Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२७ साउन। थाइल्याण्डबाट हङकङ हुँदै नेपाल भित्र्याइएको १८ किलो लागुऔषध गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्ने विदेशी यात्रुमाथि गरिएको प्रोफाइलिङका क्रममा उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारतको पञ्जाबका ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार रहेका छन्। प्रहरीले उनीहरुको साथबाट १८ किलो गाँजा, दुई थान पासपोर्ट, दुई थान मोबाइल फोन र चार थान झोला बरामद गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले नेपाल प्रवेश गरेपछि पक्राउबाट जोगिन फरक शैलीको योजना बनाएको खुलेको प्रहरीले जनाएको छ। विमानस्थलको आगमनतर्फ रहेको भन्सार क्षेत्रमा लगेज छाडेर बाहिरिने र केही दिनपछि…

Read More

काठमाडौं,२६ साउन । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका पाँचवटा प्रमुख निर्णयहरु सार्वजनिक गरेका हुन्। हेर्नुहोस् निर्णयहरु : १. नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रुपमा छुट प्रदान गर्ने । २. सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका ४ जना (सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादव) लाई सहिद घोषणा गर्ने। ३. पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिने। ४. वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक…

Read More

भैरहवा,२६ साउन । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा सुनसान छ। स्थानीय व्यवसायीहरुले विमानस्थल पूर्ण रुपमा संचालनका लागि सरकारलाई दवाव दिइरहेकै छन् । संघसंस्थाबाट कयौं पटक ज्ञापन पत्र समेत बुझाइसकिएको छ। तर, विमानस्थलमा तत्काल उडान हुने कुनै सुरसार देखिएको छैन। नियमित उडान नै नभएको विमानस्थलमा भने दर्जनौं कर्मचारी करार तथा दैनिक ज्यालादारीमा भर्ना गरेर मासिक लाखौं तलब सुविधा दिएर राखिएको छ। विमानस्थलका कार्यवाहक महाप्रबन्धक श्यामकिशोर शाहका अनुसार, २४ जना करार र ६६ जना ज्यालादारीमा गरी ९० जना कर्मचारी कार्यरत छन्। साथै, विमानस्थलमा विभिन्न तहका गरी १ सय ४१ जनाको स्थायी दरबन्दी रहेकामा ८१ जना स्थायी कर्मचारी मात्र कार्यरत छन्।…

Read More

काठमाडौं,२६ साउन । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। सोमबार ९.०२ अंकले घटेको नेप्से परिसूचक मंगलबार भने ०.७९ अंकले बढेको हो। नेप्सेमा सामान्य वृद्धि भएसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। मंगलबार ३४० वटा स्क्रिप्सको ९५ लाख ३४ हजार २२१ कित्ता सेयर ४ अर्ब ११ करोड ९ लाख ७४ हजार ६७४ रुपैयाँमा खरिदबिक्री भएको छ। मंगलबार अपर लोहोरे खोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो भने महिला लघुवित्त वित्तीय संस्थाको सेयरमा नकारात्मक सर्किट लागेको छ। कारोबारमा आएका ३४० वटा स्टक्समध्ये १३३ वटाको मूल्य बढेको छ भने १२२ वटाको मूल्य घटेको छ। यस्तै, २० वटा…

Read More

काठमाडौं,२६ साउन। आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीका लागि विभिन्न देशहरु पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कञ्चनपुरको भीमदत्त नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-८ बस्ने ३० वर्षीय करण ऐर, काठमाडौं महानगरपालिका-१२ बस्ने बुढानिलकण्ठ नगरपालिका-१३ घर भएकी ३० वर्षीया सुनिता श्रेष्ठ, मोरङको बेलबारी नगरपालिका-२ घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका-५ बस्ने ३६ वर्षीय प्रेम पुरी, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ बस्ने ४२ वर्षीय अच्युत दुलाल र कालिकोटको खाँडाचक्र नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२८ बस्ने ३५ वर्षीय बिर्ख बहादुर विक रहेका छन्। पक्राउ मध्ये करणले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना…

Read More

नेपालगञ्ज,२६ साउन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोबी, वडा सचिव वीरबहादुर थापा मगरसहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार, धोबी र थापा मगरले सरकारी कागजातमा फेरबदल गरी झुट्टा विवरणसहितको लिखत तयार गरेको आरोप छ। उनीहरुले सम्पत्ति शुद्धीकरणसम्बन्धी विचाराधीन मुद्दामा प्रमाण सिर्जना गर्ने उद्देश्यले पदको दुरुपयोग गरेको अख्तियारको दाबी छ। यस्तै, बाँकेको नेपालगञ्ज–२० का रविन्द्र लामिछाने र उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–५ का विकासकुमार चापागाईंले गैरकानुनी लाभ लिन सहयोग गरेको आरोपमा मतियारका रुपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। चारै जनाको मिलेमतोमा २०७९ साउन १० गते भक्तपुरको मध्यपुर थिमी–१७ स्थित १६४.१४ वर्गमिटर…

