


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा,६ पुस। जिल्ला अदालत रुपन्देहीले गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ। बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा जोशी पूर्पक्षका लागि थुनामा थिए। आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लिराम शर्मा अर्यालको इजलासले जोशीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको जिल्ला अदालत रुपन्देहीले जनाएको छ। थुनाबाहिर बस्न पाउनु भनी उनले दिएको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासले मिसिल पुनः जिल्ला अदालतमा फिर्ता पठाउने आदेश दिएको थियो। उनीसँगै थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतले विभिन्न सर्तहरुसहित पुस ३ गते थुनामुक्त गर्ने आदेश दिएको थियो ।
काठमाडौं,६पुस। जेनजी मिराज ढुंगाना नेतृत्वको समूहले ‘संयुक्त जेनजी’ आन्दोलन घोषणा गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त समूहले भोलि (सोमबार) देखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको हो। ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारले जेनजीको मागलाई बेवास्ता गरेको आरोप लगाए। उनले सय दिनमा जनताले महसुस गर्ने गरी कुनै काम नभएको उनले दावी गरे। उनले कार्की सरकारले जेनजी आन्दोलनको मर्म नबोकेको र समग्र युवाको नेतृत्व नगरेको भन्दै सर्वपक्षीय सरकार गठनको माग गरे।
काठमाडौं,६ पुस। प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुई घन्टा बढी भएको भेटवार्तामा समसामयिक राजनीतिक र निर्वाचनका विषयमा छलफल भएको बताइएको छ । रास्वपा नेतृ सोविता गौतमका अनुसार रास्वपाले निर्धारित मितिमै प्रतिनिधि सभा निर्वाचन गराउन सरकारसँग माग गरेको थियो। जेनजी आन्दोलनले नयाँ जनादेश खोजेको बताउँदै रास्वपाले कुनै पनि हालतमा चुनावको निर्धारित मिति सार्न नहुने अडान लिएको थियो। त्यस्तै बैठकमा जेनजीसँग भएको सम्झौता कार्यान्वयन, जेनजीहरुले उठाउँदै आएका मागहरु सम्बोधन गर्ने विषयमा पनि छलफल भएको उनले बताइन्। निर्वाचनमा उम्मेदवार बन्न अहिले २५ वर्ष पुग्नुपर्ने र जेनजी युवाहरुले त्यसलाई सच्याउनुपर्ने मागका सम्बन्धमा…
बुटवल, ६ पुस। रुपन्देहीलाई कार्यथलो बनाएर एक दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार सुरेश परियार राष्ट्रियस्तरको ‘उत्कृष्ट युवा पुरस्कार–२०२५’ बाट सम्मानित भएका छन्। नेपाल जेसिजको ५२ औं राष्ट्रिय महाधिवेशनको अवसरमा परियारलाई नगद, स्वर्ण पदक र सम्मान पत्रसहित पुरस्कृत गरिएको हो। देशभरबाट गरिएको छनोटका आधारमा ‘प्रशासन तथा प्रचार’ पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै नेपाल जेसिजले उनलाई एकल रुपमा यो विधाबाट छनोट गरेको थियो। महाधिवेशनको उद्घाटन समारोहमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो। विगत एक दशकदेखि रुपन्देहीमा रहेर निरन्तर पत्रकारिताका माध्यमबाट समाजको आवाज बुलन्द पार्दै आएका परियारलाई उनको मेहनत र क्रियाशीलताको कदर गर्दै पुरस्कृत गरिएको जेसिजले जनाएको छ ।…
काठमाडौं, ५ पुस । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्रको विभाजन अस्वीकार्य रहेको स्पष्ट पार्दै आत्मसमर्पण पनि मन्जुर नहुने बताएका छन्। एमालेको ११औँ महाधिवेशनपछि आफ्ना पक्षका नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिप्रति असन्तोष प्रकट गरे। ओलीको आफू नै एमाले हो भन्ने भनाइ उचित नभएको बताए । ‘म जे बोल्छु, त्यहीँ हो एमाले भनेको सुन्दा नि आङ सिरिङ हुन्छ। म भएन भने एमाले हुन्न, यो के भनेको हो ? विभाजन अस्वीकार गर्छौँ तर आत्मसमर्पण पनि मन्जुर छैन,’ पोखरेलले भने। नेतृत्वले आफ्ना कमीकमजोरी स्वीकार नगरेमा कम्युनिस्ट पार्टी नै सकिने उनको भनाइ थियो।
