


Get the latest creative news from FooBar about art, design and business.



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा संचालन गरेको छ । सरकारी सेवामा आर्कषण घट्दो अवस्थामा रहेको हुदाँ नगरका युवा लक्षित वर्गलाई सरकारी सेवामा आर्कषण र मानव संशाधनको विकास गर्ने उद्देश्यले पालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा संचालन गरेको हो । कक्षामा लोकसेवा सम्बन्धी सामन्य ज्ञान, बौद्धिक परिक्षण, लेखन तथा सेवाका विषयहरुमा प्रशिक्षण दिइने सिद्धार्थनगर नगरपालिकाका समाजिक विकास शाखा अधिकृत लक्ष्मण गिरीले जानकारी दिए । उनका अनुसार फागुन १ गते देखि चैत ३० गतेसम्म कक्षा संचालन हुनेछ । नासु पदको तयारी कक्षामा सहभागी हुन ६१ जनाको आवेदन परेकोमा सबैलाई कक्षामा सहभागी गराइएको उनले बताए । दुई महिनासम्म संचालन हुने…
मुम्बई । आमिर खानको फिल्म ‘दंगल’मा बाल कलाकारको भूमिका निभाएकी अभिनेत्री सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ । सुहानीको केही दिनदेखि फरीदाबादमा उपचार भइरहेको थियो । केही दिनअघि मात्रै उनको खुट्टा भाँचिएको थियो । उपचारका लागि लिइरहेको औषधिको प्रतिक्रियाका कारण सुहानीको पूरै शरीर पानीले भरिएको थियो । यही प्रतिक्रियाका कारण शुक्रबार साँझ उनको मृत्यु भएको हो । सुहानीको सेक्टर १५ फरीदाबादस्थित अजरौंडा श्मशान स्थलमा अन्तिम संस्कार गरिनेछ । आमिर खानको टोलीले सामाजिक सञ्जालमा लेखेको छ, ‘सुहानीको निधनको खबरले हामी अत्यन्तै दुखी छौँ । उहाँकी आमा पूजा जी र सम्पूर्ण परिवारलाई हाम्रो समवेदना। सुहानी एक धेरै प्रतिभाशाली कलाकार थिइन्,…
काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग २ को दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपाल ९ विकेटले विजयी भएको छ। टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेदरल्याण्ड्सले दिएको १३८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ९ विकेटले विजयी भएको हो। नेपालले २०८ बल बाँकी रहँदा १५.२ ओभरमै लक्ष्य भेट्टाएको हो। नेपालका लागि अनिल साह र आसिफ शेखले अर्धसतक प्रहार गर्दै अविजित रहे। साहले ३६ बलमा ४ छक्का र ६ चौकासहित ५७ रन बनाए । ओपनर शेखले ४५ बलमा १ छक्का र ८ चौक्कासहित ५४ रन बनाउन सफल भए। त्यस अगाडि ओपनर कुशल भुर्तेलले ११ बलमा ३ छक्का २ चौकासहित २८ रन बनाएर…
भैरहवा । ‘बुद्धको ज्ञान, लुम्बिनीमा ध्यान, विराट चक्रविज्ञान’ ५ हजार मानिसलाई एकै ठाउँमा एकैपटक त्यो पनि सातदिने चक्रविज्ञानमार्फत ध्यान गराउने यो विषय यतिबेला चर्चामा छ। सुख, शान्ति र समृद्धि नारा लिएर जीवन विज्ञान नामक संस्थाले विविध कार्य र कोर्ष गराए पनि एकैपटक ५ हजारलाई यसरी ध्यान सिकाउन लागेको भने पहिलो हो। जसले विश्वमा पृथक इतिहास रच्नेछ भने गिनिज बुक अफ द वर्ल्ड रेकर्डस् काम गर्ने देखिएको छ। आगामी चैत १७ देखि २३ गतेसम्म लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान कक्षमा सात दिने उक्त चक्रविज्ञान सञ्चालन हुने संयोजक निर्मला केसीले जानकारी दिइन्। उनका अनुसार सहभागी हुन चाहनेले खल्ती एपमार्फत आवश्यक सूचना राखेर रजिस्टर हुन…
