


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,२६ असार। नेपालको स्थानीय बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा शुक्रवार २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८७ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ। यस्तै चाँदीको मल्य पनि उकालो लागेको छ। बिहीबार ४ हजार ३ सय ४० रुपैयाँ रहेको चाँदी आज शुक्रबार १ सय ७० बढेर ४ हजार ५ सय १० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
काठमाडौं,२६ असार। शिक्षा तथा खेलकुद मन्त्रालयले पूर्वस्वीकृतिबिना ए–लेभल, सीबीएसई, आईबीडीपीलगायत विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ। गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेपछि मन्त्रालयले त्यसको कार्यान्वयनलाई कडाइका साथ अघि बढाएको हो। मन्त्रालयका अनुसार, विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको गुणस्तर सुधार र प्रभावकारी नियमनका लागि उक्त नियमावली लागू गरिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलका अनुसार, केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको पाइएको छ। त्यसैले प्रचलित कानुनी व्यवस्थाबारे पुनः जानकारी गराउँदै नियमको पालना गर्न सम्बन्धित संस्थालाई आग्रह…
काठमाडौं,२६ असार। काठमाडौंस्थित राहदानी विभाग अगाडीमा आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपाली मृत्यु भएको छ। उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको प्रहरी स्रोतले जनाएको छ। यद्यपि, समाचार तयार पार्दासम्म वीर अस्पतालले उनको निधनबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन। गम्भीर घाइते भएका नेपालीको वीर अस्पतालको बर्न विभागमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको चिकित्सकहरूले बताएका थिए। उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लैजाने तयारी गरिएको थियो। तर, स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएकाले स्थानान्तरण गर्दा थप जोखिम हुन सक्ने चिकित्सकहरुको सुझावपछि वीर अस्पतालमै उपचारलाई निरन्तरता दिइएको थियो।…
काठमाडौं,२६ असार। सरकारले राहदानी नियमावली संशोधन गर्दै नयाँ अनुसूची लागू गरेको छ। परराष्ट्र मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै राहदानी नियमावली, २०७७ को अनुसूची–२ अन्तर्गतको खण्ड ‘ख’ संशोधन गरिएको जनाएको छ। मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार, नियमावलीको नियम ३० ले दिएको अधिकार प्रयोग गर्दै साविकको खण्ड ‘ख’ हटाई नयाँ व्यवस्था लागू गरिएको हो। यसैबीच, राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रुपान्तरण गर्ने क्रममा दुई दिन सेवा स्थगित गरेको छ। विभागले जारी गरेको सूचनाअनुसार प्रणाली परिवर्तनका कारण बिहीबार र शुक्रबार नयाँ राहदानीका लागि आवेदन दर्ता तथा सम्बन्धित सेवा बन्द रहनेछन्। यद्यपि, यसअघि नै तयार भइसकेका राहदानी भने सम्बन्धित सेवाग्राहीलाई नियमित रुपमा…
दाङ,२६ असार। लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को असार २५ गतेसम्म कुल बजेटको ६७.१८ प्रतिशत खर्च गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार ३८ अर्ब ९१ करोड रुपैयाँको कुल बजेटमध्ये २६ अर्ब १४ करोड २७ लाख ९४ हजार रुपैयाँ खर्च भएको हो । चालुतर्फ विनियोजन गरिएको १५ अर्ब ४३ करोड ८५ लाख ३५ हजार रुपैयाँमध्ये १० अर्ब ४६ करोड २३ लाख १४ हजार रुपैयाँ अर्थात् ६७.७६ प्रतिशत खर्च भएको छ। यस्तै पुँजीगततर्फ विनियोजन गरिएको २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँमध्ये १५ अर्ब ६७ करोड ७९ लाख…