काठमाडौं,५पुस। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि बहाना बनाएर निर्वाचन सार्ने प्रयास भए देश गम्भीर दुर्घटनातर्फ जाने चेतावनी दिएका छन्। पार्टीको बागमती प्रदेश कमिटीद्वारा काठमाडौंको भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै उनले सरकारलाई लक्षित गर्दै प्रचण्डले समयमै र सहज रुपमा निर्वाचन सम्पन्न गर्न आग्रह गरे। ‘सरकारलाई स्पष्ट भन्न चाहन्छु-कुनै तर्क र बहानामा निर्वाचन सार्ने दुस्साहस नगर्नुहोस्,’ उनले भने, ‘यदि फेरि निर्वाचनको मिति सारियो भने हामी चुप लागेर बस्ने छैनौं।’ उनले देशको संवेदनशील अवस्थालाई ध्यानमा राखेर आफूहरू संयमित बनेको बताए। तर फेरि पनि निर्वाचन धकेल्ने वा मिति सार्ने प्रयास भए संविधान पुनः मिचिने र त्यसको विरोधमा नेकपा…
दाङ,५पुस । दाङको लमहीस्थित सुनचाँदी पसलमा गोली प्रहार गरी लुटपाटको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेको बंगलाचुली गाउँपालिका–४ का ३३ वर्षीय लेखराज केसी रहेको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार गत मंसिर २० गते लमहीस्थित जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी लुटपाटको प्रयासपछि फरार रहेका केसीलाई राजपुर गाउँपालिका–१ स्थित मारुनी खोलाको जंगलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो। पक्राउ परेका आरोपीविरुद्ध अदालतबाट ८ दिनको म्याद थप गरेर घटनाको थप अनसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
भैरहवा, ५ पुस । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) रुपन्देहीले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम पार्टीको माथील्लो निकायमा सिफारिस गरेको छ। पार्टीको जिल्ला समन्वय समितिको बैठकले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ सर्वसम्मत रुपमा मोहम्मद अलीको एकल नामको उम्मेदवारमा सिफारिस गरेको जसपा रुपन्देहीका अध्यक्ष शिवदास यादवले बताए। सिद्धार्थनगर नगरपालिका–४ निवासी अली पार्टीमा केन्द्रीय सदस्य पदमा छन् । अशोक राई नेतृत्व जसपा, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले निर्वाचनमा गठबन्धन गरेर चुनावी मैदानमा उत्रिने बताइएको छ ।
लुम्बिनी, ५ पुस। लुम्बिनी बौद्ध विश्वविद्यालयमा आईतबार (पुस ६ गते) ‘२०२५ प्रथम हिमालयन रिम क्षेत्रीय चलचित्र प्रदर्शनी’ हुने भएको छ। प्रदर्शनीका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको कार्यक्रम संयोजक डा. सागर न्यौपानेले जानकारी दिए। “सभ्यताबीच आपसी सिकाइ, प्रविधिगत नवप्रवर्तन” भन्ने मूल नारासहित आयोजना गर्न लागिएको प्रदर्शनीमा चिनियाँ फिल्मको विशेष प्रदर्शन, एनिमेटेड फिल्म शो, हस्तकला कार्यशाला, सांस्कृतिक तथा सिर्जनात्मक प्रदर्शनी तथा सिनेम्याटिक संवादजस्ता विविध कार्यक्रम समावेश रहने छन्। प्रदर्शनीमा परम्परागत चिनियाँ संस्कृतिलाई आधुनिक प्रविधिसँग संयोजन गरी तयार गरिएका श्रव्यदृश्य सामग्रीले विशेष आकर्षण सिर्जना गर्ने जनाईएको छ। कार्यक्रमको सुरुवात एआई प्रविधिबाट निर्माण गरिएको प्रवर्द्धनात्मक छोटो चलचित्रबाट गरिनेछ भने त्यसपछि एआईजीसी प्रविधिको पूर्ण…
काठमाडौं, ४ पुस । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई पक्राउ गरेको छ । सीआईबीले उनलाई शुक्रबार काठमाडौंको महाराजगञ्ज चुनदेवीबाट पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनअनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर खरिद गरी धितोपत्रसम्बन्धी ऐनअनुसार झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर बिक्री गरी करिब ४९ लाख १९ हजार ८६५ रुपैयाँ कानुन विपरीत नाफा आर्जन गरेका थिए। त्यस्तै अग्रवालमाथि कार्पोरेट डेभलोपमेन्ट बैंकको शेयर मूल्य पनि कृत्रिम रुपमा बढाएको आरोप छ। सोही प्रतिवेदनको आधारमा काठमाडौं जिल्ला अदालतको अनुमतिले पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले बताए…