


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
डोटी,१८ असोज। डोटीमा प्रहरी जवान मृत फेला परेका छन्। शुक्रवार मध्यरात जिल्लाको शिखर नगरपालिका–८ तिलतालीका नेपाल प्रहरीको जवान पदमा कार्यरत शंकर बलायर मृत फेला परेका हुन्। केआई सिंह राजमार्गअन्तर्गत गोपघाट स्थित सडकमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका अनुसार मृतक जवानको टाउकोमा गम्भीर चोट लागेको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। बलायर नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारामा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए। उनी असोज ७ गतेदेखि लागू हुने गरी १८ दिनको बिदामा आएका थिए। घटनाको सत्यतथ्य छानबिन हुनपर्ने…
काठमाडौं,१८ असोज। सडक विभागले असोज १७ देखि २० गतेसम्म देशभर मनसुन सक्रिय रहने र भारी वर्षाका कारण सडक अवरुद्ध हुन सक्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार र आइतबार देशका अधिकांश स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। यस क्रममा पहिरो र बाढीको जोखिम उच्च हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ। सडक विभागले विशेष गरी मुग्लिङ–नारायणगढ सडक, मुग्लिङ–गोरखा सडक, बिपी राजमार्ग, अरनिको राजमार्ग, त्रिभुवन राजपथ, गल्छी–स्याङ्जा सडक अवरुद्ध हुन सक्ने भन्दै यी स्थानहरुमा रातिको समयमा (बेलुकी ८ देखि बिहान ५ बजेसम्म) यात्रा नगर्न उपयुक्त हुने विभागले…
कपिलवस्तु,१८ असोज। कपिलवस्तुको शिवराज नगरपालिका-१ वनकसवासामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। धनगढीबाट काठमाडौं जाँदै गरेको ना८ख ५७०३ नम्बरको बस शनिवार बिहान दुर्घटना भएको जिल्ला टफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहका अनुसार बसमा सवार एक जना महिलाको मृत्यु भएको र ३६ जना घाइते भएका छन्। मृतकको पहिचान खुलेको छैन । घाइतेहरु मध्ये ४ जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ। गम्भीर घाइते र मध्यम घाइते रहेका १५ जनालाई चन्द्रौटास्थित स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटना स्थल राजमार्ग सामान्य मोड रहेको छ। बिहानको समय भएका…
काठमाडौं,१८ असोज । सरकारले उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आजबाट ३ दिनका लागि बन्द गरेको छ। देशका अधिकांश स्थानमा वर्षा हुन थालेको र भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि ३ दिन यातायात बन्द गर्ने निर्णय भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन असोज १८, १९ र २० गतेका लागि आवातजावत बन्द गरिएको प्राधिकरणले जनाएको छ।
उदयपुर,१२ असोज । प्रहरीले लागुऔषध गाँजासहित दुई जना महिलाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिरहा लहान नगरपालिका–१७ की ४० वर्षीया अस्मिता राम र ४५ वर्षीय लीलादेवी राम रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी केदारमान दोङका अनुसार प्रहरी चौकी नेपालटारका टोलीले उदयपुरगढी गाउँपालिका–७ स्थित कमानबाट १२ केजी गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । उनले उदयपुरगढीको पहाडी क्षेत्रबाट गाँजा खरिद गरेर सिरहा लहान हुँदै भारततर्फ पैठारी गर्ने लक्षका साथ गाँजा खरिद गरेर फर्कने क्रममा पक्राउ गरिएको बताए । दुवै जना महिलाहरुलाई हिरासतमा राखेर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं,१२ असोज। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रिय परिषद्का प्रमुखहरु मनोनीत गरेका छन्। पार्टील् दिएको जानकारी अनुसार तमु राष्ट्रिय परिषद कमला कुमारी गुरुङ, नेवाः राष्ट्रिय परिषदमा सुमन सायमी, तामाङ राष्ट्रिय परिषदमा मिङ्गमार तामाङ, लिम्बू राष्ट्रिय परिषद्मा रमेश योङ्हाङ, मगर राष्ट्रिय परिषद्मा जुनतारा पुन मगर, कोचिला राष्ट्रिय परिषद्मा चन्द्रप्रसाद राजवंशी, खस राष्ट्रिय परिषदमा शेरबहादुर शाह, थारु राष्ट्रिय परिषदान चन्द्रकान्त चौधरी र मधेशी राष्ट्रिय परिषदमा अनिलकुमार सिंहलाई प्रमुख तोकिएको छ । उनीहरुलाई कार्यक्षेत्र र जिम्मेवारी समेत निर्धारण गरिएको राष्ट्रिय मुक्ति पार्टीले जनाएको छ। स्वशासन विधान निर्माण, सांस्कृतिक संरक्षण, संयुक्त राष्ट्र संघको मापदण्ड पालना लगायत छन् ।
काठमाडौं,१२ असोज। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीलाई नियमित महाधिवेशनमार्फत अघि बढाउने बताएका छन्। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले विशेष महाधिवेशन बोलाउनुपर्ने माग उचित नभएको भन्दै पार्टीलाई नियमित महाधिवेशनमार्फत अघि बढाउने बताएका हुन्। महाधिवेशन लगायत पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा असोज २६ गते बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आवश्यक निर्णय गर्ने उनको भनाई छ। मुलुक अप्ठ्यारो अवस्थामा रहेकाले कांग्रेसका नेता कार्यकर्ता एक भएर अघि बढ्नुपर्ने उनले बताए। महतले देश छाड्न राहदानी बनाएको भन्दै शेरबहादुर देउवामाथि भएको टिका टिप्पणीमा सत्यता नरहेको जिकिर गरे। पासपोर्ट बनाउने हरेक नागरिकको अधिकार भएको भन्दै देउवालाई अपराधी जस्तो बनाएर अनर्गल प्रचार गरिएको उनले गुनासो गरे।…
काठमाडौं,१२ असोज। पूर्व राजा ज्ञानेन्द्र शाहले यसपटकको दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन्। जेन–जी आन्दोलनका क्रममा सहिद भएको घटनाले आमनागरिक शोकमग्न रहेको र वातावरण संवेदनशील भएकाले आफूले सार्वजनिकरुपमा टीका लगाइदिने कार्यक्रम नगर्ने निर्णय गरेको उनले बताएका हुन्। दशैंको अवसरमा शुभकामना सन्देश दिँदै शाहले भनेका छन्,‘हाम्रा पूर्वजहरुले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरवशाली संस्कृतिको मेरुदण्ड हो। यही आधारमा नेपाल सदा स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रुपमा उभिएको छ। कुनै परनिर्भता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफै तय गर्ने सार्मथ्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्न परेको छ।’ साथै, उनले नयाँ…
काठमाडौं,१२ असोज। नेपालको स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख २२ हजार ५०० रुपैयाँ पुगेको थियो। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । आइतबार चाँदी प्रतितोला २ हजार ८१० रुपैयाँ कायम भएको छ। शुक्रबार २ हजार ७४० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
काठमाडौं,१२ असोज। नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाईन उपभोग भएको बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ । प्राधिकरणले आइतबार सूचना जारी गर्दै यसअघि पुनरावलोकनसँग सम्बन्धित भएका सम्पूर्ण काम कारबाहीहरु खारेज गरिएको जानकारी दिदैं बक्यौता महसुल कार्तिक १७ गतेभित्र भुक्तानि गर्न आग्रह गरेको हो । ‘२१ (एक्काइस) कार्यदिन अर्थात मिति २०८२–०७–१७ गतेभित्र भुक्तानी गर्न प्राधिकरण सञ्चालक समितिको मिति २०८२–०६–१० को निर्णयअनुसार सूचित गरिन्छ । मासिक किस्ताबन्दीमा रकम भुक्तानी गर्न इच्छुक उपभोक्ताहरूलाई बढीमा २८ महिनाको किस्ताबन्दीको सुविधा उपलब्ध गराइने छ’ , सूचनामा भनिएको छ । डिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तानी नगरे कारबाही गर्ने प्राधिकरणले जनाएको छ…