


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, १ मंसिर। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जेन जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । जिल्ला स्तरीय सहजीकरण समितिबाट घाइते तथा अपाङ्गताको वर्गिकरण गर्नुपर्ने भएकोले प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गर्दै घाइतेहरु भएका व्यक्तिहरुलाई ७ दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको हो । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी गरिएको सूचनामा भनिएको छ–‘जेन जी प्रदर्शनका घाइतेहरुको वर्गिकरण सम्बन्धी कार्यविधि, २०८२ अनुसार गठित हुने जिल्ला स्तरीय सहजीकरण समितिबाट घाइते तथा अपाङ्गताको वर्गिकरण गर्नुपर्ने भएकाले उक्त आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुले नेपाली नागरिकताको प्रमाणपत्र र अस्पतालमा उपचार गराएको सम्पुर्ण कागजातसहित यस कार्यालयमा ७ दिनभित्रमा सम्पर्क राख्नुहुन अनुरोध…
काठमाडौं, १ मंसिर। सम्झौता गरेर निर्माण कार्य अलपत्र पारिएका २५ रुग्ण ठेक्का तोडिएको छ। सडक डिभिजन काठमाडौं अन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले सूचना जारी गर्दै तोकिएको समयभित्र निर्माण सम्पन्न नगर्ने २५ वटा निर्माण कम्पनीसँगको ठेक्का तोडिएको हो। कार्यालय अन्तर्गत संचालित काठमाडौंका विभिन्न सडक निर्माण तथा मर्मतको लागि विभिन्न मितिमा निर्माण व्यवसायीहरुसँग ठेक्का सम्झौता भएको थियो। तर, निर्माण व्यवसायीहरुले निर्धारित समयसिमा भित्र निर्माण कार्य सम्पन्न गर्न नसकेको, सो पश्चात् समेत निर्माण व्यवसायीहरुलाई लिखित तथा मौखिक रुपमा कार्य सम्पन्न गर्न पटक पटक अनुरोध गर्दा समेत निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण ठेक्का तोडेको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार…
काठमाडौं, १ मंसिर। प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। अधिवक्ता प्रेम सिलवालले राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध अदालतले दिएको अन्तरिम आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरुद्ध निवेदन दर्ता गराएका हुन्। सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नू भनी अन्तरिम आदेश दिएपछि पनि सरकारले परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको थियो। जसअनुसार राजदूतहरु मन्त्रालयमा हाजिर भइरहेका छन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार अदालतको अवहेलना निवेदन दर्ता भएको र पहिलो पेसी मंसिर ८ गतेका लागि तोकिएको छ। निवेदनमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयलाई अवहेलनामा सजाय गर्न माग गरिएको छ।
भैरहवा, १ मंसिर। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले स्वकीय सचिवालय विघटन गरेका छन्। सभामुख घर्ती मगरले जारी गरेको सूचनामा प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ८ को उपदफा (१) अनुसार प्रदान हुँदै आएको स्वकीय सचिवालय तथा निजी कर्मचारी सुविधा विशेष परिस्थिति र वर्तमान अवस्थामा आवश्यकतालाई मध्यनजर गर्दै स्थगित गरिएको उल्लेख छ। सचिवालयका सबै सदस्यहरु मंसिर १ देखि लागु हुने गरी हटाइएको छ । सचिवालयमा स्वकीय सचिव, सहायक स्वकीय सचिव, प्रेस संयोजक, कार्यालय सहयोगी र चालक गरी पाँच जना थिए ।
काठमाडौं ,१ मंसिर। साउदी अरेबियाको मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटनामा ४२ जना भारतीय नागरिकहरुको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार सोमबार भारतको हैदराबादका यात्रुहरुलाई मक्काबाट मदिना लैजाँदै गर्दा राति करिब १ः३० मुहरास नामक स्थानमा डिजेल ट्याङ्करसँग ठोक्किदा बसमा आगो लागेको थियो। दुर्घटनामा मृत्यु हुनेमा २० महिला र ११ बालबालिका रहेका छन् । प्रारम्भिक रिपोर्टहरुमा दाबी गरिए अनुसार, मृतक सबै भारतीय हुन्। अधिकांश हैदराबादबाट तीर्थयात्रामा थिए। भारतको तेलंगाना सरकारले रियादस्थित भारतीय दूतावासको लगातार सम्पर्कमा रहेको बताएको छ। राज्य सरकारले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीमा रहेका अधिकारीहरुलाई दूतावाससँग समन्वय गरेर पीडितहरुको पहिचान र अन्य औपचारिकताहरुमा सहयोग गर्न निर्देशन…
