


Get the latest creative news from FooBar about art, design and business.



भैरहवा : यातायात व्यवस्था सेवा कार्यालय भैरहवा, रुपन्देहीबाट प्रदान गरिदै आएको आर.टी.ओ (पटके शाखा) सेवा सिद्धार्थनगर–१, बेलहियास्थित भैरहवा भन्सार कार्यालय परिसरबाट सञ्चालन भएको छ । पटके शाखाको शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भारतबाट आएका सेवाग्राही धु्रव सिंहलाई सवारीसाधनका लागि पटके बाटो इजाजतपत्र (पटके पास) दिदै उक्त शाखाको उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी अर्यालले कहिलेकाही साधारण कुराले असाधारण अर्थ राख्ने बताए । उनले पटके काट्न केही टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै भन्सार परिसरमा सुरु भएको शाखाले पर्यटकलाई सहजता प्रदान गर्ने बताए । उनले भने, ‘आज यो शाखा शुभारम्भ…
काठमाडौं : सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले ११ जना चिकित्सकसहित स्वास्थ्यतर्फका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ । सशस्त्रले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै रिक्त रहेका प्राविधिक पदहरूमा दरखास्त आह्वान गरेको हो । प्राविधिक समूहतर्फ नायव निरीक्षकदेखि प्रहरी निरीक्षकसम्मका लागि खुला प्रतियोगितामार्फत पदपुर्ति गर्न दरखास्त आह्वान गरिएको छ । जारी सूचना अनुसार चिकित्सक ११ जना, बीडीएस ३ जना, स्टाफ नर्स ५ जना, ल्याब टेक्निसियन २ जना, साइकोथेरापिस्ट १ र रेडियोग्राफर २ जना माग गरिएको छ ।
भैरहवा : भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको सामग्री रुपन्देही प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी मेउडिहवा, प्रहरी चौकी मैनिहवा र प्रहरी बिट बसपार्कबाट खटिएको टोलीले विभिन्न स्थानबाट भित्राइएको विभिन्न साम्रगी बरामद गरेको हो । बरामद गरिएको सामानमा प्याज ३ बोरा, चिनी २ बोरा, रेगजिन जुत्ताको वोडी ८ सय पिस, कृषिमा प्रयोग हुने औषधी २० कार्टुन, जुत्ता २ सय १२ पिस, झुल ४४ पिस, साबुन र सेम्फु ६ कार्टुन, कोलकेट र ब्रस १ सय कार्टुन रहेको रुपन्देही प्रहरीले जनाएको छ । बरामद साम्रगी करिब २ लाख ८२ हजार मूल्य बराबरको रहेको र आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा…
भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा शारीरिक रुपमा अशक्तहरुको लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर हुने भएको छ । सिद्धार्थनगर नगरपालिकाको कार्यालय र अपांग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र, काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा फागुन १९ गते (शनिबार) शारीरिक रुपमा अशक्तहरुको लागि निःशुल्क स्वास्थय परिक्षण शिविर हुने भएको हो । उक्त शिविर भीम अस्पताल परिसरमा संचालन हुनेछ । सर्वसाधारणका हितका लागि नगर रहेका शारीरिक रुपमा अशक्तहरुको स्वास्थ्य परिक्षण शिविर संचालन गर्न लागिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले बताए । ‘शारीरिक रुपमा अशक्त भएपनि आर्थिक अभाव वा अन्य समस्याका कारण सर्वसाधारणले सहायता सामग्री वा परीक्षण समेत गराउन नसकेको अवस्था छ’ उनले भने, ‘यस शिविरले…
काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा हाल प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओलाई पक्राउ गरेको छ । बैंकिङ कसुरको आरोपमा बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र पूर्व सीईओ तुलसीराम गौतमलाई पक्राउ गरिएको ब्युरो प्रमुख तथा एआईजी किरण बज्राचार्यले बताइन् । कमसल धितो राखेर बैंकिङ कसुर गरेको उनीहरुमाथी आरोप छ ।उनीहरुविरुद्ध नेपाल राष्ट्र बैंक अन्तरगतको कसुरमा अनुसन्धान भइरहेको बज्राचार्यको भनाइ छ । देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईको डिजाइन र मिलेमतोमा तत्कालीन सेञ्चुरी बैंकका चिफ क्रेडिट अफिसर राजेश भण्डारी, तत्कालीन सीईओ मनोज न्यौपाने, त्यसअघिका सिइओ तुलसीराम गौतम लगायतका व्यक्तिले कमिसन लिई…
