Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,९ कार्तिक । प्रहरीको हत्या गरेको अरोपमा थप ६ जना पक्राउ परेका छन् । जेनजी आन्दोलनका क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत असइ मिलन राय र जवान उत्तम थापा तथा कोटेश्वरका प्रहरी जवान अमृत गुरुङको हत्या गरिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकाहरुमाथि अनुसन्धान अघि बढाइएको छ। यसअघि प्रहरी हत्याको आरोपमा पक्राउ परेका चारजना होम प्रसाद पौडेल, टिकाराम विक, वुद्धिलाल तामाङ र युवराज क्यापछापीलाई पूर्पक्षका लागि थुनामा पठाइएको छ।

Read More

भैरहवा, ९ कार्तिक ।रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यालयले मंगलबार नगरमा स्थानीय विदा दिएकोे छ। छठ पर्वको अवसरमा कार्यालयले विदा दिइएको जानकारी दिदैं आईतबार जारी गरेको सूचनामा भनिएको छ,‘लुम्बिनी साँस्कृतिक नगरपालिकाको बैठकको निर्णयअनुसार यस लुम्बिनी साँस्कृतिक नगरपालिका नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु (आकस्मिक सेवा बाहेक) तथा सम्पूर्ण शैक्षिक संस्थाहरुलाई कार्तिक ११ गते एक दिनका लागि स्थानीय विदा रहने …।’ साथै कार्यालयले पर्वलाई सभ्य, सुसंस्कृत र सुरक्षित तरिकाले मनाउन सम्पूर्ण नगरवासीमा अनुरोध गरेको छ ।

Read More

भैरहवा, ९ कार्तिक । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्डको वायुसेवा कम्पनी थाई एयर एशियाले पुनः व्यावसायिक उडान थालेको छ। ०८१ कार्तिक १८ गतेदेखि यस विमानस्थलबाट व्यावसायिक उडान थालेको कम्पनीले विभिन्न कारण देखाउँदै बीचमा उडान स्थागित गरेको थियो। कम्पनीले भैरहवा विमानस्थलबाट पुनः उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा ‘विन्टर सेड्युल’सहित पेश गरेको निवेदन केही महिना अघिनै स्विकृत भएसँगै आईतबारबाट उडान सेवा सुरु भएको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार थाई एयर एशियाले हप्ताको दुई दिन आईतबार र बुधवार बैंक–भैरहवा–बैंकक सिधा उडान सेवा थालेको छ । उनले आईतबार दिउँसो १२:१५ बजे १७ याुत्रसहित बैंककबाट आएको विमान भैरहवाबाट १६७…

Read More

काठमाडौं,२ कार्तिक। ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकहरुले हवाई टिकटमा छुटसुविधा पाउने भएका छन् । आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा बसेको बैठकले आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिहरुबीच भाडा छुटको सहमति भएको छ। जसपश्चात प्राधिकरणले ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकहरुले हवाई टिकटमा छुट दिने निर्णय गरेको हो । बैठकले ७० वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई हवाई टिकटमा नेपाल सरकारद्वारा तोकिएको अधिकतम भाडादरमा सम्पूर्ण सेक्टरहरुमा ५० प्रतिशत, ७५ वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई ७० प्रतिशत र ८० वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई ८० प्रतिशत छुट व्यवस्था गर्ने निर्णय गरेको छ। बैठकले जुनसुकै उमेर समूहका फरक…

Read More

काठमाडौं।२ कार्तिक। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुले प्रधानमन्त्रीमा सुशीला कार्कीको नाम सिफारिस नगरेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित सम्पादकहरुसँग साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान र लोकतान्त्रिक प्रणाली, प्रक्रिया भित्रैबाट खोज्नका लागि आफूले राष्ट्रपतिसमक्ष सिफारिस गरेको तर त्यसमा सुशीला कार्कीको नाम कतै नभएको बताए । उनले राष्ट्रपतिसमक्ष गरेको सिफारिसको व्यहोरा पढेर सुनाउँदै कहीँकतै सुशीला कार्कीको नाम नभएको जिकिर गरे । ‘यसमा सुशीला कार्की सुन्नुभयो ? मैले लेखेको यत्ति हो । यसमा सुशीला कार्की भन्ने वा अरु कोही भन्ने केही छैन,’ व्यहोरा सुनाइसकेपछि उनले भने। संविधान र संसद् चलाउन हुँदैन भन्ने कुरा आफूले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज…

