


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,८ बैशाख। मौसम पूर्वानुमान महाशाखाले वैशाख १० गते बिहीबारसम्म तराई र पहाडका विभिन्न जिल्लाहरूमा तातो लहर (हिट वेभ) को सम्भावना रहेको जनाएको छ। यस अवधिमा नागरिकहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। महाशाखाका अनुसार,रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी, बाँके, दाङ, बर्दिया,कञ्चनपुर, कैलाली, डोटी जिल्लाहरूमा तातो लहर चल्ने सम्भावना छ। जल तथा मौसम विज्ञानले आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको जनाएको छ। भैरहवामा ४४ डिग्री, धनगढी र नेपालगञ्जमा ४३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । त्यस्तै मधेश प्रदेशका सबै भू–भाग, बाग्मती र गण्डकी प्रदेशका तराई तथा पहाडी क्षेत्र, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका…
काठमाडौं,८ बैशाख। नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले घण्टी चुनाव चिन्हमा भोट हाल्नेहरूलाई क्षमापूजा गर्न सुझाएका छन्। रास्वपा नेतृत्वको सरकारका मन्त्रीहरु विवादमा पर्दै गएपछि उनले यस्ता कटाक्ष गरेका हुन्। मंगलबार सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘फाटेको जालोले छेकेको छेके पनि छर्लङ्ग देखेको हेर नेपाली हो-घण्टीमा भोट दिएकाले क्षमापूजा गर हो !’
काठमाडौं,८ बैशाख। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थीहरुलाई अतिरिक्त बोझ हुने पाठ्यपुस्तक नबोकाउन निर्देशन दिएको छ। सबै शिक्षा विकास तथा समन्वय इकाईहरुलाई निर्देशन जारी गर्दै केन्द्रले सरकारद्वारा स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न र विद्यालय परिसरभित्रै पोसाक, पाठ्यपुस्तक, स्टेशनरी बिक्री नगर्न निर्देशन दिएको हो । केन्द्रले जारी गरेको परिपत्रमा केही निजी प्रकाशकहरुले कानुनको उल्लङ्घन गर्दै बढी मूल्य तोकेको, न्यून गुणस्तरको कागज प्रयोग गरेको र पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत नै नलिई पाठ्यपुस्तक बिक्री गरिरहेको गुनासो प्राप्त भएको उल्लेख छ। नेपाल सरकारको नीति र कानुन विपरीत कार्य गरी बालबालिका र अभिभावकलाई अतिरिक्त आर्थिक बोझ नदिन केन्द्रले निर्देशन दिएको छ । केन्द्रले स्थानीय…
काठमाडौं,८ बैशाख। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ) ले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन सुझाएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले हप्तामा दुई, तीन पटकसम्म नयाँ-नयाँ कुरा आइरहेकाले राजीनामा दिए राम्रो हुने सुझाव दिए। ‘उहाँको जहिल्यै नयाँ नयाँ सुनिरहन्छ । त्यस्तो नहुँदा राम्रो हुन्थ्यो । हप्तामा दुई तीन पटक सुनिरहिन्छ । घरि के घरि के भनेर,’ उनले सुझाव दिँदै भने, ‘त्यसले गर्दा उहाँले मार्गप्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो भन्ने सुझाव म दिन्छु ।’
भैरहवा,८ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा प्रत्यक्षतर्फ जित निकाल्न नसकेको क्षेत्रमा पार्टीबाट निर्वाचित समानुपातिक सांसदलाई जिम्मेवारी दिएको छ । प्रत्यक्षतर्फ पार्टीका उम्मेदवार नजितेको क्षेत्रको समस्या र मागहरुको सहज सम्बोधन गर्ने उद्देश्यले ४० जना समानुपातिका सांसदहरुलाई जिम्मेवारी तोकिएको रास्वपाले जनाएको छ। पार्टीले सार्वजनिक गरेको सूची अनुसार, समानुपातिक सांसद पुनमकुमारी अग्रवाललाई कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को जिम्मेदवारी दिइएको छ भने ज्ञानु पौडेललाई कालिकोट जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को जिम्मेवारी तोकिएको छ । कुन क्षेत्रमा कुन सांसदलाई जिम्मेवारी ? हेर्नुहोस् सूची
