


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
वीरगञ्ज, १ असोज। सशस्त्र प्रहरीले पर्साको वीरगञ्जमा भारतीय नम्बर प्लेटको कारबाट चार थान पेस्तोल र ६ थान गोली बरामद भएको छ। सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरो खटिएको टोलीले वीरगञ्ज महानगरपालिका-१५ स्थित वास्तुबिहार चोकमा वेवारिसे अवस्थामा रहेको यूपी १६ एजे ३३०१ नम्बरको भारतीय नम्बर प्लेटको कार चेकजाँच गर्ने क्रममा उक्त हतियारहरु बरामद गरेको हो । उक्त कारबाट २ थान कटुवा पेस्तोल, २ थान सिक्सर पेस्तोल र उक्त पेस्तोलमा प्रयोग हुने ७.६२ एमएमका एसएलआरको ६ राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद पेस्तोल, गोली र कारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।
काठमाडौं,३१ भदौ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हुण्डी कारोबारमा संग्लन आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको शहीदनगर नगरपालिका-४ का २४ वर्षीय अजय कुमार मुखिया रहेको सीआईबीले जनाएको छ। सीआईबीका सूचना अधिकारी एंव एसएसपी अनुपम शमशेर जबराका अनुसार, मलेसियालगायत विभिन्न मुलुकबाट अवैध रुपमा हुन्डी कारोबार भइरहेको सूचनाको विषयमा सूक्ष्म अनुसन्धान तथा विश्लेषणको क्रममा व्यक्तिगत तथा व्यवसायिक बैंक खाताहरुको प्रयोग गरेर एक अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको हुण्डी कारोबार पुष्टि हुन आएको छ। पक्राउ परेका मुखियामाथि हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धान भइरहेको र संलग्न अन्य व्यक्तिको खोजी तथा अनुसन्धान भइरहेको…
महोत्तरी,३१ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले नापी कार्यालय बर्दिवासका सर्वेक्षकलाई घुससहित पक्राउ गरेको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, जग्गाको अंशबण्डा मुताविकको नक्सा ट्रायल चेक गरी नक्सा संशोधन गरिदिनका लागि सेवाग्राहीसँग माग गरेको एक लाख रुपैयाँ घुससहित सर्वेक्षक शिवकुमार साहलाई नियन्त्रणमा लिइएको हो । साहविरुद्ध विशेष अदालतबाट भ्रष्टाचार सम्बन्धी मुद्दामा म्याद लिएर अनुसन्धान अगाडि बढाइएको आयोगले जनाएको छ।
भैरहवा, ३१ भदौ । नेपाल आयल निगमको पेट्रोलियम पदार्थ चोरी प्रकरणमा संग्लनहरुलाई कारवाही गरिएको छ। मंगलबार निगमको अमलेखगन्ज डिपोबाट भलवारी डिपोको लागि तीन वटा ट्यांकरमा ल्याइएको डिजेल भैरहवास्थित सराफ आयल स्टोर्समा लकिङ प्रणाली बिगारेर चोरी गर्दै गरेको अवस्थामा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको टोलीले फेला परेको थियो। निगमका अनुसार, तीन वटामध्ये पौडेल यातायात प्रालिको लु १ ख ६५०४ र बि.एन.एस.ढुवानी सेवाको लु २ ख १५४४ नम्बरको ट्यांकरबाट डिजेल चोरी गरिरहेको अवस्थामा रंगेहात फेला परेको थियो भने त्रिमुर्ति ट्रान्सपोर्ट प्रालिको लु १ ख ६६१९ नम्बर ट्यांकर सराफ आयल स्टोर्समा डिजेल निकालेर भागेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। निगमको डिजेल चोरीमा संग्लन सराफ…
भैरहवा, ३० भदौ । रुपन्देही जिल्लासँग जोडिएको भारतको सीमावर्ती जिल्ला महाराजगञ्जमा प्रहरी अधिकारीहरुको सरुवा गरिएको छ। जिल्लाको कानून व्यवस्था थप सुदृढ र प्रभावकारी बनाउने तथा प्रशासनिक आवश्यकतालाई ध्यानमा राख्दै महाराजगञ्जका एसपी शक्ति मोहन अवस्थीले एकैपटक एक प्रहरी निरीक्षकसहित २९ जना प्रहरी अधिकारीको सरुवा गरेका हुन्। सरुवा हुनेमा ८ जना इलाका प्रहरी कार्यालय (थाना) का प्रमुख तथा २१ जना प्रहरी चौकी प्रमुख र इलाकाका ‘सेकेण्ड म्यान’ हरु रहेका छन्। सरुवा सूचीअनुसार, रुपन्देहीको सबैभन्दा ठूलो नाका बेलहियासँग जोडिएको भारतीय सीमावर्ती क्षेत्र सोनौली र नौतनवाका प्रहरी प्रमुख पनि फेरिएका छन्। भारतीय प्रहरीका लागि यी क्षेत्रहरु आकर्षक मानिन्छन्। सोनौली थाना प्रमुखको जिम्मेवारी सम्हालिरहेका प्रहरी…
