


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,३ भदौ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले आगामी १ असोजदेखि सवारीसाधनहरुमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सूचना जारी गरेको छ। असोज १ गते देखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने विभागले मंगलवार जारी गरेको सूचनामा उल्लेख छ । गत २० साउनमा बसेको विषयगत समितिको बैठकले १ असोजदेखि सवारीसाधनहरूमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने निर्णय गरेको थियो। हेर्नुहोस् सूचना :
काठमाडौं,३ भदौ। प्रहरीले जबरजस्ती करणी र ज्यान मार्ने उद्योगको आरोपमा एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई नै पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत इन्स्पेक्टर दिनेश गुरुङ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी एंव प्रवक्ता चक्रराज जोशीका अनुसार पूर्वपत्नीले बलात्कार र ज्यान मार्ने उद्योगमा उजुरी दिएपछि गुरुङलाई पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालतबाट बलात्कार र ज्यान मार्ने उद्योगको कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको उनले बताए । प्रहरी हिरासतमा रहेका इन्सपेक्टर गुरुङले यसअघि सामाजिक सञ्जालमा आफू पूर्वपत्नीबाट पीडित भएको उल्लेख गरेका थिए । पूर्वपत्नी सँगै रहेकी छोरीसँग…
काठमाडौं,३ भदौ। प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई युएई (दुबई) बाट पक्राउ गरेर नेपाल ल्याएको छ । पक्राउ पर्नेमा रुकुम पश्चिम बाफिकोट गाउँपालिका–२ का कलबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ । एनसिबी अबुधावी युएईको समन्वयमा बस्नेतलाई युएईमा पक्राउ गरेर नेपाल ल्याइएको प्रहरीले जनाएको छ । एनसिबी काठमाडौंको अनुरोधमा इन्टरपोलबाट उनीविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि ०८१ पुस ११ मा रेड नोटिस जारी भएको थियो। दुबईबाट पक्राउ गरेर नेपाल ल्याइएको उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोमा पठाइएको प्रहरीले जनाएको छ ।
भैरहवा, २ भदौ । रुपन्देही प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्र लगायतका साम्रगीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, कानपुर स्थित नौवस्तीका २५ वर्षीय अभिषेक यादव रहेको प्रहरीले जनाएको छ जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा आइतबार बेलहियास्थित होटल मुक्तिनाथमा प्रवेश गर्न लागेको अवस्थामा यादवलाई नक्कली शैक्षिक प्रमाणपत्र लगायतका साम्रगीसहित पक्राउ गरेको हो । नेपाल र भारतका विभिन्न शैक्षिक संस्था तथा विश्वविद्यालयहरुको नक्कली शैक्षिक प्रमाणपत्रहरु, स्ट्याम्प, होलोग्राम, स्टिकर लगायतको सामग्रीसहित यादवलाई सीमावर्ती क्षेत्र बेलहियाबाट पक्राउ गरिएको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए । प्रहरीका अनुसार पक्राउ परेका यादवको…
भैरहवा, १ भदौ । रुपन्देही प्रहरीले हराएको/चोरी भएको मोबाइल फोन फेला पारेर सम्बन्धित धनीहरुलाई बुझाएको छ । विभिन्न मिति र समयमा हराएको/चोरी भएको मोबाइल खोजतलास गर्ने क्रममा साउन महिनामा फेला परेको १९ वटा मोबाइल सम्बन्धित धनीहरुलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। धनीहरुले मोबाइल हराएपछि प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए।
भरतपुर,१ भदौ। नारायणघाट–मुग्लिन सडकखण्डमा खसेको सुक्खा पहिरो हटाइएपछि सडकमा सवारी साधन संचालन भएको छ। आइतबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मेसिनरी उपकरण प्रयोग गरेर पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । सो ठाउँमा चट्टानसहितको पहिरो खसेका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका थिए ।
काठमाडौं, १ भदौ । गेस्ट हाउसमा श्रीमतीको हत्या गरेर फरार भएका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार गत साउन २७ गते श्रीमतीलाई ‘घुम्न जाऊँ’ भनेर काठमाडौं महानगरपालिका–२६ स्थित गोङ्गबुको गेस्ट हाउसमा लगेर हत्या गरी बक्स पलङमुनि लुकाएर भोलीपल्ट श्रीमती हराएको विषयमा प्रहरी वृत्त महाराजगन्जमा निवेदन दिएका थिए । साउन ३० गते गोङ्गबुको कञ्चन कोशी होटल एन्ड लजमा लगेर २७ वर्षीया पत्नी ललिता विकको शव बरामद भएको थियो। त्यसपश्चात फरार रहेका काभ्रेको भुम्लुका सन्तोष सेन्चुरीलाई पर्सामा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
काठमाडौं,१ भदौ। ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ। सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो। ग्लोबल आइएमई बैंकले ग्राहकहरुलाई प्रदान गर्दै आएको सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँनयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रहरुमा बैंकले गरेको लगानी तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको छ। युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहिरो विश्लेषण र समालोचनाका लागि प्रख्यात छ। युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरु छन्। यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक…
काठमाडौं,१ भदौ। नेपालको स्थानीय बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो। शुक्रबार प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा किनबेच भएकोमा आइतबार प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कायम भएको छ। त्यस्तै चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ। शुक्रबार चाँदी प्रतितोला २ हजार ३१५ रुपैयाँमा किनबेच भएकोमा आइतबार २ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
धरान,१ भदौ। प्रहरीले लागुऔषध ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा मोरङको सुन्दरहरैचा नगरपालिका-६ का रोशन खड्का र लालबहादुर बिक, धादिङको थाक्रे गाउपालिका-१० का कुमार बिडारी, दोलखाको मेलुङ्ग गाउँपालिका-२ का राम आछामे रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिनाका अनुसार शनिवार राति १४.३५ ग्राम ब्राउन सुगरसहित उनीहरुलाई इनरुवाबाट पक्राउ गरिएको हो। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ।