


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
कपिलवस्तु,१४ असार। लागुऔषध मुद्दामा सजाय भुक्तानका क्रममा दाङको तुल्सीपुर कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–४, देवपुराका ३३ वर्षीय बब्लु भन्ने बुधई यादव रहेको प्रहरीले जनाएको छ। उनलाई कपिलवस्तुको विजयनगर गाउँपालिका–४ स्थित जुलाही चोकबाट पक्राउ गरिएको हो नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार, यादव जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते तुल्सीपुर कारागारबाट फरार भएका थिए। लागुऔषध मुद्दामा १० वर्ष कैद तथा ५ हजार रुपैयाँ जरिवाना सजाय पाएका उनी कारागारमा सजाए भुक्तान गरिरहेका थिए।
काठमाडौं,१४ असार। प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’ बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकबाट बजेट आश्रित विधेयक ‘आर्थिक विधेयक, २०८३’ पारित भएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा छलफलपछि उक्त विधेयक पारित गर्नका लागि प्रस्ताव गरेका थिए। प्रस्ताव सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गरे।
काठमाडौं,१४ असार। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मध्यपूर्व द्वन्द्वका कारण बढेको डिजेल, पेट्रोललगायतका इन्धनको मूल्य अब घट्ने बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले मध्यपूर्वको द्वन्द्व सहज भएकाले अब ती वस्तुहरुको मूल्य पनि घटने बताएका हुन्। उनले अन्तर्राष्ट्रिय बजारमा उक्त बस्तुको मूल्य घटेको भएपनि नेपालमा भारतीय आयल निगममार्फत उक्त इन्धन आउन बाँकी रहेकाले हालसम्म त्यसको मूल्य घटाउने अवस्था नरहेको जिकिर पनि गरे। केही समय लागेपनि पेट्रोलियम पदार्थको मूल्य अब घटनेवाला अवस्थामा रहेको उनको भनाई थियो। आफू अर्थमन्त्री भए पश्चात इन्धनको मूल्य घटाउनका लागि पहल गरिरहेको उनले दाबी गरे ।
भैरहवा,१४ असार। रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको करिब २४ लाख मूल्य बराबरको सेलफोन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दद्वारा जारी विज्ञप्तीका अनुसार, इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले ओमसतिया गाउँपालिका-४ बालापुरमा लु ५३ प ३३९८ नम्बरको स्कुटर चेकजाँचको क्रममा २३ लाख ९० हजार मूल्य बराबरको ३८ थान सेलफोन बरामद गरेको हो। बरामद सबै सेलफोन एप्पल कम्पनीका विभिन्न मोडेलका आइफोन हुन्। बरामद सेलफोन र स्कुटर आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बेलहिया पठाउने प्रक्रियामा रहेको प्रहरीले जनाएको छ।
काठमाडौं,१३ असार। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन जेड आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग गरेका छन्। अध्यक्ष ओलीका तर्फबाट एमाले नेता महेश बर्तौलाले आयोगमा निवेदन दर्ता गर्दै उक्त प्रतिवेदन माग गरेका हुन्। निवेदनमा आन्दोलनका क्रममा भएको आगजनी तथा संवैधानिक निकायविरुद्ध उत्तेजना फैलाउने गतिविधिमा संलग्न व्यक्तिबारे आयोगको प्रतिवेदन मौन रहेको उल्लेख गर्दै सम्बन्धित छानबिन तथा अनुसन्धान प्रतिवेदन उपलब्ध गराउन आग्रह गरिएको छ। यस्तो छ ओलीले पठाएको निवेदनको ब्यहोरा : मिति : २०८३/०३/१२ श्री राष्ट्रिय मानव अधिकार आयोग, हरिहर भवन पुल्चोक विषय: आयोगको अनुसन्धान प्रतिवेदन एवं संलग्न कागजातहरु उपलब्ध गराई दिनु हुन अनुरोध सम्बन्धमा। १. उपरोक्त…
