Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,१४ असोज। सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले खुला प्रतियोगिताबाट पदपूर्ति गरिने सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ। मानवस्रोत विभागअन्तर्गत भर्ती तथा छनोट शाखाले विज्ञापन नम्बर ०५ (०८२र८३) अनुसार सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। लिखित, शैक्षिक योग्यता र अन्तर्वार्ताको कुल प्राप्ताङ्कका आधारमा योग्यताक्रम निर्धारण गरी सफल उम्मेदवारको नाम तथा दर्ता नम्बर सार्वजनिक गरिएको छ। सफल उम्मेदवारले असोज १६ गते बिहान ९ बजेभित्र आवश्यक कागजातसहित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हलचोकमा सम्पर्क गर्नुपर्ने बताइएको छ। हेर्नुहोस् सूची :

Read More

काठमाडौं,१४ असोज। परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका विषयमा नेपाल र भारतबीच सकारात्मक छलफल भइरहेको बताएका छन्। यद्यपि भ्रमणको मिति भने अहिलेसम्म तय भइनसकेको उनले स्पष्ट पारेका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले उपयुक्त समयमा प्रधानमन्त्री शाहको भारत भ्रमणलाई परिणाममुखी र अर्थपूर्ण बनाउने विषयमा दुवै पक्ष सकारात्मक रहेको जानकारी दिए। उनका अनुसार सरकार गठन भएलगत्तै भारतबाट प्रधानमन्त्री शाहलाई भ्रमणको निमन्त्रणा प्राप्त भएको थियो। नेपालले उक्त निमन्त्रणालाई सकारात्मक रुपमा लिएको र उपयुक्त समयमा भ्रमण हुने उनले बताए। मन्त्री खनालले सरकार गठन भएदेखि नै नेपालका दुई छिमेकी मुलुक…

Read More

भैरहवा,१३ असोज। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले प्रहरी सहायक निरीक्षक (असई) गोमा केसीलाई भदौ महिनाको ‘उत्कृष्ट प्रहरी (बेस्ट पुलिस अफ द मन्थ)’ घोषणा गरेको छ। विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक केसीले फिल्ड तथा एक्स–रे अपरेटरको जिम्मेवारीमा रही संगठनको नीति, निर्देशन तथा आफ्नो पदीय दायित्व उत्कृष्ट ढंगबाट सम्पादन गर्दै विमानस्थल सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको हो। कार्यालयका अनुसार, केसीले आफ्नो जिम्मेवारीप्रति देखाएको लगनशीलता, कर्तव्यनिष्ठा र कार्यसम्पादनका आधारमा उनलाई भदौ महिनाको उत्कृष्ट प्रहरीका रुपमा छनोट गरिएको हो। सो अवसरमा कार्यालयले प्रहरी सहायक हवल्दार यम थापालाई समेत पुरस्कृत गरेको छ। दुवै जनालाई गौतम बुद्ध…

Read More

बाँके,१३ असोज । ‘हनी ट्रयाप’मा पारेर ब्ल्याकमेलिङ गर्दै आपराधिक लाभ लिएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौंको सुकेधारामा बस्दै आएकी ३० वर्षीया सविता श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एंव डीएसपी प्रतित सिंह राठौर अनुसार, पक्राउ परेको श्रेष्ठले २०८१ सालदेखि बाँकेको बैजनाथ गाउँपालिका–२ का ३२ वर्षीय एक पुरुषलाई ब्ल्याकमेलिङ गर्दै आएकी थिइन्। पूर्वयोजनाअनुसार ती पुरुषलाई माया-प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेर पछि विभिन्न मुद्दामा फसाइदिने धम्की दिँदै उनले पटक–पटक नगद तथा जिन्सी सामान लिएको प्रहरीको भनाइ छ। आपराधिक लाभ लिएको आरोपमा फरार रहेकी श्रेष्ठलाई…

Read More

काठमाडौं,१३ असोज। नेपाली कांग्रेसको १५औं महाधिवेशन निर्धारित मितिभन्दा दुई दिनपछि हुने भएको छ। यसअघि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिका तय गरिएको थियो। अब महाधिवेशन असोज १८ गतेदेखि सुरु हुने कांग्रेसका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलाल जानकारी दिए । उनका अनुसार भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेकाले महाधिवेशनको मिति सारिएको हो। क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया सम्पन्न गर्न समय लाग्ने भएपछि महाधिवेशनको नयाँ मिति तय गरिएको कांग्रेसले जनाएको छ।