Read More

भैरहवा, २६ साउन । एलपी ग्यास उद्योगहरुबाट बजारमा प्रयाप्त मात्रामा ग्यास आपूर्ति हुँदा समेत अभाव देखिएपछि नेपाल आयल निगमको समन्वयमा रुपन्देहीमा ग्यासको खुद्रा विक्री वितरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको सरोकारवालाहरुको बैठकले आयल निगमको समन्वयमा भैरहवा र बुटवलमा वितरण गर्ने निर्णय गरेको थियो । जसअनुसार, मंगलबारदेखि भैरहवामा राष्ट्रिय खाद्य तथा व्यापार कम्पनी लिमिटेड (लुम्बिनी गेट नजिक) र बुटवलमा हाटबजार लाइन बाल मन्दिरको परिसरमा ग्यासको वितरण थालिएको नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलवारीका प्रमुख ई.शैलेन्द्र भुसालले जानकारी दिए। दुवै स्थानमा ९ वटा ग्यास कम्पनीको ३ हजार सिलिन्डर वितरण गर्ने योजना रहेको उनले बताए। ‘ग्यास आयात निरन्तर भइरहेको…

Read More

काठमाडौं, २५ साउन । नेपाल प्रहरीका देशभरमा ३६३ प्रहरी युनिटहरु अझै पनि भाडाका घरबाट सञ्चालन भइरहेका छन्। आफ्नै भवन नहुँदा ती प्रहरी युनिटहरु भाडाका घरबाट सञ्चालन गर्नुपरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार, थप ४१८ प्रहरी युनिटहरु विभिन्न निकायका भवनमा आश्रित भएर सञ्चालन भइरहेका छन्। देशभर नेपाल प्रहरीका कुल २ हजार ६६९ युनिटहरु रहेका छन्। तीमध्ये १ हजार ८८४ युनिटका आफ्नै भवन छन्। बाँकी युनिट भने भाडाका घर तथा अन्य निकायका भवनमा आश्रित भएर सञ्चालन भइरहेका छन्। त्यस्तै, ६७४ प्रहरी युनिटको आफ्नै जग्गासमेत छैन। देशभरका ८५३ प्रहरी इकाईमा भने ब्यारेकको व्यवस्था समेत नरहेको प्रहरीले जनाएको छ।

Read More

भैरहवा, २५ साउन। लुम्बिनी प्रदेशका प्रहरी प्रमुख एवंडीआईजी भूपेन्द्रबहादुर खत्रीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको अनुगमन गर्दै अपराध नियन्त्रण तथा शान्ति–सुरक्षा कायम गर्न निर्देशन दिएका छन्। अनुगमनका क्रममा उनले ट्राफिक व्यवस्थापन, लागूऔषध नियन्त्रण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको संरक्षण, विपद् व्यवस्थापनलगायत समसामयिक विषयमा आवश्यक निर्देशन तथा सम्बोधन गरेका हुन्। प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी, नागरिकमैत्री तथा परिणाममुखी बनाउन कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिन उनले निर्देशन दिए। साथै, नागरिकसँगको समन्वयलाई थप मजबुत बनाउँदै प्रहरी कर्मचारीको व्यावसायिक अनुशासनमा विशेष ध्यान दिनसमेत उनले निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Read More

भैरहवा, २५ साउन । रुपन्देही जिल्लामा एलपी ग्यासको सहजताका लागि सरोकारवालाहरुको बैठकले कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही गर्ने देखि लिएर ग्यास नपाएका उपभोक्तलाई उपलब्ध गराउनेसम्मको निर्णय गरेको छ । आइतबार ग्यासको सहज प्राप्तिका लागि उद्योगी, आयल निगम, वितरक लगायत सरोकारवाला सम्वद्ध पक्षको बैठक बसेको थियो। नेपाल आयल निगमको समन्वयमा ग्यास नपाएका उपभोक्ताका लागि बुटवलको बाल मन्दिर हाटबजार लाइनमा र भैरहवाको खाद्य संस्थानको प्राङ्गणमा ग्यास वितरण गर्ने र सबै उद्योगले दुवै स्थान एक/एक सय वटा सिलिन्डर उपलब्ध गराउने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको बैठकको निर्णय पत्रमा उल्लेख छ। साथै, ग्यास प्रयाप्त मात्रामा आयात भैरहेको अवस्थामा समेत वितरण प्रणाली सहज हुन…

Read More