काठमाडौं,२३ असार। संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १ सय ११ जना नेपाली नागरिकहरुलाई आममाफी दिएको छ। ईद अल–अधा २०२६ को अवसरमा यूएई सरकारले १ सय ११ जना नेपाली नागरिकहरुलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यूएई सरकारको उक्त निर्णयप्रति आभार व्यक्त गरेको छ। विज्ञप्तिअनुसार परराष्ट्र मन्त्रालयको निर्देशनमा अबुधाबीस्थित नेपाली दूतावासले यूएई सरकारसमक्ष गरेको अनुरोधका आधारमा यूएई सरकारले १ सय ११ नेपाली कैदीलाई आममाफी दिने निर्णय गरेको हो । आममाफी पाएका नेपाली नागरिकमाथि अन्य कुनै कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नरहेको अवस्थामा यूएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि उनीहरु नेपाल फर्कन…
काठमाडौं,२३ असार। नेपाल रेडक्रस सोसाइटीले संस्थाका सवारी साधन, एम्बुलेन्स तथा रेडक्रस चिन्हको अनधिकृत र गैरसंस्थागत प्रयोग नगर्न निर्देशन दिएको छ। संस्थाको छविमा नकारात्मक असर पर्ने गरी विभिन्न तहमा सवारी साधनको दुरुपयोग भइरहेको भन्ने गुनासो बढेपछि रेडक्रस केन्द्रीय कार्यालयले यस्तो अपिल जारी गरेको हो। रेडक्रसद्वारा जारी सूचनाअनुसार, संस्थाका सम्पत्तिहरु मानवीय सेवा, राहत तथा उद्धार, स्वास्थ्य सेवा, विपद् व्यवस्थापन र रक्तसञ्चारलगायत स्वीकृत संस्थागत कार्यमा मात्र प्रयोग गर्नुपर्ने आग्रह गरेको छ। उक्त सूचनामा भनिएको छ, ‘नेपाल रेडक्रस सोसाइटीका नाममा रहेका कतिपय सवारी साधन र एम्बुलेन्सहरु व्यक्तिगत, पारिवारिक, व्यावसायिक वा राजनीतिक प्रयोजनमा प्रयोग भएको भन्ने सरोकारवालाहरुको टिप्पणी र सञ्चारमाध्यममा आएका समाचारप्रति संस्थाको ध्यानाकर्षण भएको…
काठमाडौं,२३ असार। नेपालको स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार १४ सय रुपैयाँले घटेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
काठमाडौं,२३ असार। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो । गत असार १ देखि ९ गते सम्म भएको पूरक परीक्षामा सहभागी परीक्षार्थीमध्ये ६४.६८ प्रतिशत उतिर्ण भएको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए। उक्त परीक्षामा १ लाख २९ हजार १ सय १४ जना सामेल थिए। जसमा, ८३ हजार ५ सय २३ जना वर्गीकृत हुन सफल भएका छन्। पूरकको नतिजासँगै एसईई उतीर्ण गर्ने विद्यार्थी ८५.३७ प्रतिशत पुगेका छन् । परीक्षामा नियमिततर्फ ४ लाख ३० हजार ६ सय ६७ परीक्षार्थी रहेका थिए । मूल परीक्षामा…
काठमाडौं,२३ असार। प्रधानमन्त्री बालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाबीच शिष्टाचार भेटवार्ता भएको छ। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष कान्दाबीच भेटवार्ता भएको हो। भेटमा नेपाल-एडीबी सहकार्य, विकास आयोजना तथा आर्थिक सहयोगका विषयमा छलफल भएको बताइएको छ। यसअघि सोमबार नेपाल सरकार र एडीबीबीच अर्थ मन्त्रालयमा दुईवटा आयोजना तथा कार्यक्रम कार्यान्वयनका लागि १६५ मिलियन अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको थियो। अर्थ मन्त्रालयका अनुसार, हस्ताक्षर भएका सम्झौतामध्ये ‘एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना’ का लागि ११५ मिलियन अमेरिकी डलर (करिब १७ अर्ब ५० करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण…