


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
काठमाडौं,२७ माघ । अगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका एक करोड ३७ लाख ९१ हजार मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ । अयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्ल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, पश्चिम नवलपरासी, मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ र बाँकेका मतपत्र छापिएका हुन् । आयोगका अनुसार दैनिक १५ लाख मतपत्र छपाइ भइरहेको छ ।यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फ…
काठमाडौं, २७ माघ । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्कीले विशेष अवस्थामा हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज रुपमा सम्पन्न गर्न सवारी साधनलगायत विभिन्न सामग्री उपलब्ध गराएकोमा राजदूतलाई धन्यवाद व्यक्त गरिन् । भारतीय राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा सदैव साथ रहने र मित्रवत् छिमेकीका नाताले सहयोग गर्नु आफ्नो कर्तव्य रहेको बताएका थिए। निर्वाचनपछि नेपालले हासिल गर्ने लोकतान्त्रिक र संवैधानिक स्थिरता भारतका लागि पनि महत्त्वपूर्ण हुने उनको भनाइ छ।
काठमाडौं,२६ माघ। जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगको समय तेस्रो पटक थप हुने भएको छ। अनुसन्धान प्रकृया अझै बाँकी रहेको र प्रमाणहरु जुटाउन कार्य भैरहेकाले २५ दिन थप गर्न आयोगले सरकारलाई प्रस्ताव गरेको छ। आयोगका प्रवक्ता पूर्वएआइजी विज्ञानराज शर्माका अनुसार केही प्राविधिक काम बाँकी रहेकाले २५ दिन समय माग गरिएको छ। ‘केही काम बाँकी छ’, उनले भने, ‘जसकारण समय थप गर्न सरकारसँग माग गरिएको छ।’ दोस्रो पटक थप गरिएको समय अगामी माघ २८ गते सकिँदैछ।
काठमाडौं,२६ माघ। निर्वाचनको पूर्वसन्ध्यामा बढ्दो एआईको दुरुपयोग नियन्त्रणका लागि नेपाल प्रहरीले छुट्टै सेल गठन गर्ने तयारी गरेको छ । सोमवार काठमाडौंमा अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सूचना प्रविधिको दुरुपयोग गरेर झुटा सामग्रीहरू प्रसारण गर्ने कामले बढवा पाएकाले त्यस्ता गतिविधिलाई निगरानी गर्न र कानुनी उपचारका लागि एआई तथा एड्भान्स एनालेटिक सेल गठन गर्न लागेको बताए । उनले छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मुलुकमा झुटा र गलत समाचारले बढवा पाइरहनु चिन्ताको विषय भएको बताए । ‘आजको डिजिटल युगमा सबभन्दा छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मिस…
काठमाडौं,२६ माघ। राष्ट्रिय सभाले सरकारले फिर्ता लिने निर्णय गरेको सामाजिक सञ्जाल विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको छ। सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा विचाराधीन रहेको सामाजिक सञ्जाल विधेयक, २०८१ औपचारिक रुपमा फिर्ता भएको छ। सभाका अध्यक्ष नारायण दाहालले विधेयक फिर्ता गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मत स्वीकृत भएको घोषणा गरे। यसअघि विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभामा पेस गरेका थिए। उक्त विधेयक २०८२ भदौ १३ गते बसेको राष्ट्रिय सभाको बैठकबाट उत्पत्ति भई दफावार छलफलका लागि समितिमा पठाइएको थियो। समितिमा विधेयकमाथि ३५ जना सांसदले १५५ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए। समितिका…
भैरहवा, २६ माघ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ का नागरिकहरुलाई अहिले पनि सामान्य उपचारका लागि भैरहवा/बुटवल पुग्नुपर्ने बाध्यता छ। स्वास्थ्य क्षेत्रमा प्रभावकारी कार्य हुननसक्दा यहाँका नागरिकलाई दशकौंदेखि सास्ती झेल्नुपरेको छ । क्षेत्रका नागरिकलाई भैरहवा/बुटवल धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने रुपन्देही–५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खानले प्रतिबद्धता व्यक्त गरेका छन् । स्वास्थ्य क्षेत्रलाई चुनावी एजेन्डा बनाउँदै उनले ‘स्वस्थ क्षेत्र नं. ५, खुसी नागरिक’ भन्ने अवधारणासहित विस्तृत योजना तयार पारिएको सुनाए । उनका अनुसार अब क्षेत्रका नागरिकले सामान्यदेखि विशेषज्ञ उपचारका लागि बाहिर जानुपर्ने अवस्था क्रमशः अन्त्य हुनेछ। उनले क्षेत्रको मध्यभाग (रुद्रपुर वा गजेडी क्षेत्र) मा निर्वाचन क्षेत्र…
भैरहवा,२६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ५० वटा सैन्य गाडी उपलब्ध गराएको छ । नेपाली सेनालाई उपलब्ध गराएको उक्त गाडीहरु बेलहिया (भैरहवा) नाका हुँदै नेपाल भित्राइएको छ। भारतीय सेनाले भारतको सोनौली नाकामा एक कार्यक्रमको आयोजना गरी नेपाली सेनालाई उक्त सैन्य गाडीहरु हस्तान्तरण गरेको हो । भैरहवा भन्सार कार्यालयका अनुसार, साढे २९ करोड मूल्यका उक्त गाडी नेपाल सरकारको निर्णय अनरुप भन्सार राजश्व छुटमा नेपाल भित्रिएका हुन्। उपलब्ध गराइएको उक्त सैन्य गाडीहरु ७.५ टन र २.५ टनका गरी २ प्रकारका छन्। जसमध्ये ७.५ टनका २० वटा र २.५ टनका ३० वटा मिनीट्रक…
काठमाडौं,२५ माघ । राष्ट्रिय सवतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को घरमा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, चप्पल कारखानास्थित साहको डेरामा चोरीमा संलग्न आरोपीहरु जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नख्खु कारागारबाट फरार भएका थिए। पक्राउ परेकाहरुका साथबाट प्रहरीले वर्ल्डलिंकको एउटा राउटर र दुईवटा सीसीटीभी क्यामेरा बरामद गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं–१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक, सिन्धुपाल्चोकको लिसंखुपाखर–६ का ४६ वर्षीय खिमबहादुर खड्का र डोटीको दिपायल सिलगडी नगरपालिका–६ का ४५ वर्षीय सञ्जय श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
सुर्खेत,२५ माघ। प्रहरीले ‘खतरनाक खोपडी’ समूहका २५ जनालाई पक्राउ गरेको छ। स्थानीय प्रशासनको अनुमतिबिना मोटरसाइकल र्याली निकालेर सार्वजनिक शान्ति तथा निर्वाचन सुरक्षामा खलल पुर्याएको आरोपमा ‘खतरनाक खोपडी’ (ड्यान्जर स्कुल) नामक युवा समूहका २५ जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढ्थापाका अनुसार, वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत तिनकुने चोक हुँदै धुलियाबिटतर्फ जाँदै गरेको अवस्थामा उक्त समूहमा रहेका युवाले कालो र सेतो झण्डा बोकी मोटरसाइकलमा र्याली निकाल्दै होहल्ला गरेको आरोपमा वीरेन्द्रनगर–३ तातापानीबाट पक्राउ गरिएको हो। साथै, आठ वटा मोटरसाइकल र ४ वटा स्कुटर समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले सार्वजनिक शान्ति खलल पुर्याउने गतिविधि गर्नुका साथै…
बर्दिया,२५ माघ। नेपाली सेनाले बर्दियाको गुलरिया नगरपालिका–५ स्थित फेला परेको शंकास्पद वस्तु डस्पोज गरेको छ । सिंचाइ कार्यालय भवनको पछाडिको पर्खाल नजिकै झाडीमा सरसफाई गर्ने क्रममा शंकास्पद वस्तु फेला परेको थियो । शंकास्पद वस्तु फेला परेको सूचना पश्चात नेपाली सेनाको बज्रदल गणबाट खटिएको बम डिस्पोजल टोलीले शंकास्पद वस्तु डिस्पोज गरेको बताइएको छ ।