


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, ३ पुस । उच्च अदालत तुलसीपुर बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सर्तसहित रिहा गर्ने आदेश गर्दा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको थुनामै रहने भएका छन् । उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्धय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सक्कल प्रमाणसहित निवेदन दिएमा पूनःविचारका लागि सक्कल मिसिल जिल्ला अदालतमा पठाउन आदेश गरेको छ । जोशीले उच्च अदालतमा दिएको निवेदन रितपूर्वक पेश नभएकोले उनको हकमा यस्तो आदेश आएको मुद्दाको बहस गरेका एक अधिवक्ताले बताए । जोशीको हकमा आदेशमा भनिएको छ–‘मेरो हकमा दामासाहीले कायम हुने बिगो वापत जमानत दिई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र…
भैरहवा, ३ पुस ।रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामुक्त गर्न आदेश गरेको छ । बिहीवार उच्च अदालतका न्यायाधीशद्धय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले निवेदन उपर सुनुवाई गर्दै जिलला अदालत रुपन्देहीले थुनछेकको क्रममा माग गरेको १ करोड धरौटी, लामिछाने पेस गरेको बिगो बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत र कागज गराएर थुनामुक्त गर्न इजलासले आदेश दिएको बताए । लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले बिगो बराबरको रकम बुझाएर थुनाबाहिर बसेर मुद्दाको पूर्पक्ष गर्न…
भैरहवा, ३ पुस । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा बिहीवार भएको बहस सकिएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्धय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासमा बहस भएको थियो । गत मंसिर २५ गते ‘हेर्न नमिल्ने’ मा परेर पेशी स्थगित भएको थियो त्यसअघिका तोकिएका केही पेशी लामिछाने र जोशीका कानुन व्यवसायीको निवेदनमा स्थगित भएको थियो । उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी राम बहादुर कुँवरले बिहीवार एक नम्बर इजलासमा चढेको पेशीमा भएको बहस…
काठमाडौं, ३ पुस। नेकपा एमालेको ११ औं महाधिवेशनबाट निवर्तमान सात पदाधिकारीहरु बाहिरिएका छन् । दशौं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा चुनिएका ईश्वर पोखरेल एघारौं महाधिवेशनमा पदाधिकारीबाट बाहिरिएका हुन् । उनले अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए। अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका पोखरेल अधिक मतान्तरले पराजित भएका छन्। चुनाव नलड्ने घोषणा गरेर उम्मेदवारी नै नदिएका निवर्तमान उपाध्यक्षहरु युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य पनि पदाधिकारीबाट बाहिरिएका छन्। यस्तै उपाध्यक्षहरु सुरेन्द्र पाण्डे र गुरुप्रसाद बराल पनि एघारौं महाधिवेशनबाट पदाधिकारीबाट बाहिरिएका छन्। यसअघि उपाध्यक्ष रहेका पाण्डे महासचिवमा शंकर पोखरेलसँग पराजित भएका हुन्। त्यस्तै गुरुप्रसाद बराल उपाध्यक्षमै पराजित भएका छन्। उपमहासचिव रहेका विष्णु रिमाल दोहरिन खोज्दा पराजित…
काठमाडौं, ३ पुस। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले व्यवसायीहरुलाई आर्थिक अवस्थाबाट निराश नहुन आग्रह गर्दै उच्च मनोबलका साथ अघि बढ्न आग्रह गरेका छन्। गोरखापत्र संस्थानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर पौडेलले विगतका कठिन समयको स्मरण गराउँदै निजी क्षेत्रले धेरै आरोह–अवरोह पार गरेर यहाँसम्म आइपुगेको र अबको समयमा पनि अघि बढ्न साहस गर्नुपर्ने बताए। उनका अनुसार मनोबललाई स्थिर बनाइराख्ने केही आधारहरू छन्। जसमा आवधिक र स्वच्छ निर्वाचन प्रमुख हो। कम स्रोत भएका व्यक्तिहरुले पनि स्वतन्त्र रुपमा उठेर चुनाव जित्न सक्नु लोकतन्त्रको सकारात्मक पक्ष भएको उनले उल्लेख गरे। परम्परागत दल बाहिरबाट पनि हरेक निर्वाचनमा प्रतिनिधि निर्वाचित हुनु देश…
