Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२३ असार। नेपाल रेडक्रस सोसाइटीले संस्थाका सवारी साधन, एम्बुलेन्स तथा रेडक्रस चिन्हको अनधिकृत र गैरसंस्थागत प्रयोग नगर्न निर्देशन दिएको छ। संस्थाको छविमा नकारात्मक असर पर्ने गरी विभिन्न तहमा सवारी साधनको दुरुपयोग भइरहेको भन्ने गुनासो बढेपछि रेडक्रस केन्द्रीय कार्यालयले यस्तो अपिल जारी गरेको हो। रेडक्रसद्वारा जारी सूचनाअनुसार, संस्थाका सम्पत्तिहरु मानवीय सेवा, राहत तथा उद्धार, स्वास्थ्य सेवा, विपद् व्यवस्थापन र रक्तसञ्चारलगायत स्वीकृत संस्थागत कार्यमा मात्र प्रयोग गर्नुपर्ने आग्रह गरेको छ। उक्त सूचनामा भनिएको छ, ‘नेपाल रेडक्रस सोसाइटीका नाममा रहेका कतिपय सवारी साधन र एम्बुलेन्सहरु व्यक्तिगत, पारिवारिक, व्यावसायिक वा राजनीतिक प्रयोजनमा प्रयोग भएको भन्ने सरोकारवालाहरुको टिप्पणी र सञ्चारमाध्यममा आएका समाचारप्रति संस्थाको ध्यानाकर्षण भएको…

Read More

काठमाडौं,२३ असार। नेपालको स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार १४ सय रुपैयाँले घटेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Read More

काठमाडौं,२३ असार। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो । गत असार १ देखि ९ गते सम्म भएको पूरक परीक्षामा सहभागी परीक्षार्थीमध्ये ६४.६८ प्रतिशत उतिर्ण भएको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए। उक्त परीक्षामा १ लाख २९ हजार १ सय १४ जना सामेल थिए। जसमा, ८३ हजार ५ सय २३ जना वर्गीकृत हुन सफल भएका छन्। पूरकको नतिजासँगै एसईई उतीर्ण गर्ने विद्यार्थी ८५.३७ प्रतिशत पुगेका छन् । परीक्षामा नियमिततर्फ ४ लाख ३० हजार ६ सय ६७ परीक्षार्थी रहेका थिए । मूल परीक्षामा…

Read More

काठमाडौं,२३ असार। प्रधानमन्त्री बालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाबीच शिष्टाचार भेटवार्ता भएको छ। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष कान्दाबीच भेटवार्ता भएको हो। भेटमा नेपाल-एडीबी सहकार्य, विकास आयोजना तथा आर्थिक सहयोगका विषयमा छलफल भएको बताइएको छ। यसअघि सोमबार नेपाल सरकार र एडीबीबीच अर्थ मन्त्रालयमा दुईवटा आयोजना तथा कार्यक्रम कार्यान्वयनका लागि १६५ मिलियन अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको थियो। अर्थ मन्त्रालयका अनुसार, हस्ताक्षर भएका सम्झौतामध्ये ‘एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना’ का लागि ११५ मिलियन अमेरिकी डलर (करिब १७ अर्ब ५० करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण…

Read More

काठमाडौं,२३ असार। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र २०८४ ‘ङ’ निष्कासनका लागि बोलकबोल आह्वान गरेको छ। बैंकले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार इच्छुक सहभागीले अनलाइन प्रणालीमार्फत बोलकबोल गर्न सक्नेछन्। बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ। बोलकबोल गर्दा सहभागी संस्थाले आफूले खरिद गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गर्नुपर्नेछ। ब्याजदर दशमलवपछिका चार अंकसम्म उल्लेख गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल २५ अर्ब रुपैयाँसम्म, ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने व्यवस्था…