लुम्बिनी,१३ असार। शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको शिलान्यास गरिएको छ। भुटानका गृहमन्त्री ल्योन्पे छिरिङ, भुटानका धर्मगुरु उप महासङ्घराजा दोर्जे लोपेन रिम्पोछे, नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल, रुपन्देही-५ का सांसद् तौफिक अहमद खान, रुपन्देही-४ का सांसद् कन्हैया बनियाँको उपस्थितिमा शिलान्यास गरिएको हो। भुटान सरकारका अनुसार आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको गुम्बामा भुटानी मौलिक वास्तुकला, धार्मिक कला, प्रार्थना कक्ष तथा सांस्कृतिक प्रदर्शनी क्षेत्र निर्माण गरिनेछ। यसले लुम्बिनीलाई अन्तरराष्ट्रिय बौद्ध तीर्थस्थलका रुपमा थप प्रवर्द्धन गर्नुका साथै नेपाल–भुटानबीचको सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ। शिलान्याससँगै…
भैरहवा,१३ असार। लुम्बिनी प्रदेश प्रहरी कार्यालयले नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा जेठ महिनामा पुनः देशभरमा पहिलो स्थान हासिल गर्दै उत्कृष्ट ठहरिएको छ। गत वैशाख महिनामा पनि लुम्बिनी प्रदेश प्रहरीले पहिलो स्थान हासिल गरेको थियो। प्रहरी प्रधान कार्यालयले मातहतका प्रदेश प्रहरी कार्यालयहरुको कार्यसम्पादन, अपराध नियन्त्रण, शान्ति सुरक्षा व्यवस्थापन तथा नागरिकमुखी प्रहरी सेवाका आधारमा गरेको मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रहरी उत्कृष्ट ठहरिएको हो। प्रदेशका डीआईजी भूपेन्द्रबहादुर खत्रीको नेतृत्वमा प्रविधिमैत्री सेवा, नागरिकसँगको सम्बन्ध सुधार तथा प्रभावकारी सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विभिन्न नव प्रवर्तनात्मक अभियान सञ्चालन गर्दै आएको छ । प्रहरी सेवालाई थप सहज, छिटोछरितो र प्रभावकारी बनाउन डिजिटल उजुरी प्रणाली तथा सेवाग्राहीलाई एसएमएसमार्फत जानकारी…
प्युठान,१३ असार। प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी दुर्घटनामा मृत्यु भएको छ । स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु प्र ०१–००१ झ ०००८ नम्बरको बोलेरो पिकअप जिप स्वर्गद्वारी नगरपालिका वडा नं २ बाङ्गेसल्लामा दुर्घटना हुँदा ५० वर्षीय राना मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार, शनिबार साँझ उपप्रमुख राना आफैँले चलाएको जिप सडकदेखि करिब ५ सय मिटर तल खसेको थियो। दुर्घटनामा उनको घटनास्थलमै निधन भएको हो।
जनकपुर, १३ असार। प्रहरीले पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धनुषाको मुखियापट्टि मुसहनियाँ गाउँपालिका–४ का २० वर्षीय अमन यादव र धनुषाकै हंसपुर नगरपालिका–६ सोनीगामा का १८ वर्षीय सुधिर मुखिया रहेका प्रहरीले जनाएको छ। जनकपुर उपमहानगरपालिका ९ थापा चोकस्थित एक होटलबाट उनीहरुलाई पेस्तोल र पाँच राउन्ड गोलीसहित पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक मनोज यादवका अनुसार,चेकजाँचको क्रममा उनीहरुको साथबाट एक थान पेस्तोल, म्यागजिन एक थान र ९ एमएमका एक राउन्ड र ७.६५ एमएमकेएफका चार राउन्ड गरी पाँच राउन्ड गोली बरामद भएको हो । दुवै जनालाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान…
हृदयराम गुप्तामर्चवार,असार। रुपन्देहीको सम्मरीमाई गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५९ करोड ५३ लाख ८१ हजार रुपैयाँको बजेट ल्याएको छ। गाउँसभाको १९औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष कुमारी प्रियंका साही सिंहले उक्त बजेट प्रस्तुत गरिन्। गाउँपालिका उपाध्यक्ष साहीका अनुसार, चालुतर्फ ३७ करोड ३७ लाख रुपैयाँ र पुँजीगततर्फ २२ करोड १६ लाख रुपैयाँ विनियोजन गरिएको छ । बजेटका लागि राजस्व परिचालनबाट १ करोड १ लाख ९० हजार, आर्थिक वर्ष २०८२/०८३ बाट बचत हुने अनुमानित ४ करोड ५० लाख, संघीय सरकारबाट राजस्व बाँडफाँड १० करोड ६० लाख ५७ हजार, प्रदेश सरकारबाट राजस्व बाँडफाँड १ करोड १ लाख ५२ हजार, नेपाल सरकारबाट वित्तीय समानीकरण…