


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, १७ भदौ। रुपन्देही-३ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट डा.लेखजंग थापा उम्मेदवार हुने टुंगो लागेलग्त्तै बहुविवाहको विवादमा मुछिएपछि उनले एक श्रीमतीसँग सम्बन्ध विच्छेद भएको कागज सार्वजनिक गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आफूमाथि प्रश्न गर्नेहरुलाई आफ्नो पारिवारिक जीवन न गैरकानुनी भएको न समस्यापूर्ण नै रहेको बताएका छन्। ‘परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एक जना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो’, उनले भनेका छन्, ‘र त्योभन्दा ठुलो सत्य सम्बन्ध विच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो जसको म बाबा पनि हो ।’ थापाको दुई…
अछाम,१६ भदौ। अछामका विभिन्नका स्थानमा ४६ वटा छाउगोठ भत्काइएको छ। महिनावारी भएको बेला त्रिपाल टाँगेर सुतेका अवस्थामा पहिरो खस्दा ढुंगा लागेर महिला र बालिकाको मृत्यु भएपछि जिल्लाका विभिन्न पालिकामा बनाइएको छाउगोठ भत्काइएको हो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पञ्चदेवल बिनायक नगरपालिका क्षेत्रमा ३२ वटा, बान्निगडी जयगढ गाउँपालिका क्षेत्रमा ८ वटा, तुर्माखाद गाउँपालिका क्षेत्रमा ३ वटा र मंगलसेन नगरपालिका क्षेत्रमा ३ वटा छाउगोठ भत्काइएका हुन्। स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, महिला समूहका प्रतिनिधिहरुको सहभागितामा छाउगोठ भत्काउने कार्य गरेको प्रहरीले जनाएको छ।
काठमाडौं,१६ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय (साविक) खोटाङका तात्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेशप्रसाद भट्टराईसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । गैरकानूनी लाभ तथा हानी पुर्याउने बदनियतले कार्य गरेको एवं सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले भट्टराईसहित तत्कालीन जिल्ला शिक्षा अधिकारीद्वय केशवप्रसाद दाहाल र ज्ञानमणि नेपाल, तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य, लेखापाल शिवराज राईलाई मुद्दामा प्रतिवादी कायम गरेको छ । यस्तै लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापकत्रय राजेन्द्रप्रसाद दाहाल, ऋषिराम पोखरेल र नयनकुमार राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेषकुमार पौड्याल, विद्यालयका तत्कालीन लेखापाल सीता कार्की,…
काठमाडौं,१६ भदौ। नेपालको बजारमा सुनको मूल्य फेरी रेकर्ड कायम गरेको छ । सोमबार सुनको मूल्य प्रतितोला २ हजार बढेसँगै हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ पुगेकोमा सोमबार मूल्य बढेर प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिन प्रतितोला २४२५ रुपैयाँ रहेको चाँदी आज २४७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं,१६ भदौ। नेपाल राष्ट्र बैंकले दसैं पर्वका लागि अगामी भदौ २९ गतेखदेखि सुकिला नोट उपलब्ध गराउने भएको छ। दसैंका लागि नयाँ नोट उपलब्ध गराउँदै आएको नेपाल राष्ट्र बैंकले पछिल्लो समय सुकिला नोट मात्र उपलब्ध गराउन थालेको छ। दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ। दसैँमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैंकमार्फत सटही व्यवस्था मिलाइने हो। सुकिला नोट सटही सम्बन्धी सूचना जारी गर्दै मुद्रा व्यवस्थापन विभागले भदौ २९ गतेबाट बैंकमार्फत सुकिला नोट वितरण गर्ने जानकारी गराएको हो। सूचनामा भनिएको छ, ‘वि.सं.…
