रत्येक सदस्यको खाताबाट १० रुपैयाँका…

Read More

तिलोत्तमा, ११ भदौ। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बाढीपीडितका लागि ४० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। नगरपालिकाको कार्यालयको प्रकोप व्यवस्थापन कोषबाट २५ लाख रुपैयाँ तथा जनप्रतिनिधि र कर्मचारीको तीन दिन बराबरको सुविधा पारिश्रमिक बराबरको रकम गरी ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको पालिकाद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । नगरपालिकाले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि उक्त सहयोग गर्ने निर्णय गरिएको जनाएको छ ।

Read More

भैरहवा,११ भदौ। भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालसमेत कुल ३१ मुलुकका पर्यटक सम्पर्कविहीन भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगतको पर्यटन विभागले ३१ देशका ६२६ जना पर्यटक सम्पर्कविहीन रहेको पर्यटकहरुको विवरण सार्वजनिक गर्दै जानकारी दिएको हो । जसमा पुरुष ३२० र महिला ३०६ जना रहेका छन् । विभागका अनुसार, सबैभन्दा बढी भारतका १७८ जना पर्यटक सम्पर्कविहीन छन् । त्यस्तै नेपालको १२३ जना, अमेरिकाका ६३ जना, युक्रेनका ५३ जना, यूकेका ३३ जना, मलेसियाका ५१ जना, अष्ट्रेलियाका ३४ जना, क्यानेडाका २५ जना लगायत अन्य मुलुकका गरी ६२६ जना पर्यटक सम्पर्कविहीन रहेको तथ्यांक सार्वजनिक गरिएको छ।

Read More