Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,३० भदौ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीलाई छिटो पुनर्गठन गर्नुपर्ने बताएका छन्। एमाले नेतृत्वको सरकार ढलेर पूर्वप्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएपछि बास्कोटाले पार्टी पुनर्गठन गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् । उनले फेसबुक मार्फत भनेका छन्, ‘छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौँ ।’ राजनीतिक दलविना गणतन्त्र र गणतन्त्र विना समाज बाँच्दैन भन्दै बास्कोटाले लेखेका छन्, ‘समय, परिवेश, प्रकृति, प्रक्रिया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनैपर्छ ।’

Read More

काठमाडौं,३० भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्दोलनका क्रममा आयोगको विभिन्न कार्यालयबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ । आयोगले एक सूचना जारी गर्दै इटहरी, हेटौंडा, पोखरा, बुटवललगायत कार्यालयमा तोडफोड र आगजनी गरेर लुटपाट भएका उपकरणहरु फिर्ता गर्न आग्रह गरेको हो । अख्तियारका अनुसार तोडफोड, आगजनी गरी चार पाङ्ग्रे र दुई पाङ्ग्रे गाडी, टिभी, कम्प्युटर, माइक्रो ओभन, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, क्यामरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर, पङ्खालगायत उपकरणहरु चोरी भएको छ । कसैले सामान फेला पारेमा काठमाडौंको हकमा प्रहरी वृत्त मालिगाउँ र अरु स्थानको हकमा सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरुमा बुझाउन नभए कारवाही हुने सूचनामा उल्लेख छ । चोरी…

Read More

काठमाडौं,३० असार। प्रहरीले स्रोत नखुलेको साढे ७ लाख बढी रुपैयाँसहित तीान जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाँकेको कोहलपुर नगरपालिका-५ का १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदो का २६ वर्षीय ऋषिकेश मिश्रा रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले बा ८७ प ९०२० नम्बरको स्कुटरमा सवार उनीहरुलाई ७ लाख ६६ हजार रुपैयाँसहित पक्राउ गरेको हो । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं, ३० भदौ । नवनियुक्त तीन जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहका साथै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओम प्रकाश अर्याललाई शपथ गराएका हुन्। पूर्वसचिव समेत रहेका खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका मौका पाएका हुन्। त्यस्तै, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई उर्जाका साथै भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ। अधिवक्ता र जेनजी आन्दोलनका सहजकर्ता रहेका अर्यालले भने गृह र कानुन मन्त्रालय सम्हाल्ने अवसर पाएका हुन् । शपथ ग्रहण समारोहमा…

Read More

काठमाडौं,,२९ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । उनले रास्वपाका केन्द्रीय सदस्यहरुको ग्रुपमा आफूले पार्टी छोडेको बताएकी हुन्। सुमना लामो समयदेखि रास्वपाभित्र असन्तुष्ट थिइन् । उनी प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहणमा पुगेपछि मन्त्री बन्न सक्ने चर्चा चलेको थियो । तर सुमना स्वयम्ले आफू मन्त्री अहिले नबन्ने र बाहिरैबाट सरकारलाई सघाउने बताएकी छन् । सुमनाले केही महिना अगाडि रास्वपाको सहमहामन्त्री पद त्यागेकी थिइन् । उनी निवर्तमान सांसद हुन् । उनले ग्रुपमा यस्तो लेखेकी छन्ः कहिल्यै गल्ती नस्विकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल…

Read More

काठमाडौं,२९ भदौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टी छाडेका छन् । उनले सामाजिक सञ्जाल मार्फत पार्टी छोडेको घोषणा गर्दै अब नागरिक उन्मुक्ति पार्टी नेपाल स्थापना गरेर अघि बढ्ने घोषणा गरेका छन् । ‘मलाई साथ दिने साथीहरु जोडिनु होला हिजो मसँग जोडिएका साथीहरु जोडिनु होला आजसम्म नागरिक उन्मुक्ति पार्टीको संरक्षकको भूमिका निर्वाह गर्न दिनुभयो तपाईँहरुलाई धेरै धेरै धन्यवाद’, उनले भनेका छन्। नाउपा भित्र आफूलाई साथ दिनेहरुलाई पनि सँगै लिएर अगाडी बढ्ने उनले बताए । ‘मेरो रन्जितासँग कुनै दुस्मनी छैन। मेरो दामोदरसँग कुनै दुश्मनी छैन । तपाईँहरुलाई धेरै धेरै धन्यवाद तपाइहरुसँग मेरो कुनै दुस्मनी छैन’, उनले भनेका छन्…

Read More

काठमाडौं,२९ भदौ। प्रहरीले सात सय तीस राउण्ड गोलीसहित ८ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा बनेपा नगरपालिका-९ का २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, १५ वर्षीय बालक, बारा घर भएका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका-६ का २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका-२ का २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका-१० बस्ने ३४ वर्षीय अछुत खड्का रहेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले गोलीसहित उनीहरुलाई बनेपा नगरपालिका-९ बाट पक्राउ गरेको हो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं, २९ भदौ। दसैँका लागि सुकिला नोट साटही गर्न सुरु गरिएको छ। नेपाल राष्ट्र बैंकले दसैँका लागि भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटही गर्न सुरु गरेको हो । दसैँमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग प्रदेशस्थित कार्यालयहरु भैरहवा (सिद्धार्थनगर) विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ । साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ। पाँच रुपैयाँ दरको नोट भने नयाँ वितरण हुनेछ। अघिल्लो वर्षदेखि सुकिला नोट सटही गर्न थालेको आएको राष्ट्र बैंले…

Read More

दाङ,२९ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय बाल दिवस–२०८२ का अवसरमा सम्पूर्ण बालबालिका, अभिभावक, शिक्षक, नागरिक समाज र बालअधिकारकर्मीप्रति शुभकामना व्यक्त गरेका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारासहित मनाउन थालिएको दिवसले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकासमा सबैलाई प्रेरित गर्ने मुख्यमन्त्री आचार्यले जनाएका छन् । शुभकामना सन्देशमा भनिएको छ, ‘बालबालिका भविष्यका आधार हुन् । उचित वातावरण, स्याहार, सम्मान र सहभागिताले उनीहरु सक्षम र जिम्मेवार नागरिक बन्नेछन् ।’ उनले बालअधिकारका चार आधारभूत सिद्धान्त–भेदभाव रहित, सर्वोत्तम हित, दीर्घजीवन र विकास, तथा विचार र भावनाको कदर–लाई स्मरण गर्दै नेपालले यसलाई कानुनी रुपमा आत्मसात गरी ऐन, नियमहरु कार्यान्वयनमा…

Read More

काठमाडौं,२८ भदौ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन्। राष्ट्रपति पौडेलले शनिबार वक्तव्य जारी गर्दै बडो जुक्तीले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको निर्वाचन सम्पन्न गराउन सबै पक्षलाई अपिल गरेका हुन् । राष्ट्रपति पौडेलले वक्तव्यमा भनेका छन्, ‘देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्न पश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको छ। संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ। ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न…

Read More