भैरहवा । प्रहरीले सर्वसाधरणहरुको बचत रकम हिनामिना गरेको आरोपमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवलका अध्यक्ष ओम प्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाई पाण्डेयलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितका अनुसार बचतकर्ताको उजुरीका आधारमा अध्यक्ष गुरुङ र व्यवस्थापक पाण्डेयलाई प्रक्राउ गरिएको हो । गुरुङलाई बुटवलबाट र पाण्डेयलाई स्याङजाबाट पक्राउ गरिएको हो। गुरुङ अध्यक्ष रहेको उक्त सहकारीले झण्डै साढे दश हजार बचतकर्ताहरुको कुल १ अर्ब ७ करोड ८२ लाख रुपैयाँ रकम हिनामिना गरेको बचतकर्ताले उजुरी दिएका छन् । उनीविरुद्ध तीन सय बढी सदस्यले लिखित उजुरी दिएको प्रहरी नायव उपरीक्षक पण्डितले…
काठमाडौं : आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट १८ खर्बको सिलिङमा आउने भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार पत्रकार सम्मेलन गरी आगामी वर्षका लागि १८ खर्बको सीमाभित्र रहेर बजेट सिलिङ भएको जानकारी गराएका हुन्। राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्बको बजेट सिलिङ निर्धारण गरेको हो। अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/०८१ को बजेटको आधार नघटाएको बताए । उनले संभव भएजति खर्च गर्न कोशिस गर्ने बताए ।
दाङ । दाङको घोराहीमा बिहिवार राति ड्युटी गरिरहेको महिला प्रहरीमाथी गोली प्रहार गरी हत्या गरेको घटनाले जिल्लाको सुरक्षा व्यवस्थामाथी प्रश्न उठेको छ । प्रहरीमाथी प्रहरीले नै गोली प्रहार गरेर हत्या गरेको घटनाले सर्वसाधरणहरुमा सुरक्षाको विषयमा बहस समेत सुरु भएको छ । यद्यपी प्रहरीले घटनामा संग्लन आरोपीलाई पक्राउ गरेको छ । तर, जघन्य अपराधपछि प्रहरीले आरोपी पक्राउ गरेपनि जिल्लामा शान्ति सुरक्षाको अवस्थाको वास्तविकता झल्किएपछि प्रश्न सहितको बहस सुरु भएको हो । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–१५ दामोदर चोकमा ड्युटी गरिरहेको अवस्थामा वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापामाथी उनकै श्रीमान प्रहरी सहायक हवल्दार यमबहादुर झाक्रीले गोली प्रहार गरेका थिए ।…
काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्ला दुई दिन तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख १७ हजार १ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ रहेको चाँदी शुक्रबार १ हजार ४ सय १० रुपैयाँ पुगेको छ ।
दाङ । दाङमा गाेली लागेर घाईते भएको महिला प्रहरीको मृत्यु भएको छ । घाेराही उपमहानगरपालिका–१५ दामाेदर चाेकमा ड्युटी गरिरहेको अवस्थामा महिला प्रहरी माथी गाेली प्रहार भएको थियो । गोली तीन राउन्ड चलाईएको थियो । गोली लागेर वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको मृत्यु भएको लुम्बिनी प्रदेशका डीआईजी कुवेर कडायतले बताए । घटनाको आरोपमा प्रहरी सहायक हवल्दार यमबहादुर झाक्रीलाई लमही नगरपालिका-६ अर्जुनखाेलाबाट पक्राउ गरिएको दाङ प्रहरी प्रमुख राम बहादुर केसीले जानकारी दिए । थापा र झाक्री श्रीमान-श्रीमती हुन् । झाक्री नेपालगंज तालिम केन्द्रमा कार्यरत रहेकाे बुझिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दाङ । दाङमा एक प्रहरीमाथि गोली प्रहार भएको छ। घोराही बजारमा महिला प्रहरीमाथि गोली प्रहार भएको हो। गोली लागेकी महिला प्रहरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोली प्रहारको आरोपमा दाङको लमहीबाट एक जनालाई नियन्त्रणमा लिईएको छ। नियन्त्रणमा लिएका व्यक्ति पनि प्रहरी नै रहेको र उनी बाँकेमा कार्यरत रहेको प्रहरीले बताएको छ। घटनाको थप विवरण आउन बाँकी छ।