भैरहवा,१५ भदौ।रुपन्देही-३ मा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.लेखजंग थापा उम्मेदवार हुने भएका छन्। आगामी कात्तिक १७ गते रुपन्देही-३ मा उपनिर्वाच हुँदैछ । पार्टीको प्राइमरी इलेक्सनमा निर्वाचित भएका उनी उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्ने भएका हुन् । उपनिर्वाचनका लागि थापासहित सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौड्याल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल, मधुप्रसाद अर्याल उम्मेदवारको आकंक्षी थिए । उनीहरुमध्ये थापाले रास्वपाको प्राइमरी इलेक्सनबाट आइतबार निर्वाचित भएका हुन् । पार्टी सचिवालय बैठकले ९ जना आकांक्षीमध्ये थापालाई उम्मेदवार घोषणा गरेको हो । उम्मेदवार थापा वरिष्ठ न्युरोलोजिस्ट हुन् भने एमबीबीएस, इन्टरनल मेडिसिनमा एमडी तथा न्युरोलोजीमा एमडी गरेका छन् । हाल उनी नेसनल…
भैरहवा, १४ भदौ। रुपन्देहीको ओमसतिया गाउँपालिका-२ पडसरीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्थाको स्थापना दिवसको अवसरमा शनिवार सचेतन आमा समूहको आयोजना र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । पडसरीको रामजानकी मन्दिरको हलमा भएको कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक एवं समूहको उपाध्यक्ष सम्झना पाण्डेले बताईन्। ०५८ सालमा स्थापित भएको संस्थाले विगतदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु गर्दै आएको छ। आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको अध्यक्ष रामचन्द्र उपाध्यायले आमा समूहले समाजमा निकै उदाहरणीय कार्यहरु गर्दै आएको निरन्तर अघि बढ्न आग्रह गरे । उनले समूहले समाजसँगै मानवसेवा आश्रममा पनि सहयोग…
भैरहवा, १४ भदौ।रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानको निधन भएको छ। नगरपालिकाका वडा नं. २ का वडाअध्यक्ष ईनामुल्लाह फकिरका अनुसार शनिवार बिहान स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि भैरहवा लैजाने क्रममा निधन भएको हो। धार्मिक परम्परा अनुसार शवको अन्त्येष्टि लुम्बिनीमा गरिने बताईएको छ। उनी नेपाली कांग्रेसबाट नगर प्रमुखमा निर्वाचित भएका थिए।
भैरहवा, १३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवाका प्रमुख एवं नापी अधिकृत सुग्रिव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले यादवसहित उनको श्रीमती गायत्री यादब, छोराहरु सुधान्सु यादब र शुभम यादबलाई प्रतिवादी बनाउँदै शुक्रवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा (आरोप पत्र) दायर गरेको हो । आयोगका अनुसार सार्वजनिक पद धारण गरेको मिति २०५३/०३ /१३ गतेदेखि २०८१/०३/१६ गतेसम्मको जाँच अवधिमा ९ करोड ३ लाख ९५ हजार ४४४ रुपैयाँ आर्जन गरेको देखिएको तर सोही अवधिमा यादवले १४ करोड ८३ लाख ५७ हजार ८८४ रुपैयाँ बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको खुल्न आएको छ। प्रमुख यादवले ५ करोड ७९ लाख…
काठमाडौं,१३ भदौ । नेपालको गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सेवा अवधिको कारण अनिवार्य अवकाशमा जाँदैछन् । ०७९ भदौ २८ मा विभागको प्रमुख (मुख्य अनुसन्धान निर्देशक)मा नियुक्त भएका थापा तीन वर्षको सेवा अवधिको कारण अगामी भदौ २८ गतेदेखि उनी अनिवार्य अवकाशमा जाने भएका हुन् । विभागको नियमावलीमा विभागको प्रमुख मुख्य अनुसन्धान निर्देशकको पदावधि ३ वर्ष कायम छ। उनी ०५३ सालमा अनुसन्धान अधिकृतबाट सेवामा प्रवेश गरेका थिए। उनको अवकाशसँगै उनकै ‘ब्याचमेट’ मध्येले गुप्तचरको बागडोर सम्हाल्ने देखिएको छ । थापासँगै सेवाप्रवेश गरेका ‘ब्याचमेट’ टेकेन्द्र कार्की र ओम प्रकाश जोशी प्रमुखका लागि लबिंगमा छन् । हाल कार्की प्रदेश समन्वय विभाग, इन्टेलिजेन्स…