भैरहवा : लम्बिनी प्रदेशका सांसद जानकी प्रसाद यादव निलम्बित भएका छन्। कपिलवस्तुस्थित सार्वजनिक वनको काठ हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि यादव निलम्बनमा परेका हुन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कपिलवस्तु क्षेत्र नम्बर ३ (२) बाट निर्वाचित भएका थिए । अख्तियारले सार्वजनिक सम्पत्ति (वन पैदावार) को हानि नोक्सानी गरी भ्रष्टाचार गरेको शिर्षकमा यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दा दायर भएपछि लुम्बिनी प्रदेश सभा सचिवालयले यादवको पद स्वतः निलम्बन भएको सूचना जारी गरी जनाएको छ । ‘सचिवालयमा प्राप्त हुन आएकोले लुम्बिनी प्रदेश सभा सदस्य श्री जानकी प्रसाद यादव भ्रष्टाचार…
काठमाडौं : अभिनेत्री रेखा थापाले अमेरिकामा छोरी जन्म दिएकी छिन् । रेखाले शुक्रबार सामाजिक सञ्जालमा छोरी र श्रीमान बलराम शाही ठकुरीसहितको फोटो पोस्ट गर्दै छोरी जन्मिएको जानकारी गराएकी हुन् । उनले लेखेकी छिन्, ‘हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान कारण छ ।’ सँगै उनले छोरीको नाम राखेकी छिन्, ‘वैभवी राज्यलक्ष्मी शाही ठकुरी । रेखाले छोरीलाई अमेरिकास्थित कोलोराडो स्प्रीङ्गसमा जन्म दिएकी हुन् । गत वर्ष प्रेमी बलराम शाहीसँग वैवाहिक जीवनमा बाँधिएकी केही समय अघिमात्र अमेरिका प्रस्थान गरेकी थिइन् । रेखाको चलचित्र ‘उपहार’रिलिजको संघारमा रहेकै बेला उनले छोरीलाई जन्म दिएकी हुन। उनको चलचित्र ‘उपहार’ यहीँ…
धनुषा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसको विकास नभइकन देशको विकास नहुने बताएका छन् । सिराहा नगरपालिका–१३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने गरी निर्माण गरिएको झोलुंगे पुलको उद्घाटन गर्दै मधेसको विकासका लागि आफू निरन्तर लागिपर्ने बताएका हुन् । तराईमा सिँचाइ विस्तार गरी र उत्पादकत्व बृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्रीले आफूले संघीयता कार्यान्वयनलाई विशेष ध्यान दिएको बताए । उनले भने, ‘अब सङ्घीयता सबलरुपमा कार्यान्वयन हुन्छ । केही दिनभित्रै प्रदेश प्रहरी ऐन, शिक्षा ऐन र कर्मचारीसम्बन्धी कार्यान्वयनमा आउनेछ ।’ प्रधानमन्त्री प्रचण्डले तीन तहको सरकारको सहकार्यबाट यस्ता निर्माणले संघीयतालाई सबल तुल्याउने प्रचण्डको विश्वास थियो । नेपालको भूगोलअनुसार झोलुंगे…
काठमाडौं : नेपालमा गुगल, फेसबुक, टिकटक, माइक्रोसफ्ट, नेटफ्लिक्ससहितका १३ वटा कम्पनीले नेपालमा दर्ता भएर कर तिर्न थालेका छन् । ती कम्पनीहरुलाई नेपालमा सेवा दिएवापत हुने आम्दानीमा डिजिटल सेवा कर लाग्ने कानूनी व्यवस्था छ । ती कम्पनीहरुले सरकारलाई माघसम्मको भ्याट तिरेको आन्तरिक राजस्व विभागले जनाएको छ । आर्थिक वर्ष २०७९र८० को बजेटले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मलाई कर लगाउने व्यवस्था गरेको थियो । चालु आर्थिक वर्षको सुरु अर्थात् ०८० साउन १ गतेदेखि यी कम्पनीले कर तिर्न थालेका हुन् । नेपालमा दर्ता भएका विद्युतीय माध्यबाट सेवा प्रदान गर्ने अन्तर्राष्ट्रिय कम्पनीमा सिंगापुरको गुगल एसिया प्यासिफिक, लिंक्डइन, टिकटक, नेटफ्लिक्स,जोहो कर्पोरेसन र माइक्रोसफ्ट रिजनल सेल्स…
भैरहवा : साना किसान कृषि सहकारी संस्था लिमिटेड गोनहाको अध्यक्षमा पुनः ओम प्रकाश यादव (गुल्जारी) निर्वाचित भएका छन् । बिहिबार सम्पन्न संस्थाको २० औं वार्षिक साधारण सभा तथा पाचौं अधिवेशनले आगामी ४ बर्षे कार्यकालको लागि पुनः यादवकै नेतृत्वमा कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा अनुरुध प्रसाद बनिया रहेका छन् । यस्तै सदस्यहरुमा राम कुमार यादव, दिनेश बरई, संगिता यादव, शोभा यादव, कमला यादव र भगवानदास कुर्मि रहेको संस्थाका व्यवस्थापक अभय तिवारीले जानकारी दिए । संस्थाको २० औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य वसिउद्दिन खाँनले ढुक्क भएर साना किसान कृषि सहकारीमा लगानी गर्न आग्रह गरे ।…