Read More

काठमाडौं,१३ असोज। प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा दुई वटा विधेयक पेश भएका छन्। बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ पेश गरेकी हुन्। विधेयक पेश गर्दै मन्त्री गौतमले अन्तर्राष्ट्रिय सम्बन्ध र सामरिक विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धानमार्फत दक्ष, सक्षम र जिम्मेवार स्वदेशी तथा विदेशी जनशक्ति उत्पादन गर्ने उद्देश्यले विधेयक ल्याइएको बताइन्। भू–राजनीतिक संवेदनशीलता र बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न देशमै सैनिक तथा गैरसैनिक अधिकारीलाई उच्च शिक्षा तथा तालिम प्रदान गर्ने लक्ष्य रहेको उनले जानकारी दिइन्। त्यसैगरी, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रतिनिधिसभामा पेश गरेका…

Read More

बुटवल,१३ असोज। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) को वरिष्ठ नेताको जिम्मेवारी सम्हालेपछि पहिलोपटक पार्टीको कार्यक्रममा सार्वजनिक रुपमा देखिएकी छन्। एमालेले भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिएपछि उनी पार्टीको औपचारिक कार्यक्रममा सहभागी भएकी हुन्। मदन भण्डारी फाउन्डेसनको आयोजनामा बुटवलमा सुरु भएको दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ को उद्घाटनका लागि भण्डारी बुटवल आएकी हुन्। यसै अवसरमा एमाले रुपन्देही जिल्ला कमिटीले भण्डारीको स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी सहभागी भएकी थिइन्। भण्डारीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा स्वागत गरेका थिए। कार्यक्रममा एमालेका जिल्ला तथा प्रदेशस्तरका नेता, जनप्रतिनिधि तथा कार्यकर्ताको सहभागिता थियो। भण्डारीलाई…

Read More

भैरहवा, १३ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले पार्टीको १५ औं महाधिवेशनका लागि रुपन्देही क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी प्रस्तुत गरेका छन् । कांग्रेसलाई थप सुदृढ, सबलका साथै एकताबद्ध बनाउँदै राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उम्मेदवारी दिएको उनले जनाएका छन् । पूर्व गृहमन्त्रीसमेत रहेका उनले जारी गरेको अपीलमा भनिएको छ ‘नेपाली काँग्रेसलाई सुदृढ, सबल साथै एकताबद्ध बनाउँदै राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाली काँग्रेसको १५ औं महाधिवेशनका लागि रुपन्देही क्षेत्र नं. ३ मा महाधिवेशन प्रतिनिधि (खुला) पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेको छु।’

Read More

भैरहवा, १३ असोज। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ (क) को सभापतिमा महेन्द्र कुमार श्रेष्ठ निर्वाचित भएका छन्। कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा प्रतिष्पर्धी लेखनाथ भट्टराईलाई १३३ मतले पराजित गर्दै श्रेष्ठ सभापतिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। श्रेष्ठले २७७ र भट्टराईले १४४ मत प्राप्त गरेका थिए। समितिको अनुसार, श्रेष्ठको प्यानल नै निर्वाचित भएको छ। उपसभापतिमा श्रेष्ठ प्यानलबाट सुनिलराज विष्टले २७२ मत ल्याएर निर्वाचित हुँदा प्रतिष्पर्धी याम बहादुर थापा (माइला) ले १४३ मत प्राप्त गरेका छन्। त्यस्तै सचिवमा हुमलाल पौडेल २५३ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी दीपक श्रेष्ठले १६२ मत प्राप्त गरे । निर्वाचन समितिका अनुसार, सह–सचिव (महिला)…

Read More

काठमाडौं,१२ असोज। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण नियन्त्रण गर्न सरकारले विद्यमान कानुन संशोधनको प्रक्रिया अघि बढाएको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेश गर्दै आक्रमणकारीलाई कडा सजाय हुने गरी कानूनी दायरा फराकिलो बनाइने बताएकी हुन्। प्रस्तावित संशोधनअनुसार यसअघि कैद वा जरिवानामध्ये कुनै एक सजाय हुने व्यवस्थालाई परिवर्तन गरी अब कैद र जरिवाना दुवै सजाय हुने गरी कानुनी प्रावधान ल्याउन लागिएको छ। त्यस्तै, स्वास्थ्य संस्थामा कार्यरत प्रशिक्षार्थी तथा अध्ययनरत कर्मचारीलाई समेत कानुनी सुरक्षाको दायरामा ल्याउने व्यवस्था प्रस्ताव गरिएको मन्त्री मेहताले…

Read More