काठमाडौं,३० भदौ । नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी दिन ४० हजार रुपैयाँ दस्तुर तिर्नुपर्ने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंगलबार जारी गरेको निर्वाचन निर्देशिका–२०८३ मा सभापति पदका उम्मेदवारका लागि ४० हजार रुपैयाँ शुल्क तोकिएको हो। निर्देशिकाले वडा सदस्यदेखि केन्द्रीय कार्यसमितिको सभापतिसम्मका विभिन्न पदमा उम्मेदवारी दिन आवश्यक मापदण्ड तथा दस्तुर निर्धारण गरेको छ। जसअनुसार केन्द्रीय उपसभापति र महामन्त्री पदका उम्मेदवारले ३० हजार रुपैयाँ, सहमहामन्त्रीका उम्मेदवारले २० हजार रुपैयाँ र केन्द्रीय सदस्यका उम्मेदवारले ११ हजार रुपैयाँ तोकिएको छ।
भैरहवा,३० भदौ। भोटेकोशी बाढीका कारण रसुवा सडक सञ्जालबाट विच्छेद भएपछि आवतजावत तथा अत्यावश्यक सामान ढुवानीमा देखिएको समस्या समाधान गर्न नुवाकोट–रसुवा जोड्ने वैकल्पिक मार्ग निर्माण प्रक्रिया अघि बढाइएको छ। रसुवालाई सडक सञ्जालसँग जोड्ने भरपर्दो र द्रुत वैकल्पिक मार्गका रुपमा नुवाकोटको सूर्यगढी गाउँपालिका–२, तल्लो कुवापानी बिमिरेखोलादेखि रसुवाको नौकुण्ड गाउँपालिका–५, वहाखोलासम्म फलाँखुमा ७५ मिटर लामो बेलीब्रिज निर्माण गर्न लागिएको हो। पूर्वाधार मन्त्री सुनिल लम्सालले सामाजिक संजालमार्फत सम्बन्धित पालिका अध्यक्षबाट आएको अनुरोधअनुसार बेलीब्रिज निर्माणका लागि मन्त्रालयबाट आवश्यक निर्देशन तथा सहजीकरण गरिएको बताएका छन्। उनका अनुसार बेलीब्रिज निर्माण सम्पन्न भएपछि नुवाकोट र रसुवा जोड्ने सबैभन्दा छोटो वैकल्पिक सडक मार्ग तयार हुनेछ। यसले हाल सडक सञ्जालबाट…
भैरहवा, ३० भदौ। भारतबाट नेपाल आयल निगमका लागि ल्याइएको डिजेल भैरहवामा चोरी गरिररहेको अवस्थामा प्रहरीले तीन वटा ट्याङ्करसहित एक जनालाई नियन्त्रणमा लिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको संयुक्त टोलीले मंगलबार भैरहवास्थित सराफ आयल सेन्टरमा डिजेल निकालिरहेको अवस्थामा ट्याङ्कर नियन्त्रणमा लिएको हो। नेपाल आयल निगमका ट्याङ्करबाट सिल तोडेर डिजेल निकालिरहेको अवस्थामा ट्याङ्कर, करिब ३० लिटर डिजेल र एक जना सहचालकलाई नियन्त्रणमा लिइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जननएको छ। प्रहरीका अनुसार, कारबाही गर्ने क्रममा दुईवटा ट्याङ्कर लु २ ख १५४४ र लु १ ख ६५०४ घटनास्थलमै फेला परेका थिए भने अर्को एक ट्याङ्कर त्यहाँबाट…
भैरहवा,३० भदौ। रुपन्देहीको ओमसतिया गाउँपालिका–६ नरैनापुरबाट प्रहरीले हतियार र छर्रासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिईएकाहरुमा ओमसतिया गाउँपालिका–६ नरैनापुरका २३ वर्षीय अमन कुमार धवल र २० वर्षीय सुनिल केवट रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, धवलको घरमा कटुवा पेस्तोल लुकाएर राखिएको सूचनाको आधारमा घरमा खानतलासी गर्दा एक थान कटुवा पेस्तोल र सोको छर्रा २५ राउण्ड बरामद भएको हो। प्रहरीले जारी गरेको हतियारको तस्विर ‘एयरगन’ जस्तो देखिएको छ। दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कपिलवस्तु,२९ भदौ। कपिलवस्तुमा सुनका गहना चोरीको आरोपमा प्रहरीले ६ जना महिलाहरुलाई पक्राउ गरेको छ । हरितालिका तीजको दिन जिल्लाको तौलेश्वरनाथ महादेव मन्दिरमा पूजाआजाका लागि आएका श्रद्धालुको सुनको सिक्री र लकेट चोरी गरेर भाग्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहले जानकारी दिए । पक्राउ परेका सबै महिला भारतीय नागरिकहरु हुन्। उनका अनुसार, गत वर्षको तीजमा समेत तौलेश्वरनाथ मन्दिरबाट यही समुहले सुन चोरी गरेको प्रारम्भिक अनुसन्धानका खुलेको छ। पक्राउ परेका महिला समूहबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका आरोपीहरुको नामवली : १) देश भारत उत्तर प्रदेश राज्य महराजगंज जिल्ला प्रतावल पोष्ट सम्देवराह थाना…