Read More

काठमाडौं,२ कार्तिक । काठमाडौं,२ कार्तिक । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा ५ सय र हजारका नोट प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले कालोधन लुकाइएको चर्चा भएकाले नोटबन्दी गर्नुपर्ने माग गरे । उनले भने, ‘विदेशी बैंक वा स्वदेशी बैंकमा लुकाइएको छ भने पनि छानबिन गर्नुपर्छ। पैसा जनतासँग छैन। कालोधन थुपारेको हल्ला छ। पैसा निष्क्रिय भएर बसेको छ। कानुन हक बाहेकको पूजीको छानबिन गर्नुपर्छ। राख्नेबाहेकको रकम जफत गर्नुपर्छ। अब ५ सय र हजारका नोट प्रतिबन्ध लगाउनुपर्छ। खारेज गर्नुपर्छ र नयाँ नोट निकाल्नुपर्छ।’ नेकपाले कृषि उत्पादन बढाउँदै ‘एकीकृत स्वामित्व’ अन्तरगत एउटा उद्योग सञ्चालन गर्ने निर्णय गरेको छ।…

Read More

भैरहवा,२ कार्तिक। दुई दशक अघि भैरहवामा दीपावली (तिहार) पर्वको रौनक छुट्टै थियो । सहर नै आर्कषक देखिन्थ्यो । सहरको विभिन्न स्थानको घर अगाडी लगाइने केराको बोट, लिपिएको आँगन, पालामा बलेको दीपले पुरै घर आँगन नै उज्यालो हुन्थ्यो । सांस्कृतिक झल्किन्थ्यो । सहर मनमोहक देखिन्थ्यो । भैरहवा लगायत वरीपरी क्षेत्रमा सांस्कृतिक कार्यक्रमहरु आयोजना हुन्थ्यो । जहाँ आन्तरिक तथा बाह्य पर्यटक यहाँको दीपावली हेर्न झुम्मिन्थे । देउसी भैलो खेल्नहरु आगनमा आएपछि परिवारिक खुसी नै छुट्टै हुन्थ्यो (जुन अहिले पनि छ) । यहाँको दीपावली पर्वको तस्विर चर्चित क्यालेण्डरहरुमा प्रकाशित हुन्थे । तर, मुलुकमा अपराधिक क्रियाकलाप बढ्दैसँगै समाजमा बढ्दो त्रासले दीपावलीको चमक र रौनक…

Read More

लुम्बिनी, २ कार्तिक । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दीन मुसलमानको निधनसँगै उनले विकासका लागि चालेका कदमहरुले सार्थकता पाउन थालेको छ । नगरको विकासका एशियाली विकास बैक (एडिबी) को शहरी लचिलोपन र बसोबास योग्यता सुधार परियोजना अन्र्तगत नगरपालिका कार्यालयको प्रशासनिक भवन निर्माणका लागि नगरपालिकाको कार्यालय समेत र निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका कार्यालयको आफ्नै प्रशासनिक भवन नहुँदा भाडा (बहाल) को भवनमा कार्यालय संचालन गर्नुपर्ने बाध्यात्मक अवस्था छ । जसका लागि बहालबापत मासिक लाखौं रुपैयाँ खर्च हुने गरेको छ । भवन निर्माण पश्चात सेवाप्रवाहमा पनि सहजता र बहालमा हुने खर्च रकम नगर विकासमा खर्च गर्न…

Read More

काठमाडौं, २ कार्तिक। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव मोहन वैद्य किरणले पदबाट राजीनामा दिएका छन्। उमेरले ८० वर्ष पुगेका उनी केही वर्षदेखि अस्वस्थ छन्। महासचिवबाट राजीनामा दिएपछि उनले नेता सीपी गजुरेललाई महासचिवको जिम्मेवारी दिएका छन्। वैद्यले स्वैच्छिक राजीनामा दिएको बताइएको छ । पुष्पकमल दाहाल नेतृत्वको माओवादीसँग विद्रोह गरी २०६९ सालमा मोहन वैद्यको नेतृत्वमा नयाँ पार्टी ‘नेकपा-माओवादी’ बनेको थियो ।

Read More

काठमाडौं,३१ असोज। प्रहरी मुख्यालयले दुई जिल्लाका एसपी (प्रहरी उपरीक्षक)हरुलाई हेडक्वार्टर तानेको छ । धनुषाका एसपीलाई नरहरि रेग्मीलाई तानेर उनको स्थानमा मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत रुगम कुवँरलाई पठाइएको छ। त्यस्तै रौतहटमा ६ महिनादेखि कार्यरत एसपी नेत्रमणि गिरीलाई फिर्ता बोलाएर एसपी रवीन कार्कीलाई जिम्मेवारी दिइएको छ। कार्की काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत थिए ।

Read More