भैरहवा, ३ पुस। लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण बढ्दै गएको छ। बौद्ध दर्शन तथा सो सम्बन्धित विषयहरु अध्ययनका लागि विदेशी विद्यार्थीको संख्या बढ्दै गएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले लुम्बिनीमा बौद्ध दर्शन केन्द्रीत र बुटवल तथा देवदहमा प्रयोगिक बौद्ध अन्तर्गतका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहमा विदेशी विद्यार्थीहरु भर्ना भएका छन्। विश्वविद्यालयमा चीन, भारत, श्रीलंका, भुटान, म्यानमार, जापान, मलेसिया लगायतका देशका विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । सबैभन्दा धेरै चीनका विद्यार्थीहरु छन्। बुद्धिजम एण्ड नेपाल स्टडिज, बुद्धिजम एण्ड पीस, बुद्धिजम एण्ड हिमालयसहितका विषयमा विदेशी विद्यार्थीको आकर्षण देखिएको हो। लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायका…
हृदयराम गुप्ता मर्चवार,३ पुस । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. १ मा प्रथम वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । युवाहरुमा लुकेका खेल प्रतिभालाई प्रष्टफुटन हुने समेतको उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताइएको छ। पुस ६ गते सम्म आयोजना गरिएको प्रतियोगितामा वडा नं. १ का १४ टोलीबीच १२ ओभरको खेल हुने वडाध्यक्ष राजेश गुप्ताले जानकारी दिए। युवाहरुमा लुकेका प्रतिभा, चाहना र मनोभावनालाई आत्मसात गर्दै क्रिकेटले स्वास्थ्य, सहकार्य र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउनेसमेत विश्वासकासाथ वडाध्यक्ष कप आयोजना गरिएको उनले बताए। आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीलाई ३५ हजार रुपैयाँ, सिल्ड, प्रमाणपत्र तथा उपविजेतालाई २२ हजार रुपैयाँ, सिल्ड, प्रमाणपत्र प्रदान गरिने…
काठमाडौं,३ पुस। प्रहरीले झुटा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी (पासपोर्ट) बनाउने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का ४३ वर्षीय यमबहादुर बस्नेत, झापाको कचनकलब गाउँपालिका–३ का ५१ वर्षीय कृष्णबहादुर कटुवाल, झापाकै भद्रपुर नगरपालिका–९ का ४१ वर्षीय सूर्यबहादुर खड्का रहेको प्रहरीले जनाएको छ। झुटा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाइ विभिन्न व्यक्ति तेस्रो मुलुक जाने गरेका भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेकाहरुविरुद्ध लिखत कीर्तेको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
काठमाडौं, ३ पुस । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन्। पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनबाट प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई पराजित गर्दै अध्यक्षमा ओली निर्वाचित भएका हुन् । ओलीले दुई तिहाई १६६३ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वार्चित भएका हुन् । उनका प्रतिद्धन्द्धी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गरे। यस अघि नवौं र दशौं महाधिवेशनमा पनि अध्यक्षमा ओली नै निर्वाचित भएका थिए। बुधबार बिहानबाट भएको मतदानमा २२६३ मध्ये २२२७ जना महाधिवेशन प्रतिनिधिहरुले मतदान गरेका थिए। मतदानमा ३६ जना प्रतिनिधि अनुपस्थित भएका थिए। यस्तो छ निर्वाचित पदाधिकारीको सूची : अध्यक्ष : केपी शर्मा ओली उपाध्यक्ष : पृथ्वी सुब्बा गुरुङ, बिष्णु…
भैरहवा, २ पुस । भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा भएको स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि न्यु होराइजन स्कूल, बुटवलले हात पारेको छ । फाइनल खेलमा रुपन्देही लीलाराम न्यौपाने मावि, भैरहवालाई ५ रनले पराजित गर्दै होराइजनले उपाधि हात पारेको हो । उपाधिसँगै न्यु होराइजनले नगद ५० हजार र उपविजेतामा चित्त बुझाएको लीलारामले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले ८ विकेटको क्षतिमा ९९ रन बनायो । उसका लागि प्रिन्स पालले ३१ र आरुष अधिकारीले १७ रन जोडे। बलिङमा लीलारामका विक्की मल्लाहले ३, प्रेमसागर यादवले २ तथा कृष्णमोहन कुर्मी र…