कपिलवस्तु, ७ वैशाख। प्रहरीले पेस्तोलसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ इमिलियाका ३४ वर्षीय श्याम भन्ने सुरज कुँवर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुुसार, इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरी टोलीले बुद्धभूमि नरपालिका-९ डुमरास्थित उनको घरको कोठाबाट मेड इन चाइना लेखिएको एक थान पेस्तोल बरामद गरेको हो। पक्राउ परेका आरोपीविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुर मुद्दामा अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं,६बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिक सांसदहरुलाई निर्वाचन क्षेत्रमा खटाउने निर्णय गरेको छ। आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले समानुपातिक सांसदहरुलाई निर्वाचन क्षेत्रमा खटाउने निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले बताए । जिल्ला र निर्वाचन क्षेत्र सहितको सूची सोमबार (भोली) को केन्द्रीय समितिको बैठकबाट पारित गर्ने योजना रहेको उनले जनाए ।फागुन २१ को निर्वाचनमा रास्वपाले १६५ मध्ये १२५ क्षेत्रमा जित निकालेको थियो। समानुपातिकतर्फ भने ५७ सिट जितेको थियो।
भैरहवा, ६ बैशाख। रुपन्देहीमा पछिल्लो चैत महिनामा महिला छिमेकी सँग झगडाको घटनामा वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको चैत महिनाको विवरण अनुसार, एक महिनामा मात्रै जिल्लामा महिला छिमेकीसँग झगडाको ८८ वटा ठाडो निवेदन प्रहरी कार्यालयमा दर्ता भएको थियो । जसमध्ये ८० वटा निवेदनउपर छलफल गरी मिलापत्र गराइएको छ । ८८ वटा उक्त घटनामा सबैभन्दा बढी १९ वर्षदेखि ५९ वर्ष उमेरसमूहका ५३ जना व्यक्ति संग्लन रहेको विवरणमा उल्लेख छ। गत फागुन महिनामा जिल्लामा महिला छिमेकीसँग झगडाको ३८ वटा घटना दर्ता भएको थियो । जसमध्य ३० वटा घटना सोही महिनामा मिलापत्र भएको थियो। यस महिनामा पनि सबैभन्दा बढी…
भैरहवा,६ वैशाख। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा फुटपाथ अतिक्रमणका कारण पैदल यात्रुलाई समस्या भएपछि सरोकारवालाले नियन्त्रणमा सक्रियता देखाएका छन् । तिलोत्तमा नगरपालिका कार्यालयले जारी गरेको सूचनालाई मध्यनजर गर्दै तिलोत्तमा व्यापार संघ (चेम्बर अफ कमर्स) ले फुटपाथमा निर्माण सामग्री, ठेलागाडा तथा पसलका सामग्री हटाउन आग्रह गरेको छ। संघको वैशाख ६ गते बसेको बैठकले सडक सीमाभित्र राखिएका सामग्रीका कारण पैदल यात्रुलाई आवतजावतमा समस्या हुनुका साथै शहरी सौन्दर्यमा समेत नकारात्मक असर परेको निष्कर्षसहित फुटपाथमा राखिएका सामग्री हटाउन आग्रह गरेको हो र संघका अध्यक्ष नेत्र प्रसाद न्यौपानेले जारी गरेको सूचनामा नगरलाई स्वच्छ, सफा, व्यवस्थित र सुन्दर बनाउने अभियानमा व्यवसायी र घरधनीको साथ आवश्यक रहेको उल्लेख गर्दै…
दाङ, ६ वैशाख। लुम्बिनी प्रदेश सभा बैठकले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक’दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको छ। सातौं अधिवेशनको आइतबार (आज) बसेको १२ औं बैठकले उक्त विधेयक दफावार छलफलका लागि समितिमा पठाएको हो। बैठकमा उक्त प्रस्ताव उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेकोतर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रस्तुत गरेका थिए। त्यस्तै प्रदेश मामिला तथा कानून समितिका सभापति दिल कुमारी बुढाले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गरेका थिए। सातौं अधिवेशनको १३ औं बैठक सोमबार दिउँसो १ बजे बस्ने जानकारी गराइएको छ। आज बसेको बैठकमा प्रदेश सभा सदस्यहरुले संघीय सरकारले विद्यार्थी संगठन…