Read More

काठमाडौं,२२ असार। अर्थ मन्त्रालयअन्तर्गतका दुई प्रमुख भन्सार विभाग र आन्तरिक राजस्व विभागमा नयाँ नेतृत्व नियुक्त गरिएको छ। मन्त्रालयले सोमबार गरेको निर्णयअनुसार दुबै विभागमा सहसचिव तहका अधिकारीलाई नेतृत्वको जिम्मेवारी प्रदान गरिएको हो। मन्त्रालयका अनुसार, भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन्। विभागको उपमहानिर्देशकमा प्रेम प्रसाद आचार्य नियुक्त भएका छन्। निमित्त महानिर्देशक भरतमणि पाण्डेय अर्थमन्त्रालय बाहिर सरुवा भएका छन्। त्यस्तै, भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी सहसचिव प्रेमप्रसाद आचार्यलाई दिइएको मन्त्रालयले जनाएको छ। यस्तै आन्तरिक राजस्व विभागको महानिर्देशकमा डा. भीष्मकुमार भुसाल नियुक्त भएका छन्। हालका महानिर्देशक रमेश अर्याल अर्थ मन्त्रालय बाहिर सरुवा भएका हुन्। नयाँ जिम्मेवारी पाएका तीनैजना सहसचिव हालैको मन्त्रिपरिषद् बैठकबाट…

Read More

सप्तरी,२२ असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दास र सवारी चालक भोगेन्द्र यादवलाई घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ। आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार, भ्याक्सिनेटरहरुबाट सेवा उपलब्ध गराएबापत पाउनुपर्ने भुक्तानी रकमको २० प्रतिशत कमिसन मागेको उजुरीका आधारमा चालक यादवले ३३ हजार ३५० रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो। त्यसक्रममा ४८ हजार ७० रुपैयाँ श्रोत नखुलेको रकम, भिन्न भिन्न रकम उल्लेख गरिएको १ लाख २९ हजार बराबरको चार थान चेक र एक थान मोबाइल पनि बरामद भएको छ। निमित्त कार्यालय प्रमुख डा.…

Read More

काठमाडौं,२२ असार। विशेष अदालतले टेरामक्स खरिद प्रकरणमा तीन जनालाई दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीशहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरु धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको हो। अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) अनुसार कसुरको प्रकृति, त्यसबेलाको परिस्थिति तथा सजायको उद्देश्यलाई ध्यानमा राख्दै झा, ज्ञवाली र उप्रेतीलाई जनही ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। अदालतले अध्यक्ष रहेको भन्दै झाको हकमा भने भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ समेत आकर्षित हुने ठहर गर्दै थप ६ महिना कैद सजायको…

Read More

भैरहवा,२२ असार। आधुनिक पूर्वाधार, अत्याधुनिक स्वास्थ्य उपकरण, सरसफाइ तथा लिफ्टसहितका सुविधाका कारण लामो समयसम्म धेरैले भैरहवा क्षेत्रस्थित सिद्धार्थनगर सिटी हस्पिटललाई महँगो निजी अस्पतालका रुपमा बुझ्ने गरेका थिए। तर, पछिल्ला वर्षहरुमा अस्पतालले सञ्चालन गरेका सुलभ स्वास्थ्य सेवा कार्यक्रमले उक्त धारणा परिवर्तन हुँदै गएको देखिएको छ। अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलका अनुसार, विपन्न तथा मध्यमवर्गीय नागरिकलाई अस्पतालमा सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न सेवा न्यून शुल्कमा प्रदान गरिँदै आएको छ। विशेषज्ञ चिकित्सकसँग एक सय पचास रुपैयाँमा परामर्श, पाँच सय रुपैयाँमा बिरामी भर्ना सेवा, सरकारी अस्पतालमा प्रचलित शुल्क सरह दुई हजार दुई सय रुपैयाँमा सुलभ आयुष्मान प्याकेज तथा आठ सय रुपैयाँमा…

Read More

काठमाडौं,२२ असार। सार्वजनिक स्थानमा युवतीलाई गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा प्रहरीले एक जना सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२, इमाडोल का ५५ वर्षीय सुरेन्द्र भट्ट रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, प्रारम्भिक अनुसन्धानबाट भट्ट सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रुपमा कार्यरत छन्। आइतबार साँझ इमाडोलस्थित एक गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई लक्षित गर्दै भट्टले अश्लील व्यवहार गर्दै आफ्नो गोप्य अङ्ग प्रदर्शन गरेको आरोप छ। घटनापछि युवतीले हिम्मतका साथ मोबाइलबाट आरोपीको भिडियो खिच्दै उनलाई पछ्याएकी थिइन्। युवतीले उक्त भिडियो सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक गर्दै आरोपीलाई पक्राउ गरिदिन आग्रह गरेकी थिइन्।…

Read More