भैरहवा, ३० कार्तिक। रुपन्देही प्रहरीले श्रीमतीको हत्याको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाग्लुंगको निसीखोला गाउँपालिका-६ का ३२ वर्षीय विजय उर्फ बिरबहादुर कुँवर रहेका छन्। प्रहरीका अनुसार पक्राउ परेका कुँवरले सामाजिक संजाल प्रयोगको विषयमा अर्कै परस्त्रीसँग बोल्ने गरेको विषयमा २० वर्षीया श्रीमती मेलिना परियारलाई शंका लागेर झैझगडा तथा वादविवाद हुँदा मदिरा पिएका विजयले श्रीमतीको हत्या गरेर फरार भएका थिए। भैरहवाको लुम्बिनी गेटस्थित होटल लुम्बिनी गेटमा काम गर्दै आएकी परियार गत कार्तिक २७ गते होटलको स्टाफ कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । घटनापश्चात फरार भएका विजयलाई बुटवल उपमहनगरपालिका-९ बसपार्कबाट भाग्न लागेको अवस्थामा पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला…
भैरहवा, ३० कार्तिक । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कार्यालयमा आउने सेवाग्राहीहरुको सहजताका लागि कार्यालयको मुलद्धारमा निवेदनहरुको ढाँचाको ‘क्यूआर कोड’ टाँस गरेको छ । सेवाग्राहीहरुको सुविधाका लागि कार्यालय परिसरमै निःशुल्क रुपमा निवेदन लेख्ने गरिएपनि प्रविधिमैत्री सेवाग्राहीहरुको सहजताका लागि कार्यालयको मुलद्धारमा निवेदनहरुको ढाँचाको ‘क्यूआर कोड’ पनि टाँस गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । सेवाग्राहीले ठाडो निवेदन, जाहेरी दरखास्त, दुर्घटना निवेदन जस्ता लेखनका लागि लेखापढी व्यवसायी, अधिवक्ता लगायतलाई पारिश्रमिक स्वरुप पाँच सय रुपैयाँ देखि दुई हजार बढी रुपैयाँसम्म दिनुपर्ने हुन्छ । तर, रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले कार्यालय परिसरमा निःशुल्क निवेदन लेखनका साथै प्रविधि ज्ञान भएको सेवाग्राहीहरुलाई लक्षित गर्दै निवेदनहरुको ढाँचाको…
भैरहवा,३० कार्तिक। जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा राम अवतार यादव सर्वसम्मत चयन भएका छन् । शनिबार र आइतबार भैरहवामा भएको अधिवेशनले यादवको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उनी यसअघि पार्टीको प्रदेश कार्यवाहक अध्यक्षको जिम्मेवारीमा थिए । जसपा नेपाल केन्द्रीय निर्वाचन आयोगका सचिव ई.मनोज कुमार बर्माका अनुसार प्रदेश समितिको उपाध्यक्षमा चन्द्रधामा रैदास, मोहम्मद असलम खान र रेनु सिंह चयन भएका छन् । त्यस्तै सचिवमा शिव कुमार चौधरी थारु, इना मुल्लाह फकिर, शिवपुजन यादव र कोषाध्यक्षमा बच्चुलाल केवट चयन भएका छन्।
काठमाडौं,३० कार्तिक। मुलुकमा पछिल्लो तीन महिनामा साढे ५ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो। असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ४४ अर्ब १७ करोड रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९।२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो।…
काठमाडौं,३० कार्तिक। निर्वाचन आयोगमा १२२ वटा राजनीतिक दलहरु दर्ता भएका छन्। आयोगले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर हालसम्म १२२ वटा दल दर्ता भएको र २८ वटा दर्ताको क्रममा रहेको जनाएको छ। दर्ताका क्रममा रहेका दलका हकमा कानुनबमोजम काजगपत्र माग्ने र सनाखत गर्ने प्रक्रिया अघि बढेको छ। ७ वटा राजनीतिक दलहरु खारेज भएको आयोगले जनाएको छ। फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि आह्वान गरेको थियो। जसअनुसार आज दल दर्ताका लागि अन्तिम दिन हो।